धरान । धरानमा पछिल्लो समय सिटी सफारी महिलाहरुको गतिलो आम्दानीको स्रोत बन्दै गएको छ । सिटी सफारी चलाएर महिलाहरु आत्मनिर्भर मात्र हैन घर परिवार चलाउन सक्षम भएका छन् । महिलाहरुको उपस्थितिले सवारीसाधन पुरुषहरुले नै चलाउनुपर्ने मान्यतालाई समेत तोडिदिएको छ । धरानकी सुमित्रा ल्वागुनले सिटी सफारी चलाएको एक बर्ष भयो, सिटी सफारी चलाएपछि उनको घरमा आर्थिक संकट समेत विस्तारै टर्दै गएको छ । घरको राजमिस्त्री गर्ने श्रीमानले कमाएको रकमले मात्र घर खर्च टार्ने गरेकोमा अहिले सुमित्राले समेत सिटीसफारी चलाएर आम्दानीको स्रोत बढाइदिएकी छन् । सुमित्रा भन्छिन्, ‘हाम्रा दुई सन्तान छन्, श्रीमानले मात्र कमाउँदा घर
धरान/ आगलागी मानव सिर्जित घटना हो । मानिसकै असावधनिका कारण आगलागीबाट ठूलो क्षति ब्यहोर्नु परेको छ । सावधानी नपनाउदा पछिल्लो समय सुनसरीमा आगलागीका घटनाहरु बढ्दै गएको तथ्याङकले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बर्सेनि सुनसरीमा आगलागीको घटना बढ्दै गएको देखिएको छ । चालू वर्षमा ८ महिनामा १ सय वटा आगलागीको घटना भएको छ । अघिल्लो वर्ष कुल १ सय ३१ वटा आगलागीका घटना भएको थियो ।चालु अर्थिक वर्षको फागुन १८ गतेसम्मको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा ७६ दशमलब ३३ प्रतिशत आगलागीको घटना भएका छन । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आ व.को ८ मह
धरान । इलाम नगरपालिकाले जनकपार्क निर्माण गरेको छ । आठ लाख ६५ हजार एकसय ६० रुपैयाँ लागतमा पार्क निर्माण भएको हो । चारलाख ९० हजार एकसय ६० रुपैयामा माई भगवति निर्माण सेवाले निर्माणको जिम्मा लिएको थियो । पार्कमा राखिने मूर्ति तीनलाख ७५ हजारमा गोलशिमल मूर्तिशालाले खरिदको जिम्मा लिएको इलाम नगरपालिकाका इन्जिनियर दिपक गुरागाईँले जानकारी दिए । इलाम नगरपालिका ७,८ र ९ नम्वर वडाको संगमस्थलमा निर्माण भएको जनक पार्क मंगलवार उद्घाटन भएको छ । इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्बाङले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा नगरप्रमुख बस्नेतले सालिक मात्र नभएर राष्ट्रिय एकताको प्रत
धरान । धरानमा खानेपानीको अभाव चरम रुपमा बढ्दै गएको छ । खानेपानी बोर्डले दिन बिराएर पानी वितरण गरेको जनाए पनि पालो परेको दिनमा समेत पानी नआउँदा स्थानीयहरु दिनभरी पर्खिन्छन्, तर रित्तो भाडानै लिएर घर फर्किनुपरेको छ । धरानको वडा नम्बर ७ र १५ मा पर्ने नजिकैको खोल्सी धारामा पानी आउने पालो पर्खिएर दिनभरि सर्वसाधारण बसे, तर पानी नआएपछि रित्तो भाडा लिएर घर फर्किएको गुनासो गर्छन् । यो धारा सरकारी धारा हो । तत्कालिन नेपाल खानेपानी संस्थानले बर्षौ पहिलो सर्वसाधारणलाई खानेपानी पिउन सहज होस् भन्ने अभिप्रायले जडान गरिएको यो धाराबाट करिब १० घर परिवार आश्रित छन् । धारामा पानी आउने दिन उनीहरु सबै काम छोडेर प
धरान l मन्दिरै मन्दिर भएको सहर भएपनि यसको संरक्षणका लागि कसैले चासो देखाएको देखिदैन । धरान १४ विजयपुरमा मात्रै ५० भन्दा बढी हाराहारीमा साना तथा ठूला धार्मिक महत्व बोकेका मन्दिरहरु रहेका छन् । संरक्षण गर्न नसक्दा नाम कहलिएका ४ मन्दिर बाहेक अन्य मन्दिर ओझेलमा पर्दै गएका हुन् । धार्मिक पर्यटकिय स्थलको रुपमा विकाश हुँदै गएको धरान उपमहानगरपालिका १४ स्थित विजयपुरलाई धार्मिक क्षेत्र मानिन्छ । विजयपुरमा पुरातात्विक महत्वमा मठ मन्दिरहरु छन् । तर बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या मन्दिर मात्रै प्रचारमा छन् । विजयपुर क्षेत्र भित्र रहेको करिब ५० वटा भन्दा बढी स–साना मन्दिरहरुको प्रचार प्
धरान । सनातन हिन्दु धर्मालम्बीहरुको चाड मध्ये शिवरात्री आउँन केही दिन बाँकी रहँदा धरान स्थित पिण्डेश्वर मन्दिरमा चहलपहल शुरु भएको छ । कोरोनाका कारण विगत दुई वर्ष देखि मेला बन्द भएको थियो । यस वर्ष देखि केही खुकुलो भए पछि प्रदेश नं. १ कै धार्मिक स्थल धरान १४ पिण्डेश्वर मन्दिरमा नेपाल तथा भारतका बाबाहरु धरान आउने क्रम शुरु भएको छ । अहिलेदेखि नै बाबाहरु शिवरात्री कसरी मनाउने भन्ने विषयमा साधुहरु उत्साहित बनेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामाकरण गरिएको यो पर्व विशेष गरी काठमाण्डौको पशुपतिनाथ, झापाको अर्जुनधारा, धरानको पिण्डेश्वर लगायतका शिव मन्दिरहरुमा साधुहरुको घुईचो लाग्ने गर्दछ ।
धरान/ शनिवार (भोली) धरान उपमहानगरपालिका र बराहक्षेत्रको वडा नं १ र २ मा दिनभर बिजुली अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण धरान वितरण केन्द्रले एक सुचना जारी गर्दै शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विजुली अवरुद्ध हुने जानकारी दिएको हो । केन्द्रका अनुसार दुहबी ग्रिडदेखि धरान सबस्टेशनसम्म ३३ केभी धरान फिडरमा बुस कटिङ तथा मर्मत कार्य गर्नुपर्ने भएकोले भोली बिहान करिब ९ घण्टा लाइन अवरुद्ध हुनेछ । निर्धारित समय अगावै काम सम्पन्न भएमा साँझ५ बजे अगावै विद्युत सुचारु हुुने केन्द्रले जनाएको छ ।
धरान । प्रदेश एक सरकारले नामाकरणका लागि सर्वदलिय सहजिकरण गरिरहेका बेला नेपाल शेर्पा संघले शेर्पालुङ–किरात–मधेश–लिम्बुवान नामकारण गर्न माग गरेको छ । संघको नेतृत्वमा बिहिबार विराटनगरमा मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाउदै संघका केन्द्रिय अध्यक्ष तथा शेर्पालुङ संघर्ष समिति संयोजक गेल्जे लामा शेर्पा सहित पुगेको टोलीले प्रदेश १ को नामाकरण गर्दा आदिवासी भुमिपुत्र शेर्पा समुदायलाई समेत सम्बोधन हुनुपर्ने माग गरेका हुन् । उनीहरुले प्रदेशको नाम राख्दा शेर्पा पनि जोड्नुपर्ने विभिन्न ५ वटा कारण खुलाएका छन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राजेन्द्र राईले आफू पहिचानको पक्षम
मोरङ/ प्रदेश एक सरकारले आउँदो फागुन १५ गते देखि शुरु हुने अधिवेशनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याउने तयारी गरेको छ । विधेयकका सन्दर्भमा बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रारम्भिक छलफल समेत भएको छ । सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकार तथा बुद्धिजीवीसँग विधेयकका विषयमा छलफल गरेको हो । नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चार एवं सूचनाको हक संरक्षण र सम्बन्धन गर्नका लागि सरकारले विधेयक ल्याउन लागेको प्रदेश सरकारले दाबी गरेको छ । छलफलका क्रममा सरक
धरान/ फास्ट ट्रयाकबाट धनीपूर्जा वितरणको माग राख्दै सुकुम्बासीहरुले अहिले ‘नो लालपूर्जा नो भोट’ अभियान देशै भरी संचालन गरेका छन् । उनीहरुले स्थानीय चुनाव अगावै सुकुम्बासीहरुलाई ‘फास्ट ट्रयाक’ बाट धनी पूर्जा वितरण नगरिए स्थानीय निर्वाचनमा भाग नलिने भन्दै देशका विभिन्न स्थानीय तहहरुमा ज्ञापनपत्र नै बुझाएका छन् ।सुकुम्बासीको हक हितमा काम गर्दै आएको नेपाल बसोबास बस्ती संरक्षण समाजले फास्टट्रयाकबाट लालपूर्जा वितरणको माग राख्दै स्थानीय चुनावभन्दा अगाडि भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण नगरे निर्वाचनमा भाग नै नलिने चेतावनी समेत दिएका छन । बुधबार समाजले सुन्दर हरैचा नग