धरान । इलामको सूर्योदय नगरपालिकामा पर्ने कन्याम पर्यटकको लागि आकर्षक गन्तव्य स्थल त छँदैछ यो सँगै कन्यामले अर्को परिचय बनाएको छ । घुम्न जानेहरुका लागि कन्याम पछिल्लो समय टिकटक बनाउने स्थलको रुपमा परिचित बन्दै गएको छ । झापाको विर्ताबोडबाट ४७ दशमलब २ किलोमिटरको दूरीमा पुग्न सकिने कन्याममा विभिन्न प्रकारका पहिरन लगाएर टिकटक बनाउनेको घुइचो लाग्ने गरेको हो । इनरुवा नगरपालिका घर भएकी सेविका खनाल इलामको कन्याम अत्यन्तै रमणीय स्थल भएको सुनाउछिन् । पेशाले नर्स समेत रहेकी उनले इलाम पुग्दा साथीभाईसँग टिकटक बनाइरहन मन लाग्ने बताइन् । उनले भनिन्–‘स्वर्गको परीजस्तो देखिने यो स्थानमा गएपछि जो क
धरान/ संखुवासभाको मादि ६ स्थित सात घुम्तीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने थप उपचारकालागी धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएका ५ मध्ये ३० वर्षीय युका पोखरेल प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । बस दुर्घटनामा परी गम्भीर घाइते भएकी मादी नगरपालिका ५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको प्रहरीले जनाएको छ। घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। ४ जनाको उपचार भइरहेक
धरान/ संखुवासभा ६ स्थित सातघुम्तीमा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका ५ जनालाई धरान ल्याइएको छ । गम्भीर घाइते भएका ५ जनालाई धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो । दुर्घटनामा परि १४ जनाको मृत्यु भइसकेको छ भने ५ जना घाइते भएका थिए । मृतक मध्ये १० जनाको सनाखत भइसेको प्रहरीले जनाएको छ । संखुवासभाबाट दमक तर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा दुर्घटना भएको हो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ ।
धरान । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा भएको दुर्घटनामा मृत्युभएका १४ मध्ये १० जनाको पहिचान खुलेको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार मृतक १४ मध्ये १० जनाको पहिचान खुलेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा चालक तेह्रथुम औशीडाँडाका ३५ वर्षीय बिपिन निरौला र सहचालक संखुवासभा मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षकी उमेश भट्टराइ रहेका छन् । त्यस्तै, मादी नगरपालिका– ६ का ६ कि अञ्जना कटवाल, ३८ वर्षीय ईन्द्रबहादुर अधिकारी, ५ वर्षीय दीक्षा कटवालको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसैगरी मादी नगरपालिका–५ का ४५ वर्ष
धरानः संखुवासभाबाट झापाको दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहिबार संखुवासभाबाट दमक तर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा दुर्घटना भएको हो । घाइते भएका ५ जनालाई हेलिकप्टरबाट थप उपचारकालागि धरानस्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइदै गरेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ । बसमा कति व्यक्ती सवार थिए के कारणले दुघार्टन भएको भन्ने विषयमा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
धरान । आफ्नै अनुयायीलाई जबरजस्ती करणी गरेको मुद्धा खेपिरहेका बराहक्षेत्र चतराधामका सिद्धबाबा कृष्णबहादुर गिरीविरुद्धको मुद्दामा उच्च अदालत विराटनगरले चैत १५ गतेका लागि अर्को पेशी तोेकेको छ । उच्च अदालत विराटनगरले मुद्दाको पेशीमा आज भएको गोलाप्रथामा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इजलासमा परेको थियो । उक्त इजलाशमा सुनुवाइपछि मुख्य न्यायाधीश श्रेष्ठले ‘म रहितको इजलाशमा पेश गर्नु’ भन्ने आशयको आदेश गरेका थिए । सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा सिद्धबाबा भनिने गिरीले बलात्कार गरेको नभइ मिलेमतोमा करणी गरेको आशय उल्लेख छ । सिद्
‘एउटा बाटो पिच गर्नु, एउटा चौतारो बनाउनु मात्र विकास होइन । तपाईले बनाएको बाटो भोलि उप्किन सक्छ । पिच भत्कन सक्छ । तर साहित्यमा तपाईंले पाँच वर्ष गरेको योगदान स्वर्ण अक्षरले लेखिन्छ ।’यो कुनै महान् दार्शनिकको भनाइ होइन । तर महान् काम गर्ने एकजना सामान्य मानिसको भोगाइ हो । एउटा मन्त्रीले ‘बोल्ने भाँती’ नपुर्याउँदा ‘वडाध्यक्ष’ जत्तिको पनि बुद्धि नभएको भनेर आलोचना गर्छ हाम्रो समाज । त्यही समाजको परिवर्तनका खातिर चेतना र बौद्धिक विकासमा उल्लेखीय काम गर्न सफल धरान १३ का ‘वडाध्यक्ष’ नेत्र काफ्लेको भनाइ हो यो । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे
धरान । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिए पछि दैनिक ज्यालादारीमा जिविकोपार्जन गर्ने सर्वसाधारण समस्यामा परेका छन् । धरानमा पछिल्लो समय उपभोग्य वस्तुको मूल्य बृद्धि भएपछि दैनिक ज्यालादारीमा काम गर्ने सर्वसाधारणको जीवनयापनमा समस्या भएको उनीहरुको गुनासो छ । धरान १५ की विमला बस्नेतले केही दिन अघिसम्म २ हजार ४ सय पर्ने सेलो तेल ३ हजारमा खरिद गरेको बताइन् । एक कार्टुनमा आधा केजीको २० पोका हुने उनी बताउँछिन् । अहिले त्यही कार्टुनलाई तीन हजार हाल्नुपर्ने बताइन् । उनले भनिन्, ‘सामानको मूल्य यति बढेको छ कि किनेर खान नै धौ धौ पर्न थाल्यो । एक कार्टुन तेलमा ५०÷६० होइन एकैपटक ६ सय बढेपछि कसरी
धरान । प्रविधिको प्रयोग बाट असहायका लागि, समाजका लागि केहि राम्रो पनि गर्न सकिन्छ भन्ने उदाहरण टिम ए टिकटकर्स गु्रपले देखाएको छ । टिम ए टिकटकर्स ग्रुप विदेशमा रहेको नेपालीहरुको हो । उनीहरुले केहि समय अघि मात्र टिकटक लाइभ मार्फत च्यारिटि अभियान चलाएका थिए । जसलाई हेरेर देश विदेशमा रहेका टिकटकर्सहरुले आर्थिक सहयोग गरेका छन । टिम ए टिकटकर्स ग्रुपले धरान पोजिटिभ समुहको मातहतमा रहेको एचआइभी पोजिटिभ तथा प्रभावित वालवालिकाहरुको शिक्षाको लागि हातेमालो अक्षयकोषलाई एक लाख ९ हजार ६ सय रुपैया आर्थिक सहयोग गरेका छन । उनिहरुले एचआइभी संक्रमित वालवालिका र उनीहरुको अभिभावकलाई खाना र खाजा समेत खुवाएका थिए ।
धरान । सुक्खायाम सुरू नभई धरानमा खानेपानीको अभाव हुन थालेपछि वर्षेनी उपभोक्ताहरूमा खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिनु पर्ने बाध्यता छ । धरानको खानेपानी अभाव पुर्ति गर्न एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा परियोजना संचालन गरे पनि खानेपानीको अभावको विरुद्ध वर्षेनी उपभोक्ताले आन्दोलन गर्नु परेको छ । यस वर्ष पनि उपभोक्ताहरु खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । खानेपानी व्यवस्थापन बोर्डले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गरेको भन्दै वडाध्यक्षले नै आन्दोलनको नेतृत्व गरिरहेका छन् । धरानमा खानेपानीको अभाव बढ्दै गए पछि धरान ९ का वडाअध्यक्ष रत्न कटुवालको नेतृत्वमा स्थानीयले विरोध प्रदर्