धरान/ नेपालीहरुको घरघरमा दशै भित्रियो । हिन्दु धर्मालम्बीहरुले मनाउँदै आएको दशै पछिल्लो समय साझा पर्वको रुपमा मनाउन थालिएको छ । साझा परम्परा बन्नु सकारात्मक कुरा हो, तर परम्परागत दशै भने हराउदै गएको छ । सहरमा मात्र हैन पछिल्लो समय परम्परागत दशै ग्रामीण क्षेत्रमा समेत हराउदै जान थालेको छ । विगतमा ढुंगामाटोले छाएको घर अहिले पक्की बनेका छन्, पक्की बनेसँगै दशैका समयमा रातो माटोबाट लिपपोत गरी सजाइएका घरहरु खोज्दा पनि भेटिदैनन्, यो संगै दशैको रौनक लिंगे पिङले ल्याउने गर्दथ्यो, अहिले गाउँघरका युवाहरु वैदेशिक रोजगारमा भएका कारण गाउँका बुढापाकाहरुले पिंग नै लाउन नसक्दा यस्ता पिङहरु हराउन थालेका छ
विजयपुर/ राज्यले सरकारी सवारीलाई बिदाको दिन हिंड्न निषेध गरेको छ । दशैं लागेका बेला सरकारी गाडीमा काजमा काठमाडौं हिंडेका कर्मचारीलाई आपत् आइलागेको छ । एक जना पत्रकार महिलाले सरकारी गाडीमा सवारी गरेको फोटो सामाजिक सञ्जालमा हाल्दै बाइबाइ धरान भनेर पोस्ट गरेपछि पत्रकार महिला त विवादमा आएकी छन् नै सरकारी गाडी लिएर हिंडेका कर्मचारी र धरान उपमहानगरपालिका पनि विवादमा तानिएको छ । सुसासनको चर्को आवाज उठाइरहेका अभियान्ता हर्कराज राई अहिले धरान उपमहानगरपालिकाका प्रमुख छन् । तर आफ्नै प्रमुख प्रशासकिय अधिकृतले निजी काममा उपमहानगरपालिकाको गाडी दुरुपयोग गरि रहदा भने बेखबर बनेका छन् । धरान उपमहानगरपालि
विजयपुर/ ‘दशैले छपक्कै छोयो महंगीले किनेर खानै गाह«ो भयो’ यो भनाई विगत पाँच बर्षदेखि सिटी सफारी चलाउदै आएका धरान ११ तुलबहादुर श्रेष्ठको हो । शुरुका दिनमा भ्याइनभ्याई हुने उनको काम अहिले धेरै सिटी सफारी भएकै कारण चल्न छोडेपछि उनलाई अहिले छाक टार्न नै धौ धौ परेको उनी बताउँछन् । उनले दशैको समयमा पनि मुस्किलले ८सयदेखि १ हजार सम्म कमाइ हुने बताए । उनले भने–‘दशैको समयमा मुस्किलले १ हजार कमाई हुन्छ, आधा त साहुलाई बुझाउनुपर्छ ।’ उनले बचेको पैसाले परिवार पाल्न सम्म नपुग्ने बताए । उनले भने–‘कमाई नै कम छ, बाँच्न नै मुस्किल भएको समयमा कसरी दशै मनाउने ?&
हात–हातमा लालपूर्जा र साथसाथमा रोजगार ,सुकुम्बासी मूक्त राष्ट्र बनाउन सुनसरी क्षेत्र नम्बर १ मा कुमार कार्की उमेद्वार राज्यको गैरजिम्मेवारी र नजरअन्दाजका विरुद्ध त्यही बस्तीहरुबाट कयौं आवाजहरु उठे । त्यहीँ बिलाए । दमन भए । तर, आजसम्म अविरल उठिरहेको एउटा युगिन आवाज हो – कुमार कार्की । अब उनी आन्दोलन र विद्रोहबाट माथि उठ्न खोजिरहेका छन् । निर्वाचन अघि नै सुकुम्बासी भूमिहीनलाई लालपुर्जा दिने व्यवस्था गर्न ‘नो लालपुर्जा नो भोट’ जस्ता नारा लगाएर सुकुम्बासीको हितमा कार्यक्रम हुने गरेका छन् । लाखौं जनता सडकमा उत्रन्छन् । तर राजनीतिक दलको आश्वासन सुन्न बाहेक निरिह बस्तीबासीलाई
धरान/ नेपालीहरुको महान चाड दशै घर घरमा भित्रिएको छ । सोमबार घटस्थापनाका दिन सबैले आ आफ्नो घरमा देवीको प्रसाद स्वरुप जमरा राख्ने काम समेत गरिसकेका छन् । यो सँगै सर्वसाधारण किनमेलमा लागिसकेका छन् । तर बजारमा भीडसँगै सवारी चाप अत्याधिक बढ्दा ट्राफिम जाम हुने गरेको छ । अत्यन्तै व्यस्त बजारमा पार्किङको उचित व्यवस्था नहुदा जथाभावि राखिएका पार्किङले बजार अझ अस्त व्यस्त बनेको छ । मुख्य गरेर धरान २ मा रहेको भानुचौक, रत्नरोड, महेन्द्र पथ लगायतका क्षेत्रहरुमा बढी अस्तव्यस्त भएको पाइएको छ । बजारमा भीड बढ्दै जाँदा जथाभावि राखिएको सवारी साधनले दुर्घटनाको जोखिम बढ्ने भन्दै स्थानीय सरकार र जिल्ला ट्राफि
इलाम/ मेची राजमार्ग भएर गुड्ने सार्वजनिक सवारी साधनले मनलाग्दी भाडा उठाउने गरेको पाइएको छ । चाडवाडको मुखमा यातायात मजदुर तथा व्यवसायीहरुले मनलाग्दी भाडा असुल्दा सर्वसाधारण मारमा परेका छन् ।उनीहरुले इन्धनको मूल्य बढेको इन्धनको मूल्य बढेको बहानामा चालकले मनलाग्दी भाडा उठाउने गरेका यात्रुहरुले गुनासो गरेका छन् । इलाम–झापा रुटमा गुड्ने सार्वजनिक सवारी साधनले पाँच सय देखी आठ सय सम्म असुल्ने गरेका यात्रुहरुले बताएका छन् । सार्वजनिक सवारी साधनले मन लाग्दी भाडा असुल्दा पनि प्रहरी प्रशासन भने मूकदर्शक बनेर बसेको छ । इलाम–झापा भाडा निर्धारण समितिले तोकेको भन्दा दोब्बर भन्दा बढी सवारी स
धरान/ नेपाल सरकारले भर्खरै प्रयोगमा ल्याएको विद्युतीय राहदानी –इ–पासपोर्ट) प्राप्त गर्न राष्ट्रिय परिचयपत्र लिन अनिवार्य बनाएपछि राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने बनाएपछि अहिले राष्ट्रिय परिचयपत्र लिने सर्वसाधारणको घुइँचो बढेको छ । राष्ट्रिय परिचयपत्र बनाउन सरकारले तोकेको सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय र मातहतका इलाका प्रशासन कार्यालयमा अत्याधिक भीड बढेपछि फर्म भर्न स्थानीय सरकारसँग समन्वय गरेर वडावडाबाट शुरु गरिएको छ । यसै क्रममा धरान उपमहानगरपालिका वडा नं. १५ ले वडाका टोल समितिसँग समन्वय गरेर परिचयपत्र वितरण गर्न थालेको एक महिना भयो । असोज १२ ग
इलाम / स्थानीय गुण्डा नाईके एलबी भनिने झापाको बेलडाँगी शिविरका भुटानी शरणार्थीको हत्यामा संलग्न आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । एलबी भनिने ४४ वर्षे लालबहादुर गुरुङको हत्यामा संलग्न आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । असोज ५ गते इलाम र झापाकोे सीमा रतुवा खोलाको झोलुङ्गे पुलनजिक बोलाएर गुरुङमाथि कुटपिट र खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए । १०÷१२ जनाको समूहले गुरुङलाई खुकुरी, ढुङ्गा प्रहार गर्दै खुट्टाको छेपारी, घुँडा र कुममा काटी गम्भीर घाइते बनाएर फरार रहेका थिए । घटनामा संलग्न आरोपमा प्रहरीले इलामकै चुलाचुली गाउँप
झापा/ पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे चार किलोमिटर उत्तर चुरेपहाडको फेदीमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थस्थल सताक्षीधाम छ । घनाजङ्गलमा रहेको धाममा स्वदेशीदेखि विदेशी पर्यटकको समेत आजभोलि ओइरो लाग्न थालेको छ । विगत पाँच वर्षअघिसम्म बाटो, बिजुली बत्ती नपुगेको धाममा यतिबेला करोडौँको लगानीमा भौतिक पूर्वाधार तयार भएका छन् । धाम क्षेत्रभित्र आवास, संस्कृति विद्यालयको भवन र मठमन्दिरका ठूला ठूला भवनसमेत बनेका छन् । दश वर्षअघि ९महाराज० पण्डित नन्दकिशोर भारद्वाजले सानो कुटीमा बसी दुईचारवटा गाईपालन सुरु गरेपछि मन्दिरको महत्व बुझेका र पण्डितसँग भेटघाटका लागि मात्र सर्वसाधारण सो क्ष
धरान । धरान उपमहानगरपालिकाभित्र विस्तारै डेंगु संक्रमण फैलिन थालेपछि उपमहानगरको सर्कुलर अनुसार वडामा रहेका स्वाथ्य उपशाखाबाट यसको रोकथामका उपायका विषयमा सचेतना कार्यक्रम शुरु हुन थालेका छन् । विगतका बर्षहरुमा धरानमा डेंगु संक्रमण भयावह बनेको यथार्थलाई महसुस गरी शुरुवाति चरणमा यसको नियन्त्रणका लागि धरान उपमहानगरपालिका वडा नं.१५ ले सचेतना कार्यक्रमसहित सरफाई कार्यक्रम गर्न थालेको हो । ‘गत बर्ष यही समयमा धरानमा डेंगु संक्रमण भयावह बन्यो । त्यसबेला नियन्त्रणका लागि अनेक उपाय गरियो । नियन्त्रणको प्रयास ढिलो भएकोले समस्या आएको थियो, वडाध्यक्ष नरेश इवारमले बताए । उनका अनुसार त्यसबेला धरानस्थि