समाज

    Showing 4,461-4,470 of 6,734 items.
  • गर्मी बढे सङ्गै ‘लू’ लाग्ने खतरा पनि बढ्दै

    धरान / तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखालेअनुरोध गरेको हो । तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन मौसम बिज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ।महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लू चल्ने सम्भावना रहेको बताए । समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेर तातो हावा तथा लू चलेको छ। नेपालगञ्जलगायत क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री हाराहारी रहेको उनल

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 819 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अत्यादिक गर्मी बढेका कारण विधालय संचालन हुन सकेन

    विजयपुर / विगत केहि  दिनि देखि बढेको गर्मी कारण धरानका सामुदायिक तथा संस्थागत विधालयहरु जेष्ठ १८ गतेबाट २४ गते सम्म दैनिकी पठन पाठन विदा दिएको थियो । तर अहिले निरन्तर गर्मी बढदै गएका कारण धरानको तापक्रम अत्यादिक मात्रामा बढदै गएकाले धरान नगरपालिकाले धरानभरी रहेका सामुदायिक तथा संस्थागत विधालयहरु जेष्ठ   २५ र  २६ गते थप २ दिन विदा दएिको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 926 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण

    विराटनगर / विराटनगर महानगरपालिका वडा नम्बर ६ ले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरेको छ । माहा नगरभित्र रहेका गर्भवती महिला साथै अन्य समस्या भएकाहरुको घरमै पुगे् स्वयमसेविकाहरुले उपचार तथा सेवा प्रदानगर्न सहज होस् भन्ने उद्देश्यले ९ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरिएको छ । वडाध्यक्ष हरिशचन्द्र सहनीले बताएका छन । महानगरका मेयर नागेश कोइरालाको आतिथ्यतामा भएको कार्यक्रममा ह ७३ घढसमा देवी भट्टराई, ७३ घढस मञ्ज बस्नेत, केशकशा कौशर,जेवा खानम, राधादेवी ग ७३ घढसप्ता, मदिना खातुन ७३ घढसन, सञ्जु कामत चौधरी, ७३ घढस,आशाक मण्डल क ७३ घढसमारी र सीमादेवी कामतलाई साइकल प्रदान गरिएक

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 799 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिण्डेश्वर मन्दिरमा पानी माग्दै यज्ञ

      धरान । विश्वमा देखिएको प्रचण्ड गर्मी लामो खडेरीका कारण सम्पूर्ण प्राणी जगत, चराचुरुंगीलाई समस्या परेको भन्दै उनीहरुले प्रजन्य (बर्षा वृष्टि गर्ने) यज्ञ गरेका हुन् । लामो समयदेखि परेको खडेरीका कारण प्राणी जगतलाई समस्या भएको भन्दै धरान १४ पिण्डेश्वर मन्दिरमा ब्राम्हणहरुले यज्ञ गरेका छन् । लगातारको खडेरीका कारण पानी नपर्दा प्राणी जगतलाई नै समस्या परेको भन्दै भगवान शिवलाई पानी पारिदिन अनुरोध गर्दै २७ जना व्राम्हणले होमका यज्ञ गरेका हुन् ।   भगवान शंकरको आराधान गर्दै यज्ञको आरम्भ गरिएको पण्डित धर्मराज तिम्सिनाले बताए । उनले विगतमा समेत लामो समय खडेरी पर्दा प्रजन्य यज्ञ लगाउने गरिए

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 908 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध सहित ३ जना पक्राउ

    धरान /  सुनसरीको धरान उप(महानगरपालिका ३ बाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धरान-३ का २३ बर्षीय जितेन्द्र दास, धरान-१५ का ३५ बर्षीय दिपेन राई र २७ बर्षीय अनम राईको साथबाट लागुऔषधी ट्रामाडोल २ सय ७६ ट्याव्लेट, स्पास्पेन २ सय ८१ ट्यावलेट र नगद ८ हजार ७ सय ४० रुपैया बरामद गरेको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 796 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनामा एक जनाको मृत्यु

    मोरङ /  मोरङको बिराटनगर महानगरपालिका १० को भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मंगलबार को. २ ह ८०५१ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिदा घाईते भएका सिटी सफारी चालक पथरीशनिश्चरे नगरपालिका -७ का ६० बर्षीय राम बहादुर लिम्बुको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 601 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बर्षौदेखि उस्तै धरानमा खानेपानी समस्या

    धरान/ बर्षौदेखिको खानेपानी समस्याको धरानमा दीर्घकालीन समाधान हुन सकेको छैन । धरानमा सुख्खा मौसममा खानेपानीको समस्या चुलिदै जाने गरेको छ । अझ एक हप्ता भन्दा बढी लामो समयदेखि भएको खडेरीका कारण धरानमा खानेपानी समस्या झन झन चुलिदै गएको छ । मंगबालर धरान ३ को पुरानो बजारमा बोर्डले ट्यांकरमा पानी लगेर वितरण गरेको दृश्यलाई पनि हेर्न सकिन्छ । लगातारको खडेरीले पानीका मुहान सुकेका कारण सर्वसाधारणको धारामा पानी नआएपछि त्यहाँ पुगेको ट्यांकरमा पानी थाप्न तछाडमछाड गर्दै सर्वसाधारण पुगेका थिए । धरानमा दैनिक ३ करोड खानेपानीको आवश्यकता पर्दछ । विगतमा नेपाल खानेपानी संस्थान शाखा धरानले धरानको खानेपानी वि

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आपतकालीन सेवा सञ्चालन कार्यविधिको छलफल

    विराटनगर / विराटनगर महानगरपालिकाले स्थानीय आपतकालीन सेवा सञ्चालन कार्यविधि तयारी गर्ने सम्बन्धी छलफल गरेको छ । उक्त छलफलबाट महागरका मेयर नागेश कोइराला,उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतसहित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थितिमा भएको छलफलमा परामर्शदाता रामकुमार दाहाल र यसप्रसाद सुब्बाले कार्यविधिसम्बन्धी जानकारी दिनु भएको थियो ।   विपद आउनुभन्दा अगाडि नै के कस्ता सामग्री तयारी अवस्थामा राख्ने, प्रयोगका विधि, जनशक्तिको व्यवस्थापन लगायतका विषयमा मेयरले जानकारी गराएका छन । बाढी, आगलागी जस्ता बहुप्रकोपबाट हुनसक्ने आपतकालिन क्षेतिलाई मध्यनजर गर्दै कार्यविधि मार

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 986 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोयल इस्ट्रन इन्फिल्डर्स क्लबले धरानमा वृक्षरोपण गदै

    विजयपुर / बिश्व वातावरण दिवसको अवसर पारेर रोयल इस्ट्रन इन्फिल्डर्स क्लब धरानले वृक्षरोपण कार्य सुरुवात गरेको छ । उक्त अवसर पारि  करिब ४ सय शिरिसको विरुवा रोपने योजान रहेको क्लबका अध्यक्ष श्री योगेन राईले बताए ।उक्त विरुवा राईको नेतृत्वमा  सेउती पुलदेखि तिनकुने सम्मको क्षेत्रमा शिरिसको विरुवा रोप्ने काम  भईरहेको छ । क्लबका सकृय सदस्य श्री बिनोश सुच्चा राईले धरानको वातावरण प्रदुषण कम हुने  साथै तिनकुनेमा बन्दै गरेको सडको सुन्दरता बढाउने  उदेश्यले सडको दायाँ र बायाँ साइडमा ४ सय शिरिसको विरुवा रोप्ने काम भईरहेको बताएका छन ।   यो नितान्त पर्यटनलाई आकर्षित

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 1,499 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • वडाध्यक्षले शक्तिको दुरुपयोग गर्दे आफनै श्रीमतीलाई बृद्धा भत्ता दिएको खुलासा

    मोरङ / मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुईटेलले आफ्नै श्रीमतीको उमेर बढाएर बृद्भा भत्ता लिने गरेको रहस्य सार्वजनिक भएको छ । वडाध्यक्ष तुलाराम लुईटेलले    आफ्नै  श्रीमती भक्त कुमारी लुइटेललाई २०७९ चैत्र १ गते देखि सामाजिक सुरक्षा भत्ता दिन थालेको देखिएको छ । उनकि श्रीमती भक्त कुमारी लुइटेलले २०४६ सालमा नागरिकता बनाउने टोली गाँउघरमा आउँदा नागरिकता लिदा उनको जन्म मिती २०१८ माघ ९ गते रहेको रदेखिएको छ । त्यसको आधारमा उनको उमेर ६१ बर्ष मात्रै पुग्ने देखिएको छ । त्यसैको अनुसार मतदाता परिचपत्रमा समेत २०१८ जन्म मिति कायम भएको पाईन्छ । भक्त

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 1,028 पटक पढिएको
    • "रबिन्द्र बराल "

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved