समाज

    Showing 4,121-4,130 of 6,719 items.
  • मलमासको प्रभाव बोलबममा

    धरान/  एक महिना मलमास परेकाले धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा भक्तजनहरु अघिल्लो सोमबारको तुलनामा कम देखिएको छ । साउन ३१ गतेसम्म मलवास परेका कारण भक्तजन कम आएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको । समितिका अध्यक्ष विकास वनेपालीले मलबासलाई पुरुषोत्तम महिना भनेर बुझिन्छ । पूजाआजा नै गर्न नहुने भन्ने नभए पनि समाचार तथा सामाजिक सञ्जालमा अनर्गल समाचार सम्प्रेषण भएकै कारण कम भक्तजन आएको अध्यक्ष वनेपालीको तर्क छ । भीडभाड कम भएपनि बोलबममा यसपटक पानी चढाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेन समेत पुगेको पिण्डेश्वर बाबाधाम समितिका कोषाध्यक्ष पञ्कज घिमिरे बताउ

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 852 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मदन भण्डारी फाउण्डेशन,सुनसरीको सम्मेलन ईटहरीमा

    इटहरी/ मदन भण्डारी फाउण्डेशन,सुनसरीको सम्मेलन शनिबारका  इटहरी नगर पार्टीको सभाहलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमा एमालेका प्रदेश नेता खेमराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पोलिटब्यूरो सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राईले मदन भण्डारी र उहाँद्वारा प्रतिपादित योजनालई मान्यता दिदै द्रुस्तै व्यवहारमा उतार्न सके मात्र एमाले पार्टी दरिलो र सफल हुने बताए । यस अनुसार चल्न सबैजनाको प्रतिबद्ध हुनुपर्ने बताए । आफु सुनसरीको इन्चार्ज भएका नाताले अब पार्टी सुदृढीकरण गरेर लानु पर्ने समय आएको समेत उनले बताए । फाउन्डेसनका प्रदेश अध्यक्ष तथा पार्टी केन्द्रीय सल्लाहकार गोपाल गु

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 773 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टोल विसकास समितिलाई सरसफाइ सामाग्री वितरण

    धरान/  टोलटोलबाट सरसफाइ भएमात्र धरानका सबै वडा सफा र सुन्दर हुन्छ भन्ने अभिप्रायले धरान उपमहानगरपालिका ८ नं. वडाले आफ्नो वडामा रहेका टोल विकास समिति (टिएलओ) लाई सरसफाइको सामाग्री वितरण गरेको छ । वडालाई सफा र सुन्दर बनाउन यो सामाग्री वितरण गरिएको वडाले जनाएको छ । जनसंख्या र क्षेत्रफलको हिसाबले पनि ठूलो वडाको रुपमा धरान ८ लाई लिने गरिएको छ । यो वडामा धनकुटे कविरटोल विकास समिति, सिदार्थ टोल विकास समिति, गुम्बा टोल विकास समिति, सीता टोल विकास समिति, बमजन टोल विकास समिति, अरुण टोल विकास समिति लगायतका १५ वटा टोल विकास समिति रहेका छन् । टोल विकास समितिका नेतृत्वमा सरफाइ भए वडा नै स्वच्छ

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 877 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गलत र भ्रमक सुचनाको बढदो क्रमलाई रोक्ने २ दिने कार्यशालाको सम्पन्न

    विजयपुर/  पछिल्लो समय गलत र भ्रमक सुचनाको बढदो प्रयोग बढ्दै गएको छ । यसैलाई न्यूनिकरण गर्न विराटनगरमा प्रदेशस्तरीय दुई दिने कार्यशाला सम्पन्न भएको छ ।  युथ इनोभेसन ल्याब र अमेरिकी दुतावास नेपालको सहकार्यमा भएको कार्यशालामा सामाजिक संजालमा हुने गरेको गलत सुचना प्रवाहले समाज पुर्‍याउने असर सम्बन्धी सचेतनामुलक प्रदेशस्तरीय २ दिने प्रशिक्षण कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा पत्रकार, भलगर ,विद्यार्थी गरि २० प्रशिक्षार्थीहरुको सहगाति रहेको थियो । डिजिटल युगले गलत र भ्रामक सुचनाको बढी प्रवाह भएकोले गलत सुचना फैलाउने र समाज र व्यक्तिमा भ्रम सिर्जना गर्ने भएकाले यस्ता समस्या

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 839 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदान जलाधार क्षेत्रतर्फ केन्द्रित

    धरान/  धरानमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रम संस्कतिको विकास गरेपछि वडाहरुले यसको अनुशरण गरेका छन् । मेयर साम्पाङले शनिवारलाई श्रमबार घोषणा गरेर जलाधार क्षेत्रमा वृक्षरोपण गर्ने, खानेपानीको मुहान संरक्षण गर्ने लगायतका धेरै कामहरु गर्दै आउनु भएको छ । यसै अनुरुप धरान उपमहानगरपालिका वडा नं. १४ ले पनि शनिवारलाई श्रमबार घोषणा गरेर आफ्ना वडामा रहेका मठमन्दिर, जलाधार क्षेत्रको संरक्षणमा लागेको हो । गत शनिवारबाट वडाले धरान १४ मा रहेका जलाधार क्षेत्रको संरक्षण अभियान शुरु गरेको छ । गत हप्ताको शनिवार धरान १४ मा रहेका सेउती खोलामा तटबन्धन लगाउने कामबाट शुरु गरेको यो अभियान य

    • प्रकाशित मितिः साउन ७, २०८०
    • 893 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रेग्मी र न्यौपानेलाई दधिराज सुवेदी पुरस्कार प्रदान

    विराटनगर / श्री दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार सनत रेग्मी र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई विराटनगरमा समर्पण गरियो । उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि माननीय युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बूले प्रदान गरेका थिए १ पुरस्कारको राशि क्रमशस् एकाउन्न हजार र पच्चीस हजार रहेको छ । दधिराज सुवेदी नेपाली भाषा साहित्यको क्षेत्रमा परिचित र प्रतिष्ठित नाम हो । सो कार्यक्रममा माननीय सभासदद्वय केदार कार्की, ॠषिकेश पोखरेल, उद्योगपति राजेन्द्र राउत, नेकपा स

    • प्रकाशित मितिः साउन ६, २०८०
    • 812 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्व अर्थ राज्यमन्त्री खेवाको स्मृतिमा पार्क बन्ने

    धनकुटा /पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको स्मृतिमा धनकुटाको सिधुवामा पार्क बन्ने भएको छ । छथर जोरपाटी गाउँपालिकाले सिधुवामा पुर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवा स्मृती पार्क बनाउने तयारी थालेको छ । सात वर्ष अघि धनकुटामा बस दुर्घटनामा परि मृत्यु भएको थियो । दुर्घटना स्थलमा खेवाको स्मृतीमा पार्क निमार्ण कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ । पार्क निमार्णको लागि गाउँपालिकाले ५ लाख रुपैया विनियोजन गरेको अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए । पार्कमा खेवाको सालिकसँगै दुर्घटनामा मृत्यृ भएका सबैको नामावली र संग्राहलय बनाउने उद्देश्य रहेको स्वर्गीय हरिराज स्मृति प्रतिष्ठानक

    • प्रकाशित मितिः साउन ६, २०८०
    • 822 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुर्घटनामा तीन जनाको मृत्यु

    धरान /मोटरसाइकल र पिअप भेन एक आपसमा जुद्धा तीन जनाको मृत्यु भएको छ ।  सुनसरीको इटहरीमा पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चारजना चढेको मोटरसाइकल र भारतीय नम्बरको पिकअपसँग ठोक्किएर दुर्घटना हुदा तीनजनाको मृत्यु भएको हो भने एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । मृत्यु हुनेमा इटहरी– १६ का २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी र २६ वर्षीय करण चौधरी रहेको प्रहरीले जनाएको छ । तीनै जनाको धरानस्थित बिपी कोइराला स्वा

    • प्रकाशित मितिः साउन ६, २०८०
    • 763 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीको स्मृतिमा ‘ग्रिन एण्ड क्लिन धरान अभियान’ शुरु

    धरान / आज बीपी स्मृति दिवस । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ र धरान उपमहानगर समितिले धरानमा कार्यक्रमको आयोजना गरेका छन् । नगरसमिति र सुनसरी क्षेत्र नं. १ को संयुक्त आयोजनामा धरान १३ र २० मा रहेको बीपी स्मृति पार्कमा राखिएको बीपीको शालिकमा माल्यार्पणसँगै वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । कोशी प्रदेशका विना विभागीय मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप सुनुवारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै मन्त्री सुनुवारले नेपाली काँग्रेसमा आवद्ध जो कोहीले वीपीले प्रतिपादन ग

    • प्रकाशित मितिः साउन ६, २०८०
    • 1,059 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सागुरीगढीद्वारा सुकुम्बासीलाई निस्सा प्रदान गर्दै

    धनकुटा/  धनकुटाको साँगुरीगढी गाउँपालिकाले पालिका भित्रका भूमिहीन सुकुम्वासी तथा दलितहरुलाई लालपुर्जा वितरण गर्नका लागि ल निस्सा प्रदान गर्न थालेको छ । सागुरीगढीले गाउँपालिकाका ३९ घर परिवारका भूमीहीन सुकुक्बासी तथा दलितहरुलाई लालपूर्जा वितरण गर्नु अघिको प्रक्रिया अन्तर्गत निस्सा प्रदान गरेको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाले सागुरीगढी गाउँपालिकासँग सहकार्य गरेर निस्सा प्रदान गर्ने काम शुरु गरेको गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । उनका अनुसार निस्सा वितरण गरिएकाहरु मध्ये १० परिवार भूमीहिन दलित र २९ घरपरिवार सुकुम्बासी भूमिहिन रहेका छन् । राष्ट्रिय भूम

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 730 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved