समाज

    Showing 3,941-3,950 of 6,835 items.
  • सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारसम्बन्धी अन्तरक्रिया

    विराटनगर/  विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागीहरुले अभिभावक, विद्यार्थी र शिक्षक आ–आफ्नो ठाउँबाट जिम्मेवार भएमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार गर्न सकिने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर लागिपरेको बताए । उनले महानगरले कूल बजेटको करिब २१ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने गरेको सुनाए । मेयर कोइरालाले विद्यालयस्तर देखि नै सीपमूलक र प्रविधिमैत्

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 611 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आगलागीमा परेर महिलाको मृत्यु

    ओखलढुंगा/  ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ७ हर्कपुर स्थितमा आगलागीमा परेर एकजना महिलाको मृत्यु भएको छ । सोमबार भान्साकोठामा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगोलागी हुँदा बर्ष ३३ कि कमला गौतमको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले स्थानीयबासीको सहयोगमा आगोलागी नियन्त्रणमा लिएको थियो भने घटनास्थलमा आवश्यक अनुसन्धान र कानूनी प्रकूया पश्चात शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगा लगीएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 708 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल विश्वकप एसियाको सेमिफाइनलमा

    धरान/  शानदार ब्याटिङ गरेपछि नेपाल ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको हो । कुशल भुर्तेलले २५ बलमा ४३, आसिफ शेखले २३ बलमा ३५ र कुशल मल्लले ३४ बलमा ६५ रन बनाएपछि नेपालले १ सय ६६ रनको लक्ष्य १८ ओभरमा पूरा गरेको थियो । नेपालको यो लगातार दोस्रो विजय हो । अघिल्लो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।मलेसियामाथि नेपालको विजयसँगैं ओमान पनि समूह ‘ए’ बाट सेमिफाइनल पुगेको छ । ओमानले पहिलो दुई खेलमा मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो । नेपाल र ओमान बिहीबार समूह चरणको अन्तिम

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 710 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँच दिन पछि जङ्गलमा भेटिएका चौधरीकोे आर्यामा सफल उपचार

    विराटनगर/  पाँच दिनदेखि धरानको जङ्गलमा छटपटिएका कैलालीको टिकापुर ६ का ४० वर्षीय कैलाश चौधरीको सफल उपचार भएको छ । चौधरीको विराटनगर स्थित आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको हो । लेभर काम गर्ने चौधरी कामको सिलसिलामा भदौको पहिलो साता तेह्रथुम जाने भनेर घरबाट हिँडेका थिए । उनी भदौ १२ गते सार्वजनिक सवारी साधन चढेर धरानबाट उकालो लागे । भेडेटारदेखि मुनिको जङ्गलमा शौच लागेपछि गाडी रोकेको थिए । शौच गर्न गएका चौधरीलाई रिगाटा चलेपछि जङ्गलको भिरबाट खोल्सीमा झरे । भिरबाट झरेपछि उनी बेहोस भए । दुई दिनसम्म होस आएन । भिरबाट लडेको पाँचौँ दिन जङ्गलमा घाँस काट्न गएका स्थानीयले उनी लडेको देखेपछि उद

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • 788 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनेम संघको क्षेत्रमा सबिता राई

    धरान/ नेकपा एमाले निकट अखिल नेपाल महिला संघ सुनसरी क्षेत्र नम्बर १ को अध्यक्षमा सबिता राई निर्वाचित भएकी छिन् । सोमबार एमाले धरान नगर कमिटीको सभाहलमा भएको राज्य पुनसंरचना पश्चात्को पहिलो सम्मेलनले अध्यक्षमा राई सहितको ४५ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित भएको हो । समितीको उपाध्यक्षद्वयमा शीला राई, मीना कार्की, सचिवमा सोम कुमारी सुनुवार, सहसचिवमा मैयाँ तिम्सिना आचार्य र कोषाध्यक्षमा विमला जवेगू लिम्बू निर्वाचित भएका हुन् । त्यसै गरि सदस्यहरुमा बिमला श्रेष्ठ, मिना माझी, सविना धामी, यशोदा सुवेदी लामिछाने, रमा बुढाथोकी, सकुन्तला शाकय, डे कुमारी विक, लोक कुमारी श्रेष्ठ, सरिता गुरुङ, स्वस्ती

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • 1,603 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रानीटारको पुल बन्छः मन्त्री किराती

    उदयपुर/ शिलान्यास भएर अलपत्र परेको उदयपुरको चौदण्डीगढी १ रानीटार र भोजपुरको आमचोक गाउँपालिका जोड्ने दुधकोशी नदीको पुल यसपटक जसरी पनि बन्ने सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डेयन मन्त्री सुदन किरातीले बताएका छन् । मन्त्री किरातीले आफ्नो मन्त्रालय पुल निर्माण गर्ने नभएपनि आपूm यसै क्षेत्रको जनप्रतिनिधि, नेपाल सरकारको सदस्य र भोजपुरवासी भएकोले पुल चाँडै निर्माण हुनु पर्छ भनेर चासोका साथ सम्बन्धीत मन्त्रालयमा पटकपटक धेरै शक्ति खर्च गरेर लागी परेकोे बताए । उनले भने, ‘पुलको डिजाईन गर्दा जमिनमुनी ठूलो ढुंगा परेकोले यो डिजाइनलाई परिवर्तन गरेर अर्को डिजाइन बनाउनु पर्ने भएकोले ढिलो भएकोे हो,

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • 753 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम जिल्लाका ग्रामीण सडक, यात्रा कष्टकर

    इलाम/ सिहँ दरबारको अधिकार गाउँ गाउँमा आउँछ भन्ने आसा बोकेका जनता बर्खाको समयमा लथालिङ्ग बनेका सडक अहिले सम्म मर्मत नभएपछि निराश बन्न थालेका छन् । बर्खाभरि बिग्रिएका सडक चाडबाडको समयमा समेत स्थानीय तहले मर्मत नगरेपछि यातायात सञ्चालनमा समस्या भएसँगै यात्रा कष्टकर बन्ने गरेको हो । चाडबाडको बेलामा समेत भत्किएका सडक मर्मत नहुँदा इलामका ग्रमिण क्षेत्रबाट यात्रा गर्न समस्या भएको छ । अधिकांश ठाउँमा सडक भताभुङ्ग भएका छन् । कच्ची सडकहरू भत्किएपछि सर्वसाधारणलाई आवत जावतमा समस्या छ । गाउँ जाने यातायातको संख्या थोरै छन् । एउटै गाडीले दुई तिन पटक यात्रु बोक्नुपर्ने हुन्छ तर बर्खाको समयमा भत्किएका सड

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • 752 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीमा भएको आन्दोलनको समाधान गर्न राजनीतिक दलहरुद्वारा पहल शुरु

    धरान/  लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने माग राख्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलरत शिक्षक तथा चिकित्सकको आन्दोलनले प्रतिष्ठानका हरेक क्षेत्र प्रभावित बनेपछि यसको निकास निकाल्नको लागि धरानका राजनैतिक दलहरुले पहल शुरु गरेका छन् । पछिल्लो समय धरानका राजनीतिक दलहरुले शिक्षक तथा चिकित्सको आन्दोलनको बारेमा बुझ्न छलफल समेत आयोजना गरेको छ । छलफबाट निकास निकालेर नियमित हुने प्रतिष्ठानको शैक्षिक गतिविधि, स्वास्थ सेवालाई सुचारु गर्न दलहरुले छलफल गरेका हुन् । यो छलफल दलहरुहरुकै सक्रियतामा भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको

    • प्रकाशित मितिः कार्तिक १३, २०८०
    • 798 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित जडीबुटी

    इलाम। इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ। उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आएका थिए। केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत देशमा जान थालेको दाहालले बताए।  केन्द्रलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी सञ्चालनमा ल्याएको जनाउँदै उद्योगबाट विभिन्न जडीबुटीका तेल उत्पादन हुने उनले बताए। गाउँमा उत्पादित तितेपाती, धूपी, मेन्था, धसिङ्गरेलगायतबाट तेल प्रशोधन गरिने भन्दै दाहालले हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल बिक्री

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • 478 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा माछा घटेपछि चिन्ता

    वराहक्षेत्र/  सप्तकोशी नदीमा माछा मारेर पुस्तौँदेखि जीविका चलाउँदै आएका मलाह (गुडी) को पेसा संकटमा पर्न थालेको छ । कोशी नदीमा माछा पाउन छाडेपछि मलाहको पेसा संकटमा परेको हो । वर्षको नौ महिना कोशी नदीमा माछा मार्दै आएका मलाहलाई पहिलाको जस्तो कोशीमा माछा नपाउँदा हातमुख जोड्नै समस्या हुन थालेको छ । केही वर्षअघि जस्तो कोशीमा माछा पाउन छोडेपछि माछा मारेरै परिवार पाल्दै आएका मलाह जातिलाई आफ्नो पुख्र्याैली पेसा नै संकटमा पर्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ । कोशी गाउँपालिका ३ का गुलाबी मुखियालाई पछिल्लो समय माछा मार्ने पेसा नै हराउने हो कि भन्ने चिन्ताले पिरोलेको छ । ‘माझी मलाह सञ

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • 583 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved