समाज

    Showing 2,681-2,690 of 5,445 items.
  • परीक्षा ठप्प पार्दै बीपीका चिकित्सक

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यरत चिकित्सक, शिक्षक, कर्मचारी लगायतको बढुवा रोक्का गरेको विषयमा क्रमिक रुपमा आन्दोलन शुरु गरेका छन् । बढुवा तथा सेवा सुविधाको विषयमा प्रतिष्ठानमा केही समय अगाडि कर्मचारी कल्याण समाज र इन्टर्न चिकित्सकहरु आन्दोलित भएका थिए । अहिले प्रतिष्ठानका कार्यरत चिकित्सक तथा शिक्षकहरुको संस्था शिक्षक कल्याण समाजले आजबाट हुने परीक्षालाई अवरुद्ध पार्दै आन्दोलन थालेका छन् । लामो समयदेखि कार्यरत चिकित्सक, कर्मचारी तथा शिक्षकहरुको बढुवा रोक्का गरिएको र बढुवा प्रक्रियालाई सुचारु गर्नुपर्ने माग राख्दै शिक्षक कल्याण समाजले परीक्षा शाखामा ताल

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • 548 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निःशुल्क आँखा शिविर

    धरान / धरान १४ विजयपुरमा करिब ३ सय बर्ष पुरानो मानिएको गणेश भीमसेन मन्दिरको संरक्षणमा लागेको गणेश भीमसेन गुठी संरक्षण समतिले स्थानीय सर्वसाधारणको आखाको समस्यालाई मध्यनजर गरी निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । पुराना मन्दिरलाई संरक्षण गर्दै आएको समितिले समय समयमा सामाजिक सेवा समेत गर्दै आएको छ । यसै क्रममा धरान १४ विजयपुरमा रहेका सबै उमेर समुदायलाई लक्षित गरी मन्दिर अगाडि निःशुल्क आँखा शिविरको आयोजना गरेको हो । समितिलाई धरान १२ मा रहेको सूर्य आई केयरले परीक्षणका लागि सहयोग गरेको छ । परीक्षणमा आँखामा समस्या भएका सबै उमेरका सर्वसाधारणको उपस्थिति रहेका सूर्य आई केयर धरान १२ की चिकित्सक डा.इच

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • 402 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनेरास्ववियु कोशी प्रदेशको अध्यक्षमा गजल खडका निर्वाचित

    विजयपुर/ अनेरास्ववियु कोशी प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा सुनसरीबाट अध्यक्षमा जिवि गजल खड्का चयन भएका छन । त्यसैगरी उपाध्यक्षमा धनकुटाका अकित थापा, झापाका नारायण पोखरेल चयन भएका छन । सचिवमा मोरङका सन्तोष घिमिरे, सह–सचिवमा उदयपुरका प्रवेश ठकुरी, ईलााका पारस राई, झापाका लक्ष्मी न्यौपाने, तेह्रथुमकी रन्जना घतानी र कोषाध्यक्षमा भोजपुरका नवराज घिमिरे चयन भएका छन ।

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • 570 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाको सहकारीको दर्ता खारेज

    धनकुटा/ धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ऐनको प्रावधान कार्यान्वयन गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत सहकारीको दर्ता खारेज गरिएको हो । धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउँनुपर्ने, छ महिनाभित्र संस्थाको साधारण सभा बोलाउनुपर्ने र यसको विवरण नगरपालिकामा बुझाउनुपर्ने प्रावधान छ । प्रावधान विपरित चार वर्षभन्दा अघिदेखि लेखापरीक्षण र साधारण सभा नगरेका र कार्यालयमा विवरण नबुझाउने सहकारी संस्थाहरूको दर्ता खारेज गरिएको न

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • 735 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सानो विवादमा ठूलो क्षति ‘मट्टितेल छर्केर आगो लगाइयो’

    धरान/  सामान्य विवादका कारण धरान १७ का अजितमान विकले ठूलो क्षति व्यहोर्नु परेको छ । सामान्य विवादमै उनलाई मट्टितेल छर्केर आगो लगाइएको थियो । धरान १७ मा भएको सो घट्नाबाट घाइते भएका उनको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए । खहेर्दा सामान्य जलेको जस्तो देखिए पनि बिपी प्रतिष्ठान ‘बर्न हस्पिटल’ नभएका कारण उनको अवश्था चिन्ताजनक रहेको छ । गत भदौ १३ गते बुधबार धरान १७ का ४१ वर्षीय अजितमान बिकलाई सोही स्थ

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • 894 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • करिव २ दशक पहिले हिट गीतको नयाँ भर्सनमा मोडल बादल श्रेष्ठ र गरिमा शर्माको अभिनय

    विजयपुर / पछिल्लो समयका उदयमान मोडल बादल श्रेष्ठले अभिनय गरेको गित सागर बरु सुकेर गैजाला बोलको गित हालै मात्रै सार्वजनिक भएको छ । मोडल बादल श्रेष्ठलाई  सागर बरु सुकेर गैजाला  गीतबाट ठूलो आशा रहेको बताए । नेपाल चलचित्र पत्रकार संघ, कोशी प्रदेशले शुक्रबार इटहरीमा आयोजना गरेको पत्रकार समेलन कार्यक्रममा उनले सार्वजनिक गित बारे जानकारी दिएका छन । उक्त कार्यक्रमलाई नेपाल चलचित्र पत्रकार संघ, कोशी प्रदेशले आयोजना गरेको थियो । कार्यक्रमका बोल्दै मोडल श्रेष्ठले सागर बरु सुकेर गैजालाु गीतमा आफ्नो तर्फबाट सक्दो मेहनत गरेको र त्यसको आउटपुट पनि राम्रो आएकोु बताउदै सबैले भिडियोलाई युट्युबमा हेरे

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अकबरे खुर्सानीबाट मनग्गे आन्दानी

    भोजपुर /अकबरे (डल्ले) खुर्सानीको व्यावसायिक खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुर्सानीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।,स्थानीय किसानले उत्पादन गरेको खुर्सानी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँ लगायतका शहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुर्सानी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय बजारमा प्रतिकेजी २५० देखि ३५० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । विशेष गरेर जिल्लाको पौवाद

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • 517 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिरामीको चाप बढ्दै, अस्पतालमा छैन बेड

    इलाम / इलाम अस्पतालमा बेडको अभाव भएपछि अस्पतालले भुईमा सुताएर उपचार गरिरहेको छ । पछिल्लो समय इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि बेड अभाव हुँदा भुईमा सुताएर उपचार भईरहेको हो । अस्पतालमा दैनिकजसो ७० देखि ८० जनाको सङ्ख्यामा इमरजेन्सीमा बिरामीहरू आउने गरेको इलाम अस्पताल इमरजेन्सी इन्चार्ज टिका लुईटेलले बताए । डेङ्गु, स्कपसाइफस र भाइरल ज्वरोका बिरामीको चाप रहेको कारण अस्पतालमा बेडको अभाव भएको छ । ‘जीउ दुख्ने, हातखुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्षणहरू भएका बिरामीलाई अस्पतालमा राखेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुईँमै भए

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • 560 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँचथरको फालेलुङमा प्रहरी चौकी स्थापना

    पाँचथर/ फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ। प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो। हाल ६ प्रहरी मात्र कार्यरत छन्। मन्त्रिपरिषद्को २०७६ असोज ७ गतेको बैठकले उक्त स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो। सोही निर्णयबमोजिम बुधबार प्रहरी चौकी उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। फालेलुङ गाउँपालिकाको केन्द्र रहेको सो स्थानमा यसअघि प्रहरी चौकी थिएन। गाउँपालिकाको सेवा केन्द्रमा सुरक्षाको प्रबन्ध नहुँदा नजिकै रहेको इलाका प्रहरी कार्यालय मेमेङले यहाँ सुरक्षा प्रदा

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 497 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वर्षेनी क्षति बढाउँदै सेहेरा खोला

    धरान । अविरल वर्षासँगैं आउने बाढीले वर्षेनि धरान ६ पानवारी स्थित सेहेरा खोला किनाराका बस्तीबासीले सास्ती भोग्नु परेको छ । गत २०७० सालमा आएको वाढीले पानबारीमा एक घरका ४ जनाको परिवारलाई वगाएर मृत्यु समेत भएको थियो । खोला नियन्त्रणका लागि सम्बन्धीत निकायमा माग गरे पनि अहिले सम्म कुनै पहल नहुँदा वर्षेनि वर्षाको समयमा सेहेरा खोला नजिकैको बस्तीवासीले सास्ती भोग्दै आएका छन् । निरन्तर झरी पर्न थाले पछि बस्तीवासी रातभर जाग्राम बस्नु पर्ने बाध्यतामा हुन्छन् । सेहेरा खोलाले वर्षा याममा सिंगो पानबारीवासीलाई दुख दिदैं आएको छ भने खोला नियन्त्रणको गर्नको लागि माग गरेपनि अहिले सम्म नियन्त्रणको प्रयास हुन नस

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 683 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved