विराटनगर/ विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराैला कार्कीले प्रदेश राजधानी विराटनगरलाई सुरक्षित राख्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताईन । ६८ औं प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले प्रदेश राजधानी विराटनगरमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । राजधानी सुरक्षित भयो भने प्रदेशका अन्य स्थान पनि सुरक्षित हुने उनको भनाइ थियो । सीमित स्रोत साधनका बाबजुत पनि शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको कार्यबाहक मेयर कार्कीले बताईन । उनले
धरान/ नेपालीहरुको राष्ट्रिय पर्व दशै नजिकिदै जाँदा धरानको धार्मिक क्षेत्र आसपासका सडक सरसफाई शुरु भएको छ । अन्य दिनमा सरसफाई नभए पनि चाडवाड नजिकिएसँगै धरान १४ विजयपुर क्षेत्रमा रहेका सडकहरु सरसफाइ गरिएको हो । सरसफाई अभियानको अगुवाई पूर्व प्रहरी संघ धरानले गरेको छ । यसमा वहालवाला प्रहरीले समेत प्रहरीलाई सहयोग गरेको छ । धरान १४ विजयपुरमा रहेको दन्तकाली मन्दिरदेखि दुईधारेसम्म रहेका सडक आसपासमा भएका फोहोरहरु सरसफाई गरिएको हो । बहालवाला प्रहरी र पूर्व प्रहरी गरेर १ सय जनाको टोलीले सरसफाई गरको पूर्व प्रहरी संघ धरानका अध्यक्ष कालुराम राईले बताए । उनले सरसफाई अभियान निरन्तर गर्ने बताए
धरान / नेपालीहरुको चाड दशै भित्रिसक्दा पनि व्यपारीहरुको व्यापार व्यवसाय डामाडोल भएको भन्दै उद्योगी तथा व्यवसायीहरुले निर्धक्कसँग व्यापार गर्ने वातावर तयार पारिदिन प्रशासन समक्ष माग राखेका छन् । सुनसरी उद्योग वाणिज्य संघ धरानले बुधबार संघकै कार्यकक्षमा आयोजना गरेको दशै, तिहार तथा छैठ पर्वको शुभकामना तथा चाडपर्व लक्षित सुरक्षा चुनौतिका विषयमा आयोजिक कार्यक्रममा अधिकांश व्यवसायीहरुले सुरक्षा नभएको, प्रहरी प्रशासनले अनाहकमा व्यवसायीलाई दुः ख दिएको, बैंकको व्याजदरले व्यवसायी उठ्नै नसक्ने अवस्था भएको, स्थानीय सरकार र कर कार्यालयले अनाधिकृत रुपमा कर असुली गरेको लगायतका विषयमा प्रशासन समक्ष उठाए
धरान/वृत्ति विकासको माग गर्दै आन्दोलनरत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरूले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् । चिकित्सकहरूले स्वास्थ्य मन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासो सहित मङ्गलवार ज्ञापन पत्र बुझाएका थिए । तर आफूहरूको मागप्रति मन्त्री बस्नेत गैर जिम्मेवार बनेपछि राजीनामा दिनुपरेको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए । प
काठमाण्डौं/ कोशी प्रदेशको राजनीतिले सत्ता गठबन्धनमा हलचल ल्याइसकेको छ । कांग्रेसभित्रकै एकले अर्कोलाई निषेध गर्ने राजनीति देखेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने आजित भएका छन् । कोशीमा गठबन्धनको बहुमत छ तर एक महिनापछि विश्वासको मत लिनेबेला सभाध्यक्षले मत दिन पाउँदैनन् । एमालेले उपसभामुखलाई फेरि पनि अनुपस्थित गराउने निश्चित छ । त्यो अवस्थामा कोशी मध्यावधिमा जान्छ । मध्यावधिमा जान नदिनका लागि राप्रपालाई मुख्यमन्त्री दिने विकल्पमा अझै गठबन्धन तयार छैन । हिजो एमालेलाई प्रतिगामीसँग मिलेको आरोप लगाउने गठबन्धन आज त्यही कथित प्रतिगामी शक्ति राप्रपालाई फकाउन प्रयासरत
धरान/ श्रम शक्तिलाई दक्ष र व्यवसायिक बनाउदै स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले नागरिकको रोजगारीको हकलाई मैलिक हकको रुपमा व्यवस्था गर्न पाँच बर्ष अगाडि शुरु गरिएको प्रधानमन्त्री स्वरोजगार कतिपय स्थानीय तहमा यो प्रभावकारी ढंगबाट सञ्चालन भएको छ भने कतिपय ठाउँमा प्रभावकारी हुन सकेको छैन । एक सय दिनलाई लक्षित गरी ल्याइएको रोजगार कार्यक्रमले निम्न आय भएका र श्रम गरेर गुजारा चलाउनेहरुलाई भने सहज बनाएको छ । नेपालको संविधानको धारा ३३ मा प्रत्येक नागरिकको रोजगारीको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ ।संिवधानकै धारा ५१ ले रोजगारीका सम्बन्धमा राज्यका नीति के हुने भन्ने विषयलाई स्प
इलाम/ पृथ्वीमा रहेका हरेक प्राणीलाई बाँच्नका लागि पानी धेरै महत्वपूर्ण छ । तिर्खाएको बेला प्यास मेट्न नपाउँदाको अवस्थाले मृत्यु सम्म हुने गर्दछ । वन जङ्गलमा हुने चराचुरुङ्गी त खोला खोल्साबाट प्यास मेट्न पाउँछन भने सहर बजारका चरा भने छतमा पानी भेटे भने मात्रै प्यास मेट्न पाउने गर्दछन् । तर अब इलामका बजार क्षेत्रमा रहेका चराले भने प्यास मेट्न खोला खोल्सा जान नपर्ने भएको छ । डिभिजन वन कार्यालय इलामले चराको लागि छतमा पानी व्यवस्थापन कार्यक्रम अन्तर्गत पानी पिउनका लागि सहज बनाउने भएसँगै इलाम बजारका चराले छतबाट पानी पिउने भएका छन् । डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत गजेन्द्र श्
विराटनगर/ विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजमा नेपाली कथानक चलचित्र परदेशी २ फिल्मका अभिनेता प्रकाश सपुत, अभिनेत्री वर्षा सिवाकोटी, चलचित्रका निर्माता राजेश वंशल सहित अन्य कलाकारहरुको उपस्थिति रहेको थियो । कोशी प्रदेश नेपाली चलचित्रलाई माया गर्नेहरुको प्रदेश भएकोले प्रोमोसनका लागि मेरिल्याण्ड आएको चलचित्रका निर्माता राजेश वंशलले वताए । अभिनेता प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटीले विद्यार्थीहरुमाझ प्रस्तुती दिएका थिए । उनिहरुले चलचित्रको एक चर्चित गीत पनि प्रस्तुत गरेका थिए । उनिहरुको प्रस्तुतिलाई विद्यार्थीहरुले भरपुर मनोरञ्जन लिएका थिए । चलचित्र नेपाली सिनेमा घरहरुमा असोज २६ ग
युएई/ यूएई कार्यरत धरानेहरुको साझा सामाजिक संस्था धरान हेल्पिङ ह्याण्ड्स, युएईको छैठौ महाधिवेशन सम्पन्न भएको छ । सर्वसम्मतरुपमा चयन भएको कार्यसमितिमा अध्यक्षमा ईश्वर श्रेष्ठ, उपाध्यक्षमा तिर्थ राई, ज्वाला श्रेष्ठ र अनुप तामाङ, महासचिवमा विक्रम तामाङ, सचिवमा मनोज मास्के, विनोद राई, देवान राई, रमेश खत्री र मनोज कुमार भुजेल, कोषाध्यक्षमा सुमित्रा लिम्बू र सहकोषाध्यक्षमा ओमप्रकाश शाह चयन भएका छन भने सदस्यमा रमेश श्रेष्ठ, मेघराज लिम्बू र असिम चाम्लीङ राई चुनिए । दुबईको रेनर्टी होटलमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पासाङ शेर्पा संयोजक, आदिबासी जनजाती महासंघ अन्तराष्ट्रिय समन्वय
विराटनगर/ विराटनगरस्थित मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि सहगोगी हातहरु पछिल्लो समय बढ्दै गएका छन् । विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ । आश्रमको कार्यबाट प्रभावित भएर समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले भोजन गराउनदेखि आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको हो । यसै क्रममा सोह्रश्राद्धको अवसर पारेर कवि एवं पत्रकार मीनकुमार नवोदितले मानवसेवा आश्रममा आश्रितहरुलाई आज बिहानको भोजन गराए । नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष समेत रहेका नवोदितले बुवा गंगाबहादुर र आमा धनमाया श्रेष्ठसहित पितृहर