काठमाडौं / दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवद्र्धनमा समेत ध्यान दिन थालेको छ । पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रवद्र्धन र खेलाडीहरुको मनोवल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरुमा सहकार्यको अभ्यास सुरु गरेको हो । हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य शहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको थियो । गल्फ खेलको प्रवद्र्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि आफूहरुले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले जानकारी दिनुभयो । खुकुरी रमले खेलहरुको प्रवद्र्धनका लागि यस्ता इभेन्टहरुमा सहका
धरान / आगामी पौषको अन्तिम सातामा हुन लागेको खुकुरी एमेन्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न टाइटल प्रायोजकले ११ लाख दिने सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र द नेपाल डिस्टिलरी प्रालिबीच सो सम्झौता भएको हो । धरान गल्फ क्लबको कार्यालयमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा खुकुरी रम उत्पादक प्रालिर्ले क्लबलाई एक वर्षको लागि ११ लाख रुपैया दिने सम्झौता भएको खुकुरी रमको असिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधानले जानकारी दिए । यो सम्झौत
धरान / धरान उपमहानगरपालका वडा नं. १४ लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा धरान उपमहानगरपालिकाले गुरुयोजना बनाएर अगाडि सारेको छ । यहाँ रहेका मठ मन्दिरको संरक्षण, सरसफाई, पर्यटक आउने वातावरण सिर्जना गर्ने लगायतका कुराहरु यसभित्र पर्छन् । पर्यटकलाई सहजताका लागि धरान १४ को वडा कार्यालय छेउमा सूचना केन्द्र समेत बनेको छ । तर मन्दिर आसपासमा रहेका फोहोर भने हत्तपत्त उठ्दैन ।जसले गर्दा धार्मिक पर्यटकीय क्षेत्रमा आएका धार्मिक पर्यटकहरु नाक थुनेर हिड्ने गरेका छन् । विजयपुरमा नेपाल लगायत भारतसम्मका धार्मिक पर्यटक आउने गर्छन् । उनीहरु यहाँ आउँदा विजयपुरमा रहेको पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा
मोरङ / प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार सपथ लिएका छन् । उनीसँगै तीन जना विना विभागीय मन्त्रीले सपथ लिएका हुन् । नेकपा एमाले संसदीय दलका नेता कार्कीले मुख्यमन्त्रीको शपथ लिएपछि तीन जना मन्त्री नियुक्त गरी मन्त्रीमण्डल विस्तार गरेका हुन् । नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, जसपाकी निर्मला लिम्बू र राप्रपाका भक्ति सिटौलाले मन्त्रीको शपथ लिएका हुन् । उनीहरू तीनैजनाको मन्त्रालय तोकिएको छैन । उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए । मुख्यमन्त्रीमा नियुक्तिसँगै सपथ लिइसकेपछि कार्मीले प्रदेशप्रति जनताको टिप्पणी र आलोचनलाई सच्चाएर लाने बताएका छन । उनले प्रदेशप
धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिकालाई स्थानीय, प्रदेश र संघले समेत पर्यटकीय स्थलको रुपमा लिने गरेको छ । अँग्रेजी महिनालाई लक्षित गरी भर्खरै सम्पन्न भएको भेडेटार खाना महोत्सव बढी भन्दा बढी पर्यटक भित्र्याउने र साँगुरीगढीलाई पर्यटकीय स्थल बनाउने उद्देश्यका साथ सम्पन्न भएको छ । तर यस्ता उद्देश्यलाई सामान्य भन्दा सामान्य कुराले समेत प्रभाव पार्ने गर्छ । सुनसरीको धरानजस्तै साँगुरीगढीलाई पनि पर्यटन प्रवद्र्धनको विकासमा खानेपानी समस्याले बाधा पु¥याउने निश्चित देखिएको छ ।पानी अभावकै कारण साँगुरीगढी गाउँपालिकाको गोलखाडी, आस्कोटमा खानेपानीको चरम समस्या छ । खानेपानी समस्याकै कारण उनीहरुको दिनच
मोरङ / प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश १ को चौथो मुख्य मन्त्रीको रुपमा कार्की नियुक्त भएका हुन्कार्की झापाबाट नेकपा एमालेकातर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । कार्कीलाई सर्वसम्मतबाट संसदीय दलको नेतामा चयन गरिएको थियो । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्ति पछि कार्कीले सबै दलको प्रतिनिधित
मोरङ / विराटनगर महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विहीबारदेखि वडागत मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिसम्बन्धी तालिम सुरु गरिएकोे छ । तालिमको उद्घाटन महानगरपालिकाका मेयर नागेश कोइरालाले गरे । सो अवसरमा बोल्दै मेयर कोइरालाले आएका उजुरीलाई महानगरमै समाधान गर्नुपने बताए । मेयर कोइरालाले विराटनगरलाई नेपालमै सबैभन्दा उत्कृष्ट न्याय सम्पादन गर्ने महानगरका रुपमा स्थापित गराउन आग्रह गरे । न्यायिक समितिकी संयोजक महानगरकी उपमेयर शिल्पा निराला कार्कीले महानगरले अन्यायमा परेकाहरुलाई न्याय दिलाउने बताइन् । उनले मेलमिलापकर्ताका माध्यमबाट वास्तविक अन्यायमा परेकाको पहिचान पनि हुने उल्लेख गरिन । समिति
धरान / धरान ७ पानबारी बस पार्क छेउमा भुपेन्द्रराज मोक्तान ज्येष्ठ नागरिक पार्क निर्माण भएको छ । कुनै समय यो स्थान फोहोर फाल्ने डस्बिनको रुपमा रहेको थियो । आसपास हिडडुल गर्न मुस्किल थियो । तर यसलाई पार्कको अवधारणा अगाडि बढाएर निर्माण सम्पन्न गरेपछि भने अहिले दुर्गँिन्धत क्षेत्र रमणीय स्थल बनेको छ । धरान उपमहानगरपालिका वडा न ंं ७ पानबारी बसस्टेण्ड नजिकै रहेको खोला जसलाई माछा भौडी पनि भनिन्छ । सहरको बीच भागमा रहेको यो भौडीमा बर्खाको समयमा अत्याधिक पानी बग्ने गरेको छ । यही खोला सर्वसाधारणको फोहोर फाल्ने स्थान रहेको थियो । तर अहिले त्यस स्थानमा फोहोर फाल्न दिइएको छैन । माछा भौडी नजिकै केही सम
विराटनगर / पूर्वी नेपालको १४ वटा जिल्ला समेटेर बनेको १ नम्बर प्रदेशको पाँच वर्षे कार्यकालमा सरकारले के के काम गर्यो भन्ने चासो सबैलाई छ । कतिपयले प्रदेश संरचनाको कामै छैन पनि भन्न थालेका छन् । केन्द्रीकृत शासन व्यवस्था हुँदा केन्द्रीकृत नीति र केन्द्रीकृत विकास निर्माण गर्ने भएको कारण शासनमा पनि विकेन्द्रीत नीति र साधन, स्रोत तथा विकासमा पनि विकेन्द्रीत गर्ने उद्देश्यका साथ संघीय सरकारहरुको स्थापना गरिएको हो । प्रदेश सरकारहरुले जनतामा जागेको विकास र समृद्धिको उत्कट चाहनालाई पूरा गर्नुपर्ने चुनौती स्वीकार गरेका थिए । तर, सोही अनुसार विकास निर्माणको काम हुन भने सकेन । यद्यपि प्रदेश १ लाई स
मोरङ / विराटनगर महानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको चारदिने तालिमको बुधबार समापन गरिएको हो । तालिममा उद्घोषण तथा भाषण कला, प्रस्ताव लेखन, कार्यक्रमको तालिका बनाउने,, नेतृत्व क्षमता विकास, सकारात्मक सोचको विकास लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । अग्रज पत्रकार यज्ञ शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत र पत्रकार एवं साहित्यकार मीनकुमार नवोदितले हरेक दिन बेग्ला–बेग्लै विषयमा प्रशिक्षण दिएका थिए । समापन समारोहमा प्रशिक्षार्थीहरूलाई विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले प्रम