मोरङ / बैंकहरुले लिएको चर्को व्याजरको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी तथा व्यवसायीहरुले विहीबार काठमाण्डौ नै पुगेर समस्याको समाधान गरिदिन आग्रह गरेका छन् । चरणबद्ध आन्दोलन गर्दै आएका उनीहरुलाई नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग समस्या समाधान गर्नका लागि केही समय अगाडि छलफलमा बोलाएपछि सकारात्मक बनेका उद्योगी, व्यवसायहरुले पुन :काठमाण्डौमै पुगेर स्मरण गराएका छन् । विहीबार मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे लगायत काठमाण्डौ नै पुगेर अर्थमन्त्री पौडेल, सचिव तोयम राया, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, पर्यटन सचिव सु
विराटनगर / करको दायरा बढाएर आन्तरिक आम्दानी बलियो बनाउने प्रस्ताव पारित गर्दै विराटनगर महानगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९/ ८० को अर्धवार्षिक समीक्षासमेत गरिएको छ । चालु आर्थिक वर्षको पुस २४ गतेसम्म १ अर्ब २ करोड ५ लाख ५८ हजार २ सय ८५ रुपैयाँ मात्रै यथार्थ आय भएको उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । उक्त आयमध्ये संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ६१ करोड ८२ लाख ८५ हजार १ सय १० रुपैयाँ प्राप्त भएको उपमेयर कार्कीले बताइन् । यसैगरी प्रदेश सरकार वित्तीय हस्तान्तरणतर्फबाट २ करोड ९ लाख ६० हजार ४ सय २० रुपैयाँ, ब
धरान / मापदण्ड विपरीत जथाभावि खोला उत्खनन् कार्यलाई रोक्नका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले कारबाहीको निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यलय सुनसरीले मापदण्ड विपरीत सञ्चालन भएका धरान सुनसरी जिल्लाभित्र सञ्चालनमा हरेका तीनवटा क्रसर उद्योगलाई बन्द गर्न गर्न दिर्नेशात्मक मौखिक निर्देशन दिएको छ । कार्यलयले सर्दु खोला छेउमा सञ्चालित नवदुर्गा स्टोन क्रसर उद्योग, रामधुनी नगरपालिका वडा नं.९ मा रहेको छिङ्ताङ देवी बालुवा क्रसर उद्योग र वराहक्षेत्र नगरपालिका चारमा रहेको सुनसरी सेण्ड एण्ड वासिङ उद्योग बन्द गर्न निर्देशन दिइएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम
काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोक राईले प्रदेश सरकारहरुलाई काम गर्न सक्ने वातावरण दिनुपर्ने बताएका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले देश संघीयतामा गइसकेको भए पनि प्रदेश सरकारहरुलाई काम गर्न सक्ने वातावरण नदिएको भन्दै अब काम गर्न सक्ने अवस्थामा लैजानुपर्ने बताए । ‘हामी संघीयतामा गइसकेका छौं । तर प्रदेशहरुले काम गर्न सक्ने खालको वातावरण दिन सकेका छैनौं,’ संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि नेता राईले भने, ‘मलाई ०७४ सालपछि निर्माण भएका प्रदेश सरकारका मुख्यमन्त्रीजीहरुले गरेको क्रन्दन
इलाम / सरकारले ल्याएको भू–उपयोग नियमावली २०७९ ले व्यवस्था गरेअनुसार इलामका पालिकाहरुले जग्गाको वर्गीकरण कार्य नगर्दा सात महिना यता जग्गाको कारोबार राकिएको छ । सरकारले कृषि, आवास, वन, व्यवसाय, आवास, खानी लगायतका क्षेत्रमा जग्गा वर्गीकरण गरि पालिकाहरुले मालपोत कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेपनि जिल्लाका सबै पालिकाले नबुझाउँदा जग्गाको कारोबार रोकिएको हो । पालिकाहरुले जग्गाको वर्गीकरण गरेर नबुझाउँदा मालपोत कार्यालयबाट उठ्ने राजश्वमा समेत घाटा लागेको छ । इलामका १० वटा पालिका मध्ये इलाम नगरपालिका बाहेक बाँकी ९ वटा पालिकाले हालसम्म जग्गाको वर्गिकरण पठाएका छैनन । स्थानीय तहले गएको मङ्
मोरङ / प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २९ गते विश्वासको मत लिने भएका छन् । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले संविधानको धारा १६८ (४) बमोजिम नियुक्त भएको एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । कार्की झापाको निर्वाचन क्षेत्र नं. ५ प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । उनी झापाको गौरादहको स्थायी बासिन्दा समेत रहेका छन् । कार्की मुख्यमन्त्री बनेपछि गौरादहबासीले उनलाई आफ्नै स्थानका व्यक्ति मुख्य मन्त्री बनेपछि उनीहरुको अपेक्षा धेरै रहेको पाइएको छ । उनीहरुले मुख्यमन्त्री कार्कीलाई सुझाव समेत दिएका छन् । नेकपा एमाले सं
मोरङ / प्रदेश १ प्रदेशसभाको सभामुख पदमा नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध चयन भएका छन् । गौतमलाई एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रस्ताव गरेका थिए । माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुले समर्थन गरेका थिए । गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
धनकुटा /धनकुटाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर कालोपत्रेको काम तिब्र रुपले हुँदै आएको छ । कालोपत्रेका लागि निर्माण कम्पनीले तिब्रता दिएको छ । निर्माण कार्यले तिब्रता पाएपछि जिल्लाको पश्चिमी क्षेत्रका नागरिकहरु हर्षित भएका छन् । सडक निर्माणका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेका लागि तयारी भएको हो । हिउदमा धुलाम्बे र बर्षाद्मा हिलाम्मे सडकको पीडाले ग्रसित बन्दै आएका यस क्षेत्रका नागरिकहरु सडक कालोपत्रे भएपछि हर्षित बनेका छन् । करिब तीन दशक अघि ट्रयाक खोलिएको सडक कालोपत्रे नहुँदा बर्षेनी नागरिकहरुले सास्ती भोग्दै आएका थिए । कोशी राजमार्गसँगै जोडिएको सिधुवा, शुक्रबार ओख्रे कालोपत्
धरान / त्रिदेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडक बीच बीचमा विवादका कारण समयमै सम्पन्न हुन सकेको छैन । पछिल्लो समय यो विवाद धरानमा समेत देखिन थालिएको छ । धरानको बजार एरियामा ४ लेनको बनाउने हो या वाइपास गर्ने भन्ने बीच धरान उपमहानगरपालिकामा सडक छेउका घरवाला, स्थानीय बुद्धिजीवी र धरान उपमहानगरपालिकाबीच छलफल भएको छ ।छलफलका क्रममा धेरैले जोगबनी किमांथाका जोगबनी सडकलाई वाइपास गरेर लानुपर्ने तर्क राखेका थिए भने केहीले बजार एरियामा ६ लेनको बनाउँदा सर्वसाधारणले धेरै क्षति व्यहोर्नुपर्ने तर्क राख्दै सडक विस्तार गर्दा ४ लेनको बनाउनुपर्ने तर्क राखेका थिए । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्
मोरङ / सहरका बीच भागमा अव्यवस्थित रुपमा छरिएर रहेका तारहरुलाई विराटनगर महानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ । महानगरले पुस २८ गते बिहीबारदेखि विराटनगर महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको हो । सोमबार विराटनगरमा केवल तथा नेट व्यवसायीका प्रतिनिधिलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निर्णय गरेको हो । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन गरिनेछ । अटेर गर्ने कम्पनीको तार काट्ने उपमहानगरपालिकाले जनाएको छ । विराटनगरको सौन्दयर्तामा ह्रास आएको भन्दै महानगरले यस्तो निर्णय गरेको हो । गत असोज १३ गते पनि बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइए