विजयपुर / कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले शनिबार धरानमा राके जुलुस प्रदर्शन गरेका छन् ।१ नं. प्रदेश पुन: पुन नामाङ्न संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका उनीहरुले कोशी प्रदेश बन्दको पूर्व सन्ध्यामा राके जुलुस निकालेका हुन् । धरान १५ किरात याक्थुङ चुम्लुङबाट १ नं. प्रदेशको नाम षड्यन्त्रपूर्ण कोशी प्रदेश राखेको भन्दै राकेजुलुस निकालेका हुन् । राके जुलुसपछि भानुचौकमा कोणसभाको समेत आयोजना गरिएको थियो । निरन्तर आन्दोलन गर्ने चेतावनी दिँदै उनीहरुले कोशी प्रदेश नामकरण षड्यन्त्रपूर्वक भएको र प्रदेश न. १ को नामकरणमा पुनर्विचार गर्नुपर्ने माग राखेका
धरान / किसानले पाइरहेको मूल्यमा फागुन २० गतेबाट ९ रुपैयाँ १० पैसा बढाउने मन्त्रिपरिषद्को निर्णय गरेपछि दूध संकलक डिपोहरुले १४ रुपैयाँदेखि १९ रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेका छन् । व्यावसायीहरुले दूध संकलन डिपोहरुबाट गाईको दूध प्रतिलिटर ७२ रुपैयाँ र भैसीको दूध ७७ रुपैयाँले खरिद गर्दै आइहेकामा सरकारले दूधको मूल्य वृद्धि गरेपछि गाई र भैंसीको दूध मिसाएर ९१ रुपैयाँ प्रतिलिटरको रेट पठाएका छन् । हाल बजारमा बिक्री गर्दै आएको मूल्यभन्दा खरिद मूल्य बढेर आएपछि बजारमा दूध कसरी बिक्री गर्ने भन्नेमा व्यावसायीले निर्णय गर्न सकेका छैनन् । डेरी संचालकहरुले हाल ८० देखि ९० रुपैयाँ प
धरान / स्ववियु निर्वाचनको तयारी भइरहेको पिण्डेश्वर क्याम्पसमा लफडा भएकोछ। निर्वाचन प्रकृया अन्तरगत उम्मेदवारको मनोनयनका लागि मनोनयनपत्र वितरण भइसकेको अवस्थामा नेविसंघले भने उम्मेदवारको आवेदन फारम लिएको थिएन। केही समुहसहित निर्वाचन कार्यालयमा जबर्जस्ती प्रवेश गरेका नेविसंघका विद्यार्थीहरुले कार्यालयमा रहेका निर्वाचन अधिकृत र सदस्यहरुमाथि अभद्र व्यवहार गरेका थिए। निर्वाचन कार्यालयबाट दस्ताबेजहरु लिएर कार्यालय तोडफोड गर्दै उनिहरुले ती दस्तावेजहरु जलाएका छन्। तोडफोड र आगजनि रोक्ने क्रममा क्याम्पसका कर्मचारी भुवन विष्टमाथि आक्रमण गर्दै नेविसंघ इकाईका सभापति प्रवेश पौडेलले टोक्न सम्म भ्याएका
सुनसरी / मुलुकले तेस्रो राष्ट्रपति पाएको छ । विहीबार भएको निर्वाचनबाट नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएसँगै मुलुकले तेस्रो राष्ट्रपति पाएको हो पौडेलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । प्राप्त निर्वाचन परिणाम अनुसार पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत प्राप्त गरेका थिए । दुवै जोड्दा उनको मतभार ३३ हजार ८०२ भएको छ । यस्तै एमालेका सुवासचन्द्र नेम्वाङले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका छन् । उनको मतभार १५ हजार ५१८ मत भार हुन आउँछ निर्वाचन अधिकृतका
धरान / नेकपा एमालेको वैचारिक तथा साङ्गठनिक सुदृढीकरण अभियान (मिसन ग्रासरुट) अन्तर्गत धरानमा अभियान सुरु भएको छ । एमाले केन्द्रीय सचिवालयको गत माघ २६ को बैठकले फागुन चैतमा दुई महिने ग्रासरुट अभियान सञ्चालन गर्ने निर्णय गरेअनुसार धरानमा समेत २० वटै वडा र जनवर्गीय सङ्गठनका प्रदेश अभियन्ता, जिल्ला अभियन्ता र नगर अभियन्ताको कार्य विभाजन गरेको छ । गत फागुन १० गतेदेखि सुरु भएको अभियानका बारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले धरानले सङ्गठन निर्माण, जनताको समस्या समाधानमा र राष्ट्रियताका विषयमा निरन्तर सक्रिय रहने बताएको छ । प्रेस विज्ञप्ति जारी गर्दै एमाले धरानका अध्यक्ष हर्क
शहरमा अव्यवस्थित रूपमा झुण्डिएका इन्टरनेट तथा टेलिफोनका तारले शहरलाई कुरूप बनाएको छ । तारको गुजुल्टोले शहरको आकाशलाई एकसाथ फोहोर र जोखिमयुक्त बनाएको छ । यस्ता गुजुल्टिएका तारले कतिपय स्थानमा त जोखिम पनि बढाएको छ । कतिपय स्थानमा तारहरू मान्छेले भेट्ने गरी तलसम्मै झुण्डिएका देखिन्छन् । त्यस्ता स्थानमा दुईपाङ्ग्रे सवारी साधन अल्झिएर दुर्घटनाग्रस्त हुने जोखिम देखिन्छ । सेवा प्रदायक कम्पनीहरूले यस्ता तारलाई व्यवस्थित गर्नु आवश्यक छ । पोल र सडकमा तार अव्यवस्थित हुँदा शहर फोहोर देखिएको छ । शहरलाई सुन्दर र सुरक्षित बनाउनु सरकारसँगै हरेक नागरिकको दायित्व हो । त्यसकारण इन्टरनेट तथा टेलिफोन सेवा प
इलामहरेक वर्ष फागुन २१ गते ५० अघिको घटना ताजा गराइदिन्छ जुन कम्युनिष्ट आन्दोलन र झापा विद्रोहको शीर्ष स्थानमा रहेको सुखानी हत्याकाण्डले । यो पटक सुखानीमा इलाम र झापाका कम्युनिष्ट नेता कार्यकर्ता भेला भएर त्यही हत्या काण्डमा सहादत प्राप्त गरेका शहिदहरुको स्मरणमा उनीहरुको प्रतिमामा माल्र्यापरण गरे । २०२९ फागुन २१ मा कम्युनिष्ट आन्दोलनका क्रममा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानावारीस्थित सुखानीमा फागुन २१ मा हत्या गरिएको थियो । घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए । उनीहरुलाई हत्या गरिएकै स्थानम
धरान / प्रदेश एकको नाम कोशी प्रदेश भएसँगै पहिचानवादी दलहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएका छन् । धरानमा समेत बिहीबार प्रदेश १ को नाम ‘कोशी’ राखिएकोमा राके जुलुससहित भानुचौकमामा विरोध रुप कोणसभाको आयाजना गरिएको हो । लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले प्रदेशसभाबाट पारित गरिएको कोशी प्रदेश खारेजीको माग समेत गरेको छ । उनीहरुले षड्यन्त्रपूर्वक कोशी प्रदेश राखिएको आरोप लगाउदै खारेजीको माग गरेका हुन् । उनीहरुले १.नं प्रदेशको नाम लिम्बुवान, खम्बुवान, किराँत राज्य घोषणा गर, नामकरण गरिएको कोशी प्रदेश खारेज गर, प्रदेश १.को नामकरण पहिचानको आधारमा लिम्बुवान, किराँत खम्
मोरङ/प्रदेश नंं १ को नाम ‘कोशी’ बहुमतले पारित भएको छ । पहिलो कार्यकालमा प्रदेशको राजधानीको टुंगो लगाए पनि नामकरण भने गर्न सकेको थिएन । प्रदेश नं. १ मा पहिलो कार्यकालमा शेरधन राई, भिम आचार्य र राजेन्द्र राई मुख्यमन्त्री हुँदा समेत प्रदेशको नाम टुंगो लाग्न सकेको थिएन । अन्य ६ वटा प्रदेशको नामकरण भइसक्दा पनि प्रदेश नंं १ को नामकरणको टुंगोे नलाग्दा प्रदेश १ सरकारको आलोचना भएको थियो । तर बुधबार बेलुका भने प्रदेश १ को नाम बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले प्रदेशको नाम कोशी प्रदेश राख्ने प्रस्तावलाई पारित गरेको हो ।कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरे
मोरङ / नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत मंगलबार प्रदेश १ का बिभिन्न जिल्लाहरुमा बैठक, भेला, लगायत अन्य विभिन्न गतिबिधी भएका छन् । तेह्रथुम जिल्लाको सदरमुकाममा नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका इन्चार्च राजेन्द कुमार गौतमको उपस्थितिमा मिशन ग्रासरुट अभियान अन्तर्गत पार्टी सुदृढीकरण तथा बिस्तार अभियान कार्यक्रम सम्पन्न भएको छ । इन्चार्ज गौतमले पार्टीमा देखिएको बिसंगति, बेतिथि, स्थानीय तहमा देखिएको गुटगत राजनैतिक राजनैतिक अन्त्य गर्दै दशौ राष्ट्र्रिय महाधिबेशनले तय गरेको नारालाई सार्थक तुल्याउन यो अभियान कोशे ढुंगा साबित हुने बताए । उनले