राजनीति

    Showing 791-800 of 1,612 items.
  • कार्यपालिकाको बैठकद्वारा नदीजन्य पदार्थको उत्खननको मापदण्ड संसोधन

    विजयपुर/ आइतबार बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले नदीजन्य पदार्थको उत्खनन, उपयोग र व्यवस्थापन सम्बन्धमा बनेको मापदण्डलाई संसोधन गरेर पारित गरेको छ । प्रवक्ता एवम् वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराईका अनुसार नदीजन्य पदार्थको उत्खनन् उपयोग र व्यवस्थापनकाका विषयमा व्यापक छलफलपछि संसोधन गरिएको हो । उनले ‘नदीजन्य पदार्थे नगरभित्र मात्र प्रयोग गर्ने कार्यविधि बनाइएको बनाएको बताए । उनले बैठकमा धरानका जनप्रतिनिधिहरुलाई आ–आफ्नो कमीकमजोरी स्वीकार गर्दै अब उप्रान्त सबैजना एकतावद्ध भएर अगाडि बढ्ने र धरानलाई विधि र पद्धतिबाट विकास गरेर लाने सहमति भएको बताए । उनले भने&nda

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 934 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • युवा संघको ३४ औ स्थापना दिवसमा सचेतनामुलक कार्यक्रम

    धरान । राष्ट्रिय युवा संघ नेपालको ३४ औ स्थापना दिवसको अवसरमा सोमबार धरान उप–महानगर कमिटीले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । दिवशको अवसरमा युवा संघका केन्द्रिय सदस्य, प्रदेश, जिल्ला सदस्य सहित धरान उपमहानगरपालिका कमिटीका पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रमको आयोजना गरेको हो । विभिन्न बिद्यालयमा लागुऔषध तथा दुर्ब्यसनी बिरुद्ध सचेतना कार्यक्रम, पहिरो पिडितलाइ राहत बितरण तथा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको थियो । युवा संघ धरानका अध्यक्ष भवानीभक्त दाहालका अनुसार धरान १८ स्थित डिपो उच्च मा.बी. र धरान –१२ स्थित पब्लिक स्कुलमा लागुपदार्थ दुर्ब्यसनी विरुद्ध सचेतना कार

    • प्रकाशित मितिः जेठ १, २०८०
    • 558 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘यसको जिम्मा मेयरले लिनुपर्छ’

    धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडासदस्य तथा कार्यपालिका सदस्य बीच बढ्दै गएको दूरीका विषयमा भूमिका विहीन अवस्थामा रहेको आरोप खेपेका उपमेयर अइन्द्र विक्रम बेघाले आफ्नो धारणा सार्वजनिक गर्दै उनले .यो समस्याको समाधान मेयरबाट हुनुपर्ने बताएका छन् । उनले धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) माथि भएको दुव्र्यहार खेदजनक भएको स्पष्ट पार्दै यसमा मेयरले अभिभावकीय भूमिका निर्वाह गरी समस्या समाधानतर्फ उन्मुख हुनुपर्ने धारणा राखेका छन् । सोमबार धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) माथि भएको दुव्र्यहार र त्यसपछि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 786 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुव्र्यहार गर्नेलाई सार्वजनिक मुद्धामा म्याद थप

    विजयपुर / धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) माथि दुव्र्यहार गर्नेलाई इलाका प्रहरी कार्यालय धरानले जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी कारबाही अगाडि बढाएको छ । सोमबार धरान १७ को टोल विकास समितिको छलफल भइरहेको बेला अराजक शैलीमा प्रस्तुत भएका फेसबुक पेज सञ्चालन गर्दै आएका ललित राई, स्थानीय गोविन्द श्रेष्ठ र लाक्पा तेञ्जी शेपालाई मंगलबार म्याद थप गरिएको हो ।   वडाध्यक्ष माथी दुर्व्यवहार गरेको बिरोधमा धरान उपमहानगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य हरुले सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यलय घेराउ गरेका छन् । जनप्रति नै सुरक्षाको माग गर्र

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 1,352 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • धरान १७ का वडाध्यक्ष भट्टराईमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

    धरान । वडा कार्यालयमा पुगेर  अराजक गतिविधि गर्ने विरुद्ध कारबाहीका लागि वडा कार्यालयले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको  छ । धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराईमाथि टोल विकास समितिकोे छलफल भइरहेको समयमा एकजना युट्युव च्यानलका व्यक्तिले भिडियो खिचेपछि भिडियो नखिच्न आग्रह गर्दा वडाध्यक्षमाथि नै जाइलाग्ने, कालो मोसो दल्छु भन्ने जस्ता अमानीय व्यवहार देखाएपछि प्रहरीलाई खबर गरिएको थियो ।  प्रहरीले ती व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा लगेको थियो । लगत्तै वडा कार्यालयका कार्यवाहक वडा वडाध्यक्ष मनिष विष्टले 

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 1,717 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मजदुर सेक्टरबाट एमाले धरान नगर कमिटीमा निर्वाचितलाई सम्मान

    धरान । मजदुर क्षेत्रबाट राजनीतिमा सक्रिय रहेर भर्खरै सम्पन्न धरान उपपमहानगर कमिटीको निर्वाचनमा निर्वाचित १२ जना श्रमिकलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) धरान नगर कमिटीले सम्मान गरेको छ । बैशाख ५ र ६ गते सम्पन्न नेकपा एमाले धरानको प्रथम अधिवेशनबाट नगर सदस्यमा निर्वाचित भएका १२ जना श्रमिकलाई शुक्रबार सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा यातायात क्षेत्रका कमल भट्टराई, धनबहादुर राई, विवेक राई, आननकुमार राई, दिपककुमार श्रेष्ठ बनेपाली र दिनेश कोइराला रहेका छन् । त्यस्तै सुरक्षा क्षेत्रबाट गोपीनाथ योगी, रत्न नेम्वाङ र प्रविण राई रहेका छन् । त्यसैगरी निर्माण क्षेत्रबाट अब्बास अन्सारी र लो

    • प्रकाशित मितिः वैशाख २२, २०८०
    • 589 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘स्थानीय सरकार नै प्रेस स्वतन्त्रको खिलापमा’

    विजयपुर / बुधबार विश्व स्वतन्त्रता दिवस । सञ्चारकर्मीहरुले प्रेस स्वतन्त्रताको माग गर्दै प्रभावफेरि, अन्तरक्रिया लगायतक कार्यक्रमको आयोजना भयोे । धरानमा पनि नेपाल पत्रकार समहासंघ सुनसरीले धरान १३ मा रहेका महासघको कार्यालयमा विभिन्न राजनीतिक दल र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांशले पछिल्लो समय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारका विषयमा केन्द्रित रहेर बोले । मेयर साम्पाङले आफ्नो विरुद्ध समाचार आउँदा पत्रकारलाई ‘झोले’ संज्ञा दिएपछि रुष्ट बनेका सञ्चारकर्मीहरुले मेयर साम्पाङक

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 589 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ "
  • ‘आयोजनाहरुले गरीवी निवारणमा ध्यान दिनु पर्दछ ’

    मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले सञ्चालन गर्ने आयोजनाहरुले उत्पादकत्व वृद्धि गरी गरीवी निवारण र आयत प्रतिस्थापन गर्न जोड दिनुपर्ने बताएका छन् । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले मङ्गलबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्य मन्त्री कार्कीले सो कुरा बताएका हुन । मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको बढ्दो बसाइँ सराईलाई रोक्न पनि आयोजना सफल हुने विश्वास व्यक्त गरे । उनले विगतमा धेरै आयोजनाहरु सञ्चालन भएपनि प्रभावकारी हुन नसकेको चर्चा गर्दै ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’ले आयोजना क्षेत्रका किसानको जीवन

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • 464 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सांसद कोइरी निलम्बित

    राजधानी /हत्या अभियोग लागेका र हाल फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई प्रतिनिधिसभाबाट निलम्बित गरिएको छ। मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको जनाएका छन । प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकमा सभामुख घिमिरेले फरार रहेका सांसद कोइरीले अस्वस्थ रहेको भन्दै बिदा स्वीकृत भएको घोषणा गरेका थिए । त्यस लगत्तै सत्तापक्षका सांसदहरूले बैठकमा विरोध जनाएका थिए । सोमबार नेपाल प्रहरीले सांसद कोइरीमाथि हत्या अभियोगमा अदालतमा मुद्दा चलेको र हाल उनी फरार अवस्थामा रहेकोले खोजी कार्य भइरहेको जानकारी सभामुख

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • 425 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाध्यक्षले भूमिहाविहीन बनाएको भन्दै महिला प्रतिनिधिद्वारा ज्ञापनपत्र

    सुनसरी /इनरुवा नगरपालिका महिला जनप्रतिनिधिहरुले वडाध्यक्षहरुले काम गर्न नदिने, निर्णयमा समावेश नगर्ने तर निर्णयपश्चात सही गर्न लगाउने जस्ता अपमानजनक काम गरेको भन्दै मेयर केदार भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले एउटै विधि र प्रक्रियाबाट निर्वाचित भएर आए पनि वडाध्यक्षहरुले मनोमानी ढंगले बैठक बोलाउने, आफू खुशी निर्णय गर्ने, महिला सदस्यहरुलाई वेवास्ता गर्ने, कुनै प्रकारको सोधपुछ नगर्ने, एकलौटी ढंगले गरेका निर्णयहरुमा हस्ताक्षर गर्न मात्र दबाब दिने आरोप लगाएका छन् । ज्ञापनपत्रमा उनीहरुले महिला जनप्रतिनिधिहरुलाई भूमिका विहीन बनाउने कामको अन्त्य हुनुपर्ने, योजना तर्जुमा सम्बन्धी तालिम दिन

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • 406 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved