राजनीति

    Showing 481-490 of 1,945 items.
  • धरान इटहरी सेउती सडक बन्दैछ,भत्किँदैछ ( भिडियो )

     धरान /कोशी राजमार्गको सेउती खोलाको पुलदेखि पानीपीयासम्म जंगल क्षेत्रका सडकका विभिन्न स्थानमा भत्किन थालेकाछन् ।सेउतीबाट तरहरातर्फ जाने देब्रे तर्फको सडक करिव दुइमहिना अघिबाट खोलिएको भएपनि अहिलेदेखिनै भत्किन सुरु भएको हो । सेउतीदेखि पानीपियाबीचका सडकका ११ स्थानमा भत्किएका छन् । सुस्त गतिमा निर्माण गरिएको उक्त सडक नागरिकहरुको चर्को दवाव पछि गत वर्षदेखि मात्रै एकतर्फि सुचारु भएको र पछिल्लो समय दुवैतर्फि गरिएको भएपनि यति चाँडै भत्किन थालेपछि पुन नागरिकहरुले आवाज उठाउन थालेकाछन् ।  बुधबार इन्जिनियरहरु सहित, कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेशकुमार बस्नेत, नेपाल यातायात स्व

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 1,650 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री ओलीको चीन भ्रमण: नेपाल–चीनबीच भएका सहमति र समझदारीका नौ बुँदा

    काठमाडौं/ मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार ९ विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको हो । त्यस अन्र्तगत टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान,नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र,नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान, थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल,विकास योजना सम्बन्धी समझदारी पत्र,आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र,नगद सहयोग सम्बन्धी प

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बनेन जुवानेको पुल धरान उपमहानगरले नदेखेको धरान (भिडियो सहित)

    धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ४ स्थित आमबोटे र जुवानेलाई सेउती खोलाले छुट्याएको छ । सेउती वारी र पारी आउजाउलाई सहज बनाउन भनेर २०७४ सालमा पुल बन्न सुरु भयो पिल्लरहरु ठडिए, फलामे संरचनाहरु हालिए । तर, मेयर तारा सूब्बाको अकस्मात निधनसंगै पुल बन्ने काममा पनि पूर्णविराम लाग्यो ।  विजयपुर छिचोलेर धरान शहरसंग करिव ४ किलोमिटर दूरीमा रहेको उक्त आमबोटे जुवाने क्षेत्र धरान उपमहानगरपालिका होइन उपेक्षामा परेको कुनै विकट र दुरदराजको गाउँ जस्तै छ । सम्पन्न धरान शहरभीत्रै रहेको यो पुल बन्न सुरु भएको ७ वर्ष वितिसक्दापनि निर्माण सम्पन्न हुनसकेन । पुल अभावमा सेउती पारीका ४ नम्बर वडाभीत्रै र

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 2,255 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा सडक सौन्दर्यकरण अभियान,नविलको सहयोग

    माेरङ/विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि नविल बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ ।बैंकले महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठ, विराटनगर शाखाका प्रमुख समीर श्रेष्ठ, विराटनगर शाखाकै डीआरएम सृष्टि ओझाले मेयर कोइरालालाई चेक हस्तान्तरण गरेको हो । हालसम्म २४ लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।यसअघि १३ वटा विभ

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 527 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात कार्यालयको सेवा चुस्त दुरुस्त र गुनासो रहित बनाइने

    बिराटनगर /कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले कार्यभार सँहाल्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ग बाट सपथ ग्रहण पछि मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो । उहाँले आफनो जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने प्रतिबद्धता जनाउनुभएको छ । कर्मचारीहरुलाई काम र पारदर्षितामा बिश्वास गर्न आग्रह गर्नुभयो । मन्त्री भण्डारीले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदै भन्नुभयो  मन्त्रालयमा कुनै पनि काम अडकिने रोकिने गरिनु हुदैन । आफू काममा बिश्वास गर्ने र सहभागितात्मक निर्णय गरिने पनि उहाँले प्रष्ट पार्नुभयो ।  मन्त्री भण्डारीले प्रदेश मातहत पर्ने आठ

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपनिर्वाचन-२०८१: नतिजा आउन ६ स्थान बाँकी' कसले कति जिते?

    काठमाडौं/  स्थानीय तहका रिक्त ४४ पदको उपचुनावमा अब नतिजा आउन ६ स्थान मात्र बाँकी छ । अन्तिम नतिजा सार्वजनिक भएका मध्ये कांग्रेसले १८ स्थानमा जितेको छ । कांग्रेस उम्मेदवारले कोशी प्रदेशमा ३, मधेशमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदूरपश्चिममा ५ पदमा विजयी भएका छन् । अब नतिजा आउन बाँकी सबै क्षेत्र जित्यो भने पनि कांग्रेसको सिट संख्या २४ मात्र हुन्छ  यो भनेको कांग्रेसले ०७९ मा जितेको सिट संख्या (२७) गुमाइसकेको छ । उपचुनाव भएका ४४ मध्ये कांग्रेसले जितेको २७ स्थानमा रिक्त भएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केही सिट थपिसकेका छन् । उपचुनाव भएका क्षेत्रहरुमा यसअघि माओ

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 898 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीको गढीमा काँग्रेस विजयी, झापामा स्वतन्त्र उम्मेद्धवारको जित

    काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।आइतबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । उनका अनुसार नेकपा ९एमाले० का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा ९माओवादी केन्द्र० का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे । सुनसरीको गढीमा नेपाली काँग्रेसका तेतर साह विजयी त्यसैगरि सुनसरीको गढी गाउँपालिका वार्ड नं ६ को वडाध्यक्षमा रुख छाप भएको नेपाली काँग्रेसका तेतर साह

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 559 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिचानको आन्दोलन नक्कली होः खम्बुवान नेता आरके खम्बु

    धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानमा खम्बुवान विद्यार्थी मोर्चाको विद्यार्थी इकाई समिती पुर्नगठन भएको छ । क्याम्पसमा शुक्रबार भएको बृहत भेलाद्धारा उक्त समिती गठन भएको हो । पुर्नगठन गरिएको समितीको अध्यक्ष निरज राई,उपाध्यक्षहरु क्रमसः रुपनन्द राई , विनिता थापा मगर,आकृति लिम्वु,क्षितिज राई,तृष्ण राई,रुसिका राई,अप्सरा लिम्वू र निवा विश्वकर्मा रहेको छन् । भेलाले सचिव मोविका लिम्वु,सह सचिवहरु अनमोल गिरी ,रेगल लिम्बु,प्रविसा वस्नेत,सुमित्रा लिम्वूलाई चयन गरिएको छ । त्यसै गरि कोषाध्यक्ष निशान राई छन भने सह कोषाध्क्ष क्रमसः सृजना श्रेष्ठ, सोनिमा लिम्वु रहेका छन भने प्रवक्ताहरु नवराजसुनुवार र सह

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • 663 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा सडक दुर्घटना न्यूनीकरणको लागि जागरण अभियान

    धरान । कोशी प्रदेशमा सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालन गरिने भएको छ । सडक दुर्घटना न्यूनीकरण गर्नका लागि उक्त अभियान सञ्चालन गर्ने भएको हो । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सबैलाई साथमा लिएर आधारभूत तहसम्म अभियान सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन। पुस देखि चैतसम्म सञ्चालन हुने अभियानमा यातायात मजदुर तथा सडक प्रयोगकर्तालाई सडकमा यात्रा गर्दा अपनाउनु पर्ने सतर्कता, नियम र अनुशासनबारे सचेत गराइनेछ । कोशी प्रदेशको १४ वटै जिल्ला सञ्चालन हुने अभियानको पहिलो चरणमा सप्तकोशीदेख काकडभिट्टासम्मका सडक, दोस्रो चरणमा पहाडी जिल्लाहरू र ते

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीका पूर्वमन्त्री अधिकारी विरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि फेरि अनुसन्धान गरी मुद्दा दायर गर्न निर्देशन दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । उनलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने उनको माग छ । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आय

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 313 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved