सुनसरी । चितवनमा सम्पन्न १०औं महाधिशनमा पुनः केपी शर्मा ओलि अध्यक्षमा विजयी भएका छन् । महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षका प्रतिष्पर्धी भीम रावललाई १५ सय ८५ मतको फराकिलो अन्तरले हराउँदै पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा केपी शर्मा ओलीले १८ सय ८ मत प्राप्त गरेका थिए भने रावलले २ सय २३ मत प्राप्त गरेका छन् । ओली र रावलले पाएको मत जोड्दा खसेको कुल मतभन्दा ६५ कम हुन्छ । ६५ जना प्रतिनिधिले ‘नो भोट’ गरेको अनुमान छ । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । एमालेमा सर्वसम्मति प्रयास असफल
विराटनगर/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ का विभिन्न जिल्लामा सम्पन्न भएको अधिवेशनको परिणामले यो प्रदेशमा संस्थापन पक्षको राम्रो उपस्थिति देखिएको छ । १३ औं महाधिवेशनसम्म कोइराला–पौडेल पक्षको निकै राम्रो पकड थियो । कोइरालाहरुको अधिक प्रभाव रहेको मानिएको मोरङमा समेत दोसो चरणको चुनावमा देउवा खेमाका सभापतिका उमेदवार दिलिप गच्छदारले टक्कर दिने देखिएको छ । उनलाई सभापतिको उमेदवारबाट पहिलो चरणबाट बाहिरिएका कृष्ण सिटौलमा समूहका यदु विष्टले साथ दिएपछि देउवा पक्ष केही सहज अवस्थामा पुगेको हो । अघिल्लो अधिवेशनमा प्रदेश १ का १० जिल्लामा भएको कांग्रेस अधिवेशनमा देउवा पक्षल
विराटनगर/ मोरङ कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको निर्वाचन हुने भएको छ । तीन जनामध्ये कुनै उमेदवारको पनि वहुमत नआएपछि फेरि निर्वाचन हुने भएको हो । कांग्रेसको संशोधित विधान अनुसार सभापतिले बहुमत प्राप्त गर्न बदर बाहेक खसेको मतको कम्तिका ५१ प्रतिशत ल्याउनु पर्छ । तर, आइतबार भएको निर्वाचनमा मोरङका कुनै पनि सभापति उमेदवारको बहुमत आएन । अबेर रातिदेखि शुरु गरिएको मत गणनाअनुसार सभापतिमा डिगबहादुर लिम्बूले १ हजार ५ सय ४४, दिलिप गच्छदारले १ हजार १ सय ५९ र यदुकुमार विष्टले ५ सय ६३ मत प्राप्त गरेका छन् । तेस्रो स्थान ल्याएका बिष्ट अब चुनावी प्रक्रियाबाट बाहिरिने छन् । अब गच्छदार र लिम्बूबीच प्
धरान/ नेकपा एमालेको जारी महाधिवेशनबाट नयाँ नेतृत्व छान्न मतदान प्रकृया सम्पन्न भएको छ । चितवनको सौराहामा अवस्थित होटल सेभेन स्टारमा मतादन प्रकृया सम्मपन्न भएको हो । महाधिवेशनमा सहभागी २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधि मध्ये २ हजार ७९ मत खसेको बताइएको छ । यो समाचार तयार र्पादा सम्म आधिकारीक खसेको मतको तथ्याङक भने सार्वजनिक भइसकेको छैन् । मतदानमा प्रकृयामा विद्युतीय मेसिन प्रयोग गरिएको छ। विद्युतीय मतदान भएकाले केहीघन्टाभित्रै मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ। मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न
धरान/ प्रदेश नम्बर १ प्रदेशसभा सदस्य समेत रहेकी नवोदिता चौधरी सुनसरी क्षेत्र नम्बर २ बाट थारु महिला कोटामा केन्द्रिय महाधिवेशन प्रतिनिधीमा विजयी भएकी छिन् । चौधरी पछिल्लो समय पार्टीमा समेत लोकप्रिय नेताको रुपमा स्थापित हुँदै गएकी छिन् । आसन्न महाधिवेशनबाट उनलाई पार्टीले थप जिम्मेवारी दिन सक्ने स्रोतको दावी छ । बौदिक तथा शालीन नेतृको छवी बनाएकी चौधरीलाई प्रदेश नम्बर १ मा कांग्रेसको तर्फबाट मन्त्री बन्ने एक योग्य दावेदारको रुपमा समेत हेरिने गरेको छ । पार्टी र जनताको लागि इमान्दारीपूर्वक काम गर्दै आइरहेकाले पार्टी तथा नेता कार्यकर्ताले बिश्वास गरेर दिने हर निर्देशन एबम जिम्मेवारीलाई अक्षरश
धरान÷ नेकपा एमालेको १० औं महाधिवेशनबाट ४ जना पदाधीकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन जना उपमहासचिवमा पदमा ५ जना निर्विरोध निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसब्बा गुरूङ, विष्णु रिमालविरूद्ध निर्धारित समय कसैले उम्मेदवारी नदिएपछि उनीहरू निर्विरोध ती पदमा चुनिन लागेका हुन् । यसअघि आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि उनीहरूको नाम बन्दसत्रमा पेस गरेका थिए । यी पाँच जनाबाहेक अरू पदाधिकारीमा भने चुनाव हुने भएको छ ।
धरान । नेपाली कांग्रेसको सुनसरी जिल्ला सभापतिमा केदार भण्डारी निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेद्वार सञ्जयकुमार श्रेष्ठलाई १ सय १३ मतले पराजित गर्दै मंगलबार सभापतिमा निर्वाचित भएका हुन् । सोमबार जम्मा खसेको २ हजार ६ सय २६ मत मध्ये भण्डारीले १ हजार ४२२ मत प्राप्त गर्दै विजय भएका हुन् । संस्थापनइतरका भण्डारीले दुई कार्यकाल सचिवको जिम्मेवारी समेत निभाइसेकका छन् । त्यस्तै, उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेशचन्द्र राई र पङ्कजकुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलबाट वीरेन्द्रकुमार शाह र संस्थापनइतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् ।
रंगेली/ नेकपा माओवादी रंगेली नगरपालिकाको अधिवेसनले श्री प्रसाद अधिकारीको अध्यक्षतामा ५५ सदस्यीय समिति गठन गरेको छ । रंगेलीमा भएको प्रथम नगर अधिवेसनले उपाध्यक्षमा धर्मेन्द्र मंण्डल, मोहबत धामी थारु, केशब कुमारी खराल, सचिबमा बद्री नारायण राजवंशी, सह–सचिव सुशिल शाह, कोषाध्यक्ष लिलादेबी संग्रौला सहित ५५ जनाको नगरसमिती गठन भएको हो । कार्यक्रममा प्रमुखअतिथि क्षेत्र नम्बर ५ का सांसद एवम पूर्व आपुर्तीमन्त्री शिव कुमार मण्डलले माओवादी गाउँ गाउँ बाट पुनः जागरुप भएर पार्टीलाई उच्च स्थानमा लैजान अघि बढिरहेको बताए । उनले भने, ‘नेकपा एमालेका मदन भण्डरीको हत्यारा केपि ओलीले नै गराएको हो, रा
विराटनगर/ नेपाली कांग्रेस मोरङको मतदान सकिएको छ । सभापतिमा तीन जना उमेदवारबीच प्रतिस्पर्धा भएपछि अब दोस्रो चरणको मतदान हुने संभावना चुलिएको छ । मोरङमा सभापतिका कुनै पनि उमेदवारले बहुमत ल्याउने संभावना टरेकोले दोस्रो चरणको मतदान हने सम्भावना अधिक देखिएको छ । अब मत गणनामा कांग्रेसजनको ध्यान गएको छ । आइतबार कार्यसमिति चयन गर्न विराटनगरमा भएको चुनाव लगत्तै पार्टी कार्यालय मोरङमा रातिबाटै मतगणना शुरु गरिएको छ भने पहिलो चरणमा सभापतिको गणना हुने सचिव मोदराज घिमिरेले जानकारी दिएका छन् । कांग्रेसको संशोधित विधान अनुसार कुनै पनि उमेदवारको बदर बाहेक कूल खसेको मतबाट एकाउन्न प्रतिशत नआए कम मत ल्याउने
इलाम/ नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी भएका छन् । प्रतिष्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै उनी विजयी बनेका हुन् । शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गरेका छन भने उनका प्रतिष्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गरेका छन । एक हजार ७ सय ९५ मतदाता मध्ये शनिबार भएको निर्वाचनमा एक हजार ७ सय ३२ मत खसेको थियो । खड्का पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए । अन्य पदाधिकार