धनकुटा / धनकुटामा भएको चिया तथा कफी विकास बोर्ड कार्यालय । यो कार्यालय पूर्वमा कफी तथा चिया विस्तार गर्ने उद्देश्यले २०४१ सालमा स्थापना भएको हो । तर यो कार्यालयले जुन उद्देश्यका साथ काम गर्नुपर्ने थियो गर्न सकेको छैन । यसको प्रमुख कारण हो, कर्मचारी अभाव । कर्मचारी नभएकै कारण यो कार्यालय अधिकांश बन्द अवस्थामा रहेको छ । सेवा प्रवाह गर्नुपर्ने कार्यालय प्राय जसो बन्द नै रहने गरेको पाइएको छ ।या कार्यालय हिलेको धनकुटामा रहेको छ । चिया तथा कफीको विकास तथा विस्तारको योजना अगाडि लिएर हिलेमा खोलिएको कार्यालयमा ६ जना कर्मचारीको दरबन्दी रहेको छ । तर अहिले लेखा प्रमुखबाहेक अन्य कुनै कर्मचारी छ
इलाम / इलामको विब्ल्याँटे–माईपोखरी–सन्दकपुर जोड्ने सडक कालोपत्रेमा निर्माण कम्पनीको गुणस्तरहीन काम गरेको पाइएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणको काम गुणस्तरहीन रहेको पाइएको हो । गुणस्तरहीन काम गरेको पाएपछि सडक डिभिजन कार्यालयले पटक पटक पत्र काट्दा पनि निर्माण कम्पनीले अटेर गरिरहेको छ । नागार्जुन कन्स्ट्रक्सन कम्पनीले तीन करोड २५ लाख ३४ हजार दुई सय चार रुपैयाँ ४८ पैसामा २०७७ सालमा ठेक्का लागेर निर्माण सुरु भए पनि कालोपत्रे गर्ने क्रममा ठेकेदारले लापरबाही गरेको पाइएको हो । कालोपत्रे गर्ने क्रममा सडकलाई तयारीपुरा नगरी कालोपत्रे गर्ने गरेको र खुट्टाले कोट
धरान / अझै पनि सिण्डिेट प्रथा कायम रहेको, एकतर्फी पार्किङले समस्या निम्त्याएको भन्दै सिटी तथा टेम्पो सफारी चालकहरुले धरान उपमहानगरपालिका घेराउ गरेका छन् । उनीहरुले समस्याको समाधान गरिदिन माग गर्दै मेयर हर्क साम्पाङलाई ज्ञापनपत्र समेत बुझाएका छन् । उपमहानगरपालिकाको गेट अगाडि सिटी सफारी र टेम्पो राखेरै आन्दोलनमा उत्रिएका उनीहरुले आफूहरुको मागको सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । टेम्पो, सफारी चालक संघर्ष समितिका अध्यक्ष दलप्रकाश लावतीले फागुन ८ गतेबाट धरान उपमहानगरपालिकाले एकतर्फी सवारी सञ्चालन गर्ने निर्णयले टेम्पो र सफारी चालक व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा असर परेको
धरान । नेकपा एमालेका केन्द्रिय सदस्य तथा नेपाल सरकारका भुुमि ब्यबस्थापन,सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्रकुुमार राईले भाषण भन्दा काम बढि गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । बुुधबार धरानमा एमाले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दे उनले ठुुला र लामा भाषण भन्दा जनतका काममा लाग्न निर्देशन दिएका हुन् । नेकपा एमालेको ‘मिसन ग्रास रुट’ अभियान सञ्चालनका लागि सुुनसरी क्षेत्र १ को जिम्मेवारी पाएका राईले कार्यकर्ता विनाको नेता हुुनुुको कुनै अर्थ नरहेको बताए । अब जनताप्रति उत्तरदायी नेतृत्व निर्माण हुनुु पर्ने उनको भनाई छ । राजनैतिक पार्टिको उदेश्य जनताका लागि काम गर्ने
मोरङ / प्रायः जसो व्यक्तिगत स्वार्थमा निहीत भएर प्रश्न सोध्ने प्रदेश सांसदहरुले सोमबार भएको बैठकमा भने जनजीविकाको सवाललाई प्राथमिकतामा उठान गर्दै समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित हुनुपर्ने सुझाव दिए । उनीहरुले कृषकले भोगेका समस्या र स्वास्थ्य सेवामा सर्वसाधारणले भोग्नुपरेका कुरालाई बैठकको शून्यमा प्राथमिकताका साथ उठान गरेका हुन् । खासगरी संसदभित्रै पनि बोल्ने मौका पाउँदा सांसद अरु नै विषयमा टिकाटिप्पणीमा आफ्नो धेरै समय खर्चिन गरेका छन् । तर सोमबार प्रदेश १ को संसदमा सांसदहरुले जनजीविकाको सवाललाई गम्भीर रुपमा उठाए । प्रदेश १ का प्रदेशसभा सदस्यले रसायनिक मलको अभाव र किसानको स
बिर्तामोड/झापाको बिर्तामोडमा एक युवाले आत्मदहको प्रयास गरेका छन् । आज मंगलबार करिब ४ बजेतिर झापा विर्तामोड ७ घर भएका विजय चौधरीले आत्मदाहको प्रयास गरेको वर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ । आत्मदाहबाट उनको शरीरको पछाडिको भाग जलेको छ । तत्काल उद्धार गरिएकोले अवस्था सामान्य रहेको, प्रहरीले बताएको छ । अहिले उनको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । दुई साताअघि इलामका प्रेम आचार्यको काठमाडौंमा आत्मदाहबाट मृत्यु भइ सकेको छ । के कारणले चौधरीले आत्महदको प्रयास गरेका हुन् भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।
मोरङ / पुल निर्माण गर्ने एजेन्डा बोकेर अमनलाल मोदी मोरङबाट दुई पटक साँसद बने । दुई पटक सांसद बन्दा उनले यही पुल निर्माणको एजेन्डालाई प्राथमिकतामा राखेका थिए । पुल भने अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । आइतबार उनले सो पुलको निरीक्षण गर्दै सिंघिया खोलाको पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिए ।गत मंसिर ४ गते भएको संघीय निर्वाचनमा सांसद बनेर मन्त्री बनेका मोदीले आइतबार विराटनगरमा आएर निर्देशन दिएका हुन् उनले भने– ‘यो पुल सिंघया पुल छेउछाउमा बासेबास गर्ने तथा मोरङबासीको लागि अति आवश्यक छ, मैले यो पुल निर्माण गर्छु भनेर दुइपटक चुना
मोरङ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका व्यक्तिलाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र इमान्दारिता हुनुपर्ने बताएका हुन् । कुनै ओहदामा भएर मात्र कसैले ताज र गोल्डेन बुट नपाउने भन्दै ओलीले इमान्दारीताको साथ कर्मले सफता प्राप्त हुने बताए । विराटनगरमा आइतबारदेखि सुरु भएको नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले पद लोलुपता नराखी उत्कृष्ट काम गर्ने लक्ष्य राख्नुपर्नेमा जोड दिए । उनले भने ‘कामले पद दिन्छ, काम गर्न सक्नु भएन भने पद जान्छ, उनले भने, पद क्षणिक हुन्छ कामले तपाईलाई जीवन पर्यन्त सम्झाइरहन्छ ।&
इलाम / इलाममा निर्माणाधीन साना सहरी खानेपानी आयोजनामा निर्माण कम्पनीले गुणस्तरहीन संरचना निर्माण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानमा पेस गर्न इलाममा हस्ताक्षर सङ्कलन भएको छ । खानेपानी निर्माण कम्पनी रमण कन्स्ट्रक्सन प्रालिले चरम भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्दा दर्ता गर्न एक सय २ हजार ५ भन्दा बढीको हस्ताक्षर सङ्कलन भएको छ । ठेकेदार कम्पनीले कमसल पाइप, कमसल मिटर जडान गरेको, ९० सेन्टिमिटर पाइप गाड्नुपर्नेमा त्यो नगरेको, निर्माण संरचना गुणस्तरहीन भएको, ठेक्का सम्झौता विपरीत पुरानै मुहानबाट मात्र पानी वितरण गरेको भन्दै हस्ताक्षर सुरु गरेका हुन् । खानेपानीको अभावलाई स
इलाम / नेपाली चिया गुणस्तर चेक गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयात अनुमति दिँदैन । स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बंगालको कोलकत्तामा परीक्षण गर्नुपर्ने बाध्यता रहेको छ । उद्योगीले चिया बोकेको कन्टेनर हप्ता दिनसम्म मेची भन्सार कार्यालय काँकडभिट्टमा राखेर कोलकत्तामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको रिपोर्ट आएपछि मात्र भारत लगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल उत्पादन संघका अध्यक्ष सुरेश मितलल जानकारी दिए । उनले भने–‘नेपालमै चिया गुणस्तर चेक गर्ने प्रय