बराहक्षेत्र । सामाजिक कार्यमा अग्रणी संस्था चक्रघट्टी जेसीजले आगामी २२ गते रक्तदान कार्यक्रम गर्ने भएको छ। चक्रघट्टी जेसीजको स्थापना दिवसको अबसर पारेर गर्न लागिएको कार्यक्रममा लकडाउनलाई मध्यनजर गरी सामाजिक तथा भौतिक दुरीलाई ध्यानमा राखिने चक्रघट्टी जेसीज बर्ष २०२० का अध्यक्ष सन्तोष चौलागाईंले बताए। विशेषगरी कोरोना भाइरस (कोभिड 19) संक्रमण बाट विभिन्न अस्पतालहरुमा रगतको अभाव नहोस भन्नको निमित्त रक्तदान गर्न लागिएको उनको भनाइ छ। नेपाल रेडक्रस सोसाइटी सुनसरीसँगको सहकार्यमा हुने रक्तदान कार्यक्रम चक्रघट्टीमै हुने बताइएको छ। स्थानीय युवा र विभिन्न संघसंस
धरान/ धरान स्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिषठानमा गरिएको परीक्षणमा ईटहरी २० तरहराकी ३० वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संत्रमित महिला केही दिन अघि भारतको बेङ्गलोरबाट आएर होम क्वारेन्टाईनमा बसेकी थिइन् । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८९ पुगेको छ ।
धरान । दशक अघि सम्म पानवारी मन्सुली चामल उत्कृष्ठ ब्राण्ड बनेको थियो । तत्कालिन अवश्थामा साविकको पाँचकन्या गाविसको पानवारीमा उत्पादन हुने पानवारी मन्सुलि चामल धरान मात्रै होईन, पुर्वका झापा, मोरङमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समय प्लटिङका कारण खेतियोग्य जमिन मासिदै गए पछि अन्य ठाउँमा उत्पादन हुने चामललाई पानवारी मन्सुलि भनेर ब्राण्डिङ गरी बिक्रि हुने गरेको छ । हालको धरान उपमहानगरपालिकाको वडा नम्बर ६ पानवारी क्षेत्र धान उब्जनी हुने मुख्य कृषि क्षेत्र हो । पानवारी मुलुकै दोस्रो कृषि उर्वरभूमि भनेर कृषि मन्त्रालयले सुचिकृत गरेको क्षेत्र हो । पहाडबाट बगेर आएको पानी र बलौटे माटोमा उत्पा
चक्रघट्टी/ कोभिड १९ भाइरसले अहिले नेपाल लगायत सारा विश्वलाई आक्रान्त बनाएको छ । कोरोना संक्रमण फैलिनबाट बच्न गरिएको लकडाउनले मानिसको व्यापार, रोजगारी, शिक्षाजस्ता विभिन्न क्षेत्र लगायत दैनिक जीवनलाई नराम्रोसँग प्रभावित गरेको छ । यसबाट नागरिकले पाउनुपर्ने स्वास्थ्य सेवाजस्तो संवेदनशील विषय पनि अछुतो रहन सकेको छ्रैन । लकडाउनले पु¥याएको असर बारे बुझ्न वराहक्षेत्र नगरपालिकाको महेन्द्रनगर चक्रघट्टीस्थित स्वास्थ्य चौकी पुग्दा त्यहाँ अरु दिनको भन्दा बढी नै भीड देखिन्थ्यो । सेवाग्राहीहरु कोही लाइनमा थिए त कोही पर चौतारीमा बसेर पालो कुरिरहेका थिए । अनि, स्वास्थ्यकर्मीहरुको दौडधूप पनि त्यतिकै थियो
लकडाउनमा बन्द रहेको यातायातका सवारी साधनहरु अहिले खुकुलो मात्रामा संचालन हुन थाले पछि पेट्रोलियम पदार्थमा पनि मुल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको हो ।निगमले मंगलबार मध्यराति गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढेको छ । त्यस्तै डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। मूल्य बृद्धि भएपछि पेट्रोलको मूल्य प्रति लिटर १ सय १ रुपैयाँ पुगेको छ । डिजेल र मटितेलको मूल्य ८७ रुपैयाँ पुगेको छ ।भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प
विराटनगर । प्रदेश १ मा ११ हजार प्रदेश प्रहरीको दरबन्दी रहने भएको छ । प्रदेश सरकार मातहत रहने प्रदेश प्रहरीको संख्याबारे सैद्धान्तिक सहमति भईसकेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले औपचारिक रुपमै जानकारी गराएका छन् । प्रदेश सरकारले सदनमा प्रदेश प्रहरी सम्बन्धी विधेयक ल्याउने तयारी थालिसकेको छ । आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक मामिला मन्त्रालयतर्फ विनियोजित शीर्षकको विषयमा प्रदेशसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदैं कार्कीले भने,“हामीले प्रदेश प्रहरी जम्मा ११ हजार राख्न सैद्धान्तिक सहमति गरिसकेका छौं । संघीय सरकारले राशन र पोशाक व्यवस्थापन गरिदिने भनेको छ । हामीले स
विराटनगर । प्रदेश १ मा मंगलबार कोरोनाका ११ जना संक्रमित थप भएका छन् । यसरी थपिनेमा २ महिला र ९ पुरुष छन् । सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ५, संखुवासभामा ३, सुनसरीमा २ र खोटाङमा १ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार झापाको मेचीनगरमा १ , कन्काईनमा ४, संखुवासभाको सभापोखरीमा ३, सुनसरीको इनरुवामा २ र खोटाङको दिक्तेलमा १ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । प्रदेश १ मा संक्रमितको संख्या ५ सय ७८ पुगेको छ । प्रदेश १ मा आज ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ८ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय
विराटनगर । प्रदेश १ का विभिन्न जिल्लामा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका–५ मा ट्याक्टरमा खेतमा काम गर्दै गरेका स्थानीय २२ बर्षीय मो.सजाद मियाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका वडा नम्बर ६ का लखना रायको खेत जोज्दै गर्दा को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिई मियालाई चेपेको थियो । घटनाबारे छानबिन थालिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । उता,धनकुटाको साँगुरीगढी गाउँपालिका ६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमवार राति विराटनगरबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ४३६६
विराटनगर । प्रदेश १ मा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिइने प्रदेश सरकारले स्पष्ट गरेको छ ।वन मास्ने र केही मानिसहरुले मात्र फाइदा लिने दिशामा कार्यक्रम गएको भन्दै प्रदेश १ संसदमै विरोध भएपछि त्यसबारे वन पर्यटन उद्योग तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैतले स्पष्ट गरेका छन् । उनले भने,“केही कमजोरी भएका छन् भने त्यसलाई सुधार गर्न सकिन्छ तर वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम एउटा व्यवस्थित कार्यक्रम हो ।” नेकपाका सांसदले वैज्ञानिक वन व्यवस्थापन भनिएपनि सर्पट कटानले रुख मासिने खतरा भएको, वनका कर्मचारी र मन्त्रालयका केही मानिसले फाइदा लिएको भन्दै संसदमार्फत यो कार्यक
विराटनगर । नेकपाकी सांसद पदमकुमारी गुरुङले संविधानमा उल्लेख भएअनुसार प्रदेशमा पनि कानुन बनाएर गुठी जग्गामा बसोबास गरिरहने मानिसहरुको पीडा कम गर्नु पर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरेकी छन् । उनले भनिन्,“गुठी जग्गामा बस्नेहरुको लालपूर्जा छैन । गुठी जग्गालाई रैकरमा परिवर्तन गरेर जनतालाई उपलब्ध गराइयोस । सुकुम्बासीलाई पनि भूमिको व्यवस्था गरेर लालपूर्जा वितरण गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” उनले आर्थिक वर्ष २०७७÷०७८ को छलफल भईंरहेको र संखुवासभा जिल्ला पनि प्राकृतिक सुन्दर र पर्यटकीय संभावनाको क्षेत्र भएकोले त्यहाँ पर्यटनको विकासको लागि सरकारले ध्यान दिनुपर्नेमा