इटहरी । सुनसरीको इटहरी–२ मा अवस्थित माया घर नेपाल बेसहाराहरूको लागि आश्रय स्थल मात्रै हैन सबैको माया पाउने साझा घर बनेको छ । आफन्तहरूबाट टाढिएका, सडकमा अलपत्र र कष्टकर जिवन बिताउदै आएका, घरपरिवारबाट बेसहारा बनेकाहरूलाई खोजी गरी आश्रय दिदै आएको माया घर नेपालकै नमूना माया घर बन्नेमा अग्रसर रहेको छ । दुई जना मानसिक रोगीहरू राखेर सुरूवात गरेको माया घरमा अहिले ४२ भन्दा बढी महिला तथा पुरूषहरूले आश्रय लिदै आएका छन् जसमा ३ जना नाबालकहरू पनि रहेका छन् । करीब २ वर्ष अघि देखि सञ्चालनमा आएको माया घर हाल बिभिन्न निकाय तथा दाताहरूबाट संकलित खाद्यन्न र चन्दा सहयोगबाट निरन्तर सञ्चालन हुदै आएको छ ।दुई व
इटहरी । इटहरी ४ बौका रोडका मनिलाल पुरी घरमा बस्न त्यती पाउदैन थे सानो तिनो व्यवसाय गर्दै आएका उनी कोरोना भाइरस नेपालमा प्रवेस गरेसँगै उनको दैनिकि एकाएक परिवर्तन आयो । सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकभर लकडाउनको घोषणा गरेपछि उनी घरमै बस्न बाध्य भए । घर बसेपछि उनको दिनचर्यामा पनि परिवर्तन आउन थाल्यो । छेउमै रहेका छिमेकीले घरको छतमा लटरम्मै तरकारी फलाको देखेर उनमा पनि एकाएक जाँगर आयो र श्रीमती खिलाकुमारी पुरी सँग सल्लाह गरे स्वरूप आफ्नो छतमा तरकारी खेती गर्ने योजना बनाए । श्रीमतीले भोलि पल्ट छिमेकीबाट थोरै बिउ लिएर आइन र घर सफाइमा जुटिन् सफाइको क्रममा बिग्रिएका फ्रिजका भाडा, बाल्ट
बुधबार राति परेको अबिरल वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे–५ मा पहिरोले २३ जना बेपत्ता भएका छन् भने १५ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ । भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा धन जनको ठुलो क्षति पुर्याएको छ । गाती जम्बुमा एल्मो ठाडो खोला र काब्रे खोला बस्ती पस्दा १५ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीले त्यहाँका ११ जना बेपत्ता बनाएकोमा दुईको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरूको सेना,प्रहरी र स्थानीय मिलेर खोजी गरिरहेका छन् । सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबिसे बजारछेउको ढिस्को खस्न थालेपछि नदि तटीय क्षेत्रका
धरान/ सुनसरी उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सरुवा हुन लागेका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई विदाई गरेको छ । संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पौडेलले सुनसरीवासीहरुको साथ र सहयोग कहिल्यै नबिर्सने र हात मिलाएर बिदा हुन नपाएपनि कामको कारणले जिल्लावासीसंग सामिप्यता बढेको बताए । “सुशासन र सदाचारका कार्यहरुलाई मैले व्यवहारमा ल्याए, र त्यसको मूल्याकंन नागरिक समाज र राजनीतिक दलले गर्ने नै छ” कार्यक्रममा पौडेलले भने । सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्व अध्यक्ष गौरीशंकर अग्रवालले मन्तव्य र
धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ३ जना डिस्चार्ज भएका छन् । उनीहरु २० देखि ४१ बर्ष सम्मका व्यक्तिहरु झापाका २ जना र सुनसरीका १ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । महिला २ जना र पुरुष १ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार १६, १७ र १९ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ४४ जना उपचाररत छन् भने २१४ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा १०,७९४ पिसि आर परिक्षण गरिएको छ ।
विराटनगर २४ असार । प्रदेश १ मा आज १७ जना कोरोना संक्रमित थपिएका छन् । आज मोरंगमा ३, झापामा ७ र सुनसरीमा २, तेह्रथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुष, झापाको मेचीनगरमा एक महिला, ४ पुरुष, विर्तामोड र हल्दिबारीमा १–१ जना पुरुष, सुनसरीको इटहरीका २ पुरुष, तेह्रथुमको लालीगुराँसमा एक पुरुष, ताप्लेजुङको फुङलिङमा एक महिला, एक पुरुष, इलामको सन्दकपुरमा २ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ । प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स
विराटनगर । प्रदेश प्रहरी सम्बन्धी सदनमा प्रस्तुत भएको विधेयकमाथिको छलफल सकिएको छ । यसमा उठेका प्रश्नमाथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जवाफ दिएका छन् । सदनमा मंगलबार विधेयकमाथिको छलफलमा भाग लिने अधिकांश सांसदले प्रदेश प्रहरीको अधिकार संघीय सरकार नियन्त्रित र कन्जुस्याईं गरेर दिएको जस्तो भएको भन्दै टिप्पणी गरेका छन् । नेकपाका सांसद कुलप्रसद साम्बाले प्रहरीको पारिश्रमिक कम भएको बताए । भने,“तालिमको विषयलाई पारदर्शी बनाइनु पर्छ । र विदेशमा समेत पठाइँदा आफन्त अनि आसेपासेभन्दा पनि क्षमता भएकालाई दिइनु पर्छ ।” नेकपाकी सांसद खिनुलङ्वा लिम्बूले प्रहरीको बालबच्चा र परिवार
आज थप २५५ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २५५ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप २५३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ७७५२ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगर । अहिले रोपाइँका बेला किसानले मलखाध र सिंचाईंको समस्या झेल्नु परेकोले त्यसको उचित प्रबन्ध गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ । प्रदेश १ को प्रदेशसभाको आजको बैठकमा बोल्ने सांसदले किसानलाई राहत पुग्ने गरीका कार्यक्रम संचालन गर्न सांसदले माग गरेका हुन । नेपाली कांग्रेसकी सांसद कल्पना कुमारी सरदारले कृषि प्रधान देश भएपनि अहिले रोपाईंको बेला किसानले मलजल नपाउँदा कठिन भएको बताउँदै भनिन्,“सरकारले मल र सिंचाईंको व्यवस्था गर्नुपर्छ । सहकारीबाट ऋण लिनुपर्ने अवस्थाले किसानलाई समस्या छ ।” नेपाल कृषिप्रधान मुलुक भनिएपनि उनीहरुलाई सरकारले सहयोग नगर्दा संकट उत्पन्न हुने गरेको सरदा
चतरा । कोरोनाको जोखिमका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई राख्दै आएको सुनसरीको बराहक्षेत्रमा रहेको रामानन्दाचार्य सेवा पिठ होल्डिङ केन्द्रमा मंगलबार सम्ममा १ हजार १ सय ५० जना बसिसकेका छन् । बराहक्षेत्रको वडा नम्बर १ मा रहेको होल्डिङ केन्द्रमा नेपाली सेनाले सुरक्षा दिएको छ । विदेसवाट फर्किएका हरुलाई होल्डिङ केन्द्रमा राखी उनीहरुलाई आ–आफ्नो नगरमा पठाइने गरिएको छ । नगरले व्यवस्थापन गरेको क्वारेन्टाईनमा राखि स्वाब परिक्षण पश्चात मात्रै घर जान दिइने व्यवस्था गरिएको छ । होल्डीङ केन्द्रमा राखिएकाहरुलाई प्रदेश सरकारको तर्फबाट नेपाली सेनाले नै व्यवस्था गरिदिने गरेको छ । उनीहरुलाई खाना, वस्