धरान । जन्मदै देखि मलद्वार बन्द हुने रोगबाट पिडित बनेका धरान ६ का ७ वर्षिय बालक प्रशान्त मुदेललाई थप औषधी उपचारका लागि होप धरानको पहलमा संकलित ३२ हजार ५ सय रुपैया नगद हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि मुदेलका बुबा प्रकाश मुदेललाई थप उपचारका लागि रकम हस्तान्तण गरिएको हो । राष्ट्रिय गायक दिप श्रेष्ठ सहित युकेमा आर्थिक संकलन गर्न पहल गरेका सोभिन सुब्बाकी दिदी शोभा सुब्बाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए । मुदेलको पहिलो चरण अप्रेशन सफल भए पछि उनी औषधी खादै घरमै आराम गरिरहेका छन् । उनको दोस्रो चरणको अप्रेसन गर्नु पर्ने चिकित्सकहरुले बताएका छन् । दोस्रो चरणको अप्रेसनका
धरान । करिब ३ साता अघि उदघाटन भएर स्थगित भएको धरान उपमहानगरपालिका को नगर सभाको टुङ्गो लागेको छ । असार ३० र ३१ गते नगरसभा गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको छ । गत असार १० गते धरानको नगरसभा उदघाटन भएर बजेट तथा नीति कार्यक्रमको बिषय मा बिबाद सुरु भएपछी असार २६ गते गर्ने गरि नगरसभा स्थगित भएको थियो । पुनः असार २६ गते मेयर तिलक राइको नाममा नगरपालिकामा देखिएको बेरुजु को बिषय विवादित बने पछि नेकपा निकट कार्यपालिका सदस्यहरु ले बैठक बहिष्कार गरे पछि नगरसभानै अन्यौलमा परेको थियो । आइतबार यस अघि उठेका बिबादित बिषयहरु मा सहमती जुटेपछी असार ३० र ३१ गते नगरसभा हुने निर्णय भएको छ । कार्यपालिका बैठक न
आज थप ८२ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ८२ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । यो सँगै मृतकको संख्या ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ८८५८९ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संखुवासभा । सिलिचोङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएकाहरुको पहिचान खुलेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित सिसुवाखोलाको बेसिन्दा गाउँमा आइतबार बिहानै पहिरोले ७ घर बगाउँदा ११ जना बेपत्ता भएका हुन् । पहिरोमा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभएको छ । गाउँमा पहिरो आएपछि एक जनाको हृदयघातले मृत्यु भएको छ । । दमका बिरामी मदन राईको हृदयघातबाट मृत्यु भएको मल्लले बताउनु भयो । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार पहिरोमा परेकाहरु
इटहरी । कोरोना भाइरस (कोविड–१९) का कारण बिश्व अक्रान्त बनिरहेको बेला नेपाल पनि यसबाट पृथक रहन सकेको छैन । दैनिक रूपमा संक्रमण बढदै जादा बुधबार बिहान सम्म नेपालमा संक्रमितको संख्या १६, १६८ पुगिसकेको छ भने भाइरसकै कारण हाल सम्म ३५ जनाले ज्यान गुमाइसकेका छन् । यो संगै प्रदेश एकको उदीयमान तथा व्यापारिक हब बनेको सुनसरीको इटहरी पनि पृथक रहेको छैन । सुरूवाती समयमा एकजना मा मात्रै संक्रमित देखिएको इटहरीमा हाल सम्म ६ जना पुगिसकेका छन । भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर गरेको लकडाउन खुकुलो हुदै जादा कोरोनाको बिमारीहरू दुई गुणाले बढेको अवस्था छ । त्यो संगै इटहरीमा पनि लकडाउन खुकुलो बनाइदा
काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको विभिन्न जिल्लामा गरी बाढी तथा पहिरोबाट ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोमा ३२ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट १९ भन्दा बढी जिल्ला प्रभावित भएको छ । बाढीपहिरोले म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मीमा बढी मानवीय क्षति भएको छ । झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुलामा समेत बाढीपहिरोले क्षति पुर्याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्
सुनसरी । कसैको लागी सप्तकोशी नदी पिडा र चिन्ता बनेको छ भने कसैलाई आम्दानीको स्रोत बनेको छ । वर्षा याम सुरु भएसँगै ज्यानको कुनै प्रवाह नगरि कोशीमा बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्न स्थानीयहरुलाई यतीवेला भ्याइनभ्याइ छ । घरमा आर्थिक अभावका कारण दाउरा संकलनका लागि कोशी ब्यारेज आसपासका स्थानीयहरु वर्षौ देखी जोखिम मोल्दै आएका छन । कोशी व्यारेजमा खोलिएका ढोकामाथि दैनिक उनीहरु लठ्ठीमा भाला उनेर आफैले बनाएको घरेलु औजारको सहायताले बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने गर्दछन् । बच्चै देखि कोशीमै हुर्किएकोले कुनै पनि डर नलाग्ने भन्दै दाउरा निकाल्ने काम व्यस्त हुने गरेको स्थानीय मिन्टु मण्डल बताउँछन् ।
धरान । सप्तकोशी नदीमा बाढी आए पछि पहाडी क्षेत्रबाट बगाएर ल्याएको दाउरा निकाल्न नदी तटिय क्षेत्रका स्थानीयहरु ज्यानै जोखिममा लाउने गरेका छन् । केही दिन अघि देखि परेको वर्षाले सप्तकोशी नदीमा बाढी आए पछि पहाडी क्षेत्रमा पहिरो जाँदा बगाएर ल्याएको दाउरा निकाल्न अहिले पनि होडबाजी नै चलिरहेको छ । यसै होडबाजीमा बराहक्षेत्र वडा नम्बर ७ का एक बालक आज ९आइतबार० सप्तकोशी नदीमा बेपत्ता भएका छन् । बुबा गंगा बस्नेत सँगै दाउरा निकाल्न वडा नम्बर ६ को जब्दी स्थित २ नम्बर नोन क्षेत्रमा दाउरा निकाल्ने क्रममा १४ वर्षिय बालक अनिल बस्नेत बेपत्ता भएका हुन् । बुबा साइकल लिन गएका बेला डिलमा बसिरहेको अनिलले बग्दै गरेको म
धरान । निरन्तरको वर्षाको कारण सर्दु खोलामा आएको बाढीले बगाएका धरान १३ का एक स्थानीयको शव प्रहरीले फेला पारेको छ । शनिबार दिउँसो ३ बजे तिर धरान १३ को राई टोल पश्चिमबाट उनलाई बगाएको थियो । धरान १३ मै बसोबास गर्दै आएका भुपु सैनिक राम बहादुर बस्नेतको शव आइतबार बिहान फेला परेको हो । धरान ११ स्थित वनडाँडाका स्थानीयले खोलाले बगाएर ल्याएको ढुङगा, दाउरा संकलन गर्न जादाँ देखे पछि प्रहरीलाई खबर गरेका थिए । बगाएको स्थान भन्दा करिब ५ किलोमिटर उनको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । शवको पोष्टर्माटमका लागी प्रतिष्ठान पठाइएको उनले बताए ।
धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १२ जना डिस्चार्ज भएका छन् । उनीहरु २ वर्षको वालीका देखि४५ वर्ष सम्मका व्यक्तिहरु झापाका ८जना ,खोटाङका ३ जना,सुनसरीका १ जना गरी जम्मा १२ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । महिला ८ जना र पुरुष ८ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार ७ देखि १९ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल पुरोनो २३ जना र नयाँ ५ जना गरी जम्मा २८ जना उपचाररत छन् भने २३९ जना निको भएर प्रतिष्ठानबाट डिस्चार