समाचार

    Showing 9,131-9,140 of 10,052 items.
  • थप ३ सय ८१जनामा कोरोना संक्रमण पुष्टि, ६५ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ /  थप  २ सय ५९  जनामा संक्रमण  पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २२ हजार ३ सय ९०  जना  पुगेको छ ।  थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्जका १ जना  वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुष , पर्साको पोखरिया नगरपालिका–९ की १८ वर्षकी युवतीको मृत्यु भएको छ ।   यो सँगै नेपालमा  हालसम्म  ६०  जना संक्रमितको मृत्यु भएको छ।  

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 728 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समन्वय गरेर मात्रै कोरोना संक्रमित बिरामी पठाउन वीपी प्रतिष्ठानको आग्रह

    धरान । कोरोनाको संक्रमण फैलिदै गएको अवश्थामा प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुबाट बिरामी रिफर भएर आउने क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग समन्वय नहुँदा बिरामीले सास्ती भोग्नु परेको छ । प्रतिष्ठानमा अन्य उपचारका लागि आउने बिरामीको सँख्या पनि बढिरहेको अवश्थामा कारोना संक्रमित बिरामीहरु समन्वय नगरी अन्य शहरका स्वास्थ्य केन्द्रहरुले पठाउने गरेका कारण प्रतिष्ठानले व्यवस्थापन गर्न कठिनाई भएको छ । समन्वयको अभावमा बिरामीले समस्या भोग्नु परेका कारण बाहिरी जिल्लाबाट आउने कोरोना संक्रमणका बिरामीहरुलाई प्रतिष्ठान सँग समन्वय गरेर मात्रै पठाउन प्रतिष्ठानले आग्रह गरेको छ । बु

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 721 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा सनराईज बैंकक कर्मचारीद्वारा कार्यकक्षमै विष सेवन

    विराटनगर । सनराईज बैंक विराटनगर शाखाकी एक कर्मचारीले बैंकको कार्यकक्षमै विष सेवन गरेकी छन् । विराटनगर–७ मा अवस्थित सनराइज बैंकको शाखा कार्यालयमा कार्यरत विराटनगर–८ की ३० वर्षीय सनाज खतिवडा बुधबार मुसा मार्ने बिष सेवन गरेको अवस्थामा फेला परेपछि उपचारको लागि नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनी बैंकको कर्जा विभागमा कार्यरत हुन । उनले ‘लुवान’ नामक विषाधी सेवन गरेको बताइएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार बिषादी सेवन गरेपछि बेहोस भएकी खतिवडालाई बैंकका कर्मचारीहरूले अस्पताल पुर्याएका थिए । घटनास्थलबाट प्रहरीले लुवान नामक विषादी र ब्लेड पनि

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,090 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा समुदाय स्तरमा कोरोना परिक्षण, दुई दिनमा ५ सयको स्वाब परिक्षण

    धरान । कोरोना संक्रमण बढ्दै गए पछि धरान उपमहानगरपालिका समुदाय स्तरमै कोरोना परिक्षण मंगलबार देखि शुरु गरेको छ । पछिल्लो समय कन्ट्रयाक्ट टे«सिङ नभएका स्थानीयहरुमा पनि कोरोना संक्रमण देखिन थाले पछि २० वटै वडामा प्रतिनिधीमुलक कोरोना परिक्षणको लागि स्वाव संकलन गर्न थालिएको हो । मंगलबार देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पताल परिषरमा स्वाव संकलन गर्न थालिएको छ । कोरोना संक्रमण देखिएका वडाहरुलाई बढी प्राथमिकतामा राखेर बढी भिडभाड हुने क्षेत्रहरुका गरि ५ सय जना स्थानीयहरुको स्वाव संकलन गरिएको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बत

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 964 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अपाङ्गहरुलाई ब्यावसायिक बनाउदै बेलबारी नगरपालिका

    बेलबारी / बेलबारी–१ का ५४ वर्षीय पदम श्रेष्ठ १४ बर्ष देखी ह्विलचेयरको सहारामा घरमै बसेर रोटीमेकर, विभिन्न साइजका ऐनाहरू, हातेपंखा,मदानि तराजु, मोवाइल स्टेन, लागतका घरायसि सामाग्रिहरु बनाउदै आउनु भएको छ । तर ति सामाग्रि बनाउनका लागि उनलाई निकै समस्या झेल्नु पर्यो । कारण एउटै थियो उपकरणहरुको अभाव । उपकरण नहुदाँ उहाँले भन्नु भयो भने जस्ता सामाग्रि समेत बनाउन समस्या हुन्थ्यो । एक दिन म घरमै आफनै काममा लागि रहेको थिए नगर प्रमुखले मलाईनै खोज्दै आउनु भएको रहेछ श्रेष्ठले भन्नु भयो उहाँले आएर मलाई सन्चो बिसन्चो सोध्दै तपाइले बनाउदै गर्नु भएका सामाग्रिलाई अझै राम्रो बनाउन केहि उपकरणहरुको आवश्यक छ

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,153 पटक पढिएको
    • "उत्तम पोख्रेल "
  • सुनसरी जिल्लामा २६ गते सम्म निषेधाज्ञा घोषणा (विज्ञप्ति सहित)

    धरान । समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि सुनसरीको जिल्ला सुरक्षा समितीको बैठकले साउन २६ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले राती १२ बजे देखि साउन २६ गते राती १२ सम्मको लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाभर बजार, पसल, यातायातका साधन पूर्णरुपमा बन्द हुने र सर्वसाधारणलाई समेत घरबाट बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । सुनसरीका इटहरी, इनरुवा, दुहबीले मंगलबार राती देखि नै लकडाउन घोषणा गरिसकेका छन् भने धरानले बुधबार राती देखि लकडाउन शुरु गर्ने निर्णय गरेको थियो । स्थानीय तहले घोष

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,495 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमित भर्ना हुन प्रदेश १ का अस्पतालमा छैनन् बेड

    विराटनगर । प्रदेश १ मा कोभिड १९ बाट ग्रस्त बिरामी उपचार गर्न बनाइएका अस्पताल र आईसोलेसन सेन्टर भरिभराउ भएका छन् । सरकारले व्यवस्थापन गरेका अस्पतालमा शैया अभाव हुन धेरै संक्रमित घरमै बसिरहेका छन् । विराटनगरमा पछिल्लो पटक फेला परेका संक्रमित अस्पतालमा बेड नै नपाइएपछि घरमै छन् । उनीहरुको व्यवस्थापन हुन नसकेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ । बुधबारसम्म व्यवस्थापन हुन नसकेका र घरमै रहेका विराटनगरका संक्रमितको संख्या १२ छ । १ नम्बर प्रदेश सरकारले संक्रमितहरुको उपचारको लागि विराटनगरमा कोशी कोभिड १९ उपचार केन्द्र, धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मोरङको गोठगाउँमा अवस

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 955 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा बैंकका टेलर सेवा बन्द

    विराटनगर । समुदायस्तरमा कोरोना फैलिएको निश्कर्षसहित पुनः १५ दिने लकडाउनमा गएको विराटनगरमा बुधबार बैंकबाट हुने ‘क्यास’ कारोबारसमेत बन्द गरिएको छ । विराटनगर महानगरपालिकाले मंगलबार सूचना जारी गरी ‘बैंक तथा वित्तीय संस्थामा मानिसहरुको अधिक भिंडभाँड भई संक्रमण थप फैलन सक्ने जोखिम भएको’ भन्दै बैंकका टेलर संचालन नगर्न सूचित गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट विद्युतीय कारोबार आईपिएसतर्फ सेवाग्राहीलाई प्रेरित गर्न आग्रह गरेका थिए । राष्ट्र बैंक विराटनगरका विराटनगरमा २८ वटै वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय अन

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 827 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिले लेगुवा सडक खण्ड निर्माण कार्यमा लापवार्ही

    धनकुटा / राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग अन्तर्गत हिले लेगुवा सडक खण्ड निर्माण कार्य निर्माण व्यवसायीको लापरवाहीको कारण ढिलो भएको जनाईएको छ । पाख्रीवासबाट निर्वाचित भएका स्थानीय जनप्रतिनिधिहरु सहितको भेला मार्फत पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभाका सदस्य राजेन्द्र राई निर्माण कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण कार्य ढिलो भई नागरिकहरुले दुःख पाएको बताएका छन् । उनले पटक–पटक सडक निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीसँग काम छिटो सक्न छलफलमा बसेको भएपनि काम नभएको र ठेकेदार भागेको भन्दै अब यो टेण्डर तोडेर अर्को टेण्डर आह्वानको विकल्प नरहेको पनि सांसद राईले बताए । जिल्ला सम

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,177 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • सुनको मुल्य यो वर्षकै उच्च

    काठमाडौं /  सुनको मुल्य बुधबार वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १६ सय रुपैयाँले वृद्धि हुदाँ यो वर्षकै उच्च मुल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ कायम गरेको छ । एक वर्षमा सुनको मूल्य तोलामा ३३ हजार ४ सय रुपैयाँ बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । त्यस्तै , चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको १२ सय ९५ रुपैयाँ पुगेको छ । आज चाँदीको मुल्य रु ६५ रुपैँयाले बढेको छ ।

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,194 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved