समाचार

    Showing 8,691-8,700 of 10,050 items.
  • इटहरीमा आठ महिने शिशु सहित २० जना संक्रमित थपिए

     इटहरी । इटहरीमा मंगलबार राती ९ बजे ८ महिने शिशु सहित थप २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । गत भदाै २६ र २७ गते संकलन गरिएको स्वाबको रिपाेर्ट अनुसार २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । थपिएका संक्रमितहरूमा इटहरी ४ का ३३ वर्षिय पुरुष, इटहरी ५ का ४२ र ४६ वर्षिय पुरुष , इटहरी ९ का ८ महिनाको शिशु र १९ वर्षिय महिला, इटहरी १० का २७,६५ र ७० वर्षिय पुरुष, इटहरी १३ का १८ र ४५ वर्षिय पुरुष, इटहरी १६ का ४४ वर्षिय पुरुष, इटहरी १९ का ५५ वर्षिय पुरुष, इटहरी २० का ३७ वर्षिय २ जना महिला र ३० बर्षिय पुरुष, ससस्त्र प्रहरीका ३३ र ३८ वर्षिय पुरुष, इलाका प्रहरी कार्यलय इटहरीका २४ वर्षिय पुरु

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 1,082 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानमा सप्तरीका ३५ वर्षीय संक्रमित पुरुषको मृत्यु

    धरान/ धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका थप एक संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सप्तरी खडक नगरपालिका ३ का ३५ वर्षीय पुरुषको बुधबार ६ः१० मा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकको स्वास्थ्यमा समस्या देखिएपछि राजविराज स्थित गजेन्द«नारयण सिंह अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा भदौं २८ गते रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भए पछि हिजो मंगलबार विपी प्रतिष्ठानको कोभिड उपचार केन्द«मा रेफर गरिएको थियो । प्रवक्ता सापकोटाका अनुसार मृतकमा मृगौलाको समस्या रहेको र विगत १ वर्ष देखि हप्तामा २ पटक डायलोसिस

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 885 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाल दिवशको उपलक्ष्यमा चित्रकला प्रतियोगिता सम्पन्न

    धरान / रोटञ्याक क्लब अफ धरानद्वारा बाल दिवशको उपलक्ष्यमा चित्रकला पतियोगिता सम्पन्न गरिएको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दै क्लबले सो प्रतियोगिता अनलाइन प्लाट फर्म मार्फत सम्पन्न गरेको थियो । सो प्रतियोगितामा प्राथमिक तह समुहबाट पहिलो सुरभी शाक्य जेम्स स्कुल , ललितपुर दोश्रो पिहु अगवाल धरान मन्टेश्वरी तेश्रो तनिसा अग्रवाल विष्णु मेमोरियल चौथो नामविङ तिगेला डिल्ली पब्लिक स्कुल भएका थिए । नि.मा. वि., मा. वि. र उ.मा.वि. बाट प्रथम अन्जल जिमी धरान स्कलर एकेडेमी दोस्रो अनिश्मा राई सियोन स्कुल, तेश्रो मनिला गुरुङ धरान उच्च चौथो अनाम राई डिल्ली पब्लिक स्कुल भएका थिए । त्यस्तै उत्कृष्ट कन्सेप्टमा

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 1,696 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानमा उपचारको क्रममा धरान १७ का थप एक संक्रमितको मृत्यु

    धरान / धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना वृद्धको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार धरान १७ को ७० वर्षीय पुरुषको मंगलबार उपचारमा क्रममा २ः२०मा मृत्यु भएको हो । प्रतिषठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकलाई ज्वरो , खोकी , श्वासप्रश्वासमा समस्या देखिएपछि गत भदौ २७ गते प्रतिष्ठानमा भर्ना गरिएको र उपचारको क्रममा २९ गते रिपोर्ट पोजेटिभ आएको हो । सापकोटका अनुसार मृतकलाई उच्च रक्तचापको समस्या रहेको र सन् २००८ मा हृदयघात भएर स्टेन्ट पनि राखिएको थियो । यो सगै  सुनसरीमा मृतकको संख्या ८ पुगेको छ भने धरानमा मात्रै मृतकको संख्या ७ पुगेको छ ।

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 775 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिका पुर्ब उपकुलपती बिपि दासलाइ गैरकानुनी सम्पत्ती आर्जन गरेको आरोपमा अख्तियार द्वारा मुद्दा दायर

    धरान । सार्बजनिक पदमा रहदा पदको दुरुपयोग गरि गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको आरोपमा धरान स्थित वि।पी। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्ब उपकुलपति प्रा।डा। बलभद्र प्रसाद दासलाइ अख्तियार अनुसन्धान आयोगले मुद्दा चलाएको छ । दासले सार्वजनिक पदमा वहाल रहदा ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रुपैया गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भए पछि उनी माथी मुद्दा दायर गरियेको हो । उनी २०५० सालमा असिस्टेन्ट रजिस्ट्रार बाट प्रतिष्ठानमा प्रबेश गरेका थिए । आयोगले सार्बजनिक गरेको बिज्ञप्ति अनुसार तत्कालीन डा। बलभद्र प्रसाद दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 1,095 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मापदण्ड विपरित मिथानोल प्रयोग गर्ने सेनिटाइजर उद्योग कारवाहीमा

    धरान । मापदण्ड विपरीत बढी “मिथानोल स्प्रिट” हालेर सेनिटाइजर उत्पादन गर्दै आएको सुनसरीको एक उद्योग कारवाहीमा परेको छ । “मिथानोल स्प्रिट”ले छालामा असर गर्ने भएकाले औषधि व्यवस्था विभाग बिराटनगरले उद्योग बन्द गराउने प्रक्रिया अघि बढाएको छ । सुनसरीको नरसिङ गाउँपालिका ४मा रहेको उमानन्द यादवले सञ्चालन गर्दै आएको सिता हर्बल केमीकल उद्योगलाई कार्वहीको प्रक्रिया अगाडी बढाएको हो । औषधि व्यवस्था विभाग बिराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलका अनुसार नेपाल औषधि विभागले तोकेको मापदण्ड अनुसार ७० देखि ८० प्रतिशत मिथानोल स्प्रिट हाल्नु पर्नेमा उद्योगले मापदण्ड भन्दा बढी केमीकल प्रयोग गर

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 1,040 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाबाट थप २४ घण्टामा १४ सय ५९जनामा कोरोना भाइरस संक्रमण ,१ हजार ८ सय १८ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ   /  आज थप  १४ सय  ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ५६ हजार ७ ८८ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  ३६० जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १०६२  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ जना रहेका छन् ।  हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ।  १० हजार ३७५ जनाको आज पिसिआ

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 524 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीका जेआरहरु द्वारा बुधबार देखि कोभिड ड्युटी पनि नगर्ने घोषणा

    धरान । कोरोना महामारीमा पनि फ्रन्टलाईनमा बसेर काम गरिरहेका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट चिकित्सकहरुको आन्दोलनका मागहरु प्रति व्यवस्थापनले वेवास्था गरेको भन्दै बुधबार देखि कोरोना सम्बन्धित ड्युटी समेत बहिष्कार गर्ने घोषणा गरेका छन् । जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले मंगलबार विज्ञप्ती जारी गर्दै पदाधिकारीहरु क्वारेन्टाइन बस्नु परेको बहानामा प्रतिष्ठान प्रशासनले वार्ताको लागि कुनै चासो र तदारुकता नदेखाएको जनाएको छ । उनीहरुले भर्चुअल माध्यम भिडियो कन्फेरेन्स मार्फत जिम्मेवार पदाधिकारीबाट मागहरुको यथाशिघ्र सम्बोधन र कार्यान्यवन गर्दै काममा फर्कने वातावर

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 1,076 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाका पत्रकारहरुलाई सुरक्षा सामग्री प्रदान

    धनकुटा, ३० भदौ  / कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिन प्रतिदिन बढ्दै गएको यो विषय परिस्थितिमा पनि अग्रभाग (फ्रन्टलाईन) मा रहेर काम गरिरहेका धनकुटाका पत्रकारहरुलाई त्यसको जोखिमबाट बच्नको लागि सुरक्षा सामग्री निशानदेवी मिडियाले उपलब्ध गराएको छ । अमेरिकास्थित घ्याल्सुम्दो सेवा संस्थाका पूर्व अध्यक्ष छिरिङ राप्के लामा र धनकुटा घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका मुकुन्द सुवेदीको सहयोगमा निशानदेवी मिडिया प्रालिले प्रेस ज्याकेट, माक्स, फेससिल उपलब्ध गराएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका निशानदेवी मिडियाका प्रधान सम्पादक गोपाल बराईलीले १० थान प्रेस ज्याकेट, मा

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 359 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • बत्तिस जना कोरोना संक्रमित थपिए सँगै सुनसरीमा १२ सय ५५ पुगे

    धरान । सुनसरीमा कोरोना संक्रमितको सँख्या १ हजार २ सय ५५ पुगेको छ । आज (मंगलबार) ३२ जना कोरोना संक्रमित थपिए सँगै जिल्लाको कुल संक्रमित १ हजार २ सय ५५ पुगेको छ । स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार सुनसरीमा अहिले सम्म ५ सय ९१ जना डिस्चार्ज भएका छन् भने ७ जनाको मृत्यु भएको छ । जिल्लामा ६ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् ।लिङ्थेपका अनुसार मंगलबार झुम्का कारागारका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने धरान, दुहबी, इटहरी, इनरुवाका स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा २ महिला ५ पुरुष सहित ७ जना, दुहबीमा २ पुरुष, ७ महिला

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 826 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved