विराटनगर । प्रदेश १ का मन्त्रालय तथा मातहत कार्यालयलाई ७० प्रतिशत मात्र खर्च अख्तियारी दिइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले ३० प्रतिशत खर्च तत्काललाई कटौती गर्न निर्देशन दिएको छ । छुट्याएका सबै कार्यक्रममा बजेट खुला गर्दा प्राथमिकता प्राप्त क्षेत्रमा बजेट अपुग सक्ने निश्कर्ष निकाल्दै आर्थिक मामिला तया योजना मन्त्रालयले बजेट खर्चको अख्तियारी कटौती गर्ने निर्णय गरेको बताइएका छ । सोहीअनुसार मन्त्रालयलाई औपारिक रुपमा खर्च री घटाएर कार्यक्रमहरु पुनः प्राथमिकीकरण गरी आर्थिक मामिला मन्त्रालयमा पठाउन भनिएको छ । स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिंदै प्रदेश १ सरकारले चालू आर्थिक वर्ष
वराहक्षेत्र / सुनसरीको बराहक्षेत्र चतरा स्थित सामाजिक संजालमा एउटा तस्विर भाईरल भए पछि सहयोगि मनकारी,व्यक्तिहरु सम्पर्कमा आईरहेका छन्। वराहक्षेत्र १ चतरा लाल वस्ती वस्ने वर्ष ७६ मगल सि राईको "तस्विर आफै बोल्छ"भन्ने कुराको तस्विर-सव्दको महत्व सहयोगी मनकारी दाताहरू र-आगन दलानमा पुगेर सहयोग गरे पछि प्रमाणित भएको कुरा स्थानीय विश्व राईले बताए। सामाजिक संजालमा तस्विर देखे पछि भावुक हुँदै नेपाली चेलि लन्डन(यु.के)वस्ने समाजसेवी,सामाजिक अभियानता सुमि(चाम्लिङ)लिम्वुको पहलमा नगद रु २७ हजार स्थानिय वासिन्दाहरू र स्थानीय पत्रकार सन्तोष गुप्ता, नवराज विष्ट उपस्थितिमा ७६ बर्षिय बृद्ध मङ्गल सि राईलाई
इलाम / जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन् । इलामको चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती करणी गरी फरार रहेका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवाना तोकिएको थियो । दुवैलाई जिल्ला अदालतमा
इलाम / इलामको सूर्योदय नगरपालिका र माईनगरपालिकामा कोरोना संक्रमण नियन्त्रणका लागि एक करोड दुईलाख १६ हजार सातसय आठ रुपैया खर्च भएको छ । सूर्योदय नगरपालिकामा कोभिड–१९ व्यवस्थापनका लागि ७५ लाख ६६ हजार ७ सय ८ रुपैया खर्च भएको छ भने माई नगरपालिकाको ४८ लाख ५० हजार खर्च भएको छ । सूर्योदय नगरपालिकामा पशुपतीनगर नाका प्रवेश गर्नेलाई सम्बन्धित क्षेत्रसम्म पु¥याउन, होल्डिङ सेन्टरबाट क्वारेन्टाइनसम्म ल्याउन, संक्रमितलाई आइसोलेसनसम्म पु¥याउनका लागि यातायातमा ५ लाख ३१ हजार ८ सय ७० रुपैया खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा १५ लाख ५८ हजार ६ सय ८५ रुपैया, स्वास्थ्य सामाग्री खरिद १२ ला
विराटनगर, ५ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आज १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ९७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् । मोरंगको कटहरीमा २ महिला ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय
धरान – दश पटक बिना अक्सिजन सगरमाथाको सफल पर्वतारोहण गरि किर्तिमान राखेका ‘हिम चितुवा’ उपनमाले चिनिएका आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अुसनार लामो समयदेखि लिभर र ब्रेन सम्बन्धी समस्याबाट पीडित उनको जोरपाटीस्थित आफ्नी छोरीको घरमा सोमबार विहान १० बजे उनको निधन हो । शेर्पाले दश पटकसम्म विनाअक्सिजन सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका थिए ।
विराटनगर । विराटनगरस्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले रु. ५ लाख आर्थिक सहयोग गरेका छन । ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न रु. ५ लाख सहयोग गरेका हुन । विराटनगर २ स्थित ओशो आश्रममा एक कार्यक्रमबीच आइतबार कार्यसमितिका पदाधिकारीलाई चेक हस्तान्तरण गरिएको छ । गत माघ महिनामा स्वामी आनन्द अरुणको ध्यान शिविर चलेका बेला आश्रम संचालानार्थ हेतु अक्षय कोष खडा गर्न दाताले सहयोग गर्ने घोषणा गरेका थिए । तीमध्ये बस्नेतले रकम हस्तान्तरण गरिदिएका हुन । बस्नेतले ओशो सन्यासीमाझ भने,“म पनि ध्यान र साधनासंग जोडिएको छु
विराटनगर । प्रदेश १ मा आइतबार ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरंगको कटहरीमा ५ महिला ३ पुरुष, बुढीगंगामा ५, रंगेलीमा ४, जहदा र सुन्दरहरैचामा १–१ पुरुष, सुनसरीको दुहवीमा ३ महिला ४ पुरुष, बर्जुमा १ महिला, स्थानीय तह नखुलेका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता झापाको अर्जुनधारामा ३ पुरुष, कनकाईमा १ महिला, पाँचथरको फिदिमका एक पुर
काठमाडौ / थप १३ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ६४ हजार १२२ जना पुगेको छ । नेपालमा मृतकको संख्या ४११ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय ६६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरबाट काठमाडौका लागि दैनिक २२ वटा माईक्रो छुट्थे । १५ वटा बस चल्गे । डिलक्स र एसी कोस पनि थिए । तर कोरोना महामारीबीच सरकारले गरेको लडकडाउन खोलेर ‘विहीबारदेखि यातायात संचालन गर्नु’ भनेपनि विराटनगर बसपार्कमा यात्रुको चहलपहल छैन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन विराटनगर महानगर कमिटीका अनुसार अहिले दैनिक ७ वटा माईक्रो विराटनगरबाट संघीय राजधानी काठमाडौको लागि छुट्छन् । बस त मुश्किलले ७ वटामात्र जान्छन, त्यो पनि आधार यात्रु बोकेर । छोटो दुरीमा चल्ने बस, माइक्रो र म्याजिकमा पनि यात्रु छैनन् । “बसले १५ यात्रु र माईक्रोले ८ जना बोकिरहेका छन,