नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लिपुकेकको विषयमा भारत र चीनबीच मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएकै बेलामा सम्झौता भएको बताएका छन् । कोइराला निवास विराटनगरमा आज पत्रकारहरुसंग कुराकानी गर्दै कोइरालाले भने,‘‘प्रधानमन्त्री सुशील कोइरालाको पालामा दुई देशबीच सम्झौता भएको थाहा पाएपछि मात्र नेपालले प्रोटेस्ट नोट पठाएको हो तर यो विषयमा उनीहरुबीच वि.स. २०१२ सालतिरै सम्झौता भएको हो ।’’ तथ्यहरु हेर्दा त्यतिबेलादेखि नै भारत–चीनले व्यापार र धार्मिक पर्यटन भनेरै सम्झौता गरेको पाइएको कोइरालाको दाबी छ । यो विषय थाहा नभएपनि सुशील कोइराला प्रधानमन्त्री भएक
वीरगञ्ज/ मंगलबार वीरगञ्जमा दुई पत्रकारका कोरोना संत्रमण पुष्टि भएपछि अन्य पत्रकारहरुको कोरोना परीक्षण सुरु गरिएको छ । आजमात्रै ११० जना पत्रकारहरुको नमूना संकलन गरीएको छ । नारायणी अस्पतालमा डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्जमा रहेका सबै पत्रकारहरुको कोरोना परीक्षणका लागि थ्रोडस्वाब संकलन प्रकृया थालिएको हो । उनका अनुसार थप १५ जना पत्रकारको नमूना संकलन गर्ने काम बाँकी रहेको र संकलन गरिएको स्वाबको परीक्षण नारायणी अस्पतालको प्रयोगशालामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार बैठक साँझ ४ बजेलाई बोलाईएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई पनि बोलाइएको छ । बालुवाटार स्रोतका अनुसार देशको पछिल्लो परिस्थितिबारे दलहरु र पूर्व प्रधानमन्त्रीबाट राय सल्लाह लिनका लागि प्रधानमन्त्रीले बैठक बालाइएको हो ।
काठमाडौं-नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । कपिलवस्तु -५ का २२ वर्षीय पुरुष र बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुष पुरुषमा कोरोना संक्रमण देखिएको हो । साथै उनहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
धनुषा नेपालमा जनकपुरधामका थप अर्का १जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालका अनुसार ४० वर्षीय पत्रकारमा संक्रमण पुष्टि भएको हो । पत्रकार सँगै जनकपुरमा अर्का एकजनालाई पनि संक्रमण पुष्टि भएको छ । दुवै संक्रमितहरुलाई अहिले प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। स्रोतका अनुसार संक्रमित पत्रकार मुटुको बिरामी भएको खुलेको छ । यसअघि मंगलबारमात्रै वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जका दुवै पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
कोरोना भाइरस कोभिड –१९ को संक्रमणको अवस्थामा सम्भावित रगत अभाव कम हुन नदिन मोरङ्गको पथरी शनिश्चरे नपाको वडा नं। ५ स्थित भोटेघुम्तीमा हिजो सोमबार रक्तदान कार्यक्रम भव्य सम्पन्न भएको छ । लायन्स र लियो क्लब अफ पथरी तथा लायन्स र लियो क्लब अफ पथरी योङ हार्टको संयुक्त आयोजना तथा रेडक्रस नेपाल विराटनगरको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोरोना भाइरसको संक्रमण बढेसँगै विश्व मानव आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने हो भने देशमा रगतको अभाव हुने अवस्था पनि सिर्जना हुन सक्ने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको
धरान । कोरोना संक्रमणको जोखिममा पनि बिरामीहरुको उपचारमा नर्सहरु खटिरहेका छन् । बिरामीहरुको पहिलो सम्पर्क नै नर्सहरु नै हुन्छन्, अहिले कोरोनाको संक्रमणको पहिलो जोखिम पनि नर्सहरुमा हुने गर्दछ । तर पनि उनीहरु हरपल बिरामीको स्वास्थ्य उपचारमै खटिरहेका छन् । हरेक समय बिरामीहरुको उपचारमा संलग्न रहेका नर्सहरुको सम्मानमा प्रत्येक वर्षको मे १२ लाई अन्तराष्ट्रिय नर्सिङ दिवसको रुपमा मनाउने गरिन्छ । नर्सिङका जन्मदाता फ्लोरेन्स नाइटिङगेलको जन्मदिनमा यो दिवस मनाउने गरिएको छ । उनकै सम्झनामा विभिन्न कार्यक्रमहरु गरी मनाउने गरिन्छ । प्रत्येक वर्ष नर्सहरुका लागि विभिन्न कार्यक्रमहरु मनाइने दिवस यस वर्ष कोरोना सं
कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनको समयको ब्याज मिनाहाको लागि वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरे पनि कार्यान्यवन नगरेको व्यवसायीहरुले गुनासो गरिरहँदा बैंकले भने राष्ट्र बैंकको निर्देशन पालना गर्ने सक्ने अवश्था नरहेको जनाएको छ । नेपाल राष्ट्र बैंकले चैत्र मसान्तमा कुनैपनि ऋणको सा“वा, ब्याज लिन नपाउने, र ऋणीले स्वविवेकले रकम बुझाएमा ब्याजको १० प्रतिशत छुट गर्नुपर्ने निर्णय गरेको थियो । पुनः वैशाख १६ गते चैत्र महिनाको ब्याजदर मा २ प्रतिशत बिन्दुले घटाएर ब्याज असुल गर्न परिपत्र जारी गरेको थियो । धरान स्थित मितेरी डेभलोपमेन्ट बैंकका सिइओ तुलसी प्रसाद वस्तीका अन
काठमाडौं । नेपालमा २ जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ । पर्सामा २ सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएको हो । पर्सामा ३९ कोरोना संक्रमित मध्ये २ जना पत्रकार रहेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । नेपालमा पत्रकारमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।स्रोतका अनुसार संक्रमित मध्ये एकजना नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र अर्का अनलाइनखबरकर्मी रहेको जनाइएको छ । संक्रमित पत्रकारले आफूहरु केही दिनअघि प्रमुख जिल्ला अधिकारी र सुरक्षाकमीसँग सँगै रहेको समेत सुनाएका छन् । चार दिनअघि जिल्ला भएको छलफलमा आफूहरु सहभागी भएको उनीहरुबाटै खुलेको हो । संचारकर्मीमाथि भएको कुटपिटविरुद्
धरान । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा निस्कीएको विद्यार्थीको समुहलाई इलाका प्रहरी कार्यालय धरानले हस्तक्षेप गर्दै विद्यार्थी नेतालाई पक्राउ गरेको छ । धरानको महेन्द्र बहुमुखि क्याम्पसबाट निस्कीएको नेविसंघको जुलुसलाई प्रहरी धरानको भानुचौंकमा हस्तक्षेप गर्दै विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो । नाराजुलुस सहित भानुचौक आई पुगेका नेविसंघका महेन्द्र बहुमुखि क्याम्पसका कार्यवाहक सभापति एवं स्ववियुका सचिव दोर्ची सेर्पा, नेविसंघका जिल्ला सचिव टकेन्द्र राई, विनोद आलेमगर, विमल बुढाथोकी, अजित लिम्बु, अजय लिम्बु, कृष्ण बडु र उत्तम राईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नेपालका