समाचार

    Showing 8,341-8,350 of 8,708 items.
  • प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित

     काठमाडौं/  भारतले अतिक्रमण गरेको निपाली भुभाग सहितको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्ने ‘नेपालको संविधान संशोधन (दोस्रो संशोधन) विधेयक’ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त विधेयक दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो । गत जेठ जेठ ५ गते नै मन्त्रिपरिषद्ल नेपालको उक्त भूभाग समेटेर अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जेठ ७ गते अद्यावधिक नक्सा सार्वजनिक गरेको थियो । संविधान संशोधन विधेयक पारित गर्दा मतदान प्रक्रियामार्फत्

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 930 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २७३ जनामा कोरोना भाइरसको संक्रमण, थप २ जनाको मृत्यु

    काठमाडौं / नेपालमा आज थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । संक्रमितहरुमध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला छन । नेपालमा कोरोना संक्रमण भएका थप २ जना व्यक्तिको मृत्यु भएको छ । गत बुधबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुस

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,252 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सभामुखद्वारा सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत

    काठमाडौँ /समाजवादी पार्टीकी सांसद सरित गिरीद्वारा संघीय संसदमा पेश गरेको संशोधन प्रस्ताव सभामुख अग्नि प्रसाद सापकोटाले अस्वीकृत गरिदिएका छन् । संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् ।तर सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए । सभामुख सापकोटाल संघीय संसद नियमावली , २०७५ को नियम ११२ विपरीत रहेको देखिएको भन्दै संशोधन प्रस्ताव अस्वीकृत गरेको जानकारी दिएका हुन् । प्रतिनिधि सभाको नियमावलीमा सांसदहरूले कुनै पनि विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउँदा पालना गर्नुपर्ने शर्त राखिएका छन् । सांसद गिरीले पेश

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 741 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान ८ भोटेपुलमा रहेको होटल गजुर प्यालेसको टिमले विवाहको संयोजन गर्ने

    धरान ८ भोटेपुलमा रहेको होटल गजुर प्यालेसको टिमले विवाहको संयोजन ९वेडिङ प्लान० गर्ने भएको छ । गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्ट भनी यस कार्यको थालनी गरिएको छ । करीब एक साता अघि यस विषयमा तालिम लिएर प्लानिङ समुह तयार गरीएको होटल गजुरकी सिओओ रञ्जना झाले बताइन । ुगजुर वेडिङ प्लानर्सले देशभर सेवा दिनेछ । एउटा विवाहका लागी आवश्यक पर्ने सबै सेवा जस्तै संगित, हल्दी कार्यक्रम, मेहेन्दी कार्यक्रम, स्थान, फोटोग्राफी र भिडियोग्राफी, क्याटरीङ, डेकोरेसन सबै उपलब्ध हुनेछ ।ु उनले भनिन, ुहामी १० जनाको टिमले हरेक व्यक्तिको महत्वपूर्ण अवसर विवाहलाई अविस्मरणिय बनाउनका लागी पूर्ण रूपले लागी पर्नेछौ ।ु

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 887 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सार्वजनिक भयो कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेकोे खर्च(विवरण सहित)

    काठमाडौं । चौतर्फि सरकारको आलोचना हुन थाले पछि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा र उपचारमा देशमा अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना नियन्त्रण तथा रोकाथाम र उपचारमा हालसम्म ८ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।  सरकारले यस अघि १० अर्ब रुपैयाँ खर्च भएको बताएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका राजनीतिक दल तथा जनताले खर्च विवरण सार्वजनिक गर्न माग गर्दै सडक, सदनमा आबाज उठाएका थिए । खर्च विवरणप्रति सर्वत्र चासो हुन थालेपछि सरकारले त्यसलाई सार्वजनिक गरेको हो ।  

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,270 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण, थप एकजनाको मृत्यु

    काठमाडौं / आज थप ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४४८ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला छन्। नेपालका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको महाराष्ट्रबाट १२ दिन अघि आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका थिए ।प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अर्घाखाँची मालरानी ४ का ती पुरुषको उपचारपछि फर्कने क्रममा बुधबार मृत्यु भएको हो । उनका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 949 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अत्याधुनिक सिटि स्क्यान मेसिन खरिद गर्दै विपी प्रतिष्ठान

    नेपालको पूर्वी क्षेत्रको रिफरल केन्द्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक सिटि स्क्यान मेसिन खरिद गर्ने प्रक्रिया सुरु भएको छ । प्रतिष्ठानमा रहेको सिटि स्क्यान मेसिन बर्षौं देखि बिग्रिएको अवस्थामा नयाँ उपकुलपति नियुक्ति सँगै आधुनिक सिटि स्क्यान मेसिन उपकरण खरिद प्रक्रिया शुरु भएको हो । आर्थिक बर्ष समाप्त हुनै लाग्दा प्रतिष्ठानको पहललाई सकारात्मक लिँदै स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयद्वारा र​कमान्तर गरिएको २० करोड बजेटसँगै प्रतिष्ठानले अत्याधुनिक उच्च क्षमताको २५६ स्लाइस सिटि स्क्यान मेसिन खरिद प्रक्रिया सुरु गरेको हो । अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बि

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 905 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तरीमा थप १७ जना कोरोना संक्रमण

    धरान / धारन स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १७ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै सप्तरी जिल्लामा संक्रमितको संख्या १ सय ३८ जना पुगेको छ । सप्तरीको हनुमान नगर नगरपालिकाकाको क्वारेनटाइनमा बसेका १५ जना, बोदेवर्साईन नगरपालिकाको क्वारेनटाइनमा बसेका १ जना र महादेवा गाउँपालिकाको क्वारेनटाइनमा बसेका १ जना गरि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका १८ वर्ष देखि ३६ वर्षीका पुरुष भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।  

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 958 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्र बैंक द्वारा सार्वजनिक बिदामा पनि सबै वर्गका बैंक खोल्न निर्देशन

    काठमाडौं । शनिवार लगायतका सार्वजिनक विदाको दिन पनि सबै वर्गका बंैक खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । करदाताहरुको सुविधाको लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैंकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा र काउन्टर एवं बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । सार्वजनिक विदाको दिनको पनि चारदेखि पाँच हजार चेक क्लियरिङ हुने गरेको दैनिक रुपमा यसको संख्या बैढ्दै गईरहेको राष्ट्र बैंकले जनाएको छ ।  

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 1,317 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतीय समूहद्वारा सशस्त्र प्रहरी पोष्टमा आक्रमण , एकको मृत्यु २ घाइते

    सर्लाही । भारतयी एक समुहले सशस्त्र प्रहरी बलको पोष्टमा आक्रमण गरेको छ ।शुक्रबार बिहान नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले रोकेपछि उनीहरुले पोष्टमै आक्रमण गरेका हुन् । भारतीय समुहबाट आक्रमण भएपछि त्यसलाई रोक्न शस्त्र प्रहरीले गोली सकेत चलाएको छ । प्रहरीको गोली लागेर भारतीय समूहतर्फका एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सशस्त्र प्रहरीले भारतीय समुहलाई रोक्न खोज्दा भारतीय पक्षले आक्रमण गरेको र हतियार खोस्न आएपछि फायरिङ गर्न परेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रवीण श्रेष्ठले जानकारी दिए ।  

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 1,759 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved