समाचार

    Showing 8,271-8,280 of 8,705 items.
  • कृषियोग्य जमिनको खण्डीकरण रोकथाम निर्णय पुनरावलोकन गर्न अख्तियारको सुझाव

    धरान । कृषियोग्य जमिनको कित्ताकाट रोक्का गरि खण्डीकरण नियन्त्रण गर्न यस अघि सरकारले गरेका निर्णयहरु झन्झटिलो र सम्बन्धित निकायहरुमा आर्थिक अनियमितताका घटनाहरु बढ्दै गएकाले पुनरावलोकन गर्न अख्तियार अनुसन्धान आयोगले सरकारलाई सुझाव दिएको छ । मन्त्रालयको कृषियोग्य जमिनको खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धको यस अघिको मन्त्रालयको निर्णयको उद्देश्य अनुरुपको प्रभावकारिता नदेखिई झनै जटिलता र अनियमितताहरुले प्रश्रय पाएको भन्दै पुनरावलोकन गर्न आयोगले सिफारिस गरेको हो । शुक्रबार आयोगका प्रवक्ता प्रदिप कुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा मन्त्रालयको निर्णयमा कृषियोग्य जग्गाको मात्र खण्डीकरण नियन्त्रण गर्न

    • प्रकाशित मितिः असार ६, २०७७
    • 878 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित संग बिहे गरेकै कारण बाबुको काजक्रिया गर्न छोरीलाई अलग्गै

    धरान । दलित सँग बिहे गरेकै कारण मोरङको केराबारीमा बाबुको काजक्रिया गर्न बाट छोरी बञ्चित हुनु परेको छ । दश वर्ष अघि दलित समुदायका विश्वकर्मा युवक सँग बिहे गरेकी अन्जु पुरीले परिवार सँगै बसेर बाबुको काजक्रिया गर्न बाट बञ्चित हुनुपरेको हो । मोरङको केराबारी गाउँपालिका ६ स्थित अमृत चौंककी अन्जुले १० वर्ष अघि पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ९ का सुभाष दर्नाल सँग बिहे गरेकी थिईन् । उनलाई कामी सँग बिहे गरेकाले कमिनी भईस भन्दै परिवार सँगै बसेर काजक्रिया गर्न बाट आफन्त सहित पण्डितले बञ्चित गरेका हुन् । परिवारले संगै बसेर काजक्रिया गर्न बाट बञ्चित गरे पछि घर नजिकैको गोठमा बस्न बाध्य भएकी छिन् । मोरब

    • प्रकाशित मितिः असार ५, २०७७
    • 941 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अव्यवस्थीत बजारले इटहरीमा कोरोना संक्रमण फैलिन सक्ने खतरा

    इटहरी । प्रदेश एकको मुख्य ब्यापारीक केन्द्र इटहरीमा लकडाउन खुकुलो बनाएसंगै कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको छ । दैनिक व्यापार व्यवसायहरू खुल्ला गरिएसंगै स्थानीयहरूको बढदो भिड अहिले नियन्त्रण बाहिर पुगेको छ । अव्यवस्थीत बजारले बढाएको जोखिम र थेग्नै नसकिने गरी देखिएको स्थानीयको भिडले कोरोना भाइरस संक्रमण फैलिने खतरा देखिएको हो । हाल इटहरीमा सबै प्रकारका व्यापार व्यावसाय खुल्ला गरिएका छन भने शैक्षिक संस्थाहरू, ट्युसन सेन्टर , इन्स्टिच्युट, धार्मिक कार्यक्रम लगायत सभाहरू गर्न दिइएको छैन । खुल्ला गरिएका बजारहरूमा सम्बन्धित निकायले नियमित अनुगमन नगर्दा पछिल्लो समय इटहरी पनि कोरोना भाइरसको

    • प्रकाशित मितिः असार ५, २०७७
    • 1,202 पटक पढिएको
    • "तेजबहादुर बन "
  • खर्च नभएका पूर्वाधार विकासको रकम कोरोना रोकथाममा

    काठमाडौं । स्थानीय तहले पुर्वाधार विकाश साझेदारी कार्यक्रममा खर्च गर्न नसकेको रकम कोभिड १९ व्यवस्थापनका लागि खर्च गर्न सक्ने सरकारले निर्णय गरेको छ । सरकारले स्थानीय पुर्वाधार विकाश साझेदारी कार्यक्रम तेस्रो संशोधन नियमावली २०७७ स्वीकृत गरी खर्च नभएको रकम कोभिड १९ को रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने व्यवस्था गरेको हो । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले असार २ गतेको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम सम्बन्धित स्थानीय तहमा कोभिड १९ को रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय भएको बताए । मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार अ

    • प्रकाशित मितिः असार ५, २०७७
    • 948 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो

      आज थप ४२६ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ८२७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ४२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये८८ जना महिला र ३३८ जना पुरुष भएको पनि उनले बताए ।  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४०२ जना पुगेको छ । नेपालमा हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    • प्रकाशित मितिः असार ५, २०७७
    • 501 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्र नगरपालिकाको क्वारेन्टिन तथा होल्डिङ सेन्टरमा रहेकाहरूलाई आयुर्वेदिक औषधि प्रदान

    सुनसरी/ वराहक्षेत्र नगरपालिकाको क्वारेन्टिन तथा होल्डिङ सेन्टरमा रहेकाहरूलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधि प्रदान गरेको छ । वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाललाई डा. सूर्यनारायण मेहताले औषधि हस्तान्तरण गरेका हुन् ।  औषधिमा च्यावनप्राश, गुर्जो, अश्वगन्धा चुर्ण, जडिबुटी चियालगायत होमियोप्याथिक औषधि रहेको डा. मेहताले जानकारी दिनुभयो । ६० जनालाई पुग्ने आयुर्वेदिक औषधि हाल हस्तान्तरण गरिएको छ । औषधि सेवनले क्वारेन्टिनमा बसेकाहरुको रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति मजबुत बनाउने र मनोवैज्ञानिक रूपमा दृढ बनाउने डा. मेहताले बताउनु भयो

    • प्रकाशित मितिः असार ५, २०७७
    • 906 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यौन शोषण गर्ने शिक्षक मदन अधिकारी सहित ४ जना पुर्पक्षको लागि थुनामा

    धनकुटा । तेह्र वर्षिय बालिकालाई पटक पटक यौन शोषण गर्दै आएका धनकुटाका एक शिक्षक सहित ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत धनकुटाले आदेश दिएको छ । धनकुटा नगरपालिका ६ आत्माराकी १३ वर्षीया बालिकालाई लामो समयदेखि पटकपटक यौन शोषण गर्दै आएका शिक्षक मदन अधिकारी, धनकुटा नगरपालिका वडा नंं. ६ का गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनीहरुलाई जेठ २९ गते जिल्ला अदालत धनकुटाका न्यायाधीश फणिन्द्र पराजुलीको एकल इजलासले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । चारै जनाले सामूहिक रूपमा बलात्कार गरेको नभई छट्टाछुट्टै य

    • प्रकाशित मितिः असार ५, २०७७
    • 1,652 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा नगरपालिकाले ४२ घरधुरी किसानहरुलाई होम बायो ग्याँस प्रविधि वितरण

    धनकुटा/ धनकुटा नगरपालिकाले ४२ घरधुरी किसानहरुलाई होम बायो ग्याँस प्रविधि वितरण गरेको छ । स्मार्ट भिलेज कार्यक्रम अन्तरगत धनकुटानगरपालिका र यूएनडिपीको आर्थिक सहयोग तथा पर्डेप नेपालको प्राबिधिक सहयोगमा नगर क्षेत्रका ४२ घरधुरी किसानहरुलाई होम बायो ग्याँस प्रविधि वितरण गरेको हो । धनकुटा नगरपालिकामा नमुना गाँउ बनाउनका लागि स्मार्ट भिलेज कार्यक्रम सञ्चालन भइरहेको छ । सोही कार्यक्रम अन्तरगत कार्बन उत्सर्जन कम गरी वातावरण जोगाई नमुना गाँउ निर्माणका लागि कुहिने फोहोर तथा गोबर प्रयोग गरी ग्याँस उत्पादन गर्न मिल्ने सजिलो प्रबिधि होम बायो ग्याँस प्रबिधि २० लाख बराबरको ९५ प्रतिशत अनुदानमा ४२ वटा होम बायो

    • प्रकाशित मितिः असार ५, २०७७
    • 735 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • दुबईबाट १ सय ४८ जना नेपाल फर्किए

    काठमाडौं । कोभिड १९ का कारण दुवईको युएईमा समस्यामा परेका नेपालीहरु शुक्रबार बिहान नेपाल फर्किएका छन् । नेपाल एयरलाइन्सको २२९३ विमान मार्फत युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका हुन् । युएईको स्थानीय समय अनुसार शुक्रबार बिहान ४ बजे नेपाल एयरलाइन्स उडानबाट उनीहरु स्वदेश फर्किएका हुन । स्वदेश फर्कनेहरुमा अधिकांश महिला रहेको विमानमा एक नेपालीको शवसमेत रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई नै शुक्रबार नेपाल पठाइएको हो । स्वदेश फर्किएका मध्ये आबुधाबीबाट मात्रै ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीलाई सम

    • प्रकाशित मितिः असार ५, २०७७
    • 510 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा बन्न लागेको नाटक घरको शिलन्याश , ३ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य

    धरान बिहिबार धरानमा नाटक घर शिलन्याश भएको छ । संघीय सासंद जयकुमार राईले धारन ८ स्थित सभागृह परिसरमा नाटक घरको शिलन्यास गरेका हुन् । लामो विावादका कारण अल्झीएको नाटकघरको काम पाँच बुदे सहमति पछि आज शिलन्यास भएको हो । स्थानीयबासीले खुला मैदानमा पार्कलगायत संरचना बनाउन माग गर्दै नाटक घरको विरोध गरेका थिए । स्थानीयको विरोध पछि चालु आर्थिक बर्षमा विनियोजन भएको संसदिय बिकास कोषको सांसदको कोषबाट रु ४० लाख बजेट फ्रिज हुने सम्भावना बढेपछि उपमहानगरको पहलमा स्थानीयसँग सहमति भएको थियो । विवाद सुल्झिएपछि नाटक घर शिलान्यास कार्यक्रम सम्पन्न भएको सचिव अरुण कुमार प्रधान बताए । अग्रज कलाकार निर्देशक प्रे

    • प्रकाशित मितिः असार ४, २०७७
    • 1,334 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved