धरान । जातीय विभेदकै कारण पश्चिम रुकुममा भएको ६ जनाको मृत्यु हुने गरि भएको नरसंहारको घटनालाई प्रमाणको आधारमा अन्यत्रै मोड्न लागिएको भन्दै धरानका दलित अधिकारकर्मीहरुले सिटि जुलुस सहित खबरदारी सभा गरेका छन् । रुकुम पश्चिमको घटनाका दोषिलाई हदै सम्मको कारवाहीको माग गर्दै घटना भए देखि नै संयुक्त दलित संघर्ष समितीले आन्दोलन गर्दै आएको छ । बुधबार धरान स्थित भानुचौंकमा खबरदारी सभा गर्दै पोष्र्टमार्टमको रिपोर्टमा पिडक पक्षलाई जोगाउने खेल भएको भन्दै सरकारलाई कारवाहीका लागि विचलन नहुँदा खबरदारी गरिएको छ । विभिन्न प्रतिवेदनले जातीय विभेदकै कारण हत्या भएको पुष्टि गरिए पनि घटनालाई कृत्रिम रुप दिदै
धरान/ धरान उपमहानगरपालिकाले कोभिड १९ ले धरानको व्यापार, ब्यबसाय सहित स्थानिय लाई पारेको असर र प्रभावलाइ राहत हुने आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम लाई प्राथमिकता दिएको छ । प्रमुख अतिथी प्रदेश सभाका सभामुख प्रदिप कुमार भन्डारी रहेका थिए । उपमहानगरपालिकाको सातौं नगरसभा मा उपमेयर मन्जु भन्डारी सुबेदिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकि थिइन । उपमेयर भण्डारीले धरान उपमहानगरपालिकाको वार्षीक निति तथा कार्यक्रम प्रस्तुत गर्दै खानेपानि संस्थान धरान शाखाका कर्मचारीहरु मध्ये बोर्डमा आउन चहानेहरुलाई यहीँ असार मसान्त सम्ममा बोर्डमा हाजिर गराई बाँकी रहेका दुबै संरचनालाई एकीकरण गरि यही
आज थप ६२९ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले थप ३३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये ११०जना महिला र ५१९ जना पुरुष भएको पनि उनले बताए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् । नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान । लागुऔषध गाँजा सहित जंगली जनावरको अंग लुकाई छिपाई धरान ल्याउँदै गएको अवश्थामा इलाका प्रहरी कार्यालय धरानले टेम्पो सहित ३ जनालाई पक्राउ गरेको छ । मंगलबार धरान उपमहानगरपालिका वडा नम्बर २० स्थित एक्लेवर चौतारा नजिक चाँदी बजारबाट धरान तर्फ आउँदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोको सिट मुनी लुकाई छिपाई ल्याउँदै गरेको अवश्थामा दुई पोकामा रहेको २ सय ४५ ग्राम गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने १८ वटा, जंगली जनावर घोरलको सिंग जस्तो देखिने ४ थता, कस्तुरीको सिंग जस्तो देखिने २ थान सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान ११ बस्दै आएका ट्याम्पो चालक वर्ष २९ को
धरान । लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरुले विभिन्न बहानामा शुल्क लिइएको पाइए कडा आन्दोलन गर्न बाध्य हुने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियस जिल्ला कमिटी सुनसरीले चेतावनी दिएको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै अखिलले एकातर्फ कोरोनाको त्रास अर्कोतर्फ आर्थिक चाप हुने गरि विद्यार्थी अभिभावकलाई तनावग्रस्त बनाउने गरि शुल्क नउठाउन आग्रह गरेको छ । आग्रहलाई वेवास्ता गर्दै निजी विद्यालयले शुल्क लिएको पाइए कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने जनाएको छ । अखिल सुनसरी जिल्ला संयोजक जिबि गजल र सह संयोजक बुद्रोस लिम्बुद्वारा संयुक्त जारी विज्ञप्तीमा निजी क्षेत्रबाट सञ्चालित विद्
धरान । वडासमितीमा जाने बजेटको सिलिङ पारित भए पछि धरान उपमहानगरपालिकाको नगरसभाको बाटो खुलेको छ । नगरसभाको अन्तिम तयारीका लागि मंगलबार बसेको बैठक नेकपा निकट वडाअध्यक्षहरुले बहिष्कार गरे पछि नगरसभा अन्यौलमा परेको थियो । मंगलबारको बैठकमा भएको घटना प्रति मेयर तिलक राईले आत्माआलोचना गरे पछि बुधबार बिहान पुनः बसेको कार्यपालिका बैठकले निति तथा कार्यक्रम पारित गरे पछि आज बस्ने नगरसभाको लागि बाटो खुलेको हो । धरान उपमहानगरपालिकाको नगरसभा दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडीटरियम हलमा हुने भएको छ । बजेटको स्रोत अनुमान समितीले पेश गरेको सुत्रमा आधारित बजेट पास भएर नगरसभामा लैजान पारित भ
धरान / धरान उमहानगरपालिकको नगर सभा तयारीको लागि हिजो बसेको कार्यपालिका बैठकमा काङग्रेस निकट वडा सदस्यहरुले अपशब्द प्रयोग गर्दै अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै कार्यपालिका बैठक भाडिएको थियो । उक्त घटना प्रति मेयर तिलक राईले क्षमा मागेका छन् । आज बसेको कार्यपालिका बैठकको सुरुवातमै मेयर राईले सम्बोधनको क्रममा माफि मागे पछि बैठकले निरन्तरता पाएको हो । कार्यपालिका जस्तो मर्यादित ठाउँमा काङग्रेस निकट वडाध्यक्षहरु अभद्र व्यवहार पर्दशन गर्दा मेयर राईले रुलिङ गर्नु पर्नेमा मौन सर्मथन गरेको नेकपा निकट वडाध्यक्षहरुले आरोप लगाएका थिए । यस अघि नगरभाको लगि उद्योग बाणिज्य संघको हल तोकिएपनि हिज
पथरी असार १०। मोरङको पथरी शनिश्चरे नपा वडा नं. १० अवस्थित केबी मेमोरियल बोर्डिङ नजिकै रहेको वर्ष ६४ का चक्रबहादुर खड्काको गत असार ८ गते साइकल–मोटरबाइक सडक दुर्घटनाका कारण निधन भयो । पोष्टमार्टमको काम सकेर उहाँको दाहसंस्कार ९ गते बिहान स्थानीय डाँस खोला घाटमा भयो । २ वर्षअघि श्रीमती गुमाएका ६ छोरीका धनी दिवंगत खड्काको अन्त्येष्टि कर्मलाई कसरी सम्पन्न गर्ने रु समाजमा चियोचर्चो बढ्न थाल्यो । दाजुभाइहरू नै चाहिन्छ काजकीरियाका लागि भनेर तर्क–कुतर्कहरू यहाँ उठे । कसैले दाजुभाइ झिकाउनुपर्छ भने भनि कसैले आसाममा बसोबास गर्ने दाजुभाइलाई काजकीरियाको भागी बनाउनुपर्छ भन्ने तर्क अ
मोरङ पथरी शनिश्चरे नपा वडा नं. १ धिमाल ग्रामथानभित्र स्थायी बसोबास गर्ने ७७ वर्षिय रेशमलाल चौधरी र उनकी श्रीमती ७१ वर्षिय ठगुनी चौधरीको जनजीवन यतिबेला एकदमै नाजुक रहेको कुरा आज बिहान मात्र बुझिनमा आएको छ । कोरोना भाइरस संक्रमणका कारण जारी लामो लक डाउनको परिपालनाले जनमन गरिखाने स्थिति पनि नरहेको चौधरी परिवार बताउछ । जन्मँदै हातगोडा नै नचल्ने ४० वर्षिय पूर्ण अशक्त सुनिता चौधरीका बुबा–आमा रेशम र ठगुनी समय मिल्नेबित्तिकै निगुरो काट्न जंगल जाने र यसलाई हाटबजारमा ल्याएर बेचबिखन गर्ने गर्दथे । यसबाट प्राप्त रकमले साँझबिहानको जोहो गर्ने चौधरी परिवार अहिले लक डाउनको विषम परिस्थितिमा भरपेट
धरान । नगरसभाको अन्तिम तयारिको लागि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक मा नेपाली काङ्ग्रेस निकट वडाध्यक्षयले गुन्डागर्दी शैलिमा बैठक भाड्न खोज्दा पनि मेयरले रुलिङ नगरेको भन्दै माफी नमागे सम्म बैठक बहिष्कार कार गरेका छन् । मङलबार साझ बसेको बैठक मा काङ्ग्रेस निकट वडाध्यक्षले नेकपा निकट वडाध्यक्षले आइतबार बुझाएको बजेट सिलिङ पेश गर्दा बजेट सिलिङ च्यातिदिदै अपशब्द प्रयोग गरेको बैठक बहिष्कार गरेको थिए । टेबल ठोक्ने, अपशब्द प्रयोग गर्दा समेत मेयर तिलक राइले आफ्नै पार्टिका अध्यक्ष हरुलाइ समर्थन गर्दै रुलिङ समेत नगरेको भन्दै माफी नमागे सम्म कुनै पनि बैठक मा सहभागी नहुने बताएका छन् । नेकप