समाचार

    Showing 7,801-7,810 of 10,045 items.
  • श्रीमानद्वारा श्रीमतिको हत्या

    धरान/ धरानमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतिको हत्या गरेका छन् ।धरान ८ दुर्गापथमा साझ ५ बजे तिलबहादुर माझीले कुखुरी प्रहार गरी श्रीमति ३१ बर्षीय सम्झना बाझीको हत्या गरेका हुन् । घाटीमा खुकुरी प्रहार पछि सख्त घाइते भएकी श्रीमति सम्झनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटैमा मृत्यु भएको डिएसपी बस्नेतले जानकारी दिएका छन् । डिस्सपी बस्नेतले हत्याको कारण नखुले पनि विगत ५÷६ दिनदेखि श्रीमान माझी अस्वभाविक गतिविधि गर्दै आएको बुझिएको बताए । श्रीमतिको हत्या गर्ने तिलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डिएसपी बस्नेतले बताए । हत्या गरेको खबर

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 998 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका चार वडा सचिव विहिन

    धरान/ गत माघको पहिलो साता धरान उपमहानगरपालिकाको वडा नम्बर ५ ले छैठौं तहको अधिकृत नभएकाले सेवा दिन नसकिएको भन्दै एक साता कार्यालयको सेवा ठप्प पारे । वडाको भुक्तानी देखि सेवाग्राहीलाई दिनुपर्ने प्रशासनिक कामहरु गर्न नसकेको भन्दै वडाअध्यक्षले नै वडा कार्यालय बन्द गर्न निर्देशन दिए पछि अधिकृत तहको कर्मचारी धरान उपमहानगरपालिकाले पठाएको थियो । अहिले धरान उपमहानगरपालिका वडा नम्बर ४ दुई साता देखि सचिव विहिन भएको छ । वडा सचिव नहुँदा अहिले सेवाग्राहीलाई सेवा दिन र सम्पन्न भएका योजना तथा कार्यक्रमको भुक्तानी सबै रोकिएको छ ।धरान उपमहानगरपालिकाले आर्थिक कारोबारको अधिकार वडालाई नै दिएको छ । छैठौं तहको

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 1,431 पटक पढिएको
    • "दिनेश गजमेर"
  • अनुशासनहिन विद्यार्थीलाई निष्कासन गरिएको गोर्खाको स्पष्टी

    धरान । धरान स्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले तालिममा रहेका चार जना विद्यार्थीलाई अनुशासनको कारबाही गरी निस्काशन गरेपछि उत्पन्न विवादमा सेन्टरबाट कुनै पनि गलत काम नभएको स्पष्ट पारेको छ । गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले बुधबार पत्रकार सम्मेलन गर्दै अनुशासन र सेन्टरको नियम अनुसार नबस्ने विद्यार्थीहरुलाई निष्काशन गरिएको स्पष्ट पारेको हो । नेपाल सरकारको नियमअनुसार कम्पनी दर्ता गरी प्रशिक्षण केन्द्र सञ्चालन गरेकाले विद्यार्थीलाई कुनै पनि अन्याय नगरेको र नियमअनुसार कारबाही गरेको सेन्टरका संचालक प्रेम मुकारुङ राईले स्पष्ट पारे । अनुशासनको कारबाहीमा परी निष्काशित विद्यार्थीको एक पक्षीय कुरा सुनेर स

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 1,854 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रकारको परिचय पत्र बोकेर ठगी गर्ने सहित ५ जना पक्राउ

    इटहरी/  पत्रकारको परिचयपत्र बोकेर ठगी धन्दा गर्दै आएका एक जना सहित इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न आरोपमा संलग्न रहेका ५ जना पक्राउ गरेको छ । सुनसरी पोष्ट नामको अनलाईन पत्रिकाबाट निकालिएको परिचय पत्र र भिजिटिङ कार्ड सहित जग्गा दलाली गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु सहित पछिल्लो एक साता यता प्रहरीले बिभिन्न अपराधमा संलग्न ५ जनालाइ पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो । त्यस्तै स्कुटर चोरीको अभियोगमा २ जनालाइ पक्राउ गरेको छ । गत चैत ८ गते इटहरीस्थित हिमालय बैंक परिषरमा पार्कीङ गरि राखिएको को ३७ प ८१०५ को स्कुटी चोरी भएको थियो । स्कुटी चोरी गरेको अभियोगमा प्रहरीले मोरङ

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 894 पटक पढिएको
    • "तेजबहादुर बन"
  • कोरोनाको त्रास : व्यवसायी झनै त्रसित

    धरान / कोरोना संक्रमणको असर एक बर्षपछि विस्तारै सहज बन्दै गएको जनजीवन फेरि त्रसित बन्न थालेको छ । छिमेकी मुलुकमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि देशमा पनि आम नागरिकमा त्रास उत्पान्न हुन थालेको छ । सरकारले सुरक्षा मापदण्ड अपनाउन आग्रह गरे सँगै आम नागरिक सहित आर्थिक गतिविधिमा संलग्न रहेका व्यवसायीहरु आफ्नो व्यवसाय धरासायी बन्ने हो कि भन्ने चिन्तामा छन् । सरकारले भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह गर्दै कोरोनाको जोखिम कम गर्न विदेशबाट भित्रिने व्यक्तिहरुका लागि सातै प्रदेशमा हेल्पडेस्क सञ्चालनमा ल्याएपछि अब फेरि सरकारले लकडाउन गर्ने हो कि भन्ने शंका व्यवसायीहरुमा परेको छ । उनी

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 1,335 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • होली मनाउन कुनै बन्देज लगाईंदैन : मन्त्री कार्की

    विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले होली पर्व मनाउन बन्देज र रोक नलगाईने बताएका छन् । विराटनगरका गायक सुमित खड्का र कलाकार दीपाश्री निरौलाको धनियाँ के होली नामक गीति संग्रहको बुधबार विमोचन गर्दै लगाउन वा बन्देज नलगाईने बताए । भने,“होलीको आफ्नै सांस्कृतिक महत्व छ । यसलाई मनाउन रोक लगाईने छैन ।“ कार्कीले प्रमुख जिल्ला अधिकारीले जागिर खानको लागि मात्र होली मनाउन रोक्ने निर्णय गर्न नहुने स्पष्ट गरे । काठमाडौंबाट आउने सूचनालाई मात्र सर्कुलर गर्दा नागरिकमा त्रास छाउने मन्त्री कार्कीले बताए । कोरोनाको दोस्रो लहर आउने संभावनाबीच सभा सम्मेलन, जमघट र भि

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 1,123 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको बजेट खर्च निराशाजनक : कुल बजेटको ३० प्रतिशतमात्रै

    धरान । स्थानीय तहले तेस्रो चौमासिक शुरु हुँदासम्ममा करिब ५० प्रतिशतभन्दा बढी खर्च गरिसक्नुपर्ने हुन्छ । आर्थिक वर्ष समाप्त हुँदासम्म ८० प्रतिशत बजेट कार्यान्यवन भएका स्थानीय तहलाई उत्कृष्ठ मानिन्छ । सोही आधारमा संघीय सरकारबाट आउने बजेटको पनि निर्धारण हुने गर्दछ । स्थानीय तहको निर्वाचन हुनु अघिसम्म कर्मचारीबाट चलेको स्थानीय तह जनप्रतिनिधी आए पछि विकाश र बजेट कार्यान्यवनले गति लिने विश्वास गरिएको थियो । तर विगत ४ वर्ष यता जनप्रतिनिधी आए पछिको बजेट कार्यान्यवन वर्षेनी निराशाजनक नै बन्दै गएको छ । निर्वाचन भएको पहिलो वर्ष र दोस्रो वर्ष बजेट कार्यान्यवनमा नितिगत अफ्ठयाराहरु देखाए पनि चौथो वर्षको बज

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 1,419 पटक पढिएको
    • "दिनेश गजमेर"
  • कोरोनाको नयाँ ‘भेरिएन्ट्स’ आशंका : धरान सहित प्रदेश १ मा ७ जना संक्रमित

    विराटनगर । पछिल्लो पटक प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका शहरहरुमा भेटिएका संक्रमितहरुमा कोरोनाको नयाँ ‘भेरिएन्ट्स’ हुन सक्ने देखिएको छ । ट्राभल हिस्ट्री हेर्दा भारत पुगेको देखिएकोले पछिल्लो पाँच दिन यताका संक्रमितमा नयाँ भाईरसको संक्रमण भएको हुनसक्ने स्वास्थ्य विज्ञको अनुमान छ । कोरोनाको नयाँ भेरिएन्ट्स पहिलेको तुलनामा निकै संक्रामक मानिन्छ । विराटनगरमा मंगलबार थपिएका एक सहित पाँच दिनयता ७ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार मंगलबार झापा, मोरङ र सुनसरीमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश बाहिरका एक जना, सुनसरीको धरान उपमहानगरपालि

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 2,581 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा ‘अर्काे अर्थ नलागेमा...’ मञ्चन हुने

    विराटनगर । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा...’ विराटनगरमा मञ्चन हुने भएको छ । चैत १७ गतेदेखि २० गतेसम्म आरोहण–गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा साँझ ५ बजे नाटक मञ्चन हुने भएको हो । लेखक तथा भाषाविद् शरदचन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्काे अर्थ नलागेमा...’ नाटकमा रुपान्तरण गरी १० जना निर्देशकले निर्देशन गरेका छन् । यसअघि काठमाडौंमा २० दिन मञ्चन भएको नाटक विराटनगरमा मञ्चन गर्न लागिएको आरोहण गुरुकुलले जनाएको छ । नाटकमा ज्ञ का १० जना विद्यार्थीहरुले निर्देशन गरेको नाटकमा ज्ञ कै ३७ जना विद्यार्थीहरुल

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 1,218 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा पत्रकारसंग रिसाए देउवा

    विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा जाने विषयमा एउटै प्रश्न दोहो¥याएपछि पत्रकारसँग रिसाए । तत्कालीन देउवाको कार्यसमितिमा नेविसंघ उपाध्यक्ष रहेका कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना दिन मंगलबार विराटनगर आइपुगेका देउवालाई विमानस्थलमा पत्रकारहरुले ‘कांग्रेस सरकारमा कहिले जान्छ ?’ भन्दै प्रश्न गरेका थिए । पत्रकारको पहिलो प्रश्नमा देउवाले भने, ‘कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन ।’ त्यसपछि पत्रकारले ‘सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव कहिले लैजान्छ ?’ भन्दै प्रश्न सोधेका थिए । त

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 1,101 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved