समाचार

    Showing 7,541-7,550 of 8,673 items.
  • भारतको महाराष्ट्रमा अपार्टमेन्ट भत्किंदा ७० जना पुरिएको आशंका

    काठमाडौं/ भारतको महाराष्ट्र महद सहरमा एउटा पाँचतले अपर्टामन्ट भत्किएको छ । ४७ फ्लाट भएको अपमार्टमेन्ट भत्किंदा ७० जना मानिस पुरिएको आशंका भएको प्रहरीले जनाएकोे छ । स्थानियहरुको सहयोगमा उद्दार टोली १७ जनाको उद्दार गरी अस्पताल पु¥याएको छ भने बाँकी पुरीएकाहरुको खोजी कार्य भइरुहेको स्थानिय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानिय सञ्चार माध्यमका अनुसार सो भवन १० वर्ष पुराने भएको जनाइएको छ । मनसुनको समयमा भारी वर्षा भएपछि भवन भत्किनु भारतमा सामान्य घटना हो । यस वर्षको मनसुनमा मात्रै भारी वर्षापछि १२ सयभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमध्ये ८ सय जनाको भारतमा मृत्यु भएको समाचार एजेन्सीहर

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • 1,721 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पटनाली जंगलको पुलमुनी मृत्त अबस्थामा एक युवाको शव फेला

    नडाहाः बराहक्षेत्र नगरपालिका वडा नम्बर २ पटनाली पुल मुनि एक युवाको मृत्त अबस्थामा शव फेला परेको छ । पुलमा को ३६ प ४०२३ नम्बरको रातो कालो रङ्गको स्कुटर राखेर ती युवाले पुलबाट हामफालेर आत्महत्या गरेका प्रहरीको प्ररमभिक अनुमान रहेको छ । बिहान करीब ५ बजेको समयमा स्थानिय युवाहरुले मृतकको शव देखेर प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरी सशस्त्र प्रहरी र जनप्रतिनिधि घट्नास्थाल पुगेका थिए । मृत्तकको पहचिान भने नखोलुको प्रहरीले जनाएको छ । शवलार्ई पोस्टमाटमको लागि धरान स्थित वीपी प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 783 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागू औषध सहित केराबारीमा शसस्त्रद्वारा ३ जना पक्राउ

    याङ्शिला । लागुपदार्थको अबैध कारोबार गर्ने ३ जनालाइ केराबारिको शसस्त्र प्रहरी टोलिले पक्राउ गरेको छ ।  गस्तिमा रहेका शसस्त्रको टोलिले केराबारी ६ मुगु पुल नजिकैबाट डाइजोपाम एबिल र लुपिजेन्सि जस्ता लागु औषधि सहित ३ जनालाइ पक्राउ गरेको हो। केराबारी ५ बस्ने बर्ष २२ का रुकेश राइ, धरान उपमहानगरपालिका ८ बस्ने बर्ष ३० का अभिनय र सोही स्थान बस्ने बर्ष २० का उत्सब लिम्बु रहेका छन्। उनिहरुलाइ लागू औषध मुद्धामा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ । मोरङ र सुनसरीको सिमानामा रहेको चोक्टीमा स्थानीय र शसस्त्रको टोलिले याङशिलामा नयाँ प्रबेश गर्ने हरुलाइ चेकजाँच गर्दै आएका थिए । सोही क्रममा चेकजाँच को क्

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 1,343 पटक पढिएको
    • "राम रेप्चुङ राई"
  • सिराहाका एक युवाको बिपिमा मृत्यु

     सुनसरी । कोरोना संक्रमीत देखिएका सिराहाका एक युवाको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचार गराईरहेका सिराहाको लाहान स्थित गोविन्दपुर मलाहाना का २२ बर्षिय एक युवाको मृत्यु भएको हो । अत्याधिक खोकी लागेर स्वास प्रस्वासमा समस्या भएपछि प्रतिष्ठान भर्ना भएका उनको आज सोमबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानको आइसियुमा रहेका उनमा भदौ ७ गते आइतबार कोराना सक्रमण पुष्टि भएसगै उनलाई आइतबारनै कोभिड अस्पतालमा सारिएको थियो । लागु औषध सेवनकर्ता समेत रहेका ती युवालाइ प्रति

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 659 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जबरजस्ती करणी मुद्दामा भोक्रहाका एक युवा पक्राउ

    धरान । जबरजस्ती मुद्दामा सुनसरी भोक्राहाका एक युवालाइ इलाका प्रहरी कार्यलय धरानले भोक्रहाका एक युवालाइ पक्राउ गरेको छ । फकाएर मोरङबाट धरान ल्याएर जबरजस्ति करणी गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ ठेगाना भएपनि रामधुनी ५ झुम्का बस्ने ४६ बर्षीय मोहमद ईर्साद अलामलाई पक्राउ गरेको हो । उनले साउन २६ गते मोरङकी १६ बर्षीय एक बालिकालाई धरान १८ स्थित कान्तिपुर नामक होटलमा ललाईफकाई ल्याएको र जर्बजस्ती करणी गरेको भन्दै नाबालिकाकी आमाले आइतबार उजुरी दिएको प्रहरीले जनाएको छ । उजुरी परेपछि मोहमदलाई पक्राउ गरि जर्बजस्ती सोमबार करणी मुद्दाको अनुसन्धानको लागि आज म्याद थप गरिएको पनि ईलाका प्रहरी

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 869 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ६४ संक्रमित थपिए

    विराटनगर, ८ भदौ । प्रदेश १ मा आज ६४ जना संक्रमित थपिएका छन् । थपिएकामा २४ महिला र ४० पुरुष रहेका छन् । मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा १ महिला २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको गढीमा ३ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, बर्जुमा ४ महिला १ पुरुष, धरानमा २ महिला १ पुरुष, इटहरीमा १ महिला १ को रि

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 584 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ७५ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ ८ सोमबार/  आज थप ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३२ हजार ७ सय ६८   जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १५७  जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १ सय ७५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६जना  जना रहेका छन् ।  काठमाडौं उपत्यकामा आज २२४ जना संक्रमित थपिएका छन्। 

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 562 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उच्च जोखिममा सेवा दिदै वीपीका स्टाफ नर्स (भिडियो सहित )

    धरान । अस्पतालमा फ्रन्टलाइनमा बसेर बिरामीलाई सेवा दिने स्टाफ नर्सहरुनै कोरोनाको जोखिममा रहेका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा रहेका दुई जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भए पछि झन उनीहरुमा कोरोना संक्रमणको जोखिममा रहेका छन् । दिनहुँ बिरामीहरुको नजिक रहेर काम गरिरहेका उनीहरु ड्युटी सकिए पछि घर जानुपर्छ उनीहरुको घर पनि असुरक्षित नै हुन्छ । उनीहरुको सुरक्षाको लागि सम्बन्धित निकाय मौन रहेको छ । न त प्रतिष्ठानले उनीहरुको सुरक्षा सँगै पिसिआर जाँच तथा क्वारेन्टाइनको व्यवस्था गरिदिएको छ न त नर्सहरुको सँस्थाले नै उनीहरुको लागि कुनै पहल गरिदिएको छ । सोमब

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 2,352 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरीमा कोरोना भाइरसको संक्रमण पूष्टि

    धनकुटा, ८ भदौं ÷धनकुटाका दुई प्रहरीमा कोरोना भाइरसको संक्रमण पूष्टि भएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा २५ बर्षीय र ३८ बर्षीय दुई पुरुष प्रहरीमा कोरोना संक्रमण पूष्टि भएको हो । उनीहरु भदौ २ गते बिराटनगरबाट सरुवा भएर धनकुटा आएका थिए । विराटनगरबाट संखुवासभा सरुवा भएर गएका प्रहरीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्राक्ट टे«सिङका आधारमा तीन प्रहरीको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाईएको थियो । जसमध्ये दुई प्रहरीमा कोरोना संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले बताए । संक्रमण पूष्टि भएका प्रहरी जिल्

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 1,011 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • सरकारको ध्यानाकर्षण गराउँन तरहराका युवाहरु मुख्य स्थानमा आफै सेनिटाइज गर्दै

    इटहरी । कोरोना भाइरसको महामारीले सिंगो राष्ट्र आक्रान्त बनिरहेको बेला सरकारले सचेतनाको नाममा नारा बाहेक केहि गर्न नसकेको भन्दै सरकार लगायत सम्बन्धित निकायको ध्यनाकर्षण गराउदै इटहरी २० तरहराका युवाहरूले बजारका मुख्य स्थानहरूमा आफैं सेनिटाइज गरेर उदाहारण प्रस्तुत गरेका छन । सरकारको भर नपरौ आफैं सचेत बनौ भन्ने नारालाइ आत्मासाथ गर्दै तरहराको युवाहरूले सम्भावित संक्रमणको जोखिम क्षेत्र, सार्वजनिक स्थल, प्रहरी कार्यालय, बन कार्यालय, स्वास्थ्य चौकि र संक्रमण भेटिएको स्थान समृद्धिको कार्यालयमा सोमबार बिहान सेनिटाइज गरेका हुन । पछिल्लो समय तरहरा क्षेत्रमा पनि संक्रमणको दर बढन थालेपछि सम्भावित जोखिमलाइ

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 715 पटक पढिएको
    • "तेजबहादुर बन "

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved