धरान । समुदायको लापरवाहीका कारण धरान कोरोना संक्रमणको उच्च जोखिम तर्फ अघि बढ्दै गएको छ । नगरपालिकाले लकडाउन घोषणा गरे पनि समुदायले सुरक्षा सतर्कता नपनाउँदा जिल्लाकै धेरै कोरोना संक्रमण रहेको नगर बनेको छ भने जिल्लामै मृत्यु हुने एउटा मात्रै शहर बनेको छ । पहिलो चरणको लकडाउन खुकुलो भए पछि धरानमा फैलिएको कोरोना संक्रमणले मंगलबार बिहान सम्ममा ६ जनाको ज्यान लिइसकेको छ भने १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । वडा नम्बर २० बाहेकका सबै वडाहरुमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको छ । मृत्यु हुनेहरुमा वडा नम्बर १५ मा दुई जना, १७ मा एकै परिवारका दुई जना, वडा ८ र ११ मा १÷१ जना रहेका छन
धरान । सामुदायिक वनको सखुवाको रुख काट्न निर्देशन दिएको आरोप लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आरोप निराधार रहेको प्रष्ट्याएका छन् । केही दिन अघि मेयर राईको उपस्थिती र निर्देशनमा धरान २० स्थित भालुढुङगा सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा रहेको सखुवाको रुख काट्न लगाएको आरोप लागेको थियो । उनले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै घटनामा कुनै पनि संलग्नता नरहेको प्रष्ट पारेका छन् । उनले विज्ञप्ती मार्फत पुर्वाग्रही ढंगले घटनामा आफुलाई मुछेको बताएका छन् । धरान उपमहानगरपालिकाको नगर प्रमुखको सचिवालय मार्फत जारी गरिएको विज्ञप्तीमा लेखिएको छ, ’कोरोना महामारी नियन्त्रणकोलागी अघि
सुनसरी । अवैध रुपमा भन्सार छलि गरेर भारतबाट ल्याएका सामानहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । भदौ १५ गते भारतबाट भन्सार छलि गरेर ल्याएको सामानहरु देवानगञ्ज गाउँपालिकाको वडा नम्बर २ बाट पक्राउ गरेको हो । भन्सार छलि गरेर सामान ल्याउदै गरेको सुचनाको आधारमा गएको प्रहरीको टोलिले बर्जु गाउँपालिका वडा नम्बर २ बस्ने संजिव गुरुङले चलाएको को १ ख ३३६६ नम्बरको मिनि ट्रकबाट सामान बरामद गरेको हो । मिनि ट्रकलाई चेकजाँच गर्ने क्रममा १ लाख ५५ हजार मुल्य बराबरको ३१ बोरा सुर्ती, २६ हजार मुल्य बराबरको ताजमहल भारतीय चामल २० बोरा र ६३ हजार ७ सय मुल्य बराबरको नेपाली चामल सहित १० लाख मुल्य बराबरको म
धरान । कोरोनाको जोखिम न्युनिकरण गर्न घोषणा भएको लकडाउनका कारण घरमै थन्किएका प्रतिभाहरुको वीपी कोइराला युवा नेतृत्व विकास मञ्चले खोजि गर्ने भएको छ । महामानव वीपी कोइरालाको १०७ औं जन्म जयन्तीको अवसरमा मञ्चले भदौ ११ गते देखि नै खोजि शुरु गरिसकेको छ । कोरोनाको कारण घर बसेका विद्यार्थीहरुको प्रतिभा खोजि गर्दै प्रतिभा प्रस्फुटनका लागि मञ्च उपलब्ध गराउने वीपी कोइराला युवा नेतृत्व मञ्चले जनाएको छ । मञ्चले तिन वटा विधामा प्रतिभा खोजि कार्यक्रम गर्ने भएको हो । टिकटक भिडियो, वक्तृत्वकला र चित्रकला प्रतियोगिता हुने भएको छ । कार्यक्रममा सहभागि हुन सबैलाई आग्रह गरेको छ । कोराना भाइरसले विश्वमा नै मानव सं
विराटनगर । प्रदेश १ मा जोर विजोर प्रणालीमा विद्यालय खोल्ने विषयमा छलफल शुरु भएको छ । सामाजिक विकास मन्त्रालयले यस विषयमा स्थानीय तहको रायसमेत लिएको छ । कतिपय सरोकारवालाबाट विद्यार्थी रोल नम्बरको आधारमा जोर बिजोर कक्षा सञ्चालन गर्न सकिने सुझावसमेत दिएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण करिब ६ महिनादेखि विद्यालय बन्द छन् । शैक्षिक गतिविधि ठप्प पनि छ । प्रदेश १ सरकारले विद्यालयमा सिकाई सञ्चालनका तयारी शुरु गरी स्थानीय तहसंग छलफल चलाएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले केहीअघि स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा शिक्षा क्षेत्रका विज्ञहरुसंग विद्यालयमा सिकाई सञ्
काठमाडौ २०७७ भदौ १५ सोमबार १६:२२:०० प्रकाशित / आज थप १०६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४० हजार ५२९ जना पुगेको छ । नेपालमा मृतकको संख्या २३९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ सय ६८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ जना रहेका छन् । मंगलबार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० स
। बराहक्षेत्र, १६ भदौ । सुनसरीको बराहक्षेत्र नपा वार्ड नम्बर ५ एकता टाेल निवासी मृगौला पीडित निरोज अधिकारी बचाउ अभियानमा सहयोग रकम आउने क्रमको तिव्रता यथावतै रहेको छ । जापानमा बस्दै नेपालीहरुले संकलन गरेको रकम हिजो १५ गते सोमवारको दिन १ लाख १७ हजार ८० रुपैया रकम हस्तान्तरण गरिएको छ । कन्चनपुर वार्ड नम्बर १६ बस्नतपुरका हाल जापानमा कार्यरत मनोज कटुवाल र बराहक्षेत्र ५ एकता टाेल निवासी सरस्वती वस्नेतको नेतृत्वमा संकलन रकम आमा गंगा वस्नेतकाे नाममा विदेश बाट पठाएको फेसबुक म्यासेनजरमा वस्नेतले बताएकी छिन । साेही रकम मृगौला पिडित अधिकारीकाे घरमा गइ हस्तान्तरण गरिएको अभियानमा सहयोग पुर्याइरहेका कृष्ण
इलाम/ इलामको रोङ गाउँपालिका क्षेत्रमा पर्ने मेची राजमार्ग पहिरोको कारण अवरुद्घ बनेको सडक एक तर्फि रुपमा खुलेको छ । गए राति परेको अविरल वर्षाको कारण अवरुद्घ बनेको सडक एकतर्फि खुलेको हो । सडक अवरुद्घ सँगै विच बाटोमै अवरुद्घ बनेका झापा,इलाम,पाँचथर र ताप्लेजुङ सम्म सञ्चालन हुने सवारीलाई सहज बनेको छ । कोरोना संक्रमणमका कारण यात्रुवाहक सवारी सञ्चालन नभएपनि एम्बुलेन्स र खाद्यान्न बोकेका सवारी विच बाटोमै अलपत्र परेका थिए । पहिरोका कारण सडक अवरुद्घ बनेपछि विहानबाटै स्काभेटर प्रयोग गरी सडक खुलाउने काम भईरहेको थियो । विहानै देखि पहिरो फाल्ने काम भएपनि धेरै ठाउमा पहिरो गएको कारण अहिले सम्ममा एकतर्फ
धरान । कोरोनाको आशङ्का गरिएका सोमबार राती मृत्यु भएका धरान ११ का ६५ वर्षिय वृद्ध मा कोरोना पोजिटिभ पुष्टि भएको छ । सोमबार राती घरमै मृत्यु भएका वृद्ध मा ज्वरो र निमोनिया देखिएकोले आज विहानै धरान उपमहानगरपालिका स्वास्थ महाशाखाको टोलीले मृतकको स्वाब संकलन गरेको थियो। उनको पिसिआर रिपोर्ट मंगलबार ११ बजे पोजिटिभ पुष्टि भएको हो । मंगलबारे चोकदेखी विष्णुपादुका जाने बाटोमा रहेको भानु मार्गमा डेरा गरी बस्ने उनको हिजो साढे ६ बजेको समयमा मृत्यु भएको थियो । कोरोनाको लक्षण देखिँदा पनि उनी गाउँ मा डुल्ने गरेका थिए । त्यसैले वडाबासी त्रसित बनेका छन । संक्रमितको मृत्यु
धरान। समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि सुनसरीमा अहिले सम्मकै धेरै संक्रमीत मंगलबार पुष्टि भएका छन् । जिल्ला जन स्वास्थ्य कार्यलय सुनसरीका अनुसार एकै दिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या अहिले सम्मकै उच्च रहेको जनस्वास्थ्य कार्यलयकी फोकलपर्सन शिर्जना लिङ्थेपले जानकारी दिइन । आज थपिएका सक्रमीत संगै सुनसरीमा ७ सय ६२ जना पुगेका छन । उनका अनुसार मंगलबार ११ जना महिला र ४५ जना पुरुष गरी सुनसरीमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सोमबार साँझ इनरुवाका २६, इटहरीका २१ र दुहबीका ७ जनामा कोरोना देािखएको थियो । मंगलबार बिहान धरानमा १ महिला र १ पुरुषमा संक्रमण