धरान: धरान स्थित वीपी केइरला स्वास्थ्या विज्ञान प्रतिष्ठानमा उपचरारत एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार रामधुी नगरपालिका ५ झुम्काका ४३ वर्षीय पुरुषको शुक्रबार ४ः३० मा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा निदेश साकोटाका अनुसार मृतक विगत एक बर्षदेखि झुम्का कारागारमा रहेको कारण धेरै जानकारी नभएको जानकारी दिए । मृतकलाई विगत १० दिनदेखि ज्वरो आएको र २ दिनदेखि खोकी, श्वासप्रश्वासमा कठिनाई भएको उनले बताए ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इनरुवास्थित जिल्ला अस्पतालमा भर्ना गरिएको र थप उपचारका लगि प्रतिष्ठान रेफर गरिएको थियो । मृतकलाई शुक्रबार बिहान ११ बजेर ५४ मिनेटमा
धरान (२०७७-०५-२६) – धरान ९ बगैँचा लाइन स्थित समिट हाइयर सेकेन्ड्री स्कुलमा कक्षा ११ को लागी पहिलो प्रवेश परीक्षा शुक्रबार विधालयमा नै सम्पन्न भएको छ । स्कुलको दोश्रो प्रवेश परीक्षा भने आइतबार हुनेछ । समिटमा आज विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म व्यवस्थापन संकाय अर्न्तगत होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरीजम, कम्प्युटर साइन्स र एजुकेशन संकायमा परीक्षा सम्पन्न भएको प्रिन्सिपल रमेश दाहालले बताए ।
धरान / धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको सहयोगमा संपन्न पाँचौ बास्केटबल ट्यालेण्ट हण्टको आज समापन भएको छ । समापनको दिन सहभागि दुई दर्जन विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका मेयर तिलक राईले प्रमाण् पत्र वितरण गरेका थिए । धरानका एसइइ दिएर बसेका विद्यार्थीहरुको लक्षित गरेर आयोजना गरिने ट्यालेण्ट हण्टबाट हरेक वर्ष २ दर्जन बढी विद्यार्थीलाई धरानको विभिन्न कलेजमा संघको सिफारिसमा छात्रावृती प्रदान गर्दै आएको छ । विगत वर्ष जस्तै यस वर्ष पनि २ दर्जन भन्दा बढी विद्यार्थीलाई संघको सिफारिसमा एम्स एकेडेमि र डिपोट कलेजले छात्रावृत
इलाम / विपदमा वालवालि अधिकारको सुनिश्चितता, हामि सवैको साझा प्रतिबद्घता भन्ने मूल नाराका साथ कोरोना भाईरसले वालवालिकामा पारेको असर र सरोकारवालाको भूमिका विषयमा रेर प्रदेश स्तरीय वक्तित्वकला प्रतियोगिता हुनेभएको छ । कोरोना भइरस संक्रमणको कारण लामो समयदेखि विद्यालय सञ्चालन नभएको समयमा राष्ट्रिय बाल दिवसको अवसर पारेर प्रदेश स्तरीय वक्तित्वकला प्रतियोगिता हुने भएको हो । भर्जुल माध्यमबाट नेपालि भाषामा हुने प्रतियोगितामा प्रदेश एकका १४ जिल्लाका १४ जना सहभागि हुनेछन । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्वितीयले नगद १० हजार रतितृय हुनेले नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउने छन । प्रदेश स
इलाम / भारतबाट अवैध रुपमा नेपाल ल्याईदै गरेको बिभिन्न सामान इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेको छ । कस्मेटीक आईटम , प्लाष्टिकका सामान, भाडा बर्तन , मोती माला गरी ९० हजार रुपियाँ बराबरको सामान इलामको पशुपतिनगरबाट गरेको हो । भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेको सामान सूर्योदय नगरपालिका २ चारमाईलबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा खटीएको प्रहरी टोलीले पक्राउ गरी पशुपतिनगर भन्सारमा बुझाईएको छ । प्रहरी निरीक्षक राईले लकडाउनको समयमा भन्सार छलेर सामान ल्याउने क्रम जारी रहेकाले सीमा क्षेत्रमा निगरानी बढाईएको बताए ।
इटहरी । दैनिक संक्रमित थपिदै जादा इटहरीमा कुल संक्रमितहरू ३ सय ६ जना पुगिसकेका छन भने अझै बढने क्रममा रहेको छ । इटहरीमा कोरोनाबाट सबैभन्दा बढी ज्येष्ठ नागरिकहरू प्रत्यक्ष प्रभावित भएका छन्। कुल संक्रमित मध्ये १ सय ३४ भन्दा बढी ज्येष्ठ नागरिकहरू कोरोनाबाट प्रभावित बनेका छन । दैनिक संक्रमणको संख्या बढिरहदा इटहरीमा खतरा बढिरहेको चिकित्सकहरूले बताउदै आएका छन । समुदाय स्तरमा पुगेको कोरोना संक्रमणको दर अहिले इटहरीमा प्रतिहजार जनसंख्या १दशमलव ८२ प्रतिशत रहेको छ । जनसंख्याको हिसाबले अति न्युन देखिए पनि संक्रमणको दर भने बढनुले जोखिम उत्तिकै रहेको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामुकमार धमलाले
धरान – साताको अन्तिम दिन सुनको मुल्यमा गिरावट आएको छ । बिहीबार ९६ हजार ८ सय प्रति तोलका दरले बिक्री भएको सुनको मुल्यमा ३ सय रुपौंयाले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्य तोलामा तीन सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय कायम भएको हो । माहसंघले तेजावी सुनको मूल्य ९६ हजारमा कारोबार भइरहेको जनाइएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि १५ रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा भालुढुङ्गा सामुदायिक वन उपभोक्ता समुहमा सखुवाको रुख कटान काण्डमा पक्राउ परेका ४ जनालाई सव डिभिजन वन कार्यालय धरानले छाडिदिएको छ । सखुवाको रुख कटान गर्न गएको आरोपमा धरान १९ का ४ जनालाई कार्यालयले विहिबार पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई धरान वडा नम्बर १९ का वडाअध्यक्ष पुर्ण प्रसाद लिम्बुको रोहबरमा छाडिएको हो । वडाअध्यक्ष लिम्बुले ४ जनालाई वन कार्यालयले चाहेको समयमा हाजिर गराउने भनि हस्ताक्षरण गरि जिम्मा लिएका हुन् । वन कार्यालयले शेरबहादुर तामाङ, काले भनिने गजेन्द्र लिम्बू, राम बहादुर तामाङ र राम प्रसाद मगरलाई पक्राउ गरेको थियो ।
धनकुटा, २६ भदौ / दुई दिन अगाडी धनकुटा नगरपालिका–६ स्कुलडाँडामा १५ वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिको भदौ २५ गते साँझ बसेको आकस्मिक बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण धनकुटामा पनि दिन प्रतिदिन बढ्दै गएकोले त्यसको रोकथाम र नियन्त्रण गर्न ६ दिनको लागि सो क्षेत्र सिल गरिएको हो । बैठकले धनकुटा नगरपालिका–६ को सल्लेरीस्थित पानी ट्याङकीको स्कुलडाँडादेखि दक्षिण बरखगण सल्लेरी व्यारेकको २ नम्बर गेटदेखि पश्चिम कचिंडे चोकदेखि उत्तर गुर्धुमडाँडा सिलढुंगा सामुदायिक वनदेखि पूर्वको चार किल्ला
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पुन: स्कोरोना पोजेटिभ रिपोर्ट आएको छ । कोरोना संक्रमण भएको दुईसातापछि विहीबार पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । घिमिरेकोस्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएपछि स्वाब लिएर परीक्षण गर्न पठाएको सचिवालयले जनाएको छ । रुघाखोकी, जिउदुख्ने लक्षण बाहेक डाईरिया, टाउको दुख्ने, ज्वरो जस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वीकय सचिव तिलकबहादुर बस्नेतले बताएका छन । मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य रहेको बस्नेतले जानकारी दिए । मन्त्री घिमिरेलाई भदौ १