समाचार

    Showing 7,351-7,360 of 10,042 items.
  • चलचित्रकर्मीलाई भ्याक्सिन उपलब्ध गराउन प्रदेश सरकार सँग माग

    धरान । कोभिडको महामारीमा सरकारले वितरण गरेको भ्याक्सीन वितरणमा विभेद गरेको भन्दै चलचित्रकर्मीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । विषम परिस्थितीमा फ्रन्ट लाइन र ६० वर्ष उमेर माथिका समुहका धेरैले दोस्रो चरणको समेत भ्याक्सिन लगाइसकेको अवश्थामा चलचित्रकर्मीहरुलाई पहिलो चरणकै भ्याक्सिन उपलब्ध नगराएको भन्दै प्रदेश १ का चलचित्रकर्मीहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । चलचित्रकमी हरुलाई राज्यले वेवास्ता गरेको र अहिले सम्म पनि पहिलो चरणको समेत भ्याक्सिन नपाएको भन्दै हिमाल दाहालको संयोजकत्वमा गएको चलचित्रकर्मीहरुको टोलिले प्रदेशका विभिन्न मन्त्रालयहरुमा भ्याक्सिन पाउनु पर्ने माग सहित म

    • प्रकाशित मितिः असार ९, २०७८
    • 776 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमितको अवस्था बुझ्न जनप्रतिनिधिको टोली घरघरमा

    धनकुटा । कोरोना संक्रमित भई होम आइशोलेसन रहेका विरामीलाई भेट्न स्थानीय तहका जनप्रतिनिधि सहितको स्वास्थ्यकर्मीको टोल घर–घरमा पुग्न थालेका छन् । कोरोना संक्रमण ग्रामीण क्षेत्रमा वढ्न थालेपछि त्रासको मानसिकतामा रहेका संक्रमितलाई भेट्न घर–घरमा पुगेको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले बताए । होम आईसोलेसनमा रहेका विरामीलाई स्वास्थ्य सामाग्री बितरण गरेर हौसला बढाउने गरिएको उनले बताए । साथै संक्रमितलाई उपचारमा जानका लागि निशुल्क रुपमा गाडीको समेत व्यवस्था गरिएको छ । छथरजोरपाटी गाउँपालिकामा बैशाख यता २ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा ५५ पुरुष र ४३ जना महिला गरी ९८ जनामा क

    • प्रकाशित मितिः असार ९, २०७८
    • 1,122 पटक पढिएको
    • "विजयशेखर श्रेष्ठ"
  • छिमेकीको कुटाइबाट मानसिक सन्तुलन गुमाएकी गर्भवती महिलालाइ दलित महिला सञ्जालद्धारा आर्थिक सहयोग

    धरान । मानसिक सन्तुलन नै गुम्नेगरी छिमेकीको कुटाई खाएकी दलित महिलाको न्यायको माग गर्दै उनको उपचारको लागि दलित महिला संजाल धरानले आर्थिक सहयोग गरेको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक बिभागमा उपचार गराई रहेकी कानेपोखरी गाउँपालिका– ५ चिसाङ बस्तिकी २५ वर्षीया डुका देवी दर्जी तामाङ ९सोना० लाई संजालले उपचारको लागि १० हजार रुपैया सहयोग गरेको हो । उनका परिवारलाई भेटघाट गर्दै संजालले घटनाका बिस्तृत जानकारी समेत लिएका छन् । दलित विकास समिति, दलित महिला सञ्जाल र दलित युवा सञ्जालको संयुक्त पहलमा रकम संकलन भएको सञ्जालकी प्रवक्ता कञ्चन पाँचकोटीले बताइन् । वैशाख ३० गत

    • प्रकाशित मितिः असार ९, २०७८
    • 727 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दक्ष जनशक्ति उत्पादन गर्दै संवृद्धि आयोजना

    मोरङ । कृषि तथा औद्योगिक उत्पादनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विगत ३ वर्ष देखि संचालित संवृद्धि आयोजना सफल उन्मुख रहेको छ । बेरोजगारहरुलाई शीपमुलक तालिम दिएर रोजगारी बृद्धि गर्न संबृद्धि आयोजनाले प्रदेश १ को कोशी कोरिडोर अन्तगर्तका ८ र प्रदेश २ मा जनकपुर करिडोर अन्तर्गतका ७ अनि प्रदेश ३ को १ वटा जिल्लाका ३० हजार बढी बेरोजगारहरुलाई प्रत्यक्ष रोजगारी दिलाउन संबृद्धि आयोजना सफल सहयोगी बनिरहेको छ । नेपाल सरकार र दातृ निकायको सहयोगमा निर्माण भएको संबृद्धि आयोजना प्रदेश १ को कोशी करिडोर अन्र्तगत मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा, खोटाङ, र उदयपुर अनि प्रदेश २ को जनक

    • प्रकाशित मितिः असार ९, २०७८
    • 1,403 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेतेलको गिलेनमा लागूऔषध

    सुनसरी । मोरङको बिराटनगर १६ स्थित दक्षिण गेटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राज कुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 961 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड अस्पतालको कुरुवा घर वीपी प्रतिष्ठानलाई हस्तान्तरण

    धरान । कोभिड १९ अस्पताल बाहिर निर्माण भएको कुरुवा घर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ । सोमबार एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर हस्तान्तरण गरेको हो । अग्रवाल समाजका वयोवृद्ध ९३ वर्षिय महावीर प्रसाद अग्रवालले कुरुवा घर हस्तान्तरण गरेका हुन् । कार्यक्रमका अध्यक्ष समेत रहेका मेयर तिलक राईले कोभिड अस्पतालमा उपचाररत विरामीको आफन्तहरुलाई कुनै पनि किसिमको समस्या नहोस् भनेर मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर निर्माण गरिदिएको बताए । विरामीको आफन्तहरु अत्यन्तै अव्यवस्थित तरिकाले अस्पताल बाहिर ब

    • प्रकाशित मितिः असार ८, २०७८
    • 930 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल बसोबास बस्ती संरक्षण समाजको पहलमा सुकुम्बासि तथा बिपन्न परिवारलाई खाद्यान्न सहयोग

    धरान/ नेपाल बसोबास बस्ती संरक्षण समाजले विभिन्न दाताहरुको सहयोगमा धरानका विभिन्न स्थानमा सुकुम्बासि तथा बिपन्न परिवारलाई मङ्गलबार राहत स्वरुप खाद्यान्न सामग्री बितरण गरेको छ। समाजको पहलमा धरान (१७ स्थित साउने बस्तिका ४६ घर, १६ नम्बर वडा सुर्यटोलका १९ घर र १३ नम्बर वडा अमर बस्तिका १३ घर गरि जम्मा ७८ घर परिवारलाई समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की, धरान नगर अध्यक्ष आइत लिम्बू, उपाध्यक्ष बिनोद मगर लगायतले चामल, दाल, नुन, तेल बितरण गरे। लामो समदेखिको लकडाउनका कारण काम बन्द भएर माम बन्द भएका सुकुम्बासी तथा बिपन्न परिवारलाई तत्काल राहत स्वरुप खाद्यान्न बितरण गरिएको समाजका केन्द्रीय अध्यक्ष कार्क

    • प्रकाशित मितिः असार ८, २०७८
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को बजेटमाथिको छलफल सकियो, कार्यान्वयन कठिन भएको मन्त्रीले स्विकार गरे

    विराटनगर । प्रदेश १ सरकारले ल्याएको बजेटमाथिको छलफल सम्पन्न भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले बजेटमाथि उठेका प्रश्नको जवाफ मंगलबारको बैठकमा दिएका छन् । मन्त्री आङ्बुहाङले ९० प्रतिशत बजेट अनुदानमा आधारित भएर ल्याउनु पर्ने बाध्यताका कारण पनि अब प्रदेश आफ्नो खुट्टाामा उभिने आधार तय गर्नुपर्ने बताउँदै भने भने,“प्रदेशले राजश्व अभिवृद्धि गर्ने क्रियाकलाप बढाउनु पर्छ । एकल सूचीका अधिकारको अधिक सदुपयोग गरिनु पर्छ । नत्र प्रदेश सक्षम र सवल बन्न सक्दैन ।” आवश्यकता र योजना अनन्त भएको अवस्थामा साधन स्रोत सीमित हुनुले समस्या भएको सुनाए । वहुवर्षीय र क्रमागत योजनाहरु हेर्दा

    • प्रकाशित मितिः असार ८, २०७८
    • 1,331 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संसद विघटनपछि विस्तार गरिएको मन्त्रीमण्डल सर्वाेच्चद्वारा बदर,२० मन्त्री पदमुक्त

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्री परिषद विस्तारको निर्णय बदर गरिदिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेका रिटमाथि मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले जारी गरेको आदेशसँगै प्रधानमन्त्री ओलीले नियुक्त गरेका २० जना मन्त्री स्वतः जिम्मेवारीमुक्त भएका छन्। सर्वेच्च अदालतद्वारा मंगलबार जारी गरिएको आदेशमा ‘२०७८ साल जेठ २१ र २७ मा प्रधानमन्त्रीको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्

    • प्रकाशित मितिः असार ८, २०७८
    • 746 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आजबाट सुनसरीमा स्मार्ट लकडाउन इटहरीमा ब्यवसायीहरूले पसल खोल्न मानेनन

    इटहरी । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको जोखिमलाइ न्युनिकरण गर्न जिल्ला प्रसाशन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञालाइ ८ गते मंगलबारबाट खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाउदै प्रसाशनले जिल्लामा मंगलबारदेखि स्मार्ट लकडाउनको सुरूवात गरेको हो । यस अघिनै गृह मन्त्रालयबाट आर्थिक कारोबार सहज हुनेगरी काम गर्न प्रसाशन कार्यालयहरूलाइ परिपत्र गरे अनुरूप मंगलबारबाट लकडाउन खुकुलो बनाइएको जिल्ला प्रसाशन कार्यालय सुनसरीले जनाएको छ । प्रसाशनले मंगलबारबाट लागु हुनेगरी होटल ब्यवसाय , ब्युटि पार्लर , शैक्षिक संस्था , शैलुन , पार्क लगायतलाइ छाडेर बाकिका सबै ब्यवसायहरू दिनको १२ बजे सम्म खोल्न अनुमत

    • प्रकाशित मितिः असार ८, २०७८
    • 2,040 पटक पढिएको
    • "तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved