समाचार

    Showing 7,341-7,350 of 10,042 items.
  • धरानको बजेट प्रस्तुत : नगरसभा असार १९ सम्म स्थगित

    धरान/ कोेभिडको संकटपूर्ण अवस्थामा पनि धरान उपमहानगरपालिकाले बार्षिक बजेट प्रस्तुत गरेको छ । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा उपमहानगरपालिकाले नवौं नगरसभामाको आयोजना गर्दै उपहानगरपालिकाकी उप्रमुख मञ्जु भण्डारी सुवेदीले आर्थिक बर्ष ०७८÷०७९ को अनुमानित बजेट पेश गरेकी थिइन् । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले नगरसभाको उद्घाटन गरेका थिए । यो बजेट गत बर्ष अर्थात ०७७÷०७८ को भन्दा भन्दा ३१ करोड बढीको बजेट उपमहानगरपालिकाले प्रस्तुत गरेको छ । गत बर्ष १ अर्ब ७२ करोड ५४ लाख ४१ हजार ४ सय ५० रुपैयाको बजेट प्रस्तुत गरेको थियो । कोरोना महामारीका बीचमा पनि आर्थिक स्रोतहरु कम भएपनि

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,163 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माई नगरपालिकाको बजेट ६७ करोड ३४ लाख

    इलाम/ माई नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि कूल ६७ करोड ३४ लाख ३० हजार रुपियाँको बजेट ल्याएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । शिक्षाका लागि १ करोड ९० लाख रुपियाँ, स्वास्थ्यमा १ करोड ५६ लाख ६० हजार रुपियाँ र पूर्वाधारमा १ करोड ४० लाख बजेट विनियोजन गरेको हो । यस्तै महिला तथा बालबालिका शिर्षकमा ५५ लाख, खानेपानी तथा सरसफाइका लागि ३४ लाख, संस्कृति पर्यटनका लागि ७५ लाख, सुचना प्रविधिमा ३४ लाख, र विशेष कोष व्यवस्थापनमा १ करोड ९० लाख रुपियाँ बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्षका लागि आय तर्फ वित्तिय समानिकरण अनु

    • प्रकाशित मितिः असार ११, २०७८
    • 889 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • इलाम नपगरपालिकाको बजेट एक अर्ब २१ करोड

    इलाम / इलाम नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि एक अर्ब २१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरपालिकाको नवौ नगरसभाबाट आगामी वर्ष कार्यान्वयन हुने एक अर्ब २१ करोड ३५ लाख रुपैयाँको बजेट पारित गरेको हो । नगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १२ करोड विनियोजन तर्फ १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । निशर्त अनुदान तर्फ आर्थिक विकासमा दुई करोड ७१ लाख ५० हजार रुपैयाँ, सामाजिक विकासमा तीन करोड ९८ लाख रुपैयाँ, पूर्वधार विकासमा ३३ करोड ८३ लाख ३३ हजार एकसय ६० रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि पाँच करोड ३३ लाख १२ हजार आठ सय ४० रुपैयाँ विनियोजन

    • प्रकाशित मितिः असार १०, २०७८
    • 1,354 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • वीपी प्रतिष्ठान सुधारका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र बढ्दै गएको संस्थागत अनियमितता र भ्रष्टाचार लाई नियन्त्रण गर्दै प्रतिष्ठानको शुद्धिकरणको लागि माग गर्दैै विगत १० दिन देखि आन्दोलनरत चिकित्सक तथा विद्यार्थीहरुले कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलिलाई ज्ञापन पत्र बुझाएका छन् । आज इलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलिलाई ज्ञापन पत्र पठाएका हुन् । संयुक्त संघर्ष समितीका संयोजक डा. एसपी रिमालले ज्ञापन पत्र कार्यालय प्रमुखलाई बुझाएका हुन् । ज्ञापन पत्रमा प्रतिष्ठानमा देखिएका समस्याहरु तत्काल समाधानका निम्ति कार्य अघि बढाउननसकेको खण्डमा धरायस

    • प्रकाशित मितिः असार १०, २०७८
    • 994 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब १० करोड

    विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार महानगरपालिकाको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम तथा राजश्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गरेकी छन् । कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ रु.४६ करोड ७० लाख ५२ हजार ९२५, पूँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रशासनिक खर्चतर्फ कुल बजेटको ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत बजेट छुट्याएको हो । अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत संघीय सरकारबाट १ अर्ब

    • प्रकाशित मितिः असार १०, २०७८
    • 919 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनको अवधिभरि धरानका युवा सामजिक कार्यमा

     धरान/ कोरोना भाइरसका कारण सरकारले गरेको लकडानको सदुपयोग धरानका युवाहरुले भरपूर रुपमा गरेका छन् । धरानमा धेरै युवाहरु कुलतमा फसेर जीवन नै बर्बाद गरिरहेका छन् तर धरानका केही यस्ता युवाहरु छन् जसले लकडाउनको भरपुर सदुपयोग गर्दै सामाजिक कार्यमा आफूहरुलाई समाहित गरेका छन् । लकडानको अवधिभरि सडकमा जथाभावि हिड्ने पशुहरुसको संरक्षणमा जुटेका उनीहरु गरिब तथा अससहायहरुलाई खाना खुवाएर पुण्य काम गरेका छन् । काठमाण्डौमा प्रमुख कार्यालय रहेको र धरानमा शाखा रहेको आत्मोत्सर्ग धरान नामक संस्थामा आवद्ध युवाहरुले पशु संरक्षका लागिएक महिनाको क्याम्पियन नै चलाएर धरान १ मा रहेको अपांग तथा असहाय केन्द्रमा रहेका

    • प्रकाशित मितिः असार १०, २०७८
    • 1,020 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • सप्तकोशीको क्षति न्युनिकरण गर्न पूर्व शतर्कताको उपायको बारेमा प्रशासनको चासो

    सुनसरी/ अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो धनजनको क्षति पु¥याइरहेको छ । सप्तकोशी नदीको तटबन्दे विगतका दिनहरुमा सुनसरी, सप्तरी लगायतका सर्वसाधारणको धनजनमा ठूलो क्षति पुग्यो । बर्षाद् लागेसंगै बर्षाद्ले विगतको जस्तो ठूलो धनजनको क्षति नपुगोस् भन्ने उद्देश्यले सुनसरी प्रशासनले यसतर्फ चासो देखाएको छ । सुनसरी प्रशासनले सप्तकोशी नदीमा आउन सक्ने बाढी र त्यसले पु¥्याउन सक्ने क्षति रोक्ने उद्देश्यसाथ सुनसरी प्रशासनले स्पर निरीक्षण तथा तटबन्ध सुरक्षाका सवालमा भइहेको काममा चासो दिएको छ । कोशी क्षेत्रको निरीक्षण र स्थलगत अनुगमनसँगै सम्भावित जोखिमका बारे प्रजिअ सहितको टोलील

    • प्रकाशित मितिः असार १०, २०७८
    • 1,202 पटक पढिएको
    • " गोविन्द बस्नेत "
  • बुधबार कार्यपालिका बैठकमा निर्णय हुन नसकेको बजेट तथा नीति कार्यक्रम आज छलफल हुने

    धरान । बुधबार बसेको नगर कार्यपालिकाको बैठकमा धरान उपमहानगरपालिकाका मेयर तिलक राइले आउदो चुनाबी लक्षित बजेट ल्याउन लागेको भन्दै चर्को बिरोध भए पछि आज बस्ने नगर कार्यपालिकाको बैठकले छलफल गरि दिउँसो हुने नवौं नगरसभामा धरानको बजेट, नीति तथा कार्यक्रम पेस हुने भएको छ । हिजो बुधबार बजेट, नीति तथा कार्यक्रम अनुमोदन गर्ने गरि बसेको कार्यपालिका बैठकमा नगरसभामा पेश गर्ने बजेट, नीति तथा कार्यक्रमबारे छलफल भए पनि अनुमोदन हुन नसके पछि आज बस्ने बैठकले निर्णय गरे पछि दिउँसो २ बजे सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा हुने नगरसभामा पेस हुने भएको छ । हिजो बसेको नगर कार्य समितिको बैठकमा समयमा नै वडाहरुलाई बजेटको

    • प्रकाशित मितिः असार १०, २०७८
    • 800 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चट्याङमा परी रंगेलीका १ जनाको मृत्यु, ४ जना घाईते

    मोरङ। मोरोङको रंगेली नगरपालिका ६ मलङ्गथानमा बुधबार दिउँसो १ बजे अचानक चट्याङ पर्दा रंगेलीका १ जना पुरुषको मृत्यु भएको छ । पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा चटयाङ्ग लागेर सोही स्थानका २० बर्षीय नितेस रायको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको थियो भने सोही स्थानका ४५ बर्षीय अशोक मण्डल, १७ बर्षीय बिजय मण्डल, २२ बर्षीया संगिता राय, र २७ बर्षीय रबिन मण्डल घाईते भएका हुन् । घाईतेहरुको रङेली अस्पतालमा उपचार भईरहेको छ ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 947 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना कहर : तंग्रिन नपाउदै धरासयि बन्यो ब्यवसाय, महङ्गो भाडाले व्यापार छाड्दै इटहरीका व्यवसायी

    इटहरी । इटहरी वडा नं ६ की मुना दाहालले विपी चौकमा सञ्चालन गर्दै आएको होटल कोठा भाडा तिर्न धौ–धौं भएपछि अरूलाइ नै विक्री गरी ब्यवसाय छाडिन । कोरोना महामारीले गर्दा सटर भाडा तिर्ने पैसा नहुँदा मुनाले होटल विक्री गरेकि हुन् । उनले छ वर्षदेखि होटल ब्यवसाय गर्दै आएकी थिइन् । यतिबेला परिवारको गर्जो टार्न नै समस्या परेको मुना सुनाउछिन , होटलले ४ जनाको परिवार धान्दै आएको थियो । तर, कोरोना महामारी फैलिएकाले गर्दा होटलमा ग्राहक आउन छाडेपछि सटर भाडा तिर्न नसक्दा गर्दै गरेको ब्यवसाय अरूलाइ बिक्रि गरी आफु पलायन हुनुपरेको सुनाउछिन , जसले गर्दा यतिबेला उनको परिवारलाईं खर्च धान्न सकस भएको दुखेसो पोख्छि

    • प्रकाशित मितिः असार ९, २०७८
    • 1,943 पटक पढिएको
    • "तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved