धरान । लकडाउनका कारण रक्तदान कार्यक्रम नहुँदा अस्पतालहरुमा रगतको अभाव हुन थाले पछि धरानमा मदन भण्डारी स्पोर्टस एकेडेमीले रक्तदान कार्यक्रम गर्ने भएको छ । संविधान दिवशको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमी धरान उपमहानगर कमिटीले असोज ३ गते रक्तदान कार्यक्रम सहित निशुल्क स्वास्थ्य परामर्श कार्यक्रम गर्ने भएको हो । विहिबार पत्रकार सम्मेलन गरि रक्तदान सहित निशुल्क स्वास्थ्य परामर्श समेत दिइने जनाएको छ । मदन भण्डारी फाउण्डेसनको भातृसंगठनको रुपमा रहेको मदन भण्डारी स्पोर्टस एकेडेमीले संविधान दिवसलाई रचनात्मक ढंगले मनाउने जनाएको छ । लकडाउनका कारण लामो समय देखि रक्तदान कार्यक्रमहरु गर्न नपाउँदा अस्पता
इलाम / इलाममा एक बृद्ध मृत फेला परेका छन् । चुलाचुली ५ स्थित रतुवा खोलामा मृतअवस्थामा वृद्धको शव फेला परेको हो । खोलाको ढुंगामा अड्किरहेको अवस्थामा वृद्धको शव फेला परेको प्रहरीको भनाई छ । मृत व्यक्तीको परिचय खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
धरान/ बर्दिया क्षेत्र नं १ बाट गत २०७४ सालको निवार्चनमा पराजित भएका नेकपा उपाध्यक्ष समेत रहेका वामदेव गौतम राष्ट्रिसभामा मनोनित भएका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफरिस गर्ने निणर्य अनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार गौतम मनोनयन भएको सूचना अब संसद सचिवालयमा जानेछ ।
इटहरी । सुनसरीको इटहरीमा विहिबार १५ जनाको कोरोना रिपोर्ट पोजिटिभ आए सँगै कोरोना संक्रमितको संख्या ३ सय ६५ पुगेको छ । पछिल्लो तिन दिनमा गरिएको स्वाब परिक्षणको विहिबार आएको रिपोर्ट अनुसार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेहरुमा इटहरी ४ का १ जना ४४ वर्षिय पुरुष, इटहरी ५ का २६ वर्षिय एक पुरुष सहित ११, २२, २४ वर्षिय महिला रहेका छन् भने वडा नम्बर ९ का १८ र ५२ वर्षिय २ जना पुरुष, १३ का ३५ र ६० वर्षिय दुई पुरुष, इटहरी १९ का ३९ वर्षिया महिला, २० का १३ वर्षिय बालिका सहित र १६ र २० वर्षिय पुरुष, ससस्त्र प्रहरी पकलीका २७ वर्षिय पुरुष, इलाका प्रहरी कार्यालय इटहरीका ३९ वर्षिय १ जन
इलाम / नगरको पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न विश्व पर्यटन दिवसको अवसरमा इलाममा फोटो प्रतियोगिता हुने भएको छ । इलाम नगर पर्यटन समितिको मुख्य आयोजना तथा नेपाल फोटो पत्रकार महासंघ, इलाम शाखाको सह आयोजनामा असोज ११ गते दिवसको अवसरमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितमा पहिलो, दोस्रो तथा तेस्रो हुने फोटोलाई क्रमशः दश हजार, छ हजार र चार हजार नगद प्रदान गरिने नगर पर्यटन समितिकी अध्यक्ष सुसिला सापकोटाले बताइन । प्रतियोगीहरुले सहभागिता जनाउनको लागि दुई वर्ष भित्र इलाम नगर क्षेत्रमा खिचिएको कम्तिमा पाँच वटा फोटो इमेल मार्फत उपलब्ध गराउनु पर्नेछ । उत्कृष्ट फोटोलाई पहिलो , दोस्रो र तेस्रो हुने
इटहरी । कोरोनाको त्रास संगै बिहीबार बिहानै देखि परेको अविरल वर्षाका कारण बिश्वकर्मा पुजा प्रभावित बनेको छ । केहि दिन यता पूर्वि तराइका पहाडी जिल्लाहरू लगायत प्रदेश एकका विभिन्न जिल्लाहरूमा निरन्तर भारी वर्षा भइरहेको छ । धार्मिक परम्परा अनुसार आज अशोज १ गते अर्थात आश्विन सङ्क्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गर्ने गर्छन । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गर्छन भने मन्दिरहरुमा भिड लाग्ने गरेको छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर पुजा गर्ने चलन छ। भारी वर्षाका कारण अघिल्लो बर्षहरु झै मन्दिरमा भिडभाड देखिन
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा आएका नयाँ डिएसपी अर्जुन केसीलाइ होटल ब्यवसायी संघ इटहरीले बुधबार स्वागत तथा सम्मान संगै अन्तर्कृया गरेको छ । कोरोना महामारी र समुदाय स्तरमा फैलिएको संक्रमणको जोखिमलाइ मध्य नजर गर्दै अबका दिनमा कसरी होटलहरू सञ्चालन गर्ने भन्ने बिषयमा अन्तरक्रिया गरेको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले सुरक्षा सतरकता अपनाएर जोखिमलाइ पनि मध्यनजर गर्दै ब्यवसायहरू सञ्चालन गर्न पाउनुपर्ने धारणा राखे । इटहरीका होटल व्यवसायिहरूले पनि सबै ब्यापार ब्यवसायहरू सञ्चालन भइरहदा होटललाइ मात्रै बन्देज गर्दा आफुहरू प्रत्यक्ष मार्कामा परेकोले अब होटलहरू पनि स
धनकुटा / धनकुटा नगरपालिकाको वडा नं. ५ मा एक जना महिलामा आज कोरोना भाइरसको संक्रमण देखिएपछि सो वडाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र धनकुटाको आज सम्पन्न आकस्मिक बैठकले कोरोना भाइरसको संक्रमण अन्य क्षेत्रमा फैलिनबाट रोक्नको लागि सो क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको हो । बैठकले धनकुटा नगरपालिका–५ को गोकुण्डेश्वर बालमन्दिर माविदेखि पूर्व वडा नं. ६ को भिमसेन थान मन्दिर जाने सडकको पश्चिम जिल्ला प्रहरी कार्यालय रहेको वडा नं. ६ को सडक बाटोको उत्तर र वडा नं. ६ कै बौद्धिक विकास समाजको क्रियाघर रहेको खोल्सी देखि दक्षिण चार किल्ला भित्र आज राति वा भदौ
धनकुटा / धनकुटामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धनकुटामा कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा धनकुटाकी एक महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुराँगाईले बताए । उनी केही दिन अघि मात्र विराटनगरस्थित कोशी अस्पतालबाट घर फर्किएकी थिईन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैबीच धनकुटामा संक्रमण देखिएका ४५ जना मध्ये ४० जना निको भएर घर फर्किएका छन् । ती मध्ये पाँच जना आज डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका प्रमुख गुराँगाईले बताए । धनकुटाका कोरोना संक्रमि
मोरङ । नेपाललाइ लोडसेडिङ मुक्त बनाएका कुलमान घिसिङ लाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ती नगरेको भन्दै मोरङको बिराटचोकमा बिरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले पुनः घिसिङ्लाइ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ती गर्न माग गरेका छन् । घिसिङको योग्यता र क्षमता हुँदाहुँदै पनि प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता नदिइएको भन्दै सहभागीले सरकारको विरोध गरेका थिए । योग्य मानिसलाई निरन्तरता नदिएको भन्दै प्लेकार्डसहित सरकारको विरोध गरेका थिए । घिसिङको ४ वर्षे कार्यकाल पुरा भएपछि उनी प्राधिकरणबाट विदा भइसकेका छन् । उनलाई थप एक कार्यकाल प्राधिकरणका नियुक्त गर्नुपर्ने