इटहरी । स्थानीय स्तरमै कोरोना परिक्षण गर्न पाउनु पर्ने स्थानीयको माग बढ्दै गए पछि इटहरी उपमहानगरपालिकाले पिसिआर परिक्षणका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहकार्य गर्ने भएको छ । इटहरी उपमहानगरले पीसीआर परीक्षण र कोभिड उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहकार्य गर्ने प्रतिष्ठानमा बसेको वैठकले निर्णय गरेको छ । वैठकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले पीसीआर परीक्षणको दायरा वढाउन र उपचारमा अझ सहज वातावरण वनाउन उपमहानगरले प्रतिष्ठान सँग गर्न सकिने सहकार्यका वारेमा प्रस्ताव राखेका थिए ।उपप्रमुख लक्ष्मी गौतमले अहिले सम्म प्रतिष्ठानले गरेको सहय
धनकुटा÷गाडीमा राखेर धनकुटातर्फ ल्याउँदै गरेको दुई गाडी अबैध सामान प्रहरीले बरामद गरेको छ । राजश्व छलेर विराटनगरबाट मारुती भ्यानमा धनकुटा ल्याउँदै गरिएको सुर्तीजन्य पदार्थ र धरानबाट बिलबिजक बिना पिकअपमा राखेर ल्याईदै गरेको बिस्कुट प्रहरीले बरामद गरेको हो । धनकुटाको जिरोप्वाइन्टमा चेकजाँच गर्ने क्रममा बा. ३३ च ४२९६ नम्बरको मारुती भ्यानमा राखेर ल्याईदै गरेको अवस्थामा बिभिन्न नामका तयारी खैनीका प्याकेट र गुट्का फेला परेको हो । धनकुटा बजारसहित हिले, बसन्तपुर लगायतका स्थानमा बिक्रीका लागि ल्याउँदै गरेको करिब २ लाख ५० हजार मुल्य बराबरको सुर्तिजन्य पदार्थसहित भ्यान चालक बिराटनगर–४ जामुन
धनकुटा÷धनकुटाको चौबिसे गाउँपालिकाले आमालाई खाना शिशुलाई नाना कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत यस वर्षदेखि आमालाई खाना शिशुलाई नाना कार्यक्रम संचालन गरेको हो । गाउँपालिकाको ८ वटै वडाहरुमा शुरु गरिएको यस कार्यक्रम निरन्तर रुपमा संचालन हुनेछ । सो कार्यक्रम चौबिसे गाउँपालिका–१ का सन्तकुमार मगर र सबिता मगर, वडा नं. २ को टंक लिम्बू र बालकुमारी लिम्बू, शेरबहादुर लिम्बू र संगिता लिम्बू, सुरेन्द्र लिम्बू र अनिता लिम्बू, वडा नं. ३ का शिव तामाङ र शुभमाया तामाङ, बुद्धिराज याखा र उषा याखाको परिवारमा गएर सुत्केरी आमालाई खाना र नवजात शिश
इटहरी । कोरोना भाइरस संक्रमणका कारण नेपाली बजार तथा ब्यवसाय चौपट बनेको छ । यस वर्षको नेपालीहरूको महान पर्व बडा दशै सकिएर दिपावली शुरु हुनै लाग्दा बजारमा ल्याइएका बिभिन्न प्रकारका झिलिमिली बत्तीहरू बिक्रि नभएको ब्यवसायिहरूले गुनासो गरेको छन । सातमहिनाको लामो लकडाउन पश्चात चाडपर्वको मुखमा बजार खुलेपनि ग्राहकहरू नपाउदा ब्यवसाय धरासयी बन्न पुगेका छन् । प्रदेश एकको ब्यापारीक केन्द्र इटहरीको अवस्था अहिले त्यस्तै बनेको छ । दशैको मुखमा बजार ब्यवसाय सुचारू भएपनि ग्राहक नआइदिदा लगानी डुब्ने खतरा बढेको ब्यबसायीहरूको दुखेसो छ । यसै बिच तिहारलाइ लक्षित गरी ल्याइएको बिभिन्न प्रकारका चाइनिज झिलिमिलि बत्तीहर
धरान । लकडाउनको समयमा सरकारले दिने कर छुट लगायत अन्य सुविधाहरु नदिएको भन्दै विरोध स्वरुप अनिश्चितकालीन प्रदेश १ मा यातायात बन्द घोषणा गरिए पनि सार्वजनिक सवारीका साधनहरु संचालनमै रहेका छन् । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले आज देखि अनिश्चिकालीन यातायात बन्दको घोषणा गरेको थियो । तर लकडाउनका कारण मारमा परेको समयमा व्यवसाय बन्द गर्नु ठिक नरहेको भन्दै व्यवसायीहरु आफैले सवारी साधनहरु संचालनमा ल्याएका छन् । महासंघ सँग आवद्ध रहेका व्यवसायीहरुले मात्रै सवारी साधनहरु ठप्प बनाएका छन् । यता नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ सँग आवद्ध व्यवसायीहरुले भने पुर्ण रुपमा सवारी साधन संचालनमा ल्याए
धरान । माया गर्ने नाटक गर्दै पटक पटक यौन शोषणा गर्ने सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ का महेन्द्र प्रसाद मेहतालाई प्रहरीले पक्राउ गरेको छ । पिडित महिलाले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलिले उनलाई पक्राउ गरेको हो । उनले विभिन्न प्रलोभन देखाउँदै माया गर्ने नाटक गरि नसालु पदार्थ समेत सेवन गराई पटक पटक जबरजस्ती करणी गरेको आरोप लागेको छ । उनलाई पिडित महिलाको उजुरीका आधारमा मुलुकी संहिता ऐन २०७४ बमोजिक जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएको जो बाइडनलाई बधाई दिएका छन्। प्रधान्मन्त्री ओलीले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई ऐतिहासिक जितका लागि बधाई दिएका हुन्। ओलीले नयाँ अमेरिकी नेतृत्वसँग नजिक रहेर काम गर्न चाहेको बताउँदै ट्वीटमा मर्फात दुई देशबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नजिकबाट काम गर्ने बताएका छन्। अमेरिकी राष्ट्रपतिमा डेमोक्रैटिक पार्टीका जो बाइडेन निर्वाचित भएका हुन् । बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए। Heartiest congratulations to Presi
इलाम / इलाम नगरपालिका ११ का मिलन मगर खानेपानी लिनको लागी एक घण्टा हिनेर ल्याउने गरेको बताउँछन । बस्तीभएको ठाउँ भन्दा माथि खानेपानीको मूहान नभएको कारण पानीको गाग्री डोकोमा बोकेर एक घण्टा सम्म हिँड्नुपर्ने थियो । तर डिप वोरीङबाट घर घरमा खानेपानी आएपछि पानी बोक्नुनपर्दा खुसी छन । इलाम नगरपालीका ११ कै नरेन्द्र प्रसाद आचार्य पानीको दुख भएपछि आजभन्दा १० वर्ष पहिले बँसाईसरेर ब्याँसीमा गएर बसे । उनकोघर बामघ एक घण्टा तल आफ्नै ब्याँसीमा दश वर्ष पहिले बँसाईसरेका आचार्य पहिलेको ठाउँमा खानेपानी आए पछि पहिलेकै ठाउँमा जाने तयारीमा रहेको बताउँछन । इनपाकै ११ की ७० वर्षिय टिका पराजुली २०३२ सालमा विवाह गर
धरान । अवैध रुपमा सुनसरीको दक्षिण क्षेत्रबाट ल्याउदै गरेको विष्फोटक पदार्थ पटका सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ स्थित पुष्पलाल चौकमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिइ गएको प्रहरीको टोलिले विहिबार ४ वटा बोरा भित्र ५६ बण्डल नागिन लेखिएको विष्फोटक पदार्थ पटाका फेला पारेको हो । रातको समयमा को २२ प ३००२ नम्बरको मोटरसाइकल र को १ ह ७२६० नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । पटाका ल्याउँदै गरेका इनरुवा नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष २२ को मोटरसाइकल चालक सतम अन्सारी, हरिनगर गाउँपालिका २ का वर्ष २० का दि
इटहरी । कोरोना कहरबिच सरकार संग राखिएको बिभिन्न बुदागत मागहरूको सम्बोधन नगरेको भन्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश एकले आगामी कार्तिक २३ गते देखि सार्वजनिक यातायातका साधनहरू अनस्चितकालिन बन्दको घोषणा गरेको छ । महासंघले इटहरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, एक नम्बर प्रदेशका महासचिव रमेश खत्रीले कोरोनाको कारण आफूहरु मारमा परेको बताउदै सरकार समक्ष बारम्बार आफ्नो समस्याहरु राख्दा पनि सुनुवाई नगरेकोे गुनासो गरे । सरकारले आँखामा पट्टि बाँधेर यातायात व्यवसायीहरुलाई सधै उपेक्षा गरेको भन्दै अन्तिम विकल्पको रुपमा सवारी साधनहरु बन्द गरि प्रदेश भर हडताल