धरान । चाडपर्वको समयमा जुवातास खेलिरहेको अवश्थामा प्रहरीले छापा मार्दै पक्राउ गर्ने अभियानलाई तिब्रता दिएको छ । केही दिन अघि मोरङको केराबारीमा तास खेल्दै गरेको अवश्थामा ठुलो समुहलाई पक्राउ गरेको थियो । पुनः प्रहरीले दुहबी नगरपालिकामा तास खेलिरहेको अवश्थामा ९ जनाको समुहलाई पक्राउ गरेको छ । प्रहरीले सुनसरीको दुहबीबाट तास खेलिरहेका अवश्थामा ९ जनालाई पक्राउ गरेको हो । दुहबी नगरपािलका ३ स्थित आलम हुसेनको काठ फर्निचरको कोठामा तास खेलिरहेका अवश्थामा उनीहरुलाई सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा दुहबी ३ का ३४ बर्षीय अनिश सिंह, ४२ बर्षीय संसद मिया, ३६ बर्षीय मंगल साह, ३६ बर्षीय
विराटनगर । प्रदेश सरकारले बजेट दिए अनुसारको अस्पतालहरुले सेवा सुविधा देखिने गरि दिनु पर्ने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । सोमबार प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबार भएको प्रदेश स्तरीय अस्पतालहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरूलाई प्रदेश सरकारले उल्लेखनीय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताए । मन्त्री घिमिरेले स्थानीयले सेवा सुलभ भएको अनुभूति गर्नुपर्ने बताए । चालु आर्थिक वर्षमा मात्र जिल्ला अस्पतालहरूलाई ७ करोड देखि ३५ करोड सम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको मन्त्री घिमिरेले बताए । पछिल्लो
धरान । दोस्रो जनआन्दोलनको उपलब्धीको रुपमा रहेको संविधानमा समेत उल्लेख गरिएको संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल नलेख्न सरकारले गरेको निर्णयको आपत्ति जनाउँदै राष्ट्रिय जनमुक्ति पार्टीले प्रेस विज्ञप्ती जारी गरेको छ । गत असोज ११ गते नेपाल सरकारको मन्त्रीपरिषदले गरेको निर्णय कानुन, न्याय तथा संसदीय मन्त्रालयद्वारा जारी गरिएको परिपत्रमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेखी अब उप्रान्त नेपाल मात्र लेख्ने भनि असोज १८ गते पत्र जारी गरेको थियो । जारी परिपत्र प्रति गम्भीर ध्यानाकर्षण भएको पार्टीले जनाएको छ । केन्द्रिय अध्यक्ष केपी पालुङवाले विज्ञप्ती जारी गर्दै सरकारको निर्णय संघीयता, लोकतन्त्र र ग
धरान । बर्खा लागेपछि घर सामुन्ने सर्दु खोला परीको साल्बोटे डाँडामा निरन्तर पहिरो जान्छ । खोला थुनिएर बस्ती नै बगाउला कि भन्ने पिरले स्थानीयहरु खोलामा थुप्रिएको ढुंगा माटो पन्छाउन कस्सिनुपर्छ । विगत डेढ दशकदेखि देवी मार्गका वासिन्दाको यही नियती छ । वर्षा लागे पछि धरान १३ का सर्दु खोला तर्फ बसेका स्थानीयहरु त्रसित हुने गर्छन् । सर्दु खोला पारि पट्टीको भिरमा पहिरो गएर सर्दु खोला थुन्छ की भन्ने डरमा रहन्छन् । धरानको वडा नम्बर २० मा रहेको साल्बोटे डाँडामा पहिरो गएर सर्दु खोलि थुनियो भने धरानको वडा नम्बर १३ पट्टीको बस्तीलाई जुनसुकै बेला क्षती पुर्याउने खतरा रहेको छ । केही वर्ष अघि साल्बोटे डाँडाको
विराटनगर / प्रदेश १ मा आज ३सय ६४ जना कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, सङ्खुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा २(२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ९६ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा ४० महिला र ५६ पुरुष रहेका छन् । मोरङको सुन्दरहरैचामा १८, उर्लाबारीमा १४, रतुवामाई, बेलबारी र बुढीगंगामा ५(५, रंगेली, कानेपोखरी र ग्रामथानमा ३(३, कटहरीमा २, सुनबर्षी, जहदा, पथरीशनिश्चरे, केराबारी र लेटाङमा १(१ र स्थानीय तह नखुलेका ४ जनाको रिप
धरान / झापाको दमकमा कोभिड उपचार केन्द« सञ्चालनमा आएको छ । दमक नगरपालिकाले दमक २ स्थित भूटानी शरणार्थी समन्वय इकाईको कार्यालय रहेको भवन पुनर्निर्माण गरी आईतबार कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याईएको हो । १ अक्सिजन वेड, ४ एचडीयु सहति ३० वेडको उपचार केन्द«को प्रदेश १ का सांसद अर्जुन राईले उद्घाटन गरेका हुन् ।
धरान साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ७ सयमा कारोवार भएको सुनको मुल्यमा वृद्धि भइ आज ९८ हजार २ सयमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्यमा पनि तोलाको १० रुपयाँैले बढेर १२ सय ८५ कारोबार भइरहेको छ ।
धरान नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द«देव शाक्य नियुक्त भएका छन् । त्ततकालिन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो। कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो। त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए। ऊर्जामन्त्री पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए। अब अर्को व्यवस्था नहुन्जेल शाक्यले नै प्राधिकरणको नेतृत्
भारतीय सञ्चारकर्मी रिपब्लिक टिभीका संस्थापक एवं प्रधानसंपादक अर्नब गोस्वामीले हिरासतमा रहदा मोबाईल चलाएको पाइएपछि जेल पठाइएको छ । एक इन्टेरियर डिजाइनरको आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ परेका उनलाई न्यायिक हिरासतमा लिइएपछि उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्र पठाइएको थियो । भारतीय समाचार संस्था (पिटिआई)ले जनाए अनुसार अर्नबले त्यहाँ मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल पठाइएको हो।अन्य व्यक्तीको मोबाइलबाट सामाजिक संजालमा सक्रिय भएको प्रहरीले जनाएको छ । अर्नबसँगै मुम्बई प्रहरीले फिरोज शेख र नितिश शारदालाई सन् २०१८ को ४ नोभेम्वरमा इन्टेरियर डिजाइनर अन्वय नाइक तथा उनकी आमाले आत्महत्याका लागि
इटहरी । स्थानीय स्तरमै कोरोना परिक्षण गर्न पाउनु पर्ने स्थानीयको माग बढ्दै गए पछि इटहरी उपमहानगरपालिकाले पिसिआर परिक्षणका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहकार्य गर्ने भएको छ । इटहरी उपमहानगरले पीसीआर परीक्षण र कोभिड उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहकार्य गर्ने प्रतिष्ठानमा बसेको वैठकले निर्णय गरेको छ । वैठकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले पीसीआर परीक्षणको दायरा वढाउन र उपचारमा अझ सहज वातावरण वनाउन उपमहानगरले प्रतिष्ठान सँग गर्न सकिने सहकार्यका वारेमा प्रस्ताव राखेका थिए ।उपप्रमुख लक्ष्मी गौतमले अहिले सम्म प्रतिष्ठानले गरेको सहय