समाचार

    Showing 6,861-6,870 of 8,647 items.
  • सन्दीप लामिछानेलाई कोरोना संक्रमण

    धरान – नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले फेसबुक पेजमार्फत संक्रमण पुष्टि भएसगै आफु सेल्फ आईसोलेसनमा बसेको र चाडै ठिक भएर मैदान फर्कने विश्वास लिएको बताएका छन् ।

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 994 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहक्षेत्रमा आदर्श माविको भवन उद्घाटन

    धरान । बराहक्षेत्र–२ मा रहेको आदर्श माविको नवनिर्मित भवनको आज (शुक्रबार) उद्घाटन भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं. १ का संघिय सांसद जयकुमार राईबाट प्राप्त रकमबाट विद्यालयको दुई तले भवन निर्माण सम्पन्न भएको हो । शुक्रबार सांसद जयकुमार राईले भवनको उद्घाटन गर्नुभएको हो । २० लाखको लागतमा विद्यालयको भवन निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद जयकुमार राईले विद्यालयको शैक्षिक विकासकालागी संघिय सरकारले महत्वका साथ हेरिरहेको बताए  । उनले शिक्षाको क्षेत्र अहिले आइटिको युगमा प्रवेश गरेको भन्दै सोही अनुरुप शिक्षाको

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रथम पट्नाली च्यालेन्ज कपको फाइनलमा बराहक्षेत्र र धरान भिड्ने

    धरान । धरान–१७ स्थित पट्नालीमा भइरहेको प्रथम पट्नाली च्यालेन्ज कपको फाइनलमा बराहक्षेत्र फुटबल क्लब चतरा र गोधुली फुटबल क्लब धरानबीच प्रतिष्पर्धा हुने भएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा धरानको ज्योती एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बराहक्षेत्र फुटबल क्लबले फाइनलको यात्रा तय गरेको हो । ज्योती एफसीका क्याप्टेन योगेश राईको अनगोलमा बराहक्षेत्र विजयी भएको हो । शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलको म्यान अफ द म्याच बराहक्षेत्रका क्याप्टेन आकाश राई घोषित भए । उनलाई ट्रफी तथा नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो । शनिबार पटनाली खेल मैदानमा धरानको गोधुली क्लब र बराहक्षेत्र फुट

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,114 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषणदासलाई थुनामानै राख्न सर्वोच्चको पनि आदेश

    धरान । उच्च अदालत बिराटनगरको फैसला विरुद्ध सर्वाेच्च अदालत गएका सिद्ध बाबा भनिने कृषण बहादुर गिरिको मुद्धामा आज (शुक्रबार) सर्वाेच अदालतले आदेश गरेको छ । उच्च अदालत बिराटनगरले गिरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । गिरि माथि आफ्नै एक महिला अनुयायी माथि बलात्कार गरेको मुद्धा जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो । आज सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलाशले उच्च अदालतको आदेशलाई नै सदर गरेको । सर्वाेच्चको यो आदेश सगै सिद्धबाबा भनिने कृषण बहादुर गिरि अनिश्चितकालका लागि कारागारमै बस्ने भएका छन् । गिरिलाई जिल्ला अदालत सुनसरीले३ लाख धरौटि

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,811 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा २ सय २० कोरोना संक्रमित थपिए, १ सय ८८ डिस्चार्ज

    विराटनगर । प्रदेश १ मा आज २सय २० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरंगमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०–१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, शिवसताक्षी, बा¥हदशी, अर्जुनधारा, झापा गाउँपालिकामा २–२, हल्दिबारी, गौरादह र स्थानीय तह नखुलेका १–१, मोरंगको विराटनगरमा ४४, सुन्दरहरैचामा ८, पथरीशनिश्चरे र बेलबारीमा ५–५, उर्लाबारीमा ४, रतुवामाईमा ३, मिक्लाजुङमा २, कटहरीमा १, सुनसरीको धरान

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 712 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा प्रचण्ड–नेपाल समूहको प्रदेशस्तरीय अलग भेला

    विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेता नेपाल निकटका केन्द्रीय सदस्यले सुनसरीको इटहरीमा अलग्गै भेला आयोजना गरेका छन । प्रदेश १ स्तरीय भेलाका रुपमा केन्द्रीय नेताको सहभागितामा प्रदेशस्तरीय नेतृत्वले अलग्गै भेला आयोजना गरेका हुन । केहीअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूँ निकटका प्रदेशस्तरीय नेता कार्यकर्ताहरुसंग भर्चुअल छलफल आयोजना गरेका थिए । ओलीको छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि सहभागी थिए । सुनसरीमा गोप्य रुपमा आयोजना गरिएको भेलामा भूगोलका इन्चार्ज र सहइन्चार्जसहित प्रदेशका नेता कार्यकर्ता सहभागी थिए । इटहरीको साथी पेट्रोल पम्प अगाडिको

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,108 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तहमा विद्यालय सञ्चालन, कतै खुल्दै कतै मोडालिटी बनाउँदै

    इलाम/ इलामको फाकफोकथुम गाउँपालिकाले मंसिर १४ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणको कारण गत चैत्र ११ गतेबाट बन्द रहेका विद्यालय १४ गतेबाट खुल्ने भएका हुन । पालिकाले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार सुरक्षाका उपाए अपनाएर मंसिर १४ गतेबाट पठनपाठन सञ्चालन गर्न विद्यालयलाई पत्र पठाईसकेको प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले बताए । उनले भने ‘स्टाफ, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला समेत राखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेर मंसिर १३ गते भित्र गाउँपालिकामा पेश गर्नुपर्ने र १४ गतेबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।’ विद्य

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,526 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • पिडकहरु धरौटीमा छुटेर धम्काउन थाले पछि सुकुम्बासी परिवार विस्थापित हुने अवश्था

    मोरङ । ज्यानै जाने गरि केही दिन अघि भएको घटनामा पिडित बनेका मोरङ बेलवारी नगरपालिका ५ कसेनीका एक सुकुम्बासी परिवार अहिले थातथलो नै छाड्नु पर्ने अवश्थामा पुगेका छन् । गत भदौ १२ गते भएको घटनामा एक जनाको हत्या र तिन जना सदस्य सिकिस्त घाइते बनेका धन कुमार राईको परिवार अहिले विस्थापित हुनुपर्ने अवश्थामा पुगेका छन् । घटनाका दोषिहरु धरौटीमा छुटेर धाकधम्की दिन थाले पछि उनीहरुमा सुरक्षा जोखिम बढेको छ । रिहा भई हुन थाले पछि बाँसको पुल तर्दा चर्को शुल्क उठाएको भन्दै विरोध गर्नेलाई आक्रमण गरेको झगडा मिलाउन जाँदा एक जनाको हत्या भएको र तीन जना सदस्य सिकिस्त घाइते बनेपछि पिडित बन्ने पुगेको एक सुकुम्बासी परि

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,127 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यालय टाढा भएका विद्यार्थीले साइकल पाउँदा फुरुङ्ग

    बराहक्षेत्र । बिहीबार पवित्रा मगरको मन फुरुङ् थियो । फुरुङ्ग मन लिएर झण्डै २ घण्टा हिंडेको पनि पत्तो पाइनन् । हिंड्दै चम्पापुर आइपुगिन् । त्यहाँ एकघण्टा हिउँदे घाममा उभिइन् । सामाजिक कार्यकर्ता बोलेको सुनिन् । राजनीतिक दलका नेता बोलेको सुनिन् । वडाध्यक्ष बोलेको सुनिन् । मेयर बोलेको सुनिन् । सांसद बोलेको सुनिन् । सबै बोलिसके पछि फुरुङ्ग भएको उनको मन झनै फुरुङ्ग भयो । उनलाई १ घण्टा भन्दा बढी हिंडेर विद्यालय आउनुपर्छ । कोशी नदी उकास श्रीलंकाटप्पुस्थित चिलैयाबाट बेलका ९ स्थित कमलाबारी आइपुग्न लाग्ने समय हो यो । कक्षा ८ मा पढ्छिन् पवित्रा । बिहान परिवारका सबै सदस्यलाई खाना बनाएर मात्रै उनको फुर्सद

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,307 पटक पढिएको
    • "नवराज विष्ट"
  • सिपमुलक तालिमलाई एकरुपता दिन कार्यदल गठन

    मोरङ । विभिन्न मन्त्रालयहरुबाट प्रदान गरिने सिपमुलक तालिमलाई एक रुपता दिन प्रदेश नम्बर १ मा अध्ययनका लागि कार्यदल गठन गरिएको छ । सामाजिक विकाश मन्त्रालयको संयोजकत्वमा तिन मन्त्रालयका महाशाखा प्रमुख सदस्य रहने गरि कार्यदल गठन गरिएको हो । सामाजिक विकाश मन्त्रालय, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय बिच भएको छलफलले बनाएको कार्यदललाई तालिम सञ्चालनको खाँका तयार गर्ने जिम्मेवारी दिईएको छ । सीपमुलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरुपता दिनेगरि मन्त्रालयवीच छलफल भएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा छलफल भएको थ

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 936 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved