धरान/ एक सय २१ औँ धरान स्थापना दिवसको अवसरमा बुधबार धरानमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । वडा समितिहरूको समन्वयमा धरानका २० वटै वडामा सरसफाइ अभियान सञ्चालन गरिएको हो । यसै क्रममा धरान–१५ मा पनि अभियान सञ्चालन गरिएको थियो । उनीहरू फोहोर टिप्दै झोलामा हालिरहेका थिए । आफ्नो ठाउँ आफैँ सफा गर्नुपर्छ भन्ने जनचेतना पैmल्याउन कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष नरेश इवारम लिम्बूले बताए । ‘धरान स्थापना दिवसको अवसरमा कार्यक्रम गरेका हौँ ।’ उनले भने । वडाध्यक्ष लिम्बूको नेतृत्वमा भएको कार्यक्रममा विभिन्न टोल विकास संस्थाका पदाधिकारी र सदस्यहरू सहभागी भएको तुलसी, भीष्म, चण्डेश्वरी
सुनसरी/ नेपाल खेलकुद महासंघ इटहरीको नगर कमिटीमा ढुण्डीराज गुरागाई चयन भएका छन् । गत सोमबार भएको एक भेलाले इटहरी ६ का व्यवसायी तथा भलिबल खेलाडी गुरागाईको अध्यक्षतामा समिति गठन गरेको हो । भेलाले गुरागाईको अध्यक्षमा ६१ सदस्यीय कार्य समिति बनाएको छ । समितिको उपाध्यक्षमा सुजन चौधरी र सचिवमा रोहित कोइराला चयन भएका छन् । नेपाल खेलकुद महासंघको प्रथम नगर भेलामा प्रमुख आतिथ्य नेकपा एमालेका नगर अध्यक्ष यामकुमार सुब्बाको रहेको थियो । इटहरीका विभिन्न वार्ड अध्यक्षहरूको सहभागितामा भएको कार्यक्रममा नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्यले शपथ ग्रहण गराएका थिए । सबै वार्डबाट प्रतिनिधित्व हुने गरी काम
धरान । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै आन्दोलनरत विद्यार्थीहरुले विराटनगर स्थित नोबेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । आयोगले तोकेको शुल्क भन्दा बढी रुपैया मागेको भन्दै अनेरास्ववियु मोरङको नेतृत्वमा एमबीबीएस अध्ययनरत विद्यार्थी तथा अन्य विद्यार्थी संगठनहरुले मंगलबार कलेजमा तालाबन्दी गरेका हुन् । विगत केही दिन देखी निरन्तर आन्दोलनमा रहेका विद्यार्थीहरुले मंगलबार कलेजका प्रिन्सीपल रामहरी घिमिरेलाई अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाएका थिए । विद्यार्थी नेता तुलसी घिमिरेले भने, ‘हिजो हामीले अल्टिमेटम सहीतको ज्ञापन पत्र कलेजलाई बुझाएको थियौ वार्ताको लागी अहिल
धरान । धरान डे को अवसरमा धरान आदर्श माध्यमिक विद्यालयले मंगलबार १० औँ मिनि म्याराथुन प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयको सप्ताहब्यापी खेलकुद पुष २५ गतेबाट सुरू हुँने भए पनि धरान डेको अवसरमा मिनि म्याराथुन प्रतियोगिता मंगलबार नै आयोजना गरिएको विद्यालयले जनाएको छ । म्याराथनमा छात्र तर्फ कक्षा १२ मा अध्ययनरत बिजनेस संकायका रिजन श्रेष्ठ र छात्रा तर्फ कक्षा ११ की मेनेजमेन्ट संकायमा अध्ययनरत आयुशा लिम्बू पहिलो भएका छन् । त्यस्तैगरी छात्र तर्फ कक्षा ११ मा अध्ययनरत एच.एमका सुदिप राई दोस्रो, कक्षा १२ मा अध्ययनरत साइन्स संकायका सन्तोस राई तेस्रो र कक्षा १२ का बिजनेस संकायमा अध्यय
मोरङ/ माछा पोखरीमा डुबेर मोरङमा एकजनाको मृत्यु भएको छ । मोरङ बिराटनगर महानगरपालीका ११ मा रहेको माछा पोखरीमा डुबेर सोही स्थानका २८ वर्षीय सुजन कामतको मृत्यु भएको हो । गत पौष १५ गते देखी हराइरहेका कामतको खोजतलासी गर्ने क्रममा हिजो (मंगलबार) पोखरीमा मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सुनसरी/ राष्ट्रिय जागृती क्लब र धरान फुटबल क्लब जारी सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । लिग अन्तर्गत मंगलबार भएको तेस्रो चरणका अन्तिम खेलहरुमा जित निकाल्दै समुह ख बाट समुह बिजेता र उपबिजेता बन्दै दुबै क्लब सेमिफाइनल प्रवेश गरेका हुन् । यो सँगै जिल्ला लिगको सेमिफाइनल समिकरण समेत पुरा भएको छ । अब सेमिफाइनलमा धरान फुटबल क्लबले न्यू स्टार क्लब बराहक्षेत्रसंग बिहिबार पहिलो खेल खेल्दा सोही दिन राष्ट्रिय जागृती क्लबले धरानको गोधुली फुटबल क्लबसंग दोस्रो खेलमा प्रतिष्पर्धा गर्नेछ । इटहरी रंगशालामा मंगलबार भएको पहिलो खेलमा जागृती क्लबले लगातार तेस्रो जीत निका
मोरङ/ लाखौं रुपैयाको घोटाला लुकाउन मोरङ स्थित रंगेली नगरपालिका ९ मा रहेको त्रिमुर्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहितका सञ्चालकहरुले आफु अनुकुल साधारणसभा गराउन लागेका छन् । संस्थाका अध्यक्ष चन्द्रप्रसाद निरौलाको समुहले सहकारीबाट लाखौं रुपैया अपचलन गरेको अडिट रिपोर्ट सहित छानबिन समितीको प्रतिवेदनले पुष्टि गरिसकेको छ । १५ वर्ष देखि अध्यक्ष पदमै रहेका निरौलाले आफ्नो कार्यकालमा गरेको अपचलनहरु लुकाउन आर्थिक वर्ष २०७७÷७८ को साधारणसभा आफु अनुकुल गराउन लागेको शेयर सदस्यहरुको आरोप छ । आर्थिक वर्ष २०७४÷७५ को साधारणसभामा निरौलाले गरेको आर्थिक अपचलन बाहिरिएको थियो । उनले गरेको ल
धरान/ मोरङ व्यापार संघको ३३ औं कार्यकारिणी समितिको सदस्य पदका लागि मंगलबार निर्वाचन सम्पन्न भएको छ । संघको पदाधिकारी निर्वाचनका लागि बनेको आयोगका अनुसार उम्मेदवारहरु सर्वसम्मत निर्वाचित भएका हुन् । कार्यकारिणी समितिको सदस्य पदका लागि परेको वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना उम्मेदवार निर्विरोध भएका हुन् । संघको विधान, नियमावली अनुसार उम्मेदवारी परेकाले निर्विरोध भएको आयोगले जनाएको छ । निर्वाचनबाट वाणिज्य तर्फ देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी, संजय श्रेष्ठ, अनिल कुमार साह, विनित सिंघानियां, सुशिल सुराना र राजेश अग्रवाल रहेका छन् भने उद्योग तर्फ नवीन रिजाल, आशिष जाजु, दिपेश सुवेद
धरान/ चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अतिरिक्त शुल्क माग गरेको भन्दै नोबेल मेडिकल कलेजमा चरणबद्ध आन्दोलनमा रहेका एमबीबीएस विद्यार्थीहरुलाई एमाले निकट अनेरास्ववियु मोरङले समर्थन जनाएको छ । नोबेलले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई प्रवेशमा रोक लगाएको विरोधमा अस्पताल परिसरमा विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । अनेरास्ववियुले समर्थन जनाउँदै आन्दोलनमा सहित नेताहरू सहभागी भएका छन् । मंगलबार अनेरास्ववियू र एमबीबीएस अध्ययनरत विधार्थीहरुले संयुक्त आन्दोलन गर्दै मानव साङ्लो बनाएर अस्पताल परीषर घेरावन्दी गरेका थिए । त्यस्तै कागजको नमूना पैसा बनाएर अस्पताल प्रशा
मोरङ । खानेपानीको टं्याङकी भर्न र बन्द गर्न सहयोग पुग्ने स्वदेशमै निर्मित ‘अटोमेटिक वाटर लेभल कन्ट्रोलर’ बजारमा आएको छ ।स्वदेशमा उत्पादित ‘लकडाउन वाटर लेभल कन्ट्रोलर’ नाम दिइएको उपकरण विराटनगरमा सोमबार एक कार्यक्रमका बीच लन्च गरेर बजारमा ल्याएको हो । विराटनगर १६ मा रहेको सुवाल उद्योगले उपकरण उत्पादन गरि बजारमा ल्याएको हो । सेन्सरयुक्त उपकरणले खानेपानीको ट्याङकी खाली हुँदा अटोमेटिक रुपमा अन भएर मोटर चल्ने तथा ट्याङकीको लेभल अनुसार पानी भरिसक्दा आफैं बन्द हुने सुवाल उद्योगका संचालक केशवलाल सिंह सुवालले बताए । कोरियन टेक्नोलोजीको कन्ट्रोलर आफुहरुले विराटनगरमैं उत्पादन शु