धरान । गत बर्ष असोज ३ गते धरान २० विष्णुपादुका स्थित आपटारमा गएको पहिरोबाट विस्थापित परिवारले यस बर्षको दशै पनि त्रिपालमै मनाउने भएका छन् । एक वर्ष अघि पहिरोले जायजेथा बगाए पछि नेपाल रेडक्रस सोसाइटीले बनाइदिएको त्रिपालमै अघिल्लो वर्षको दशै मनाएका थिए, यस वर्ष पनि त्रिपालमै बित्ने भएको छ । खेतीपाति मुख्य आम्दानीको स्रोत भएका उनीहरुको घर खेत नै पहिरोले लगेपछि गुजारा चलाउन नै मुस्किल परेको छ । गत बर्ष दशै नजिकिदै जाँदा गएको पहिरोका कारण उठीबास बनेका उनीहरुको वासस्थानको अझै राम्रो टुङ्ंगो लागि नसकेको अवस्थामा यस वर्ष पनि दशै त्रिपाल मुनि मनाउन बाध्य छन् भने कहीँ कतैबाट दीर्घकालीन समस्या समाधान न
धरान / नेपाली काँग्रेस धरान उपमहानगर समितिको १४ औं महाधिवेशनबाट श्याम पोख्रेलको प्यानले बाजी मार्न सफल भएको छ । यस अघि दुई पटक नगर सभापतिमा निर्वाचित भइसकेका किशोर राईलाई पहिलो पटक सभापतिको पदमा उमेद्वार दिएका पोख्रेलले ३९ मतको फरकले विजयी बनेका हुन् ।निर्वाचन अधिकृत भरत शाक्यका अनुसार खसेको ४७९ मत मध्ये विजयी हुने प्रोखेलले २६२ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी किशोर राईले २२३ मत प्राप्त गरेका थिए । यस्तै अन्य उमेद्वारहरु पनि पोख्र्लकै प्यानलका रहेका छन् । पोख्रेलको प्यानलबाट निर्वाचित भएका उपसभापतिमको उम्मेदवार प्रविण राईले २९० मत ल्याए भने सन्तोष लिम्बुले २३३ मत पाएर विजयी बने । यता रा
धरान । मानिसमा प्रायः स्वार्थ भाव बढी हुन्छ, उसले हरेक काम गर्दा आफ्नो स्वार्थसँग जोडेर हेरेको हुन्छ । चाहे त्यो जुनसुकै क्षेत्रमा काम गर्ने होस् मानवीय भावसँगै स्वार्थ पनि जोडिएर आएको हुन्छ । तर समाजमा यस्ता मानिस पनि छन् जो स्वार्थलाई भन्दा पनि आफ्नो कर्तव्य र सेवाभावलाई बढी प्राथमितामा राखेर काम गर्ने गर्छन् । उनीहरु पैसा र पद भन्दा पनि सेवाभावलाई आफ्ने सन्तुष्टिको केन्द्रविन्दु मान्छन् । स्वास्थ्य क्षेत्रमा पनि यस्तो मानिस पाउन धेरै मुस्किल हुन्छ । केही न केही स्वार्थ बोकेर उनीहरुले काम गरेका छन् । प्रतिष्ठानमा आएका धेरै चिकित्सकहरुमध्ये केही चिकित्सकमात्र सेवाभाव बोकेर आएका छन् । करोडौ
विराटनगर / नेपाली कांग्रेसको अधिवेशनमा युवाको आकर्षण बढेर गएको छ । धेरै ठाउँमा २० वर्षभन्दा मुनिका युवाहरू क्षेत्रीय प्रतिनिधि, बुथ सभापतिसहित विभिन्न पदमा निर्वाचित भएका छन् । विराटनगर–१२ बाट १८ वर्षीय किशोर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छन् । विराटनगर–१२ की रक्षा यादव क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन् । उनी मेडिकल विषयकी विद्यार्थी हुन् । वडा अधिवेशनबाट निर्वाचित भइसकेपछि यादवले भनिन्, “देश र समाजको सेवा गर्ने उद्देश्यले राजनीतिमा लागेको हुँ । मेरो पारिवारिक वातावरण पनि राजनीति नै छ ।” उनले हजुरबुवा, बुवालगायत सबै परिवार नै राजनीति क्षेत्रमा आबद्ध रहेक
इलाम/ इलामका ४ नगरपालिका र ६ गाउँपालिकामा नेपाली कांग्रेसको सभापति पदमा २८ जनाको प्रतिस्पर्दा हुने भएको छ । जसमा नगरपालिमा सभापति पदका लागि १४ जना र गाउँपालिकामा १५ जना पदमा उमेद्वारको प्रतिस्पर्दा हुने भएको हो । इलाम नगरपालिकामा ५ जना , देउमाई नगरपालिका ३ जना , माई नगरपालिकामा ३ जना र सूर्योदय नगरपालिकामा ३ जना रहेका छन भने फाकफोकथुम गाउँपालिकामा ४ जना, सन्दकपुर गाउँपालिकामा ३ जना, चुलाचुलि गाउँपालिकामा १ जना, माईजोगमाईमा ३ जना माङसेबुङमा २ जना र रोङमा २ जनाको प्रतिस्पर्दा हुनेभएको हो । नगरपालिका तर्फ इलाम नगरसभापतिमा पाँच जनाको प्रतिस्पर्दा हुने भएको छ । नगर सभापतिका लागि अमृललाल श्र
धरान । आर्या ब्युटि आर्ट एण्ड एकेडेमी र महालक्ष्मी विकास बैक बिच ग्राहकलाई सहुलियत दिने विषयमा सम्झौता भएको छ । अब महालक्ष्मी विकास बैकका ग्राहकलाई आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा अध्ययन गर्दा वा सेवा लिदा विषेश छुट पाउनेछन् । महालक्ष्मी विकास बैक धरानका प्रमुख प्रबल श्रेष्ठ र आर्या ब्युटि आर्ट एण्ड एकेडेमीकी कार्यकारी निर्देशक सीता मिश्रले शुक्रबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब महालक्ष्मी विकास बैकमा खाता भएका वा अन्य सेवा लिएका ग्राहकले आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा ब्युटिसियनका हरेक कोर्ष सिक्दा २५ प्रतिसत पाउने छन् । यसका लागि महालक्ष्मी विकास बैकले आफ्ना ग्राहकको सिफा
संखुवासभा / प्रायः जसो लामखुट्टेको टोकाइबाट हुने डेंगुका विरामी तराईमा भेटिने गरिएको छ । तराईका जिल्लाहरुमा यस्ता विरामीहरु धेरै भेटिने गरिएको छ तर पछिल्लो समय पहाडी जिल्लामा समेत डेंगुका विरामीहरु भेटिन थालेका छन् । पछिल्लो समय खोटाङमासमेत डेंगुका बिरामी भेटिएका छन्। जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकले एक साताको अवधिमा डेंगुका आठजना बिरामी भटिएको बताए । उनले भने–‘खोटाङमा एक साताभित्र आठ जनामा डेंगु संक्रमण भएको पाइयो संक्रमितमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका छन्।’ उनका अनुसार दिक्तेल रुपाकोट मझुवागढी १ का पाँच जना, वडा नम्बर ६ का १ जना र राव
झापा । झापाको मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा पुनः रोक लगाएको छ । नगरपालिकाले शुक्रवार सूचना नै जारी गरेर उत्खननमा पुनः रोक लगाएको हो । विगतका वर्षमा नगरपालिकाले असार, साउन र भदौ महीनामा मात्र सो कार्यमा रोक लगाउँदै आएको छ । नगरपालिका क्षेत्र भएर बग्ने मेची, हडिया, निन्दा र टिमाई नदीको नदीजन्य पदार्थ ठेक्का लाग्ने प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म वडा कार्यालयलाई उत्खनन गर्न नगराउन जानकारी दिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए । उनले नदीजन्य पदार्थ उत्खनन भए÷नभएबारे अनुगमन गर्न १५ ओटै वडा कार्यालयसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र धुलाबारीलाई सम
ओखलढुंगा/ जिल्लामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायत मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी ड्युटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री
इटहरी । पर्याप्त दक्ष जनशक्ति नभएकै कारण देशभर बुधबारदेखि सुरू भएको १२ औ राष्ट्रिय जनगणना प्रभावित बनेको छ ।पहिलो चरण अन्तरर्गत घर तथा घरपरिवार सूचीकरण कार्यक्रम जनशक्ति अभावकै कारण सुनसरीमा प्रभावित बनेको हो ।देशभर एकै साथ सुरू भएको जनगणनाको पहिलो चरणको कार्यक्रम घर तथा घर परिवारको सुचिकरण गर्न सुनसरीमा बुधबारदेखि नै सुपरिवेक्षकहरू घर घर परिचालित भइसकेका छन । राष्ट्रिय जनगणना २०७८ कालागि सुनसरीका तीन पालिकाहरूमा १ सय २२ जना सुपरिवेक्षकहरू खटाइएको छ । पालिका अन्तर्गत धरान उपमहानगरपालिकामा ४८ जना, इटहरीमा ४९ जना र बराहक्षेत्र नगरमा २५ जना गरी १ सय २२ जना सुपरिवेक्षक परिचालन गरिएको राष्ट्रिय जन