इटहरीमा ई–क्यान पूर्वाञ्चल शैक्षिक मेला शुरु

  • भदौ २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । इटहरीमा बुधबारदेखि ई–क्यान पूर्वाञ्चलले शैक्षिक मेला सुरु भएको छ ।

बप्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मेलाको उद्घाटन गरेका छन् । इटहरी, धरान र विराटनगरका आयोजना हुने शैक्षिक मेलाको बुधबार उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले मुलुकको सामाजिक परिवर्तनमा शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । ‘संसार परिवर्तनको निम्ति शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण छ,’ उनले भने, ‘पछिल्लो समय शिक्षा क्षेत्रको विकासका निम्ति नेपाल सरकारसँगै निजी क्षेत्रले पनि महत्वपूर्ण योगदान पु¥याएको छ ।’ उनले आम मानिसले राज्यबाट शिक्षा क्षेत्रमा लगानी नभएको गुनासो आएपनि राज्यले शिक्षा क्षेत्रको गुणस्तरका निम्ति लगानी गरिरहेको तर्क गरे ।

‘शिक्षामा सरकारको लगानी हुनुपर्छ भन्ने सबैको मान्यता छ, शिक्षाको गुणस्तर वृद्विका निम्ति सरकारले लगानी गर्दै आएको छ ।’ उनले भने । ई–क्यान पूर्वाञ्चलले विद्यार्थीप्रति लक्षित गरी आयोजना गरेको शैक्षिक मेलाले विद्यार्थीको शैक्षिक गुणस्तरमा टेवा पुग्ने उनले बताए ।

कार्यक्रममा ई–क्यान केन्द्रका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले विद्यार्थीले एउटा मात्रै कन्सल्टेन्सीको कुरा पत्याएर तुरुन्तै भर पर्न नहुने बताए । उनले फरकफरक कन्सल्टेन्सीमा र विश्वसनीय माध्यमबाट मात्रै शिक्षा लिनुपर्ने बताए ।

कार्यक्रममा ई–क्यान पूर्वाञ्चलका सल्लाहकार कमल प्रसाद तिम्सिनाले गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्छ भन्ने उदेश्यले उक्त मेलाको आयोजना गरिएको जनाए ।

ई–क्यान पूर्वाञ्चलका अध्यक्ष प्रकाश लकान्द्रीका अनुसार युवा विद्यार्थी वर्गलाई लक्षित गरी शैक्षिक मेला आयोजना गरिएको हो । उनका अनुसार ई–क्यानले तेस्रोपटक मेलाको आयोजना गरेको हो ।

बुधबार इटहरीको दुर्गा पार्टी प्यालेसमा गरिएको कार्यक्रमे बिहीबार धरानको सिद्वि नेवा परिषद्को भवन रे शुक्रबार विराटनगरको नमस्कार होटलमा आयोजना गरिने बताइएको छ ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved