समाचार

    Showing 5,491-5,500 of 8,601 items.
  • इटहरीमा सेन्ट्रल मार्टको व्यापार शुरु

    इटहरी/ इटहरी चौंकमा बनेको १० तले विल्डिङमा संचालन भएको सेन्ट्रल प्लाजाको पहिलो तलामा स्थापना गरिएको ग्रोसरी स्टोरले सोमबार देखि औपचारिक रुपमा व्यापार शुरु गरेको छ । सिनेफ्लाक्स नामका २ वटा सिनेमा हलका साथमा सेमिनार हल र रेस्टुरेन्ट सहितको होटल बरण्डा, इलेक्ट्रोनिक्सका सामान, कपडा तथा कष्टमेटिक्स, मिठाइ पसल र कफी सपसमेत भएको प्लाजामा एउटा डिपार्टमेन्ट स्टोर सहितको मार्ट सोमबार एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा व्यापार शुरु गरेको हो । सेन्ट्रल प्लाजाका अध्यक्ष राजेश श्रेष्ठ र उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले संयुक्त रुपमा मार्टको उदघाटन गरेका छन् । उद्घाटनको अवसरमा ग्र

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 651 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोइराला–पौडेल पक्षकै वर्चश्व

    विराटनगर/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ का विभिन्न जिल्लामा सम्पन्न भएको अधिवेशनको परिणामले यो प्रदेशमा संस्थापन पक्षको राम्रो उपस्थिति देखिएको छ । १३ औं महाधिवेशनसम्म कोइराला–पौडेल पक्षको निकै राम्रो पकड थियो । कोइरालाहरुको अधिक प्रभाव रहेको मानिएको मोरङमा समेत दोसो चरणको चुनावमा देउवा खेमाका सभापतिका उमेदवार दिलिप गच्छदारले टक्कर दिने देखिएको छ । उनलाई सभापतिको उमेदवारबाट पहिलो चरणबाट बाहिरिएका कृष्ण सिटौलमा समूहका यदु विष्टले साथ दिएपछि देउवा पक्ष केही सहज अवस्थामा पुगेको हो । अघिल्लो अधिवेशनमा प्रदेश १ का १० जिल्लामा भएको कांग्रेस अधिवेशनमा देउवा पक्षल

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सभापति छान्न मोरङमा दोस्रो चरणको निर्वाचन

    विराटनगर/ मोरङ कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको निर्वाचन हुने भएको छ । तीन जनामध्ये कुनै उमेदवारको पनि वहुमत नआएपछि फेरि निर्वाचन हुने भएको हो । कांग्रेसको संशोधित विधान अनुसार सभापतिले बहुमत प्राप्त गर्न बदर बाहेक खसेको मतको कम्तिका ५१ प्रतिशत ल्याउनु पर्छ । तर, आइतबार भएको निर्वाचनमा मोरङका कुनै पनि सभापति उमेदवारको बहुमत आएन । अबेर रातिदेखि शुरु गरिएको मत गणनाअनुसार सभापतिमा डिगबहादुर लिम्बूले १ हजार ५ सय ४४, दिलिप गच्छदारले १ हजार १ सय ५९ र यदुकुमार विष्टले ५ सय ६३ मत प्राप्त गरेका छन् । तेस्रो स्थान ल्याएका बिष्ट अब चुनावी प्रक्रियाबाट बाहिरिने छन् । अब गच्छदार र लिम्बूबीच प्

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 494 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नयाँ नेतृत्वका लागि एमालेको मतदान सकियो

    धरान/ नेकपा एमालेको जारी महाधिवेशनबाट नयाँ नेतृत्व छान्न मतदान प्रकृया सम्पन्न भएको छ । चितवनको सौराहामा अवस्थित होटल सेभेन स्टारमा मतादन प्रकृया सम्मपन्न भएको हो । महाधिवेशनमा सहभागी २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधि मध्ये २ हजार ७९  मत खसेको बताइएको छ । यो समाचार तयार र्पादा सम्म आधिकारीक खसेको मतको तथ्याङक भने सार्वजनिक भइसकेको छैन् । मतदानमा प्रकृयामा विद्युतीय मेसिन प्रयोग गरिएको छ। विद्युतीय मतदान भएकाले केहीघन्टाभित्रै मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ। मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 428 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी २ बाट नवोदिता चौधरी महाधिवेसन प्रतिनिधीमा विजयी

    धरान/ प्रदेश नम्बर १ प्रदेशसभा सदस्य समेत रहेकी नवोदिता चौधरी सुनसरी क्षेत्र नम्बर २ बाट थारु महिला कोटामा केन्द्रिय महाधिवेशन प्रतिनिधीमा विजयी भएकी छिन् । चौधरी पछिल्लो समय पार्टीमा समेत लोकप्रिय नेताको रुपमा स्थापित हुँदै गएकी छिन् । आसन्न महाधिवेशनबाट उनलाई पार्टीले थप जिम्मेवारी दिन सक्ने स्रोतको दावी छ । बौदिक तथा शालीन नेतृको छवी बनाएकी चौधरीलाई प्रदेश नम्बर १ मा कांग्रेसको तर्फबाट मन्त्री बन्ने एक योग्य दावेदारको रुपमा समेत हेरिने गरेको छ । पार्टी र जनताको लागि इमान्दारीपूर्वक काम गर्दै आइरहेकाले पार्टी तथा नेता कार्यकर्ताले बिश्वास गरेर दिने हर निर्देशन एबम जिम्मेवारीलाई अक्षरश

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 426 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सडक बिचैमा खाल्डाखुल्डी : दुर्घटनाको जोखिम उस्तै

    धरान/ धरान उपमहानगरपालिकाको मुटु मानिएको धरान २ भानुचौकको खाल्डाखुल्डीको समस्या अहिलेको होइन् । मुल सडकमै बनेका खाल्डाखुल्डी उपमहानगरपालिकाको बजेटले पुर्ने गरिए पनि केही समय वित्न नपाउँदै पुनः खाल्डाखुल्डी बन्ने गरेको छ । खाल्डाखुल्डी हुने र पुर्ने बाहेक दीर्घकालीन समस्या समाधानमा सम्बन्धित पक्ष गम्भीर देखिदैंन । कोशी राजमार्ग अन्तर्गत पर्ने धरानको मुख्य बजारबाट जाने सडक खण्डको धरान २ भानुचौकदेखि धरान १ छाताचौक सम्मको दूरीमा ठाउँठाउँमा अहिले पनि खाल्डाखुल्डी परेको छ । सवारी साधनको अत्याधिक चाप हुने यस सडकमा दीर्घकालीन रुपमा समाधान गर्न नसक्दा दुर्घटनाको जोखिम पनि उस्तै छ । सडकमा मोटसाइक

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 698 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रदेश एक तेस्रो स्थान

    धरान/ तेस्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रदेश एकले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा दुई स्वर्ण, तीन रजत र दुई कास्य पदकसहित प्रदेश एकले तेस्रो स्थान प्राप्त गरेको टिम म्यानेजर सूर्य दङ्गालले जानकारी दिए । प्रतियोगितामा महिलातर्पm ३३ केजी तौल समूहमा अनिशा राई तथा पुरुषतर्फ ४५ केजी तौल समूहमा सुसन थापाले स्वर्ण पदक प्राप्त गरेका छन् ।     यस्तै, महिलातर्फ ४६ केजी तौल समूहमा आस्मा राई र पुरुषतर्फ ५० केजी तौल समूहमा रोहित राई तथा ५४ केजी तौल समूहमा जगधन राईले रजत पदक प्राप्त गरेका छन् । यसै गरी, पुरुषतर्पm २७ केजी तौल समूहमा सृजन पौडेल र ३३ केजी समूहमा स

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 917 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेमा वरिष्ठ उपाध्यक्ष सहित ५ जना पदाधिकारी निर्विरोध

    धरान÷ नेकपा एमालेको १० औं महाधिवेशनबाट ४ जना पदाधीकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन जना उपमहासचिवमा पदमा ५ जना निर्विरोध निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसब्बा गुरूङ, विष्णु रिमालविरूद्ध निर्धारित समय कसैले उम्मेदवारी नदिएपछि उनीहरू निर्विरोध ती पदमा चुनिन लागेका हुन् । यसअघि आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि उनीहरूको नाम बन्दसत्रमा पेस गरेका थिए । यी पाँच जनाबाहेक अरू पदाधिकारीमा भने चुनाव हुने भएको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 493 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आमा र बहिनीको कुटपिटबाट राजेन्द्रको मृत्यु

    मोरङ ।आमा र बहिनीको कुटपिटबाट मोरङ कटहरी गाउँपालिका ५ का ४० बर्षीय राजेन्द्र उरावको मृत्यु भएको छ । गत मंसिर ११ गते राजेन्द्रले मादक पदार्थ सेवन गरी बादबिबाद हुँदा आमा र बहिनीले बाँसको लाठिले टाउकोमा प्रहार गर्दा घाईते भएका राजेन्द्रको नोवेल अस्पताल बिराटनगर उपचारको क्रममा आज राती सवाँ १० बजे मृत्यु भएको हो । कुटपिटमा सम्लग्न रहेका ५५ बर्षीय बातियो उराव र ३० बर्षीय रिता उरावलाई पक्राउ गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 587 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी कांग्रेस सभापतिमा केदार भण्डारी

    धरान । नेपाली कांग्रेसको सुनसरी जिल्ला सभापतिमा केदार भण्डारी निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेद्वार सञ्जयकुमार श्रेष्ठलाई १ सय १३ मतले पराजित गर्दै मंगलबार सभापतिमा निर्वाचित भएका हुन् । सोमबार जम्मा खसेको २ हजार ६ सय २६ मत मध्ये भण्डारीले १ हजार ४२२ मत प्राप्त गर्दै विजय भएका हुन् । संस्थापनइतरका भण्डारीले दुई कार्यकाल सचिवको जिम्मेवारी समेत निभाइसेकका छन् । त्यस्तै, उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेशचन्द्र राई र पङ्कजकुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलबाट वीरेन्द्रकुमार शाह र संस्थापनइतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 888 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved