धरान । धरान १५ रहेको खाली जग्गालाई अनावश्वक रुपमा प्रयोग नगर्न स्थानीयहरुले वडा कार्यालयलाई ध्यानकर्षण गराएका छन् । धरान उपमहानगरपालिका वडा नं. १५ को खाली रहेको अस्थायी बसपार्कको जग्गामा सहकारी भवन बन्ने जानकारी पाएसँगै स्थानीय पाथीभरा टोल विकास समितिले धरान १५ वडा समितिलाई ध्यानकर्षणपत्र बुझाएका हुन् । उनीहरुले बोधार्थको रुपमा धरान उपमहानगरपालिका र धरानमा सम्पूर्ण राजनीतिक दलहरुलाई पठाएका छन् । टोलसमितिका ४० जना सर्वसाधारणले हस्ताक्षरा गरेको ध्यानाकर्षपत्रमा सहकारी भवन नबनाउन अनुरोध गरेका छन् र पाथीभरा टोल विकास संस्थाका उपाध्यक्ष विनोद तामाङको नेतृत्वमा गएका स्थानीयले वडा अध्यक्ष नरेश इवार
धरान । पूर्वी पहाडी जिल्ला तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । विगतदेखि नै तेह्रथुमको म्याङलुङ बजार ढाका कपडाको मुख्य उत्पादन हुने जिल्ला भएपनि सरकारी ध्यान यसतर्फ पुग्न सकेको थिएन । तर ३९ वर्षपछि ढाका कपडाले राजधानीको स्वरूप पाएको छ । ३९ वर्ष अगाडि देखि तेह्रथुममा ढाका कपडा बुन्ने गरिएको थियो । यहा प्रत्येक घरमा महिलाहरु ढाका कपडा बुन्ने तान राखेर व्यवसायिक ढाका कपडा उत्पादन गर्ने गरेका छन् । सन् १९८३ मा तीन वर्ष लगाएर बेलायती नागरिक सुसी डान्स्मोरले तेह्रथुममा उत्पादन हुने ढाकाका कपडाको अध्ययन तथा अनुसन्धान गरेकी थिइन । उनले ढाका कपडा बुन्दा प्रयोगमा ल्याइने धागोको रङ्गको छनोट
धरान । अवैध रुपमा खोला उत्खनन् गदै गरेका जेसिवीलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ । मोरङको केराबारी–८ स्थित रहेको खदम खोला, केराबारी–७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा–५ स्थित रहेको बुढीखोला र बेलबारी–२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटी, बालुवा उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीले ो प्रहरी टोलीले टिफर ४ वटा, ट्रयाक्टर ४ वटा, एउटा जेसिवि र चालकहरुलाई स लिएको हो । नियन्त्रणमा लिईएका ९ वटै सवारी साधन सहित चालकहरुलाई आवश्यक कारवाहीको लागि वेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्या
धरान । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पीक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । सहमतिसँगै ओलम्पिकमा सहभागी नेपालका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउँने भएका हुन् । खेलाडीसँगै खेलाडीका परिवारलाई समेत नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार जनाएको छ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओलम्पीक खेलाडी सम्मान कार्यक्रममा निःशुल्क तथा सहुलियतपूर्ण उपचारको सम्झौता भएको हो । यो बिषयमा नेप
धरान । प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को उपाधि क्रमश: धरान–१८ स्थित कार्मेल हाइस्कुलका छात्र छिरिङ तामाङ र सिदार्थ इङलिस बोर्डिङ स्कुल विराटचोककी नुमा लिम्बूले जितेका छन् । धरान–१५ चुम्लुङहिमको भवनमा शुक्रबार सम्पन्न प्रतियोगितामा गायनतर्फ तामाङ र नृत्युतर्फ लिम्बुले उपाधि जितेका हुन् । उपाधि उचाल्दै छिरिङ र नुमाले ५० हजार रुपैयाँ नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । यसैगरी गायनतर्फ जेनिथ स्कुलका धरान १६ का रिजन लोहनी फस्ट रनरअप र होलिल्याण्ड इन्टरनेशनल स्कुल धरान १५ की गनु राई सेकेण्ड र
धरान । पितृहरुको नाममा धरान १० को एक परिवारले पञ्चायत माध्यमिक विघालयलाई ट्रस र छाना निर्माण गरिदिएका छन् । स्वर्गीय पिता खर्क शम्सेर र माता राज कुमारी लिम्बूको सम्झनामा छोरा सञ्जय कुरुम्ङबाङ लिम्बू, छोरी कल्पना कुरुम्ङबाङ, दिपा कुरुम्ङबाङ, शिला कुरुम्ङबाङ लिम्बुको सहयोगमा विद्यालयलाई तीन लाख पचास हजार रकमको ट्रस तथा छानो निर्माणका लागि सहयोग गरेका हुन् । विद्यालयले शुक्रबार एक कार्यक्रम बीच धरान १० का वडाध्यक्ष विवेक राईले नवनिर्मित ट्रस समेत उद्घाटन गरेको छ । विद्यालयले उक्त परिवारलाई सम्मान पत्र प्रधान गर्दै सम्मान गरेको छ । यसैगरी विद्यालयका एसएलसी चौथो ब्याजका विद्यार्थी हेमन्त भण्डार
धरान । द्रुत सेवामार्फत राहदानी बनाउने उद्धेश्यले सरकारले शुरु गरेको राष्ट्रिय परिचयपत्र बनाउने सर्वसाधारणले हैरानी व्यहोर्नु परेको छ । आवेदन फर्म बुझाइसकेपछि राजस्व बुझाउने त्यसमाथि फोटो खिच्ने काम सक्नकै लागि पनि एक हप्ता भन्दा बढी समय लाग्ने गरेको इलाका प्रशासन कार्यालय धरानमा राष्ट्रिय परिचयपत्र लिन जानेहरुको गुनासो छ । धरान १५ की सिर्जना बस्नेतले राष्ट्रिय परिचयपत्रको इलाका प्रशासन कार्यालय धाएको चारदिन भन्दा बढी भइसकेको छ । कार्यालयमा पुग्दा परिचयपत्र बनाउने भीड देख्ने वित्तिकै उनको रिंगटा छुट्ने गर्छ । जहिल्यै गयो भीडमात्र भएपछि उनी लाइनमा नबसी फर्किन्छिन् । वैदेशिक रोजगारीका लागि राह
धरान । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन सोमबार तामझामका साथ सुरु भयो । सबै उम्मे दवारका ब्यानर संघको कार्यालय आसपासमा देखिए । आम निर्वाचनलाई समेत उछिन्ने गरी जस्तो देखिएको निर्वाचनमा मतदान नगर्ने व्यावसायीको सङ्ख्या समेत उल्लेखीय पाइयो । सुनसरी जिल्लालाई समेट्ने गरी २०१९ सालमा व्यापार प्रबन्ध समितिका नाममा गठन भएको संघ सुनसरी उद्योग वाणिज्य संघका नाममा २०२० सालमा दर्ता भयो । यसबीचमा जिल्ला भरिका उल्लेखीय उद्योगी व्यावसायी संघको मातहत बाहिर छन् । संघमा आबद्ध भएर पनि नवीकरण गर्नेको सङ्ख्या पनि उल्ले खीय छ भने नवीकरण गरेर पनि मतदानमा नौ सय उद्योगी व्यावसायी सहभागी भएनन् । निर्वाचनमा उद्योगी
धरान । धरानको सेउती खोला नजिक रहेको खत्रीधारा शवदाह स्थल जाने बाटोमा १०८ मिटर आरसिसी ढलान सम्पन्न भएको छ । सडक निर्माण सम्पन्न भएको बारे शनिवार सार्बजानिक सुनाई कार्यक्रम मार्फत निर्माण समितिले जानकारी गराएका छन् । विगतमा त्यहासम्म पुग्ने सडक र पुल जीर्ण रहदा धेरै समस्या भोग्नु परेको थियो । धरान वडा नं १५ र धरान वडा नं ४ जोड्ने सेउती पक्की पुल निर्माणसँगै शवदाह स्थल जाने बाटो पुर्ण रुपमा बन्द रहेको थियो । बाटो जीर्ण रहेकै कारण शव दाहसंस्कारसम्म शवबाहन पुग्न नै कठिन रहेको थियो । धरान उपमहानगरपालिका, १५ नं. वडा समिति, र झिगु समाज खत्रीधाराको संयुक्त पहलमा शवदाह स्थल पुग्ने सडक निर्माणका लागि
धरान । मोरङ प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित गरेकोे छ । प्रदेशसभाको आइतबार बसेको बैठकले विधेयक पारित गरेको हो । ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको अनुमानित प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा शहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रूपैयाँ खर्च कटौतीको प्रस्ताव सदनमा पेश गरेका थिए । सांसद न्यौपानेले राखेको प्रस्ताव अस्वीकृत गर्दै आर्थिक मामिला तथा योजनामन्त्