समाचार

    Showing 4,141-4,150 of 10,028 items.
  • बीपी प्रतिष्ठानमा पिआरपी रगतको अभाव

    धरान /रगत अभावका कारण धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु उपचारमा कठिनाई हुँदै आएको छ । प्रतिष्ठान हाताभित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालनमा ल्याएको रक्त सञ्चार सेवामा समेत रगतको अभाव चुलिएको छ । रगत अभावकै कारण अहिले रक्त सञ्चार सेवाले विभिन्न संघ संस्था सँग सहकार्य गरेर रक्तदान कार्यक्रलाई तिब्रता दिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु संक्रमणका कारण प्लेटलेस भएका विरामी धेरै आउने गरेका छन् । चिकित्सकले डेंगुको संक्रमण आउने वित्तिकै सिविसी चेक गराउने गर्छ । सिविसी चेकबाट विरामीको टोटल प्लेटलेट काउन्ट थाहा हुन्छ । एउट

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 927 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश प्रहरीको बार्षिक कार्ययोजना सार्वजानिक

    विराटनगर / कोशी प्रदेश प्रहरीले २०८० को बार्षिक कार्ययोजना सार्वजानिक गरिएको छ । शुक्रबार सम्पन्न उक्त बार्षिक कार्ययोजना कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरीको बार्षिक कार्ययोजना २०८० सार्वजनिक गरेका थिए । अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थापनमा कार्यरत प्रदेश प्रहरीको आन्तरिक तथा सांगठनिक क्षमतालाई स्वच्छ, सुदृढ, सबल र प्रविधियुक्त बनाई अपराधको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका चुनौतीहरूको सामना गर्दै एवं नागरिकमैत्री सेवा प्रवा

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 784 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सांसद शर्मा शुक्रबार नै थुनामुक्त भएका छन ।

    काठमाडौ / जिल्ला अदालत काठमाडौँले सांसद डा.सुनिल शर्मालाई थुनामा नराख्न आदेश दिएपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणी शर्माको इजलासले  शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न सीआइवीलाई आदेश दिएपछि उनलाई शुक्रबार नै रिहा गरिएको थियो ।  मोरङको क्षेत्र नं. ३ बाट निर्वाचित कांग्रेस सांसद शर्माले गत साउन १० गतेको संसद वैठकमा सुन तस्करीको विषयलाई लिएर बोलेका थिए । उनले सुन तस्करीमा जो सुकै संलग्न भएपनि कारबाही गर्नुपर्ने धारणा राख्दै आएका थिए । उनले सुन तस्करीको मुख्य नाइकेहरु पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा समेत गरेका थिए । आफ्नै पार्टीका अर्थमन्त्री डा.प्रकाशशर

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 773 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा सक्रिय बन्दै वाईसिएल, ७ पालिकामा सकियो सम्मेलन

    विराटनगर/  नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले मोरङमा सक्रियता बढाएको छ । वाइसिएलले एकमहिना अगाडिदेखि सङ्गठन निर्माण तथा विस्तार अभियान सञ्चालन गरिरहेको छ । वाइसिएल मोरङका सचिव मोहम्मद रिहानले दिएको जानकारी अनुसार यस अवधिमा मोरङका ७ पालिकामा पालिका सम्मेलन तथा भेलाहरु सम्पन्न भएका छन् । उक्त भेला तथा सम्मेलनबाट नयाँ समिति गठन भएको छ । जसअनुसार पथरी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैंचा नगरपालिका र सुनवर्षी नगरपालिकामा सम्मेलन तथा भेला गरिएको हो । वाइसिएलको मोरङ जिल्ला समन

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 816 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु संक्रमण भयावह: एउटै वेडमा दुई जना विरामी

    धरान/  धरानमा डेंगु संक्रमण रोगी दिनप्रदिन बढ्दै गएका छन् । कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु संक्रमण धरानमै रहेका छन् । धरानमा डेंगु संक्रमण अत्याधिक बढेकै कारण जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको सर्वपक्षीय निर्णयले धरानलाई ’जनस्वास्थ्यको आपतकालीन अवस्था’ (पब्लिक हेल्थ एमर्जेन्सी) घोषणा गर्नेे तयारी गरेको छ । धरानमा विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर राखिएका छन् तर ती सबै ठाउँमा बेड अभाव छ, एउटा वेडमा दुई जनासम्म राखेर उपचार गर्नुपर्ने बाध्यता छ । धरानमा डेंगु संक्रमण बढेकै कारण स्थानीय सरकार तथा विभिन्न सामाजिक संघ संस्थाले स्वास्थ्य संस्थासँग सहकार्य गरेर नि

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 812 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानलाई जनस्वास्थयको आपत्तकालिन अवस्था घोषणा गर्ने तयारी

    धरान/ धरानमा तीब्र रुपमा डेंगु संक्रमण फैलिएको छ । कोशी प्रदेशभरि नै धरान डेंगुको हटस्पोट भएको छ । प्रत्येक दिन डेंगु संक्रणका विरामी बढेका बढ्यै छैन् । यसैलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको सर्वपक्षीय निर्णय अनुसार धरानलाई ’जनस्वास्थ्यको आपतकालीन अवस्था’ (पब्लिक हेल्थ एमर्जेन्सी) घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय सुनसरीले तयारी गरेको छ । स्वास्थ्य कार्यालय, सुनसरीले जिल्ला विपद व्यवस्थापन समिति सुनसरीलाई अनुरोध गर्ने साउन १९ को निर्णयअनुसार प्रतिकार्य टोली (आरटीआर) को बैठकबाट अनुरोध भएको साथै साउन २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत निर्णय

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 783 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जन्म दिनमा ज्ञानचक्षु विद्यालयलाई सहयोग

    धरान । जन्म दिनको अवसर पारेर मजदुर नेता लक्ष्मी बानियाले कोशी प्रदेशकै एक मात्र विद्यालय पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयका विद्यार्थीहरुलाइ खाना खुवाउनुका साथै ५० वटा कुर्सी सहयोग गरेका छन् । जन्म दिनको अवसर पारेर उनले विद्यालयका प्राध्यानाक्यापक प्रमोद भट्राईलाइ कुर्सी हस्तान्तरण गरेका हुन भने विद्यालयमा अध्ययनरत ७० जना बालबालिकालाई विहानको खाना खुवाएका हुन् । कोशी प्रदेशकै एक मात्र विद्यालय ज्ञानचक्षु विद्यालयमा फरक क्षमता भएका विद्यार्थी अध्ययनरत गर्ने गरेको र आर्थिक विपन्नता भएका बालबालिकाहरु भएकाले पनिे जन्मदिनको अवसर पारेर विद्यार्थीहरुसँगै जन्म दिन मनाएको उनले बताए । उनले पहिलाद

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 933 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर कोइरालाको नेतृत्वमा रथयात्रा हुने रुटको निरीक्षण

    विराटनगर / विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ । बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा रथ घुमाउने रुटमा पर्ने केवल, नेट, विद्युतको तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरिएको छ । रथ घुमाउन सहज हुनेगरी तारको व्यवस्थापन र सडक र फुटपाथलाई व्यवस्थित बनाइने मेयर कोइरालाले बताउनुभयो । यसपटकको रथयात्रामा ५ वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिने उहाँले जानकारी दिनुभयो । मेयर कोइरालाले विराटनगरको पहिचानसित जोडिएकाले यसपटकको रथयात्रालाई भव्य बनाइने बताउनुभयो । महानगरको संयोजनमा यसपटकको रथयात्रा हुँदैछ । महा

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 847 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एस्पायर कलेज बिराटनगरका बिद्यार्थीहरु ४ जिपिए सहित शत प्रतिशत उत्तीर्ण

    बिराटनगर /  काठमाडौ बिश्वबिद्धालय, एस्पायर कलेज बिराटनगरमा संचालित ब्याचलर इन टेक्निकल एजुकेशन आइ टि मा अध्यनरत बिद्यार्थीहरुले ४ जिपिए सहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । गत असार मा काठमाडौ बिश्वबिद्धालय बाट संचालित प्रथम बर्ष प्रथम सेमेस्टरको परिक्षाको नतिजा सार्वजनिक भए सगै बिद्यार्थीहरुले यो सफलता प्राप्त गर्न सफल भएका हुन । कलेजका बिद्यार्थीहरु तुसार गणेश , कृतिज्ञा कटवाल , सुशान्त नेपाल , दीक्षा राई र गौरव दाहालले ४ जिपिए प्राप्त गर्न सफल भएका छन भने ८ जना बिद्यार्थीहरुले ३\९ भन्दा बढी जिपिए ल्याएको र बाकी बिद्यार्थीहरुले ३/२४ भन्दा माथि जिपिए ल्याएर उत्तीर्ण भएका छन

    • प्रकाशित मितिः साउन २५, २०८०
    • 812 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपाङगता भएका व्यक्तिलाई नागरिकता

    धनकुटा/  धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं ४ खोकु भोक्राहाका एक अपाङगता भएका व्यक्तिलाई नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले स्थानीय आश बहादुर राईलाई नागरिकता प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासन अधिकृत अंकित मंग्रातीको टोली घरमै पुगेर राईलाई नागरिकता प्रदान गरेको हो । २०४६ साल जेठ १३ गते जन्मेका राईले ३४ वर्षको उमेरमा नागरिक्ता पाएका हुन् । पर्डेप नेपाल धनकुटा र सहिदभूमि गाउँपालिकाको न्यायमा पहुँच कार्यक्रम अन्र्तगतको पहलमा राईलाई नागरिकता प्रदान गरिएको हो । राईलाई नागरिकता दिन सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्व

    • प्रकाशित मितिः साउन २५, २०८०
    • 755 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved