धरान/ नेपालीहरुको महान चाड दशै घर घरमा भित्रिएको छ । सोमबार घटस्थापनाका दिन सबैले आ आफ्नो घरमा देवीको प्रसाद स्वरुप जमरा राख्ने काम समेत गरिसकेका छन् । यो सँगै सर्वसाधारण किनमेलमा लागिसकेका छन् । तर बजारमा भीडसँगै सवारी चाप अत्याधिक बढ्दा ट्राफिम जाम हुने गरेको छ । अत्यन्तै व्यस्त बजारमा पार्किङको उचित व्यवस्था नहुदा जथाभावि राखिएका पार्किङले बजार अझ अस्त व्यस्त बनेको छ । मुख्य गरेर धरान २ मा रहेको भानुचौक, रत्नरोड, महेन्द्र पथ लगायतका क्षेत्रहरुमा बढी अस्तव्यस्त भएको पाइएको छ । बजारमा भीड बढ्दै जाँदा जथाभावि राखिएको सवारी साधनले दुर्घटनाको जोखिम बढ्ने भन्दै स्थानीय सरकार र जिल्ला ट्राफि
धरान/ धरान मोडल कलेजले दशैको शुभकामनासहित एकल नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।आइतबार कलेले कलेजकै प्रांगरणमा शुभकामना आदानप्रदानसहित एकल नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।प्रतियोगितामा दृष्टि कुलुङ पहिलो भइन भने रेबिना दाहाल र स्विकृत लिम्बु क्रमशः दोश्रो र तेश्रो भइन् । प्रतियोगितामा ९ जना बिद्यार्थीहरु सहभागि रहेका थिए । बिजेताहरुलाई धरान मोडल एकेडेमिका अध्यक्ष डा.जीवन कुमार राई, क्याम्पस प्रमुख प्रबिन राई, कौशिकी क्याम्पसका क्याम्पस प्रमुख मोहन श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका सह–सचिव भोला श्रेष्ठ, पत्रकार शेखर जोगी लगायतले पुरस्कार र प्रमाण–पत्र बितरण गरेको क
इलाम/ मेची राजमार्ग भएर गुड्ने सार्वजनिक सवारी साधनले मनलाग्दी भाडा उठाउने गरेको पाइएको छ । चाडवाडको मुखमा यातायात मजदुर तथा व्यवसायीहरुले मनलाग्दी भाडा असुल्दा सर्वसाधारण मारमा परेका छन् ।उनीहरुले इन्धनको मूल्य बढेको इन्धनको मूल्य बढेको बहानामा चालकले मनलाग्दी भाडा उठाउने गरेका यात्रुहरुले गुनासो गरेका छन् । इलाम–झापा रुटमा गुड्ने सार्वजनिक सवारी साधनले पाँच सय देखी आठ सय सम्म असुल्ने गरेका यात्रुहरुले बताएका छन् । सार्वजनिक सवारी साधनले मन लाग्दी भाडा असुल्दा पनि प्रहरी प्रशासन भने मूकदर्शक बनेर बसेको छ । इलाम–झापा भाडा निर्धारण समितिले तोकेको भन्दा दोब्बर भन्दा बढी सवारी स
धरान/ शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । धरान ९ आचार्य लाइनमा रहेको आफ्नै भवनमा साधारण सम्पन्न भएको हो । संस्थाका अध्यक्ष अफिसर सुयलको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।प्रतिवेदन अनुसार २०७९÷०७९ मा संस्थाले २० लाख ४३ हजार ५ सय ४१ रुपैया नाफा गरेको छ । संस्थाको शेयर पूजी १ करोड ८१ लाख २१ हजार ९ सय ४० रुपैया भएको जानकारी दिएको थियो भने निक्षेप बचत २० करोड २८ लाख ५५ हजार २ सय ९० रहेको जनाएको छ । यस्तै संस्थाले १९ करोड २१ लख ५० हजार ७ सय ६३ कर्जा लगानी गरेको र संस्थामा ४० लाख ८० हजार ९ ४० रहेक
धरान/ नेपाल सरकारले भर्खरै प्रयोगमा ल्याएको विद्युतीय राहदानी –इ–पासपोर्ट) प्राप्त गर्न राष्ट्रिय परिचयपत्र लिन अनिवार्य बनाएपछि राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने बनाएपछि अहिले राष्ट्रिय परिचयपत्र लिने सर्वसाधारणको घुइँचो बढेको छ । राष्ट्रिय परिचयपत्र बनाउन सरकारले तोकेको सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय र मातहतका इलाका प्रशासन कार्यालयमा अत्याधिक भीड बढेपछि फर्म भर्न स्थानीय सरकारसँग समन्वय गरेर वडावडाबाट शुरु गरिएको छ । यसै क्रममा धरान उपमहानगरपालिका वडा नं. १५ ले वडाका टोल समितिसँग समन्वय गरेर परिचयपत्र वितरण गर्न थालेको एक महिना भयो । असोज १२ ग
इलाम / स्थानीय गुण्डा नाईके एलबी भनिने झापाको बेलडाँगी शिविरका भुटानी शरणार्थीको हत्यामा संलग्न आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । एलबी भनिने ४४ वर्षे लालबहादुर गुरुङको हत्यामा संलग्न आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । असोज ५ गते इलाम र झापाकोे सीमा रतुवा खोलाको झोलुङ्गे पुलनजिक बोलाएर गुरुङमाथि कुटपिट र खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए । १०÷१२ जनाको समूहले गुरुङलाई खुकुरी, ढुङ्गा प्रहार गर्दै खुट्टाको छेपारी, घुँडा र कुममा काटी गम्भीर घाइते बनाएर फरार रहेका थिए । घटनामा संलग्न आरोपमा प्रहरीले इलामकै चुलाचुली गाउँप
धरान । पहिलो पटक हिन्दी भाषमा डभिङ गरी भारतमा प्रर्दशन गर्न लागिएको नेपाली चलचित्र प्रेम गीत ३ को हिन्दी भर्सन लिक भएको छ । लामो समयको प्रचार प्रसार पश्चात हिजो शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्रको हिन्दी भर्सन अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो । चलचित्रले हिजो देखि नेपाल भारत र अन्यमुलुक गरी लगभग ६ सय थियटर्सबाट प्रदर्शन सुरु गरेको थियो । चलचित्र भारतका ३ सय ३० वटा थियटर्समा प्रदर्शनमा आएको जनाइएको छ । नेपालमा हाल यस चलचित्रको नेपाली संस्करणमात्र प्रदर्शनमा भइरहेको छ । हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने जनाइएक
काठमण्डौं/ नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबुुरामसँगको सम्बन्ध दीर्घकालीन रहेको बताएका छन् । शनिवार काठमण्डौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले बाबुरामसँगको सम्बन्ध चुनावीका लागी मात्र नभर लामो समय सम्मका लागी रहेको बताएका हुन् । वैकल्पिक राजनीतिक पार्टी बनाउने बाबुरामको प्रयास र वामपन्थी शक्तिलाई नयाँ ढंगले अघि बढाउने आफ्नो प्रयत्न असफल भएपछि दुबैजना दीर्घकालीन सहकार्यतर्फ अघि बढेको प्रचण्डले बताए । ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ
काठमाडौं/ लोकतान्त्रिक समाजवदी पार्टी लोसपा र नेकपा एमाले बिच प्रतिनिधि र प्रदेश सभाको चुनावी तलामेल हुने भएको छ । अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाकालागी हुने निर्वाचनमा तालमेल गर्न लोसपाले कार्यदल गठन गरी प्रकृया अगाडी बढाएको हो । लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो ।कार्यदलमा शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल छन् । लोसपाले एमाले लगायतका दलसँग सहकार्यका लागि वार्ता गर्ने जनाएको छ । कार्यदलका संयोजक समेत रहेका लोसपाका वरिष्ठ नेता महातोले नागरिकता विधेयक पारित गर्न एमाले तयार नभए पनि त
झापा/ पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे चार किलोमिटर उत्तर चुरेपहाडको फेदीमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थस्थल सताक्षीधाम छ । घनाजङ्गलमा रहेको धाममा स्वदेशीदेखि विदेशी पर्यटकको समेत आजभोलि ओइरो लाग्न थालेको छ । विगत पाँच वर्षअघिसम्म बाटो, बिजुली बत्ती नपुगेको धाममा यतिबेला करोडौँको लगानीमा भौतिक पूर्वाधार तयार भएका छन् । धाम क्षेत्रभित्र आवास, संस्कृति विद्यालयको भवन र मठमन्दिरका ठूला ठूला भवनसमेत बनेका छन् । दश वर्षअघि ९महाराज० पण्डित नन्दकिशोर भारद्वाजले सानो कुटीमा बसी दुईचारवटा गाईपालन सुरु गरेपछि मन्दिरको महत्व बुझेका र पण्डितसँग भेटघाटका लागि मात्र सर्वसाधारण सो क्ष