समाचार

    Showing 3,801-3,810 of 8,512 items.
  • निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सञ्चालन

    धरान / तीन महिने निःशुल्क लोकसेवा आयोग तयारी कक्षा शनिवारदेखी धरानमा सुरुवात भएको छ । किरात राई यायोक्खा जिल्ला कार्यसमिती सुनसरी र एक नम्बर प्रदेश किरात राई कर्मचारी मञ्चको संयुक्त आयोजना तथा किरात राई बिद्यार्थी संघ सुनसरीको सहयोगमा धरान १० स्थित यलम्बर स्मृति सग्राहलयको सभाहलमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु भएको हो । लोकसेवा कक्षाको उद्घाटन सुनसरी ंं १ का प्रतिनिधीसभा सदस्य ससद अशोक कुमार राईले गरेका छन् । सो अवसरमा बोल्दै सांसद राईले राज्य सबैको भएकोले राज्यको हरेक निकायमा सबै जात जाती समुदायको सहभागिता रहनु पर्ने बताए ! उनले निजामती सेवालाई राज्यको स्थायी सरकारको रुपमा लिने

    • प्रकाशित मितिः पुस २४, २०७९
    • 628 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा दुर्घटना कमी भएको ट्राफिक प्रहरीको दाबी ‘सिटी सफारी’ दुर्घटनाको मुख्य कारण

    सुनसरी / प्रदेश १ मा सवारी दुर्घटनामा कमी आएको एक नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय दाबीसहित तथ्याङ्क सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीले पछिल्ला दिनहरुमा सवारी चेकजाँचलाई तीव्र बनाएसँगै दुर्घटना कमी आएको तथ्याङ्क सार्वजनिक गर्दै सो कार्यालयले दाबी गरेको हो । अघिल्लो आर्थिक बर्षको ५ महिनाको तुलनामा प्रदेश १ मा चालु आर्थिक वर्षको ५ महिनामा १७ प्रतिशतले दुर्घटनामा कमी आएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले ट्राफिक प्रहरीको सक्रियताकै कारण सवारी दुर्घट नामा कमी आएको दाबी गरेका छन् । मुख्य राजमार्गमा हुने दुर्घटनाको तथ्यांक अनुसार आ

    • प्रकाशित मितिः पुस २४, २०७९
    • 484 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान आसपासका कृषकको पीडा डोकोमै बोकेर घर घरमा बिक्री गर्दै

    धरान / धरान उपमहानगरपालिकाले धरानको वडा नं.२० विष्णुपादुका, वडा नं ४, ५ र ६ पानबारीलाई कृषि पकेटको रुपमा विकास गर्ने योजना अगाडि सारेको छ । तर उपमहानगरपालिकाले त्यहाँका कृषकको जीवन स्तर उकास्ने, कृषकले उत्पादन गरेको कृषि सामग्रीको बजार व्यवस्था तथा सडकको सहज पहुँच नभइदिँदा उत्पादित कृषि सामग्री डोकोमा बोकेर घर घरमा पु¥याउन बाध्य छन् । धरानमा एक कृषि बजार, ठूला दुई वटा फलफूल तथा तरकारी बजार नभएको होइन तर पनि धरान ४ दानाबारीका कृषकले भने आफूले उत्पादन गरेको सामग्रीको भाउ पाएका छैनन्, सहज सडक सञ्जाल नभइदिंदा उनीहरु करिब ५ किलोमिटरको बाटो धरान बजारमा डोकोमै बोकेर बिक्री गर्न बाध्य छन् । धरा

    • प्रकाशित मितिः पुस २४, २०७९
    • 611 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसओएसमा कला, प्रविधि तथा विविधतासम्बन्धी प्रदर्शनी

    इटहरी /  एसओएस हर्मन माइनर माध्यमिक विद्यालयले बिहीबार कला, प्रविधि तथा विविधतासम्बन्धी प्रदर्शनी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उद्घाटन गरेको प्रदर्शनीमा एसओएसकै नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले विविध प्रस्तुति राखिएका थिए । प्रदर्शनीमा विद्यार्थीहरूले रोबोट, वाटरबोट, खगोल–भूगोल, थारूहरूका कलाकृति, पर्यावरण, हस्तकला, ज्वालामुखीलगायत विभिन्न एक सय प्रस्तुति राखेका थिए । अभिभावकहरू, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, व्यवस्थापन समितिका सदस्य एवम् स्थानीयले समेत प्रदर्शनी अवलोकन गरेका थिए । कला र प्रविधिको सुन्दर संयोजनले नै जीवन सार्थक

    • प्रकाशित मितिः पुस २२, २०७९
    • 1,252 पटक पढिएको
    • " अभिमन्यु अभिजित"
  • मेघामा वाइन वर्कसप

    धरान / धरान मेघा हिमालयन कलेजमा शुक्रबार ‘वाइन वर्कसप’ सम्पन्न भएको छ । वाइन विशेषज्ञ जुना मास्केले सञ्चालन गरेको सो वर्कसपमा मेघामा होटल म्यानेजमेन्ट सङ्कायअन्तर्गत कक्षा १२ मा अध्ययनरत् विद्यार्थीहरू सहभागी थिए । काठमाडौँकी रैथाने बासिन्दा भए पनि हाल जर्मनीमा बसिरहेकी मास्केले बेलायत र जर्मनीबाट इन्टरन्यासनल वाइन बिजनेस र हस्पिटालिटी म्यानेजमेन्टमा डबल अनर गरेकी छन् । मेघा कलेजकै रेस्टुरेन्ट (प्रयोगशाला) मा आयोजित कार्यशालामा उनले विद्यार्थीहरूलाई वाइन बन्ने प्रक्रिया, वाइन सर्भ गर्ने तरिका, वाइनका विभिन्न प्रकार, वाइन गिलासका प्रकार तथा वाइन बनाइने अङ्गुरका विभिन्न प्रकारबारे

    • प्रकाशित मितिः पुस २२, २०७९
    • 1,777 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यात्रा संस्मरण "पञ्चायत माविको शैक्षिक भ्रमण"

    धरान / कोरोना संक्रमणकाल लम्बिएसँगै विगत दुइटा वर्षयता शैक्षिक भ्रमण गरिएको थिएन । भय र त्रासमुक्त यस वर्ष भने शैक्षिक भ्रमणमा निस्कने सल्लाह भयो । विद्यालय प्राचार्य अर्जुनकुमार बुढाथोकीको छनौट र सहकर्मी बुद्धिनाथ अधिकारीको सल्लाहमा म भ्रमणमा जान तयार भएँ । भ्रमणको तयारीमा उत्साह र उर्जा दुबै थियो । सहायक प्राचार्यको जिम्मेवारीमा समेत रहनुभएका सहकर्मी बुद्धिनाथ अधिकारीको योजनाअनुसार हामी अघिल्लो दिन साँझपख विद्यालयमा भेला भयौँ । गत पौष १३ र १४ गते तेह्रथुमको ऐतिहासिक तीनजुरे जाने निधो गरेसँगै हामी भ्रमणको औपचारिक तयारीमा अघि बढ्यौँ । मेरालागि यो भ्रमणको तीनजुरे यात्रा पहिलोपटक थियो ।

    • प्रकाशित मितिः पुस २२, २०७९
    • 648 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • “कर्मचारी कल्याणका लागि खुट्टा कमाउने पक्षमा छैन” 'अन्तर्वाता'

     धरान / २०७२ सालदेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजको अधिवेशन हुन सकेको छैन । तत्कालीन अध्यक्ष सुजेन्द्र गोले तामाङले राजीनामा दिएपछि कमिटी निष्क्रिय रह्यो । सोही कमिटी तदर्थ कमिटीका रुपमा निर्माण भएर अधिवेशन हुने सन्दर्भमा छ । प्रतिष्ठान पदाधिकारीको बैठकले निर्वाचन समिति घोषणा गरेपछि समितिले आगामी पुस २३ गते शनिबार निर्वाचनको मिति घोषणा गरेको छ । यसै सन्दर्भमा । २०५० साल पुस २२ गतेदेखि प्रतिष्ठानमा सिनियर क्लर्कमा प्रवेश गरेका संजीवकुमार कर्ण अध्यक्षको उम्मेदवारका रुपमा देखिएका छन् । झण्डै तीन दशक लामो अनुभवले उनी कर्मचारीको नेतृत्वमा आउन चाहेका

    • प्रकाशित मितिः पुस २२, २०७९
    • 683 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान ७ मा पूर्व वडाध्यक्षको नाममा पार्क बन्यो दुर्गन्धित स्थान रमणीय पार्कमा रुपान्तरण

    धरान / धरान ७ पानबारी बस पार्क छेउमा भुपेन्द्रराज मोक्तान ज्येष्ठ नागरिक पार्क निर्माण भएको छ । कुनै समय यो स्थान फोहोर फाल्ने डस्बिनको रुपमा रहेको थियो । आसपास हिडडुल गर्न मुस्किल थियो । तर यसलाई पार्कको अवधारणा अगाडि बढाएर निर्माण सम्पन्न गरेपछि भने अहिले दुर्गँिन्धत क्षेत्र रमणीय स्थल बनेको छ । धरान उपमहानगरपालिका वडा न ंं ७ पानबारी बसस्टेण्ड नजिकै रहेको खोला जसलाई माछा भौडी पनि भनिन्छ । सहरको बीच भागमा रहेको यो भौडीमा बर्खाको समयमा अत्याधिक पानी बग्ने गरेको छ । यही खोला सर्वसाधारणको फोहोर फाल्ने स्थान रहेको थियो । तर अहिले त्यस स्थानमा फोहोर फाल्न दिइएको छैन । माछा भौडी नजिकै केही सम

    • प्रकाशित मितिः पुस २२, २०७९
    • 636 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिदा बसेकी प्राध्यापकको अनधिकृत हस्तक्षेप

    धरान /बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टीमा बसेकी प्रोफेसरले चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरे पनि प्रतिष्ठान प्रशासन मौन रहेको पाइएको छ । नाक, कान, घाँटी विभागकी प्राडा संगीता भण्डारीले जनवरीदेखि ’स्यावोटिकल लिभ’ स्वीकृत गरी छुट्टीमा बसेको देखिन्छ । तर सिनियर रेसिडेन्स लगायतको करार थपमा अनावश्यक हस्तक्षेप गरेको प्रतिष्ठानको नाक, कान, घाँटी विभाग स्रोतले जनाएको छ । विभागका एचओडी श्याम थापामाथि प्राडा भण्डारीले अनावश्यक दबाब दिने गरेको स्रोतको भनाइ छ । प्राडा भण्डारी एचओडी थापाकी प्रोफेसरसमेत रहेकाले थापाले दबाब झेल्दै आएको स्रोतको भनाइ छ । प्रतिष्ठानभित्र अनावश्य

    • प्रकाशित मितिः पुस २२, २०७९
    • 644 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गुणस्तरीय शिक्षामा अब्बल इस्टर्न कलेज अफ इन्जिनियरिङ

    विराटनगर / विराटनगर – २ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङ कलेजले विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन पाएर दुई दशकदेखि अनुभवी एवम् दक्ष प्राध्यापकहरुबाट पठनपाठन गरेको कारणले इस्टर्न कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हो । गुणस्तरीय पढाईसँगै अनुशासन यो कलेजको गहना नै रहेको छ । कलेजले स्वच्छ वातावरणमा अध्यापनसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेको छ । यसैका इस्टर्न कलेज अफ इन्जिनियरिङ विद्यार्थी र अभिभावको रोजाइ बन्दै गएको छ । अनुसाशित र दक्ष प्राध्यापकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले यस

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved