मोरङ / विराटनगर महानगरपालिकाले जथाभावी छरिएर रहेका तारहरुलाई व्यवस्थित गर्ने काम सुरु गरेको छ । विराटनगरस्थित हिमालय रोडबाट तारको व्यवस्थापन सुरु गरिएको इन्जिनियर अनिल सिंहले जानकारी दिए । गत सोमबार महानगरले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निरौला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर बैठक राखेको थियो । सोही बैठकले पुस २८ गते बिहीबारदेखि सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । म्याक्स, सुविसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गर्न सुरु गरेका हुन् । महानगरले तार व्य
विराटनगर / प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री हिक्कमतकुमार कार्की नियुक्त भएसँगै निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले निवास छाडेका छन् ।निवर्तमान मुख्यमन्त्री राईले सामाजिक सञ्जालमा पोष्ट गदै बिहीबारबाट निवास छोडेको जानकारी गराएका छन् । सामाजिक सञ्जालमा उनले निवास छाडेको जानकारी दिँदै निवास छोड्न दुई दिन ढिला भएको भन्दै क्षमा समेत मागेका छन् । विगतमा आफू मुख्यमन्त्री हुँदा लामो समय निवास खाली नहुँदा केही असुविधा भोग्नुपरेको कटु अनुभव भएको बताउँदै निवास छाड्न दुई दिन ढिला भएकोमा माफी मागेका छन्। उनले लेखेका छन्, ’२५ गते साँझसम्म शपथ कार्यक्रममा व्यस्त, २६ गते संसद्, सभामुखक
धरान / धरानउपमहा नगर पालिका भित्रका अवरुद्ध विकास निर्माण, जीर्ण बन्दै गएको भौतिक संरचना लगायतका विषयमा सञ्चारकर्मीहरुले लेखेको समाचारप्रति धरान उपमहानगरपालकाका मेयर हर्क साम्पाङले प्रकाशित समाचार पोष्ट गर्दै ‘पार्टीको झोले’ भन्दै अनर्गन गाली गरेको प्रति सुनसरीको पत्रकारहरुले नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण गराएका छन् । पत्रकारहरुले सत्यतथ्य समाचार प्रकाशित हुँदा उपमहानगरपालिकाले सुझावको रुपमा लिएर सच्याएर जानुपर्नेमा उल्टै सञ्चारकर्मीहरुलाई ‘पार्टीको झोले’ संज्ञा दिएको भन्दै यस विषयमा संस्थागत रुपमा अघि बढ्न महासंघ सुनसरीलाई विहीबार ध्यानाकर्षण गराएका हुन् ।
मोरङ / बैंकहरुले लिएको चर्को व्याजरको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी तथा व्यवसायीहरुले विहीबार काठमाण्डौ नै पुगेर समस्याको समाधान गरिदिन आग्रह गरेका छन् । चरणबद्ध आन्दोलन गर्दै आएका उनीहरुलाई नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग समस्या समाधान गर्नका लागि केही समय अगाडि छलफलमा बोलाएपछि सकारात्मक बनेका उद्योगी, व्यवसायहरुले पुन :काठमाण्डौमै पुगेर स्मरण गराएका छन् । विहीबार मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे लगायत काठमाण्डौ नै पुगेर अर्थमन्त्री पौडेल, सचिव तोयम राया, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, पर्यटन सचिव सु
विराटनगर / करको दायरा बढाएर आन्तरिक आम्दानी बलियो बनाउने प्रस्ताव पारित गर्दै विराटनगर महानगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९/ ८० को अर्धवार्षिक समीक्षासमेत गरिएको छ । चालु आर्थिक वर्षको पुस २४ गतेसम्म १ अर्ब २ करोड ५ लाख ५८ हजार २ सय ८५ रुपैयाँ मात्रै यथार्थ आय भएको उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । उक्त आयमध्ये संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ६१ करोड ८२ लाख ८५ हजार १ सय १० रुपैयाँ प्राप्त भएको उपमेयर कार्कीले बताइन् । यसैगरी प्रदेश सरकार वित्तीय हस्तान्तरणतर्फबाट २ करोड ९ लाख ६० हजार ४ सय २० रुपैयाँ, ब
धरान / मापदण्ड विपरीत जथाभावि खोला उत्खनन् कार्यलाई रोक्नका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले कारबाहीको निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यलय सुनसरीले मापदण्ड विपरीत सञ्चालन भएका धरान सुनसरी जिल्लाभित्र सञ्चालनमा हरेका तीनवटा क्रसर उद्योगलाई बन्द गर्न गर्न दिर्नेशात्मक मौखिक निर्देशन दिएको छ । कार्यलयले सर्दु खोला छेउमा सञ्चालित नवदुर्गा स्टोन क्रसर उद्योग, रामधुनी नगरपालिका वडा नं.९ मा रहेको छिङ्ताङ देवी बालुवा क्रसर उद्योग र वराहक्षेत्र नगरपालिका चारमा रहेको सुनसरी सेण्ड एण्ड वासिङ उद्योग बन्द गर्न निर्देशन दिइएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम
काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोक राईले प्रदेश सरकारहरुलाई काम गर्न सक्ने वातावरण दिनुपर्ने बताएका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले देश संघीयतामा गइसकेको भए पनि प्रदेश सरकारहरुलाई काम गर्न सक्ने वातावरण नदिएको भन्दै अब काम गर्न सक्ने अवस्थामा लैजानुपर्ने बताए । ‘हामी संघीयतामा गइसकेका छौं । तर प्रदेशहरुले काम गर्न सक्ने खालको वातावरण दिन सकेका छैनौं,’ संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि नेता राईले भने, ‘मलाई ०७४ सालपछि निर्माण भएका प्रदेश सरकारका मुख्यमन्त्रीजीहरुले गरेको क्रन्दन
इलाम / सरकारले ल्याएको भू–उपयोग नियमावली २०७९ ले व्यवस्था गरेअनुसार इलामका पालिकाहरुले जग्गाको वर्गीकरण कार्य नगर्दा सात महिना यता जग्गाको कारोबार राकिएको छ । सरकारले कृषि, आवास, वन, व्यवसाय, आवास, खानी लगायतका क्षेत्रमा जग्गा वर्गीकरण गरि पालिकाहरुले मालपोत कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेपनि जिल्लाका सबै पालिकाले नबुझाउँदा जग्गाको कारोबार रोकिएको हो । पालिकाहरुले जग्गाको वर्गीकरण गरेर नबुझाउँदा मालपोत कार्यालयबाट उठ्ने राजश्वमा समेत घाटा लागेको छ । इलामका १० वटा पालिका मध्ये इलाम नगरपालिका बाहेक बाँकी ९ वटा पालिकाले हालसम्म जग्गाको वर्गिकरण पठाएका छैनन । स्थानीय तहले गएको मङ्
मोरङ / प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २९ गते विश्वासको मत लिने भएका छन् । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले संविधानको धारा १६८ (४) बमोजिम नियुक्त भएको एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । कार्की झापाको निर्वाचन क्षेत्र नं. ५ प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । उनी झापाको गौरादहको स्थायी बासिन्दा समेत रहेका छन् । कार्की मुख्यमन्त्री बनेपछि गौरादहबासीले उनलाई आफ्नै स्थानका व्यक्ति मुख्य मन्त्री बनेपछि उनीहरुको अपेक्षा धेरै रहेको पाइएको छ । उनीहरुले मुख्यमन्त्री कार्कीलाई सुझाव समेत दिएका छन् । नेकपा एमाले सं
धनकुटा / धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ४ स्थित रहेको चानुवा माविको ६४औं वार्षिक उत्सव सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज कुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालित वार्षिक उत्सवको प्रदेश संसद इन्द्रमणी पराजुलीले उद्द्याटन गरेका थिए । सो अवसरमा बोल्दै साँसद पराजुलीले जिल्लामा सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास,गुणस्तर शिक्षा तथा शैक्षिक सुधारका लागि आफ्नो तर्फबाट कुनै कसुर बाकि नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने–‘शिक्षाको विकासले मात्र त्यो क्षेत्रको विकास हुन्छ, शैक्षिक गुणस्तर उकास्ने खालका कामलाई म प्राथमिकतामा राखेर काम गर्छु ।’