विराटनगर / विराटनगरमा माघ १९ देखि हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका स्टल रहने भएका छन् । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने जनाइएको छ । ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरु, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफुल र अचारका स्टलहरु रहने छन् । त्यसैगरी हिमाली जिल्लाका जडिबुटी औषधी, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर
काठमाडौं \ नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित रवि लामिछानेलाई नागरिकतासम्बन्धी मुद्दा हालिएको दाबी गरेका छन्। लामिछाने निवर्तमान उपप्रधान तथा गृहमन्त्री थिए। उनी संस्थापक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसहित ७ दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा अहिलेको सरकार छ। सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकतासम्बन्धी मुद्दा हालिएको दाबी महासचिव पोखरेलको छ। अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुनस् प्राप्ति गर्ने प्रक्रियामा लामिछाने गएका थिएनन्, त
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबार अपरान्ह ३ / ३० बजे बस्ने गरी बैठक बोलाइएको हो। पार्टी प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति बैठक बोलाइएको बताए। आजको बैठकमा पार्टी सभापतिमा पुन: लामिछानेलाई जिम्मेवारी दिनेबारेमा पनि छलफल हुनेछ। शुक्रबार नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएसँगै पार्टी सभापति पदसमेत गएको थियो। लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन्। लामिछानेले नागरिकता लिएसँगै पार्टी केन्द्रीय समिति बैठक बोलाइएको हो। यसअघि रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबहाक सभापति बना
इटहरी / विराटनगरको रानीदेखि किमाथांकासम्म जोड्ने ६ लेन सडक अन्तर्गत इटहरी क्षेत्रमा राजमार्ग ओगटेर बनेका भौतिक संरचनाहरु इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ । इटहरी उपमहानगरपालिकाले शुक्रबारदेखि इटहरीको विराटनगर रोडस्थित दुईवटा घरहरुमा डोजर लगाएर भत्काउन शुरु गरेको हो । रानी विराटनगर जोगमनी किमाथांका ६ लेन राजमार्ग अन्तर्गत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियान अन्तर्गत शुक्रबारदेखि इटहरीमा डोजर चलाउन थालिएको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले बताए । उनले यो कार्य अब यसलाई अभियानकै रुपमा अगाडि लैजाने उनले बताए । इटहरी क्षेत्र भएर दैनिक यात्रु तथा सर्वसाधारण आवातजावत गर्ने हुँ
धरान / विश्वको १२ औ गन्तव्यको रुपमा रहेको भेडेटारमा राजनीतिक तथा आर्थिक अवस्था सुदृढ हुदै गएपछि आन्तरिक तथा वाह्य पर्यटकहरु भेडेटार आउन थालेका छन् । विगतमा भारतले गरेको नाकाबन्दी, कोरोना संक्रमण तथा मुलुकको संक्रमणकालीन अवस्थाका कारण नेपालमा घुम्न आउनेहरुले सुरक्षाको चुनौति देखेर नआउने गरेका थिए । तर अहिले भेडेटार चलायमान भएको छ, आर्थिक कारोबार बढेको छ । सागुरीगढी गाउँपालिका वडा नंं ६ भेडेटार धनकुटाबासीकोमात्र हैन पूर्वी नेपाल र भारतीय पर्यटकको लागि पर्यटकीय गन्तव्य स्थल हो । तर केही बर्ष यहाँ देशको राजनीतिक संक्रमण, कोरोना संक्रमण लगायतका कारणले घुम्न आउनेको संख्या अत्यन्तै न्यून थियो
धरान / धनकुटाको निशानदेवी भगवती मन्दिर परिसरमा निर्माण भएको अठारौँ शताब्दीको प्रवेशद्वार, ढुंगेधारा र तोपको पुनर्निर्माण गरिएको छ ।अठारौँ शताब्दीको इतिहासलाई जीवित गर्ने लक्ष्यले प्रवेशद्वार, ढुंगेधारा र २ वटा तोप पुनर्निर्माण गरिएको जनाइएको छ । २ सय ४७ वर्षअघि स्थापित निशान भगवतीको मन्दिर परिसरको प्रवेशद्वार, ढुंगेधारा र तोप सरस्वती पूजाको अवसर पारेर पूर्वी पृतनापति उपरथी सहदेव खड्काले उद्घाटन गरेका छन् ।विशेषगरी मन्दिरमा निर्मित ३ वटा पुरानो शैलीका ढुङ्गेधारा मन्दिरको प्रवेशद्वारभन्दा भित्र रहेका छन् । मन्दिरमा रहेको जंगी निशान गण, श्रीजंग गण र इन्द्रध्वज गणको निशानको नाममा छुट्
धरान / धरानमाा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधी १७ नं. वडाले जितेको छ । फाइनलमा वडा नं. १५ लाई २–१ गोल अन्तरले पराजित गरेसँगै गोधुलीको उपाधी १७ नं. वडाले चार पटक जित्यो । उपाधीसँगै १७ नं. वडाले नगद रु १ लाख ५० हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ । उपविजेता भएको १५ नं. वडाले नगद ७५ हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ । विजेता तथा उपविजेता दुवै टिमलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रविणकुमार राई र उहाँको वुवा ध्यानबहादुर राईले नगद २५÷२५ हजार पुरस्कार थप प्रदान गर्नुभएको थियो ।विधागत पुरस्कारमा पनि १७ नं. वडाको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वाेत्कृष्
धरान / भवन तथा अन्य संरचना बनाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै धरान उपमहानगर पालिकाको कार्यपालिका बैठकले उपमहानगरपालिकाको स्वीकृति बिना सडकमा निर्माण सामग्री राखे जरिवाना लिने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । बजारभित्र तथा कालोपत्रे सडक भएका अन्य स्थानमा भवन निर्माण तथा अन्य संरचना निर्माणका लागि उपमहानगरपालिकाको स्वीकृति बिना राख्न नपाउने निर्णय पारित गरेको छ । दुर्घटनाको जोखिम हुने, सडक भत्काएर जीर्ण बताउने तथा आवतजावतमा सर्वसाधारण तथा सवारी साधनलाई समस्या हुने भन्दै यस्तो निर्णय गरिएको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले जानकारी द
प्रारम्भ / अहिले साहित्यमा नयाँ–नयाँ चिन्तन र विचारहरूले प्रवेश पाएका छन् । सभ्यता, संस्कृति, साहित्य र समालोचनामा उत्तरआधुनिकता मात्र होइन, पाश्चात्य जगत्मा उत्तर उत्तरआधुनिकताबारे पनि चर्चा–परिचर्चा सुरु भइसकेको छ । पछिल्ला केही दशकमा समालोचनामा लैङ्गिक समालोचना, पर्यावरणीय समालोचना, जनजातीय समालोचना जस्ता विविध क्षेत्रहरू देखिएका छन् । साहित्यमा प्रवेश पाएको जनजातीय चेतना पनि यस्तै एउटा नवीन चिन्तन हो । यस्ता साहित्यमा विषय, घटना, प्रसङ्ग र परिवेशलाई जनजातीय दृष्टिबाट हेरिएको हुन्छ । साहित्यमा यो प्रयोग र हेराइ यहाँ मात्र होइन, संसारभरि नै चलेको छ । यस्ता साहि
सुनसरी / इलामका युवा प्रेमप्रसाद आचार्यको आत्मदाहको विषयमा अहिले सामाजिक सञ्जाल, राष्ट्रिय तथा मोफसलका सञ्चारमाध्यमहरुको समाचार मात्र बनेको छैन, जहाँतही यो घटनाको आलोचना हुँदै आएकोे छ । मंगलबार संघीय संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग समेत सर्वत्र उठ्न थालेको छ । बिहीबार माइतीघर मण्डलामा भएको विरोध कार्यक्रमा मृतक आचार्यले उठाएका मागहरु पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरुले शान्तिपूर्ण विरोध गरेका छन् । उनीहरुले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरु छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै सरकार लागिपरेको भन्दै