धरान : कवि करुणा राईको काव्यकृति ‘रसिया राग’ शनिबार लोकार्पण गरिएको छ । पुस्तक विमोचन कार्यक्रममा बोल्दै अग्रज कवि बम देवानले राईका कवितामा गाउँले जीवनका विविध आयामलाई जीवन्त रूपमा प्रस्तुत गरिएको धारणा राखे । त्यस क्रममा उनले रसिया रागबारे पनि प्रस्ट्याएका थिए । ‘असारको रसिलो मौसममा धान रोपाइँ गर्दा गाइने असारे भाका नै रसिया राग हो’, कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कवि देवानले भने, ‘करुणाका कविताहरू रसिया रागजत्तिकै मधूर र रसमय छन् ।’ कार्यक्रममा कवि राईको काव्यकृतिमा भएका कविताबारे कवि मनु मन्जिलले पनि चर्चा गरेका थिए । सर्जक राईका कविताहर
मोरङ/ व्यवसायीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गरी बर्तमान बैंकिङ जटिलताका विषयमा जानकारी गराउँदै समाधान गरिदिन आग्रह गरेका छन् । मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालले अर्थमन्त्री पौडेललाई भेट गरी विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गरेका हुन् । संघका अध्यक्ष रिजाल सहित उद्योग संगठन मोरङका उपाध्यक्ष नन्द किशोर राठीले अर्थ मन्त्रीलाई भेट गर्दै बैंकहरुको उच्च प्रिमियम दरका कारण बैंक व्याज दर चर्को हुन गएको बताउँदै बढीमा एक प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था ल्याउन अनुरोध गरेका थिए । उनीहरुले बैंकहरुले पछिल्लो अवस्थामा बैंकिङ शुल्कहरु अचाक्ली रुपले बढाएक
धरान / धरानमा सम्पन्न पाँचौ पुष्प व्यापार तथा प्रदर्शन मेलाबाट आयोजकले सोचेजस्तो कारोबार गर्न सकेन । मेलामा आयोजकले मेला अवधिभर ७० लाखको कारोबार गर्ने अनुमान गरे पनि १० देखि १५ लाख मात्र कारोबार भएकोे जनाएको छ ।आयोजक फ्लोरी कल्चर एसोसिएसनले पुष्प व्यापार तथा प्रदेशन मेलामा आयोजकको अपेक्षा अनुसार कारोबार नहुनुमा पुष्प व्यवासायीबीचको एकता र स्थानीय सरकारले गरेको असहयोग मुख्य कारण रहेको बताएका छन् । ५ दिनसम्म चलेको सो मेलामा स्थानीय सरकार प्रमुख एक पटक पनि अवलोकनका लागि नआएको आयोजकको गुनासो छ । मेलामा सक्रिय भएर शुरु देखि नै खटिनु भएकी व्यवसायी शिव वान्ताले धरान उपमहानगरपालिकाका मेयर
मोरङ / विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि विराटनगरको दक्षिणी क्षेत्रबाट स्वास्थ्य शिविर सुरु गरेको छ ।महानगरले आइतबारदेखि वडा नम्बर १८ फडानी चोकबाट निःशुल्क एकीकृत स्वास्थ्य शिविर सुरु गरेको हो । स्वास्थ्य शिविरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । शिविरको उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले महानगरका अन्य वडामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराए । उपमेयर शिल्पा निराला कार्कीले दक्षिणी क्षेत्रलाई महानगरले उच्च प्राथमिकता राखेको बताइन् । प्रमुख प्रमुख प्रशासकीय अधिकृत विष्णु
विजयपुर / धरान बजारको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि धरान उपमहानगरपालिकाले यसको व्यवस्थापन गर्न एकतर्फी प्रणाली लागू गर्ने भएको छ ।धरानमा दैनिक बढ्दै गएको सवारी साधनको चापलाई मध्यनजर गर्दै यसको नियन्त्रण गर्दै अस्तव्यस्त ट्राफिक व्यवस्थापनका लागि धरानमा एक तर्फी प्रणाली लागू गर्ने भएको हो । धरानमा २०४५ साल अघिसम्म एक तर्फी प्रणाली लागू गरिएको थियो । ०४५ सालको भुकम्प अगाडि लागू भएको एकतर्फी प्रणाली त्यस पश्चात यो प्रणाली अनुसार सवारी साधनहरु सञ्चालन भएको थिएन । धरानको मुख्य चौक भानुचौकमा अव्यवस्थित सवारी साधनको पार्किङले बजार क्षेत्र अस्तव्यस्त बन्दै गए पछि धरानका मेयर हर्कराज
धनकुटा / सुविधा सम्पन्न अस्पताल नहुँदा धनकुटाबासीले समस्या भोग्दै आएका थिए । गाउँमा सुरक्षित प्रसूति सेवा नहुँदा उनीहरु धनकुटा सदरमुकाम वा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नै आउनुपथ्र्यो । तर गाउँकै स्वाथ्य चौकीमा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी गराउन सदरमुकाम धनकुटा वा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउनुपर्ने बाध्यता हटेको छ । धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएसँगै प्रसूति गराउनुपर्ने महिलाहरुको समस्या समाधान भएको हो । जिल्लाको भीरगाउँबासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले धनकु
धरान / फागुन १ गते नेकपा माओवादी केन्द्रले देशैभरि २८ औँ जन आन्दोलन दिवस मनाएको छ । माओवादी केन्द्रले २०५२ फागुन १ गतेबाट गरेको जनयुद्धको सम्झनामा यो दिवस मनाएको हो । सरकारले जनआन्दोलन दिवसका दिन सार्वजनिक विदा समेत दिएको छ । यसै क्रममा धरानमा समेत माओवादी केन्द्र धरान नगर कमिटीको आयोजनामा जनआन्दोलन दिवस मनाइएको छ । सहिदहरुलाई सम्मान गर्दै रक्तदान कार्यक्रमको आयोजना धरानको भानुचौकमा गरेको हो । सो अवसरमा आन्दोलनकै क्रममा २०५९ मंसिरमा राज्यतर्फबाट गिराफ्तार गरी वेपत्ता बनाइएका सुनसरीको धरान उपमहानगरपालिका २० का रणबहादुर शमशेर राई, आन्दोलनकै क्रममा सुनसरीको झुम्कामा २०५९ भाद्र २६ गते सुनसरीको झ
सुनसरी / प्याब्सन प्रेसिडन्ट रनिङ कप फुटबलको उपाधी मोरङको जुपिटर इंगलिस बोर्डिङ स्कुलले जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश १ को आयोजनामा इटहरीमा शनिबार सम्पन्न फाइनलमा जुपिटरले सुनसरीको महेन्द्र मेमोरियल स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । जुपिटरलाई उपाधी जिताउन शिव राईले निर्णायक गोल गरे । फाइनल खेलको म्यानअफ द म्याच जुपिटरका दिपेश चौधरी भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी जुपिटरकै शिव राई घोषित भए । महेन्द्र मेमोरियलका आशिस भगत हाईस्कोरर भए । बिजेता जुपिटरले नगद २१ हजार सहित रनिङ ट्रफी हात पारेको छ । उपविजेता महेन्द्रले नगद १
धरान / नेपाल पत्रकार महासंघ सुनसरीको पहलमा धरान १३ अमरहाटको भित्री सडक ढलान सम्पन्न भएसँगै आइतबार उद्घाटन गरिएको छ । सडकको उद्घाटन धरान उपमहानगरपालका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले एक कार्यक्रमबीच गरेका छन् । यो बाटो ५० बर्ष अगाडिको भएपनि महासंघको पहलमा तत्कालीन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको पालामा प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट छुट्याए पनि निर्माण भने ढिलो गरि निर्माण सम्पन्ना भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीको भवन जाने बाटो समेत पर्ने सडकको कुल लागत ९ लाख, ८३ हजार, १ रहेको छ । निर्माण सम्पन्न भएको ढलान गरकेो सो सडकको लम्बाई २२ मिटर,
मोरङ / विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजमा आइतबार हाजिरीजवाफको आयोजना भएको छ । कक्षा – ११, १२ र विविएसका यस अघि नै कक्षागत विजय भएर फाइनलमा पुगेका विद्यार्थीहरुवीच भएको अन्तिम प्रतिस्पर्धामा कक्षा – ११ जाइ सेक्सन प्रथम, सिरिस सेक्सन द्वितिय र सुनाखरी सेक्सनले तृतीय स्थान प्राप्त गरेका थिए । प्रथम, द्वितिय र तृतीय विजयी विद्यार्थीहरुलाई मेरिल्याण्डको वार्षिक उत्सवमा पुरस्कृत गरिने मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । मेरिल्याण्ड कलेजमा पठन पाठन बाहेक विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप पनि गराइने गरेको प्रिन्सिपल ढकालले बताए । मेरिल्याण्ड कलेजकी छात