समाचार

    Showing 3,361-3,370 of 8,457 items.
  • धरानमा वैरागी काइँलाको नागरिक अभिनन्दन

    धरान / धरानले आयामेली कवि तथा मुन्धुमविद वरिष्ठ साहित्यकार वैरागी काइँलालाई नागरिक अभिनन्दन गरेको छ । अभिनन्दन समारोह समितिले धरान नगर परिक्रमा गराई अभिनन्दन गरेको हो । वरिष्ठ गायक दीप श्रेष्ठ र कवि सुदिप पाख्रिनलाई प्रतिभा सम्मानद्वारा सुशोभित गरिएको छ । वरिष्ठ गायक श्रेष्ठलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको छ भने कवि पाख्रिनलाई नगद १ लाख रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरेको छ । सम्मान समारोहमा सम्मानित वैरागी काइँलाको व्यक्तित्वका बारेमा साहित्य साधक प्रा. डा. गोविन्दराज भट्टराईले प्रकाश पारे । यस्तै वरिष्ठ गायक श्रेष्ठका व्यक्तित्वबारे वरिष्ठ गीतकार शिवशंकर थापाले धार

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 496 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेन्टरका कागजपत्र अनुसन्धानमा

    इलाम / गत वर्ष इलामको फाकफोकथुम र माङसेबुङ गाउँपालिकाले बेमौसमी कामदार भन्दै कोरिया पठाए । छ महिनाका लागि भन्दै पठाएका कामदार अहिलेसम्म फर्किएका छैनन् । त्यसपछि इलाममा सिजनल कामदारको रूपमा कोरिया जान सबै युवा उत्सुक छन् । पछिल्लो समय कोरियाको आकर्षणले गर्दा बिहान देखि बेलुका सम्म भाषा पढ्नेको भिड हुन्छ भने सिप सिक्नेमा पनि त्यतिकै भिड हुने गर्दछ । सरकारले कोरियामा नेपालबाट मौसमी कामदारका रूपमा लैजान रोक लगाएको छ । तर इलाममा भने कामदारको रूपमा पठाउने भन्दै तालिम सेन्टर सञ्चालन भइरहेका थिए । हाल कुनै पालिकामा मौसमी कामदार लैजाने सहमति नभए पनि इलाममा कोटा आएको छ भन्दै तालिम दिने काम भइरहेको थियो

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 1,500 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • महिला क्रिकेटमा नेपालको विजयी सुरुवात

    मोरङ / प्रथम रेडमण्ड इन्डो – नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालको विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) विजयी शुरुवात गरेको छ । विसिसिएले ४ खेलको श्रृखलामा पहिलो खेलमा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई ९ विकेटले पराजित गरि १–० को अग्रता लिएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित १७ ओभरमा ९ विकेट गुमाई ६६ रनको सामान्य स्कोर बनाएको थियो । भारतिय टोलीकालागि कप्तान रुतु भोस्लेले २० रन बनाउँदा दिक्षा सिंहले ११ रन बनाईन । नेपालकी अन्त

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 634 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल–भारत साहित्य महोत्सवको आयोजना

    विराटनगर /  विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा शुक्रबारदेखि विराटनगरमा तीनदिने साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको पूर्वप्रदेश प्रमुखसमेत रहनु भएका वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले उद्घाटन गरे । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारहरुले सिर्जना वाचनसँगै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत र कृतिहरु विमोचन गरिनेछ । कार्यक्रमलाई सम्बोधन गर्दैै तुम्वाहाङले महोत्सवले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने धारणा राखे । उनले नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझै बलियो बनाउनुपर्

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 518 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बालकल्याणबाट १५ जना विद्यार्थी सम्मानित

    विराटनगर /  विराटनगरस्थित बालकल्याण विद्या मन्दिर(बीकेभीएम)ले उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र विद्यालयका प्रिन्सिपल रोविन दाहालले विद्यार्थीलाई सम्मान गरेका थिए । विद्यालयका प्रिन्सिपल रोविन दाहालका अनुसार चिकित्सा क्षेत्रतर्फ एमबीबीएसमा ८, बीडिएसमा १, र इन्जिनियरिङतर्फ ६ जना विद्यार्थीलाई सम्मान गरिएको हो । गतवर्षबाट कक्षा ११ र १२ को सुरुआत गरेको विद्यालयको दोस्रो ब्याज अन्र्तगत १५ जना विद्यार्थीले चिकित्सा क्षेत्रदेखि इन्जिनिय

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 649 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मिस म्याच’ व्यापारीलाई समस्या

    धरान / व्यवसायीले आय विवरण र राजस्व दाखिला गर्दा कारोबार अंक फरक हुने समस्या (मिसम्याच) बढेपछि आन्तरिक राजस्व कार्यालय धरानमा हेल्प डेस्क राखिएको छ । सुनसरी उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालयको सहकार्यमा हेल्प डेस्क स्थापना गरिएको हो । आन्तरिक राजस्व कार्यालय धरानमा शुक्रबार व्यवसायी करदाता र सन्चारकर्मी माझ अभिमुखीकरण कार्यक्रम आयोजनापछि हेल्पडेस्कको समुद्घाटन गरिएको छ । पूर्वानुमानित तथा कारोबारमा आधारित आय विवरण पेश गर्ने करदाताका लागि विशेष व्यवस्थाको कार्यान्वयन अभियान २०७९ सुरु गरिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख गोविन्द आचार्यले बताए । कारोबार अंक फरक (मिसम्याच) मा

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 585 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाका महिलालाई आत्मनिर्भर बनाउन तालिमको आयोजना

    धरान /  वडाहरुले पछिल्लो समय महिला आत्मनिर्भर कार्यक्रमलाई अगाडि बढाउन थालेका छ्न् । धरान उपमहानगरपालकाका हरेक वडाले महिला लक्षित कार्यक्रम बजेटमै समावेश गरेर गर्न थालेका हुन् । धरान उपमहानगरपालका वडा न. ६ ले पनि महिला लक्षित कार्यक्रम अन्तर्गत महिलालाई आत्मनिर्भर बनाउन दुई महिने फेशन डिजाइन तालिमको आयोजना गरेके छ । वडाकी सदस्य यसोदा सुवेदीको संयोजकत्वमा सञ्चालन भएको तालिममा वडाका १० जना महिला सहभागी रहेका छन् । वडामा रहेका यमुना लिम्बु, गोमा विक, कुमारी खनाल, विष्णुमाया लोकान्द्री, सिर्जना थापा, प्रमिला पौडेल, सीता विष्ट, सरस्वती बस्नेत, अञ्जना पौडेल र अर्पणा श्रेष्ठले तामि

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 683 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमबीबीएस टपर अदितीलाई कलेजको सम्मान

    मोरङ / चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा विराटनगरस्थित शिक्षादीप केलजकी अदिती कुमारी जैन छात्रातर्फ एमबीबीएस इन्ट्रान्स टपर गरेकी छिन् । आयोगले फागुन २४ गते प्रवेश परीक्षा लिएको थियो । बुधबार निकालिएको नतिजामा शिक्षादीप कलेजमा अध्ययन गरेकी सुनसरीे हरीनग्रा गाउँपालिका – ४ की २० वर्षीया जैन प्रवेश परीक्षामा टपर भएकी हुन् । २ सय पूर्णांकमा १७१.५ अंकसहित प्राप्त गरेर सर्वोत्कृष्ट भएकी हुन् । एमबीबीएसको प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएपछि अदिती र उनका बावु अजयलाई विहीबार कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी शिक्षादीप कलेजले सम्मान गरेको छ । अदितीलाई कलेज व्यस्थापन

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 592 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘सुटुक्क’ बढाइयो खानेपानीको महसुल २६ युनिटको २६ सय ३० रुपैयाँ

    इलाम / इलाम बजारमा वितरण भएको खानेपानीको शुल्क पुरानै भनेर भनिए पनि शुल्क बढेको पाइएको छ । इलाम नगरपालिकाले आफूलाई हस्तान्तरण नै नभएको आयोजनाको खानेपानी महसुल ‘सुटुक्क’ बढाएको खुलेको हो । शुल्क महङ्गो भनेर चौतर्फी विरोध भइरहँदा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष तथा नगर प्रमुख केदार थापाले पुरानै शुल्क भनिरहेको भनी भ्रम छरिरहेका छन् । उनले न्यूनतम शुल्क पुरानै हो भने पनि मंसिर देखिको महसुल बढेको पाइएको छ । तर नगरपालिकाले कार्यापालिकाको बैठकबाटै शुल्क बढाउने निर्णय गरेको छ तर त्यसलाई सुटुक्कै कार्यान्वयन थालिएको पाइएको हो । नगरपालिकाले परीक्षणकै रूपमा रहेको आयोजनाको पानी उपभ

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 866 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • पहिचानको आन्दोलन दबाउने प्रयासमा सरकार

    धरान /  पहिचानको आन्दोलनलाई सशक्त बनाएका पहिचानवादीहरुको आन्दोलनलाई प्रहरी प्रशासन लगाएर सरकारले दबाउने कोशिश गरेको पाइएको छ प्रदेश नं. १ पुन ः नामाकरण संयुक्त संंघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले विहीबार विराटनगरम आयोजना भएको कविता वाचन कार्यक्रममा अभियन्ता जनऋषि राईलाई कविता वाचन गर्दै गरेको अवस्थामा पक्राउ गरी केही बेरमा छोडिदएको घट्नाले पनि पहिचानवादी शक्तिलाई सरकारको दबाउने प्रयास देखिएको हो । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष समेत रहेका राईलाई कविता वाचन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । यस घट्नाबाट पहिचानको मुद्धा लिएर आन्दोलनमा होमिएकाहरुल

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 536 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved