कृषिमा आधारित नागरिकहरूको सङ्ख्या क्रमशः घट्दै गएको भए पनि देशका अधिकांश नागरिक अहिले पनि कृषिमै आश्रित छन् । अहिले पनि करिब ६० प्रतिशत जनसङ्ख्या कृषिमै आश्रित रहेको देखिन्छ । हुन पनि देशको समृद्धि र विकासका लागि कृषि क्षेत्रको विकास अनिवार्य छ । हाम्रो देशको विकासका प्रमुख आधारहरू जलस्रोत, पर्यटन र कृषि नै हुन् । त्यसै कारण सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्छ । अधिकांश नागरिकहरू कृषिमा आधारित भएका हुँदा ती किसानहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन नल्याई समग्र देशवासीको जीवनस्तर माथि नउठ्ने निश्चित छ । सर्वसाधारण किसानहरूको जीवनस्तर माथि उठाउन सरकारी नीति तथा कार्यक्रम किसानमैत्री हु
इलाम/ इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएसँगै सांसद पद रिक्त बनेपछि उप निर्वाचनको तयारीका लागि नेताको दौडाहा सुरु भएको छ । उनको निधन भएसँगै जिल्लामा उपनिर्वाचनको तयारीका लागि उम्मेद्धवारका आकांक्षी नेता गाउँ गाउँमा पुग्न थालेका छन् । उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको आङ्कलन र चर्चा सुरु भइरहँदा काँग्रेसका दुई नेता र सुवास चन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङ गाउँ गाउँमा पुग्न थालेका छन् । उप निर्वाचन तोकिएको छैन र टिकट पनि कसले पाउने टुङ्गो नभए पनि आफूले टिकट पाउने भन्दा नेता मैदानमा उत्रिस
धरान/ प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले नेपाली काँग्रेसका कोशी प्रदेश सभाका नेताहरूलाई ओखलढुङ्गा कार्यक्रममा विरोध गर्ने विज्ञप्ति मार्फत खबरदारी गरेको छ । संघर्ष समितिले यसअघि एमालेका नेताहरूलाई ताप्लेजुङमा अवरोध गरेको थियो । ओखलढुङ्गामा मंगलवार नेपाली काँग्रेसद्वारा निर्मित बिपी स्मृत भवन उद्घाटन तथा नेपाली काँग्रेस जिल्ला सम्मेलनमा काँग्रेस नेताहरू सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता शेखर कोइराला लगायतका नेताहरू सहभागी हुने भनिएको छ । समितिद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ ‘उहाँहर
ओखलढुङ्गा/ राष्ट्रिय परिचयपत्रको फारम भरेका सम्बन्धित व्यक्ति लिन नआउदा ओखलढुङ्गाको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परियचपत्रको चाङ थुप्रिएको छ । ओखलढुङ्गाबाट राष्ट्रिय परिचयपत्रका लागि फारम भरेकाहरुले कार्ड लिन नआउदा कार्यालयमा नै कार्ड थन्किएको हो । राष्ट्रिय परिचयपत्रको निर्माणका लागि जिल्ला प्रशासन कार्यालयले केही समय अगाडी स्थानीय तहमा अभियान सञ्चालन गरेको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालयले नियमित रुपमा जिल्ला प्रशासन कार्यालयबाट नै आवेदन संकलन गरिरहेको छ । २०७७ साल साउन १ देखी २०८० साल कार्तिक मसान्तसम्म जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचयपत्रका लागि ईनरोलमेन
धरान/ राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महत्वपूर्ण मानिएको मदन भण्डारी राजमार्ग अन्तर्गत सुनसरीको सर्दुखोलादेखि झापाको पाटापुरसम्म सवा सय किलोमिटर सडक निर्माण २०७७/ ०७८ बाट शुरु भए पनि अझै अधुरै छ । कमल खोलादेखि साहदत्त खोलासम्मको ३२ किमी सडकको डिपिआर समेत पूरा भएको छैन भने राजमार्गभित्र पर्ने रुखको लगत उठाउने काम जारी छ । सम्झौता अनुसार एक बर्षभित्रमा सडक निर्माणको काम पूरा हुन कठिन छ । झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा पर्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्गको लम्बाई १२७. ८ किलोमिटर रहेको छ । आर्थिक बर्ष २०७७/०७८ बाट शुरु भएको मार्ग २०८१/०८२ मा सम्पन्न हुनुपर्ने स
विराटनगर/ कोशी प्रदेशका सरोकारवालाहरुले प्रदेश सरकार,राजनीतिक दल तथा सांसदहरुलेसामाजिक क्षेत्रका समस्याहरुलाईमहत्वका साथ नलिएको आरोप लगाएका छन् । युएनडिपीको सहयोगमा कोशीप्रदेश संसदीय पत्रकार मञ्चले शुक्रबारविराटनगरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले यस्तो गुनासो गरेका हुन् । सरकारले गर्नुपर्ने कामको विषयमा झक्झक्याउन सांसदहरुले गर्नुपर्ने कामको बारेमा छलफल गर्न बहु पक्षीय सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो । छलफलमा खेलकुद, जेष्ठ नागरिक, अपाङ्गता, महिलामानवअधिकार, रंगकर्मी तथा संगीत क्षेत्रका अगु वाहरुले प्र देशसभाको सामाजिक विकास समिति र प्राकृतिक स्रोत साध
धरान । जनताको चिन्ता र चासोलाई गम्भीरतापुर्वक लिएर विवाद रहित ढंगबाट धरानको कार्यपालिका बैठक र धरानलाई अघि अगाडि बढाउन लागि परेको नेकपा एमाले धरानको संसदीय दल (पालिका सभा) ले प्रतिबद्धता जनाएको छ । स्थानीय तहमा पनि संसदीय अभ्यास शुरुवात गर्दै एमालेले शुक्रबार पत्रकार सम्मेलन गरेर गत मंसिर ७ गते बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक गर्दै धरानको विकास निर्माण साथै स्थानीय आवश्यकतालाई सम्बोधन गर्न लागि परिरहेको पनि नेकपा एमाले र पालिका सभा दलले प्रतिबद्धता जनाएको हो । मंसिर ७ गतेको बैठकमा असहमति जनाएका एजेण्डाहरुको विषयमा पनि पार्टीको धारणा पनि सार्वजनिक गरेको
सुनसरी/ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्याउन बाटोको ट्राक खोल्ने कार्य सुरु गरिएको छ । हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिर स्थित तमोर करिडोेरबाट मोटर बाटोले जोडन ट्राक खोल्ने कार्य नगर प्रमुख रमेश कार्कीले बुधबार श्रमदान अभियान मार्फत उद्घाटन गरेका छन् । वडा नं १ का अध्यक्ष किसन मगर , सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिगबहादुर गोले सहितको टोली , स्थानिय वडा सदस्यहरु , प्राबिधिक सहित बाटोको ट्राक खोल्ने कार्यको उद्घाटन गर्न श्रमदान अभियानमा आएका नगर प्रमुख कार
धरान/ धरान १६ मा रहेको यु.एन.नबोदय कलेजले बिहिबार प्लस टु मा अध्ययनरत बिद्यार्थीहरुका लागि एक दिवसीय लागू औषध दुव्र्यसन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कलेजको सेमिनार हलमा सम्पन्न सचेतना कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भिमराज राईले गरेका थिए । प्र.नि.राईले लागू औषध के हो, लागू औषधको कुलतमा किशोर–किशोरीहरु कसरी फस्छन, लागू औषधको कारोबार गर्ने वा सेवनकर्तालाई कानुनी कार्वाही के हुन्छ भन्ने बारेमा बिद्यार्थीहरुलाई जानकारी गराएका थिए । त्यस्तै लागू औषधको दलदलमा फसेका युवाहरुलाई छुटाउने उपाय, कुलतबाट छुटाउन युवाको भुमिका लगायतका विषयमा
संखुवासभा/ संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना प्रभावित क्षेत्रमा रु. दुई अर्बभन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए । आयोजना प्रभावित क्षेत्रका तीन सय १९ घरमध्ये दुई सय ९८ घरधनीलाई मुआब्जा वितरण गरिसकेको आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए । आयोजनाबाट सात सय ८८ का तीन सय १९ घर प्रभावित छन् । आयोजनाले भोटखोला गाउँपालिका&nda