धरान/ १३औं संस्करणको नेवा च्यारिटी धरान १० के रनमा केन्याली धावक वील्लियम चेउलीयोट र धाविका शरन जेरोटिचले उपाधि जितेका छन्। धरान रन समूहको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा खुला पुरुषतर्फ वील्लियमले निर्धारित १० किलोमिटर दुरी ३१ मिनेट ५ सेकेण्डमा पूरा गरे। त्यस्तै, महिलातर्फ शरनले ३८ मिनेट ४२ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। विजेताहरूले जनही नगद ६० हजार रुपैयाँसहित मेडल प्राप्त गरे। पुरुषतर्फ दोस्रो भएका केन्याली धावक जुलियस मरिउकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरे भने तेस्रो भएका जुम्लाका दुर्गा बहादुर बुढाले ३२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरे। महिलातर्फ दोस्रो बनेक
इलाम सूर्योदय नगरपालिकाको फिक्कल स्थित ग्लोबल आइएमई बैंकको शाखाबाट काठमाण्डौं सरुवा भएका एक ३५ वर्षे पुरुष कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि बैंकको फिक्कल शाखा बन्द गरिएको छ । उनले असोज ११ गते ललितपुर स्थित ल्याबमा स्वाबको नमुना परीक्षण गराएका थिए । त्यसको भोलीपल्ट आएको परीक्षणको नतिजामा उनलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो । बैंकको फिक्कल स्थित शाखाका १४ जना कर्मचारीको स्वाबको नमुना झापाको कोटीहोम स्थित ल्याबमा पठाइएको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका बिपुल अधिकारीले जानकारी दिए । बैंकका कर्मचारीलाई होटलको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पिसिआर परीक्षणको नतिजा नआएसम्म