धरान । लकडाउनको सदुपयोग गर्दै धरान उपमहानगरपालिकाले रोकिएका योजनाका भौतिक पुर्वाधारका कामहरु सुचारु गरेको छ । धरान उपमहानगरपालिकाले धरान स्थित कोशीराजमार्ग अन्र्तगतको भोटेपुल क्षेत्रमा सडक बिस्तारको कामलाई सुचारु गरेको हो । कोरोना संक्रमणको रोकथामका लागि घोषणा गरेको लकडाउनका कारण बन्द रहेको धरान ८ स्थित बरगाछी देखि भोटेपुल सम्मको सडक बिस्तारको काम अघि बढेको छ । संघीय सरकारको भौतिक योजना तथा पुर्वाधार मन्त्रालय अन्र्तगतको सडक विभागले निर्माण शुरु गरेको केही दिनमै देशमा लकडाउनको घोषणा गरेको थियो । जिल्ला प्रशासनसँगको समन्वयमा सुरू गरिएको सडक खण्डका साथ–साथै धनकुटे रोडको खाल्डाहरू पुर्ने
धरान । गत वैशाख ३ गते धरान उपमहानगरपालिकाले दोस्रो चरणको राहतका लागि ३ करोड रुपैयाको माग गर्दै प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको थियो, तर तेस्रो चरणको राहत वितरणको तयारी भइरहँदा पनि माग प्रति प्रदेश सरकारको सम्बोधन हुन सकेको छैन् । राहतको माग सहित प्रतिवेदन बुझाएको करिब ३ साता पुग्न लाग्दा पनि प्रदेश सरकारको सम्बोधन हुन नसकेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले गुनासो गरे । उनले भने, ‘लिखित प्रतिवेदन पनि बुझाएको थियो, माग पनि बुझाएका थियौं, त्यसको सम्बोधन हुन सकेको छैन् ।’ त्यही पर्खेर बस्दा ढिलो हुँने भए पछि धरान उपमहानगरपालिकाले नै राहत वितरणको तयारी गरेको उनको भनाई छ । ध
धरान/आज एकै दिन नेपालमा १० जना कोराना संक्रमित भेटिएका छन् । बाँकेको नेपालगञ्जमा आइतबार ९ र वीरगञ्जमा १ जना गरी एकै दिन १० जनामा जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन्र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महा
विराटनगर । प्रदेश १ को उदयपुर, झापा र भोजपुर जिल्लामा ३१ जनामा कोरोना संक्रमण (कोभिड १९) देखियो । अहिले सबैको कोशी कोभिड अस्पताल विराटनगरमा उपचार भईहेको छ । यतिबेला सर्वसधारणको ध्यान संक्रमितको संख्यामा नै केन्द्रीत भएको पाइन्छ । तर, प्रदेशहरुमा खतराको सूचीमा रहेका मानिसको संख्या पनि उत्तिकै छ । १ नम्बर प्रदेशमा खतराको सूचीमा रहेका संभावित संक्रमितको संख्या दिनानु दिन बढ्दो क्रममा रहेको सरकारको तथ्यांकले नेै देखाएको छ । चिकित्सकीय निगरानीमा आईसोलेसनमा बस्ने र निश्चित नियम पालना गरेर सार्वजनिक क्वारेन्टाइनमा राखिएकाहरुको तथ्यांकको ग्राफ ओर्लनुको साटो उक्लदों अवस्थामा देखिन्छ । यो अवस्था प्रद
कोरोनाको संक्रमणलाई कम गर्न जारी लकडाउनले सर्वसाधारणको जनजिवनमा पारेको प्रभावलाई विश्लेषण गर्दै सरकारले बहिर्गमन रणनिति तयार पारेको छ । गत चैत्र ११ गते देखि शुरु भएको लकडाउन तिन पटक सम्म थप गर्दै वैशाख २५ गते सम्म लकडाउन घोषणा गरिएको छ । लकडाउनका कारण जनजिवन अस्तव्यस्त बनेको छ । लकडाउनले पारेको प्रभावलाई कम गर्दै खुकुलो र खुला गर्ने उद्देश्य सहित सरकारले कोरोना भाइरस कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको रणनीति कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो । जसअनुसार अब स्
कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिकामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) बाट ३१ जनाको नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । वडा नं १,२,३ बाट २० जना र ४, ५, ६ र ७ बाट ११ जना गरि जम्मा ३१ ज्नाको आरडिटी नमूना परीक्षण गरिएको २ का वडाध्यक्ष एवम कानेपोखरी गाँउपालिकाका प्रवक्ता शुसिल बुढाथोकिले बताए । वैदेशिक रोजगारबाट फर्किएका, भारतबाट र काठमाडौंबाट २५० जना गाउँपालिका भित्रिसकेका छन् । उनीहरूको निगरानी गाउँपलिकाले गरिरहेको पालिकाका उपाध्यक्ष राजमती इङ्नामले बताइन् । वैदेशिक रोजगार र संक्रमित स्थानबाट घर आएकामध्येबाट भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरूलाई आरडिटी नमूना पर
धरान /सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । पार्टि प्रबक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बैठक पटि पत्रकारहरु सग कुरा गर्दै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको र महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस विरुद्द सबै पार्टि पङ्तिलाइ आवहन गरेको बताए । यस्तै बैठकमा पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबैतहमा निर्देशन दिने निर्णय पनि गरेको छ ।साथै प्रवक्ता श्रेष्ठले स्थायि कमिटिको बैठक बैशाख २
धरान /ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राती भएको भिषण आगलागीबाट प्रारम्भिक विवरण अनुसार ७ करोड ६५ लाख बढी क्षति पुगेको छ । ताप्लेजुङगका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार क्षतिको विवरण संकलन गर्न बनेको समिततिले ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैया क्षति भएको प्रारम्भिक विवरण संकलन गरेको बताए । विवरण अनुसार संस्थागततर्फ २२ लाख क्षति भएको छ भने व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजार क्षति पुगेको छ आगलागीबाट ८ वटा घरमा क्षति पुगेको थियो । ती मध्ये २ वटा पक्की घर थियो भने ६ वटा कच्ची घर हो । आगलागीबाट कुल २९ घर परिवार प्रभावित भएको प्रजिअ निरौलाले बताए । आगलागीबाट प्रभावित
धरान /विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सरकारले १ महिना अघि देखि लकडाउन जारी गरेको छ । लकडाउन अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा मार्फत प्रयोग गर्न सकिने छ । विशेष ई–शिक्षा प्याकेज अन्तर्गत २६० रुपैयाँमा ६ जिबी र ५०० रुपैयाँमा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । २६० रुपैयाँमा प्राप्त हुने कूल ६ जिबीमध्ये ३ जिबी डाटा बिह
धरान । पछिल्लो केही घटना र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाइ लिएर पार्टी भित्रै विवाद सिर्जना भइरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीका प्रसे सल्लाहाकार तथा पार्टीका प्रचार विभाग उपप्रमुख समेत रहेका सुर्य थापाका अनुसार सचिवालय बैठक दिउँसो ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । अध्यादेश तथा प्रधानमन्त्री ओलीको कार्यशैलीलाइ लिएर पार्टी भित्रै प्रधानमन्त्रीको राजीनामाको चर्चा चुलिएको छ । आज हुने भनिएको सचिवालय बैठकमा पनि नेताहरुले प्रधानमन्त्रीको राजीनामालाई जोड दिने सम्भावना देखिन्छ । यसअघि बुधबार बसेको सचिवालय बैठकमा पनि सचिवालय