धरान/ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धरानका दुई युवक लागूऔषध खैरो हेरोइनसहित विराटनगरमा पक्राउ परेका छन्।
मोरङको विराटनगर महानगरपालिका–१६ स्थित दरैया चोकमा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–९ का ३३ वर्षीय नरेश खडगी र ३५ वर्षीय कृष्णा राई रहेका छन्। चेकजाँचका क्रममा कृष्णा राईको साथबाट ४.४७ ग्राम खैरो हेरोइन लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।