सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

  • भदौ ३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी, धनकुटा र उदयपुरका युवाहरूले जिल्लाका समसामयिक समस्या समाधान तथा नागरिक सुरक्षालाई प्रभावकारी बनाउन माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

युवाहरूको टोलीले गृह मन्त्रालयमा पुगेर स्थानीयस्तरमा देखिएका सामाजिक, सुरक्षा तथा जनस्वास्थ्यसँग सम्बन्धित समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

 युवाहरूले लागूऔषध दुरुपयोग नियन्त्रण तथा पुनर्स्थापना सेवा विस्तार, गाँजा खेती नियन्त्रणसँगै वैकल्पिक तथा व्यावसायिक कृषि प्रवर्द्धन, सडक दुर्घटना न्यूनीकरणका लागि आधुनिक CCTV निगरानी, आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्य सेवा विस्तार, लागूऔषध र मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सरकारी कार्यालयमा नागरिकमैत्री सेवा प्रवाहको माग गरेका छन्।

उनिहरूले धनकुटा ,सुनसरी र उदयपुरका युवाहरूले पनि आफ्ना जिल्लामा देखिएका स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

विशेषगरी सुनसरीको कप्तानगञ्जमा भएको घटना तथा धरानमा देखिएको विजयपुरसम्बन्धी समस्या समाधानका लागि समेत पहल गर्न गृहमन्त्रीसमक्ष माग गरिएको टोलीमा सहभागी सुनसरीका युवा अर्जुन पोख्रेलले जानकारी दिए।

पोख्रेलका अनुसार स्थानीयस्तरमा लामो समयदेखि देखिएका समस्या समाधानका लागि सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने आवश्यकता रहेको भन्दै युवाहरूले ज्ञापनपत्रमार्फत तत्काल पहल गर्न आग्रह गरेका हुन्।

युवाहरूले नागरिकको सुरक्षा, सामाजिक सद्भाव र स्थानीय समस्याको दीर्घकालीन समाधानका लागि केन्द्र सरकार, स्थानीय प्रशासन तथा स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।

ज्ञापनपत्रमा राखिएका मागहरू कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन पनि गृहमन्त्रीसँग आग्रह गरिएको छ।

पूर्वाधार विकास समित ...

काठमाडौं/ प्रस्तावित “सवारी तथा यातायात ऐन, २०८३& ...

सुनसरीमा जुटको मूल्य ...

सुनसरी/ भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा ...

धरानमा ट्राफिक प्रहर ...

धरान/ ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि हातपात गर ...

चतराधामको दुर्वासा व ...

बराहक्षेत्र/बराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित द ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved