वराहक्षेत्र मेयर लिग बैशाख ११ देखि: विजेतालाई २ लाख र चाँदीको ट्रफी

  • वैशाख ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा बेशाख ११ गतेबाट चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

लिग र नकआउट दुबै फर्म्याटमा आयोजना गरिने वराहक्षेत्र मेयर लिग फुटबल प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार , उपविजेताले १ लाख १ हजार , तेस्रो हुने टिमले ५१ हजार र चौथो हुने टिमले २५ हजार प्राप्त गर्ने नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले चाँदीको सुन्दर ट्रफी प्राप्त गर्ने र अर्को सिजनको लिग सुरु हुनु भन्दा अगाडि उक्त ट्रफी आयोजनलाई फिर्ता गर्नुपर्ने र रनिङ्ग शिल्ड प्रतियोगिता भएकाले ३ पटक विजेता भए मात्र उक्त ट्रफी विजेताको स्वामित्वमा हुने वराहक्षेत्र नगरपालिका खेलकुद नगर खेलकुद विकास समितिका संयोजक वडा नं ७ का अध्यक्ष कपिल आचार्यले जानकारी दिए ।

प्रतियोगितामा नगरपालिकाका प्रत्येक वडाको टिम गरेर ११ वटा टिमको सहभागी हुनेछ ।

नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्यका अनुसार खेलाडी प्रोत्साहन र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयर लिग कप फुटबल प्रतियोगिताको परिकल्पना गरेर ३ वर्षबाट सुरु गरिएको थियो ।

प्रतियोगिता बारेमा शनिबार खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।

'खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान' भन्ने नारा दिएको प्रतियोगितामा लिग र नकआउट दुबै फर्म्याटमा खेल हुनेछ ।

वराहक्षेत्र नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको ३ पटक विजेता हुने टोलीले सुन्दर चाँदीको सुन्दर ट्रफी आफ्नो स्वामित्वमा पार्नेछ ।

प्रतियोगिता वराहक्षेत्र नगरपालिका वडा नं ७ देविघाट स्थित वसन्तऋतु माविको खेलमैदानमा हुनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार ५ सय र विधागत उत्कृष्ट खेलाडीले नगद ५ हजार , सर्व उत्कृष्ट खेलाडीले २१ हजार , उच्च गोलकर्ताले ११ हजार , अनुसासित टिमले १० हजार प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमै गत संस्करणको विजेता वडा नं २ ले ट्रफी आयोजकलाई हस्तान्तरण गरेको थियो भने गोला प्रथा मार्फत समुहको बिभिजन गरिएको थियो ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved